कागजी परिवर्तनले व्यावहारिक उल्झन
०७ फागुन २०७९
•
६ मिनेट पाठ
कागजी परिवर्तनले व्यावहारिक उल्झन
२००७ फागुन ७ गते १०४ वर्षे जहानियाँराणाशासनको अन्त्य भई देशमा प्रजातन्त्रको उदय भएको थियो। राणाशासनकाल छँदै २००४ सालमा तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले ‘नेपाल सरकार वैधानिक कानुन’ जारी गरेको संविधानको आयु अन्त्यन्तै छोटो रह्यो।




२००७ चैत १७ माराजा त्रिभुवनको मन्त्रिमण्डलमा ‘नेपालको अन्तरिम शासन विधान, २००७’ जारी गरिएको थियो। जसमा ७ भागर ४६ धारा समावेश थिए। त्यसको प्रस्तावनामा लेखिएको थियो, ‘नेपालको निमित्त एक संविधान बनी प्रारम्भ नभएसम्मराज्यको शासन कुनै निश्चित विधान, नियमर सिद्धान्तबमोजिम गर्नुपर्ने आवश्यक सल्लाह भएकाले श्री ५ महाराजधिराजबाट आफ्ना मन्त्रिमण्डलको सल्लाहअनुसार निम्नलिखित ऐन मन्जुर गरी जारी गरिबक्सेको छु।’

२००७ सालको अन्तरिम संविधानको मुख्य उद्देश्य संविधानसभाको चुनाव गर्नेर लक्ष्य संविधानसभाबाट संविधान बनाउने थियो। राणाशासनको अन्त्य भइसकेकाले राजा र जनता मिलेर संविधान ल्याउने योजना बनाइएको थियो। यसलाई नेपालमा प्रजातान्त्रिक अभ्यासको एउटा आरम्भ बिन्दुका रूपमा पनि लिन सकिन्छ। संविधानसभाबाटै संविधान बनाउने आधारभूत सिद्धान्त भए पनि त्यसमा मौलिक अधिकारबारे भने केही उल्लेख थिएन। संविधानमा बालिग मताधिकारलाई पहिलोपटक स्वीकृत गरिएको थियो। संशोधन भए पनि अन्ततः उक्त अन्तरिम संविधानको अस्तित्व नै समाप्त पारियो।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली भन्छन्, ‘संविधानसभाका लागि अन्तरिम सरकारहरू बने। प्रधानमन्त्री टंकप्रसाद आचार्यले संसदीय चुनावका पक्षमा बोले। महेन्द्रले त्यसै गरिदिए। त्यो जनताबाट निर्वाचित प्रधानमन्त्री आचार्यले त्यसो भन्नु जनताका लागि धोका थियो।’ बिपी कोइराला संविधानसभाको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा थिए। तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले संसदीय चुनावको पक्षमा बोलेका थिए। तत्कालीनराजा महेन्द्रले संसद्को चुनाव घोषणा गरेका थिए। २००७ सालमा भारतको दिल्लीमाराणाशासनको अन्त्य गर्दै संविधानसभाबाटै संविधान बनाउने पाँचबुँदे सम्झौतासमेत गरिएको थियो। तर सो लक्ष्य पूरा हुन सकेन। धेरैपटक संशोधन गरिएको भए पनि अन्तरिम संविधानले संविधानको रूप लिन नसकेपछि अन्ततः अन्तरिम संविधान खारेज भएको थियो।

‘शक्ति सन्तुलन, नियन्त्रणका कामै भएनन्। प्रधानन्यायाधीशलाई पनिराजाले नै बर्खास्त गर्थे। हरिप्रसाद प्रधानलाई पनिराजाले बर्खास्त गरेर पुनः नियुक्त गरेका थिए,’ ज्ञवालीले भने।

नेपाल अधिराज्यको संविधान, २०१५

२०१५ सालमा बेलायतका संविधानविद् आइभर जेनिङलाई नेपाल बोलाएर उनकै नेतृत्वमा संविधान बनेको थियो। दरबारले बोलाएको हुँदा उनलेराजाकै इच्छाअनुसार पश्चिमी प्रणाली मिसिएको संविधान बनाइदिए। कार्यकारी अधिकार प्रधानमन्त्रीलाई पनि दिएजस्तो गरे पनि सम्पूर्ण अधिकारराजामा थियो।राजार प्रधानमन्त्रीमारहेको भनिएको कार्यकारिणी अधिकारराजामा मात्र थियो। त्यसपछि २०१५ सालमा ७५ जिल्लामा चुनाव भयो। अधिकार बराबरजस्तै थियो। उक्त निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बढी बहुमत ल्याएको थियो। त्यसबेलाराजाले बहुदलीय व्यवस्था नै अशान्ति हो भनेका थिए। त्यसपछि बिपी कोइराला प्रधानमन्त्री भए।

२०१७ पुस १ गतेराजा महेन्द्रले अधिकार हातमा लिएर निर्वाचित प्रधानमन्त्री बिपीलाई पक्राउ गरे। पार्टीमाथि प्रतिबन्ध लगाइयो। त्यसपछि कांग्रेस सरकारका रूपमा भएर पार्टीका रूपमा अगाडि बढ्यो। शान्ति, अमनचयन हुन सकेन भनेरराजाले निर्वाचितलाई पदमुक्त गरेर निर्वाचित संसद्लाई विघटन गरे।राजाको कदमप्रति अञ्चलाधीश, सिडिओबाहेक आम जनताले समर्थन गरेनन्।राजाले स्वविवेक प्रयोगको अधिकार संविधानले दिएको हुँदा २०१५ सालको संविधान टिक्न सकेन। पार्टीहरूलाई प्रतिबन्ध गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम भएपछि यो संविधान पनि त्यसैबाट अन्त्य भएको थियो।

‘राजामा कार्यकार्यणी अधिकार प्रधानमन्त्रीलाई केही अधिकारसहित मिश्रित खालको संविधान बनाइयो। सेनाका सर्वोच्च कमान्डरराजा नै हुने व्यवस्था थियो।राजा केन्द्रित संविधान बन्यो,’ वरिष्ठ अधिवक्ता ज्ञवाली विश्लेषण गर्छन्। जनताबाट निर्वाचित संसद्, संसद्ले प्रधानमन्त्री, मन्त्रिपरिषद् गठन गर्ने थियो। संसद् जनताप्रति उत्तरदायी हुनुपथ्र्यो। नीति तथा कार्यक्रम मन्त्रिपरिषदले पारित गर्नुपथ्र्यो।

२०१५ सालको संविधानमा धारा ५५ मा संकटकाल लगाउने अधिकारराजा महेन्द्रलाई थियो। त्यसमा लेखिएको थियो, ‘श्री ५ को स्वविवेकमा कुनै गम्भीर संकट विद्यमान भई जसबाट नेपालको सम्पूर्ण वा कुनै भागको सुरक्षा वा आर्थिक जीवन युद्धले वा बाहिरी आक्रमणले वा आन्तरिक उपद्रवले सन्तप्त छ भन्ने लागेको छ भने मौसुफबाट मौसुफकै स्वविवेकमा देहाय बमोजिम गर्ने गरी घोषणा गर्न सकिबक्सनेछ... श्री ५ बाट यस धाराअन्तर्गत अधिकार प्रयोग गरी बक्सँदा यथासाध्यराष्ट्रिय परिषद्सँग परामर्श गरी कार्य गरिबक्सनेछ।’ परिषद्सँगराजाले सल्लाह गर्न पनि सक्थे। नगर्न पनि सक्थे। त्यसैले आफ्नो हातमा अधिकार लिए। निर्वाचित सरकारलाई विघटन गरेका थिए।

नेपाल अधिराज्यको संविधान, २०१९

राजा महेन्द्रले नेपाल अधिराज्यको संविधान, २०१९ जारी गरे। संविधानअनुसार कार्यकारिणी, व्यवस्थापकीय, न्यायपालिका अर्थात् देशको सम्पूर्ण अधिकारराजाको हातमा हुन्थ्यो।राजा नै न्यायकर्ता हुन्थे। अदालतले गरेका फैसला पनिराजाले संशोधन गर्न सक्थे। संसद् त थियो तरराजाले नचाहे संसदबाट कुनै पनि विधेयक पारित हुँदैनथ्यो। सरकार त थियो, दल थिएनन्। संसद्को बहुमत दलबाट प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था त थियो, जनतालाई बोल्ने, लेख्ने, पढ्ने कुनै स्वतन्त्रता थिएन। संविधान भए पनि नेपाली जनताले लामो समय निरंकुशतामा बिताउनुपरेको थियो।

