सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बसेकाे बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल नभएको बुझिएको छ। राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने भनि बैठक बोलाइएपनि अन्य समसामायिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय सदस्य सुर्यकिरणले जानकारी दिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तार, सुदुरपश्चिम सरकारमा एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएका सन्दर्भमा तथा नाउपाका नेता रेशम चौधरीको बारेमा छलफल भएको उनले जानकारी दिए। यसै गरी भर्खरै सरकार छाडेको रास्वपालाई पुनः फर्काउने विषयमा पनि छलफल भएपनि निर्णय भने कुनै विषयमा हुन नसकेको प्रधानमन्त्री दाहालका स्वकिय सचिवलयका सदस्य सुर्यकिरणले नागरिक न्यूजलाई बताए।
बैठकमा सरकारलाई समर्थन गरेका जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको भने सहभागी थिएन। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए। बैठक अघि संयन्त्रका संयोजक ओली र प्रधानमन्त्री दाहालबीच छुट्टै छलफल भएको थियो।