मन्त्रालय बाँडफाँटमा लगभग सहमति
०३ माघ २०७९
•
३ मिनेट पाठ
मन्त्रालय बाँडफाँटमा लगभग सहमति
सत्ता साझेदार दलहरूबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटमा लगभग सहमति भएको छ। सोमबार साँझ सत्ता साझेदार दलहरूबीच भएको छलफलबाट मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबन्डामा लगभग सहमति भएको हो। केही दिनदेखि छलफलमा रहे पनि सोमबार साँझ यसलाई अन्तिम रूप दिइएको छ।  




सत्ता साझेदार दल एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपासहित बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँट टुंग्याएको हो। त्यसअघि आइतबार साँझ र सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता र छलफलमा मन्त्रालय बाँडफाँटमा करिब करिब सहमति भएको थियो। प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटमा राष्ट्रपति निर्वाचन तथा अहिलेको वित्तीय संकटबारे पनि छलफल भएको स्रोतले जनाएको छ। सभामुखको निर्वाचनअघि नै दुई नेताहरूले मन्त्रालय भागबन्डालगायतका विषय टुंग्याएका छन्। सोमबार बिहान करिब पाँच घण्टासम्म ओलीनिवास बालकोटमा बसेर दुई नेताहरूले सहमति गरेका थिए। ओली निवासबाट प्रधानमन्त्री दाहाल बाहिरिँदै गर्दा सोमबार साँझ नै मन्त्रालय बाँडफाँट टुंगिने बताएका थिए। त्यसलगत्तै सत्ता साझेदार दलहरूको बालुवाटारमा बैठक बोलाइएको थियो।  

सत्ता साझेदार दलको बैठकले पास गरेको निर्णयअनुसार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको छ। सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले सरकारमा प्रतिशतको हिसाब गर्दा ४७ प्रतिशतमा रहेकाले सोहीअनुसार ११ वा १२ मन्त्रालय पाउनुपर्ने जनाएको थियो। तर सरकारमा सहभागी हुने दलहरूको संख्या बढ्दै  

गएपछि एमालेले आठवटा मन्त्रालय पाउने भएको छ। तर त्यसमा दुई राज्यमन्त्री पनि थपिएको छ। माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक चार मन्त्री र एक राज्यमन्त्री पाउने गरी सहमति भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको जानकारी दिए। ‘मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ, चाँडै विस्तार हुन्छ,’ अर्थमन्त्री पौडेलले भने।  

मन्त्रिपरिषद् विस्तारको तयारीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय र एउटा राज्यमन्त्री पाउने भएको छ। उपप्रधान तथा गृहमन्त्रीमा पार्टी अध्यक्ष रवि लामिछाने गइसकेका छन् भने रास्वपाले श्रम र शिक्षा मन्त्रालय पाउने भएको छ ।  

त्यसैगरी राप्रपाले उपप्रधानमन्त्री सहित तीन मन्त्रालय पाउने भएको छ । उर्जा, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ ।

जनता समाजवादी पार्टी (जसपा)लाई दुईवटा मन्त्रालय र एउटा राज्यमन्त्री दिने सहमति गरिएको छ। तर जसपाले तीनवटा मन्त्रालय दाबी गरिरहेको छ। गठबन्धनको अर्को घटक जनमत पार्टीलाई दुईवटा मन्त्रालय दिने सहमति भएको पनि बताइएको छ। यसरी भाग लगाउँदा २५ वटा मन्त्रालय पुग्ने भएकामा अहिले २२ वटा मात्रै मन्त्रालय रहेका छन्। मन्त्रालय फुटाएर २५ बनाउने तयारी भइरहेको पनि स्रोतले जनाएको छ।  

गत मंगलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए। मंगलबार(आज) विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक डाकिएको छ।  

पहिलो चरणमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री, रास्वापाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्। जनमत पार्टीका अब्दुल खान र एमालेका ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले शपथ लिए पनि जिम्मेवारी पाएका छैनन्। एमालेले पदम गिरी, ठाकुर गैरे, विद्या भट्टराई, भगवती चौधरी, देवराज घिमिरे, प्रेमलाल महर्जन, जुली महत्तो, ईश्वरी रिजाललगायत मध्येबाट मन्त्री बनाउने तयारी गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा सरकारमा जाने तयारी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने अडान राखेको छ। उसले सरकारलाई भने समर्थन गरेको छ।
अर्को समाचार
मन्त्रालय बाँडफाँटमा सहमति: मन्त्रिपषिद् विस्तार अझै अनिश्चित
२० असोज २०७८
•
३ मिनेट पाठ
मन्त्रालय बाँडफाँटमा सहमति: मन्त्रिपषिद् विस्तार अझै अनिश्चित
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित भएको छैन। ‘मन्त्रालयको भागबन्डामा सहमति भएको छ,’ एक नेताले भने, ‘तर घटस्थापनाअघि मन्त्रिपरिषद्ले पूर्णता पाउने देखिँदैन।’




सहमतिअनुसार नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित आठ मन्त्रालय पाउने भएको छ। माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले चार–चार मन्त्रालय लिने सहमति भएको स्रोतले बतायो। कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक–एक राज्यमन्त्री पाउनेछन् भने जनता समाजवादी पार्टीलाई रिक्त रहेको उपसभामुख पद पनि दिने सहमति भएको छ।

सहमतिअनुसार कांग्रेसले अब सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ। यसअघि उसले गृह, कानुन र परराष्ट्र मन्त्रालय सम्हाल्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि कांग्रेसबाट राज्यमन्त्री छन्। अब कांग्रेसले रक्षा लिएर कानुन मन्त्रालय एकीकृत समाजवादीलाई दिने भएको छ। यद्यपि एकीकृत समाजवादीले पनि रक्षा मन्त्रालयमा दाबी गर्दै आएको छ। कानुन मन्त्रालयको जिम्मेवारीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की रक्षा वा सञ्चारमा सर्नेछन्।  

त्यस्तै कांग्रेसले पाउने बाँकी मन्त्रालयमा पुष्पा भुसाल, उमाकान्त चौधरीका साथै मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, राजन केसी, प्रमोद यादवममध्येबाट मन्त्री हुनेछन्। यसअघि कांग्रेसबाट आफूनिकट नेतालाई मात्र सरकारमा सहभागी गराएका देउवाले सचेतक भुसाललाई मन्त्री बनाउने स्रोतको दाबी छ। पूर्वमहामन्त्री सिटौला समूहबाट उमाकान्त मन्त्री बन्नेछन् भने संस्थापन इतर पक्षले पाउने दुई मन्त्रीमा रिजाल, बडु, चौधरी, केसी र यादवमध्येबाट सरकारमा सहभागी हुनेछन्।  

अर्थ र ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेको माओवादी केन्द्रले अब शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउनेछ। अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेका छन्। बाँकी मन्त्रालयमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, अञ्जना बिसंखे र महेश्वर गहतराजमध्येबाट सरकारमा सहभागी गराउने माओवादीको तयारी छ।  

त्यस्तै, एकीकृत समाजवादीले कानुन, सहरी विकास, श्रम तथा रोजगार र संस्कृति तथा पर्यटन मन्त्रालय पाउने भएको छ। यो दलले रक्षा र भौतिकमध्ये एक मन्त्रालयमा समेत दाबी गर्दै आएको स्रोतले जनाएको छ।

एकीकृत समाजवादीले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, रामकुमारी झाँक्री, भवानी खातुङ, प्रेम आले र किसान श्रेष्ठमध्येबाट सरकारमा सहभागी गराउनेछ। जीवनरामलाई सचेतकको जिम्मेवारी दिएको अवस्थामा प्रेम र किसानमध्येबाट एक मन्त्री बन्ने सम्भावना रहेको निकट स्रोतले जनाएको छ।  

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ। राजेन्द्र श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको जसपाले मन्त्रीको नाम छान्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। गठबन्धनका दलहरूले बुधबार मन्त्रीको नाम प्रधानमन्त्रीलाई उपलब्ध गराए बिहीबार (घटस्थापना) का दिन वा शुक्रबार सरकारले पूर्णता पाउने स्रोतको दाबी छ।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस