संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले अहिले मुलुकको हितका लागी राष्ट्रिय सहमति आवश्यक रहेको बताएकी छिन्। स्थायित्व र दीर्घकालीन सरकारका लागी राष्ट्रिय सहमति आजको आवश्यकता रहेको उनले बत्ताइन्।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रीपालीले मुलुकलाई संकटोन्मुख अवस्थाबाट जोगाउन सबै दलबिच मेलमिलाप आवश्यक रहेकाले राष्ट्रिय सहमतिबाटै अगाडी बढ्ने बत्ताइन्। जनताले चाहेको स्थायित्व, समृद्धि र विकासको सपना टुट्न नदिन पनि राष्ट्रिय सहमतिबाट अघी बढ्नु पर्ने बत्ताइन्।
नेकपा माओवादी केन्द्रकी नेता समेत रहेकी मन्त्री श्रीपालीले समग्र राष्ट्रको विकासमा सबै पक्ष एक हुन आवश्यक रहेको बत्ताइन्। उनले राजनैतिक दल, सरोकारवाला पक्ष लगायत सम्बन्धित सबैले हातेमालो गरेर ढृणता पूर्वक विकासमा लाग्नुपर्ने बत्ताइन्। जनताले तीव्र विकास खोजेकाले सबै मिलेर त्यस तर्फ ध्यान दिनुपर्ने उनको भनाई छ।
मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएकी श्रीपालीले जिल्लामा निर्माणाधीन अर्घा भगवती विमानस्थलले पूर्णता पाउने प्रतिबद्धता व्यक्त गरिन्। सुपादेउराली मन्दिर लगायत सूचीकृत नभएका पर्यटकीय स्थलहरूलाई सूचीकृत गरेर उत्पादन सँग जोड्ने कुराको गुरुयोजना बनाएर अघी बढ्ने उनको भनाई छ।