नेपाल अधिराज्यको संविधान, २०४७

देशमा निरंकुशताको २८ वर्षपछि २०४७ कात्तिक २३ मा ‘नेपाल अधिराज्यको संविधान २०४७’ जारी भयो। संवैधानिक विकासक्रमको इतिहासमा २०४७ सालको संविधानलाई निकै महŒवपूर्ण मानिन्छ। यसअघिका चारवटा संविधानले समेट्न नसकेका जनताका मौलिक हकलाई यसले समेटेको थियो। यो संविधानलाई ‘उत्कृष्ट’ पनि भन्ने गरिएको छ। उक्त संविधानको संरक्षकरहेका थिए।

राजार सरकारमा कार्यकारिणी अधिकार थियो। धारा ३५ मा संयुक्त व्यवस्था गरिएको थियो। संसद् विघटन गर्न प्रधानमन्त्रीले सिफारिस गरे पनिराजाको हातमा निर्भर थियो। धारा ३१ माराजाले गरेका कामलाई न्यायपालिकाले प्रश्न उठाउन नसक्ने व्यवस्था गरिएको थियो।राजाले गरेको कामलाई न्यायिक पुनरावलोकन हुँदैनथ्यो। संविधानमा मौलिक हकराखिएका थिए तर न्यायपालिकालेरिटमार्फत जनतालाई निसाफ दिन्थ्यो। कुनै अपराधको विषयमा सफाइ दिँदाराजाले माफी मिनाहा गर्थे। जुन अहिले पनि कायम छ भन्न मिल्छ। वरिष्ठ अधिवक्ता ज्ञवाली भन्छन्, ‘२०४७ सालकोराजार अहिलेकाराष्ट्रपतिको अधिकार, काम गर्ने शैलीमा खासै फरक देखिँदैन।’

नेपालको अन्तरिम संविधान, २०६३

२०६३ सालको संविधानको मुख्य उद्देश्य संविधानसभाको चुनाव बनाउनु थियो। सोही संविधानले पहिलोपटकराजसंस्थाको समूल उन्मूलन गरेरराष्ट्रपति हुने व्यवस्था गरेको थियो। यसलाई पनि नेपालकोराजनीतिक इतिहासमा निकै महत्वपूर्ण मानिन्छ। अन्तरिम संविधानअन्तर्गत दुईवटा संविधानसभाका चुनाव भएका थिए। पहिलो संविधानसभाले संविधान बनाउन सकेन। पहिलो संविधानसभाको अवधि २७ मिनेट बाँकी हुँदा विघटन गरिएको थियो। अन्तरिम संविधान २०६५ असार २९ गते चौथो संशोधन भएको थियो। दुई वर्षको अवधि तोकिएको संविधानसभा चार वर्ष पुगेपछि सर्वोच्चले दुई वर्षको कार्यकाल फैसला गरिदिएको थियो।

नेपालको संविधान, २०७२

फेरि २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनपछि ‘नेपालको संविधान २०७२’ लागु गरिएको थियो। जनतामा निहित सार्वभौमसत्ता, मौलिक हक, संघीय शासन, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, तीन तहको सरकार संविधानको उच्च व्यवस्था मानिन्छ। मौलिक हकमा लेखिएका सबै व्यवस्था कार्यान्वयन हुन भने सकिरहेका छैनन्। संविधान बनेको सात वर्ष भइसक्दा पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। प्रजातन्त्र स्थापना भएको ७२ वर्ष बितिसक्दा जनताले कागजी रूपमा निकै नै परिवर्तन पाएका छन् तर व्यावहारिक रूपमा समस्या झन्झन् थपिँदै गएका छन्।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
१९ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस