राष्ट्रपतिको बारेमा व्यापक दायरामा सोच्नु हाम्रो दायित्व हो: उपप्रधानमन्त्री श्रेष्ठ
२९ माघ २०७९
•
१ मिनेट पाठ
राष्ट्रपतिको बारेमा व्यापक दायरामा सोच्नु हाम्रो दायित्व हो: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको निर्वाचनका बारेमा खुल्ला हृदय र व्यापक दायरामा सोच्नु माओवादी केन्द्रको दायित्व भएको बताएका छन्।




‘प्रधानमन्त्रीको समर्थनमा व्यापक दायरा देखा पर्‍यो, एक प्रकारको राष्ट्रिय सहमति देखा पर्‍यो’ गृह जिल्ला गोरखामा आइतबार पत्रकार भेटघाटका क्रममा उनले भने ‘राष्ट्रपतिको सन्दर्भ पनि गम्भीर जिम्मेवारी बोधका साथ सबै बसेर निष्कर्षमा पुगौँ।’

कुनै दललाई दिने वा कुनैलाई नदिने भन्ने विषय नभएको बताउँदै उनले राष्ट्रपति जस्तो गरिमामय पदमा सबै सहमति हुने परिस्थिति बन्नु राम्रो हुने बताए। ‘यो बारेमा छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने ‘अहिलेको समीकरणलाई हाम्रो इच्छाले यताउता गर्ने भनेर सोच्दैन।’

राजनीतिक कामको व्यस्तताको कारणले गृहमन्त्री नियुक्त गर्ने प्रक्रिया लम्बिएको बताउँदै उनले अन्य कुनै समस्या नरहेको बताए। राष्ट्रिय स्वतन्त्र पार्टी नै सरकारबाट बाहिर रहेकाले सोही पार्टीलाई गृह मन्त्रालय दिने बारे अहिले त्यसरी नसोचिएको बताए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका उनले सुशासन बिना विकासको कुरा पुरा नहुने बताए। भौतिक पूर्वाधार, यातायातको क्षेत्रमा सुधार गर्न कार्य योजना बनाएर अघि बढ्न लागिएको उनले जानकारी दिए। गोरखा नगरपालिका ९ को महालक्ष्मी माविको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन श्रेष्ठ गोरखा आएका थिए।
अर्को समाचार
सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री श्रेष्ठ
२५ माघ २०७९
•
२ मिनेट पाठ
सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन्।  




आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन) को २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले यो प्राथमिकता देखिने, बुझिने गरी प्राप्त गर्न सरकारले नीतिगत पूर्वाधार विकासको नीति अख्तियार गरेको उल्लेख गरे।

‘विकास, समृद्धि र सुशासन प्रवर्द्धन लहडको कुरा होइन, तसर्थ सरकार स्पष्ट नीति अख्तियार गरेर यी क्षेत्रका उपलब्धि हात पार्न प्रयत्नशील छ’, श्रेष्ठले भने। आमरूपमा राजनीति क्षेत्रमा वैचारिक आन्दोलन स्खलित हुँदै गएर समाज रुपान्तरणको आन्दोलन भुत्ते भएको गुनासो बढेका बेला अहिले ठोस उपलब्धि हासिल गर्ने काम कुरालाई चुनौतीका रूपमा लिँदै सरकार अघि बढेको श्रेष्ठको भनाइ छ।

गौरीडाँडास्थित आधारशीलाका प्रमुख संरक्षक रहनुभएका श्रेष्ठले २० वर्षअघि ‘सामाजिक रुपान्तरणका लागि सामूहिक अभ्यास’को बाटो अवलम्बन गर्ने ध्येयका साथ कम्युन (आधारशीला) स्थापना गरिएको स्मरण गरे।

‘त्यतिखेर वाम–प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त गरेका सहिद परिवार, जेलनेल भोगेर दुःख पाएका कार्यकर्ताका परिवारजन, वैचारिक आन्दोलनको नेतृत्वकर्ता पार्टीका पूर्णकालीन कार्यकर्ताका परिवारलाई शिक्षा, स्वास्थ्य, भोजन र आवासजस्ता प्राथमिक आवश्यकता हेर्दै अघि बढ्ने सोचेका थियौँ’, आधारशीला स्थापनाको पृष्ठभूमि स्पष्ट पार्दै श्रेष्ठले भने, ‘सामूहिक जीवन पद्धतिमा आफूलाई ढाल्ने र निजी सम्पत्तिको मोह त्याग गर्ने सोचका साथ गठित यो संस्था समाजमा अनुकरणीय बन्न सके बढ्दो भ्रष्टीकरण न्यूनीकरणमा साथ सहयोग पुग्नेछ।’ आधारशीलाले मुख्यतः यही वैचारिक फाँटको काम हेरिदेओस् भन्ने आफ्नो अपेक्षा रहेको श्रेष्ठले उल्लेख गरे।

‘अहिले वैचारिक क्षेत्रका काममा चुनौती छन्, समाज उपभोक्तावादको सिकार हुँदो देखिँदो छ, म/मेरो/मलाई भन्ने व्यक्ति स्वार्थ मौलाउँदै गएको देखिन्छ’, श्रेष्ठले भने, ‘यस्तै बेला क्रान्तिकारी र परिवर्तकारीहरूले वैचारिक कामको नेतृत्व लिनपर्छ, आधारशीलाले यसको नेतृत्व गरोस् भन्ने म चाहान्छु।’

अहिले पूर्वमन्त्री गिरिराजमणि पोखरेलसहित १६ परिवार एकसाथ बसोबास गरिरहेका कम्युन (आधारशीला) मा प्रवेशकै लागि क्रान्तिनिष्ठ हुनपर्ने, निजी सम्पत्ति त्याग गर्न सक्ने, माक्र्सवादी शिक्षाको प्रसारका लागि वैचारिक काममा सङ्गठित जिम्मेवारी लिने, सामूहिक श्रम गर्न उद्यत हुने र आचरण तथा चरित्रमा समाजवादी संस्कृतिलाई आत्मसाथ गर्नसक्ने प्रारम्भिक प्रतिबद्धता आवश्यक रहेको समारोहमा स्पष्ट पारिएको थियो।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा आधारशीला परिवारका अध्यक्ष दीपबहादुर योञ्जनको अध्यक्षतामा सम्पन्न समारोहमा विभिन्न दलका प्रतिनिधिले शुभकामना व्यक्त गर्दै आधारशीला सामूहिक परिवारको एउटा अनुकरणीय उदाहरण रहेको बताए। रासस
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस