त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला
२५ पौष २०७९
•
२ मिनेट पाठ
त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै त्रिवि परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेको छ। 




आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा नियन्त्रकको राजीनामा माग गरेका छन्।

यसअघि पनि सो संगठनले एक वर्षदेखि परीक्षाफल प्रकाशित गर्न आलटाल गरेको भन्दै त्रिवि प्रशासनलाई पटकपटक माग बुझाउने, छलफल गर्ने, धर्ना तथा नाराजुलुसलगायत कार्यक्रम गर्दै आएको थियो । तापनि त्रिविले आफ्ना गल्ती, कर्तुत तथा कमजोरीहरू लुकाउँदै लगेको विद्यार्थी नेताहरूले जनाएका छन्। 

‘विभिन्न तह र संकायको परीक्षाफल एक वर्ष बितिसक्दा समेत त्रिविले प्रकाशन गर्न सकेन । हाम्रो संगठनले त्यस्तो हदैसम्मको प्रशासनको ढिलासुस्ती, लापर्बाही र अक्षमताविरुद्धको संघर्षपछि तुरुन्तै परीक्षाफल प्रकाशित गर्ने सहमति भएको थियो तर २०७८ पुस २० देखि माघ ४ सम्म लिएको दमक बहुमुखी क्याम्पस, झापाका स्नातक तह बिबिएस चौथो वर्षमा अध्ययनरत बिजनेस रिसर्च मेथड्स विषयका सिम्बोल नं. ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका विद्यार्थीहरूको उत्तरपुस्तिका हराएको घटना बाहिरिएपछि हाम्रो संगठन गम्भीर तथा आक्रोशित भएको छ,’ सो संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘विद्यार्थीको उत्तरपुस्तिकाको समेत सुरक्षा गर्न नसक्ने अक्षम, गैरजिम्मेवार, नैतिक रूपमा पतीत परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत अन्य कर्मचारीले तत्काल राजीनामा दिनुपर्ने र दोषी कर्मचारीलाई कडा कारबाही गर्न त्रिवि प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्छ ।’

साथै आइतबार विद्यार्थीहरूले परीक्षा नियन्त्रक राजीनामा दे ! दोषी कर्मचारीलाई कडा कारबाही गर ! विद्यार्थीको उत्तरपुस्तिकाको खोजी गर ! सबै तह र संकायको परीक्षाफल प्रकाशित गर ! लगायत नाराबाजीका साथै माग पूरा नभएसम्म तालबन्दीलाई निरन्तरता दिने र कडा आन्दोलन गर्ने बताएका छन्।

तालाबन्दीपछि आयोजित विरोध प्रदर्शनका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा हाम्रो संगठनलाई स्वीकार्य छैन ।’ उनले अक्षम त्रिवि प्रशासनले तत्काल राजीनामा नदिए कडा संघर्ष गर्ने चेतावनी पनि दिए । ‘हाम्रो रहर होइन, बाध्य भएर परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको छ,’ सो संगठनका त्रिवि क्याम्पस विशेष समिति संयोजक गोविन्द विष्टले भने, ‘यस्ता अक्षमहरूलाई देशको ढुकुटी झ्वाम पार्दै कुर्सीमा बसिरहने अधिकार छैन । तत्काल निकास नदिए हाम्रो संगठन सडक मोर्चाबाट भौतिक कारबाही गर्न बाध्य हुनेछ।’
अर्को समाचार
त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला
२५ पौष २०७९
•
२ मिनेट पाठ
त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा अखिल क्रान्तिकारीको ताला
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) त्रिवि क्याम्पस विशेष समितिले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै त्रिवि परीक्षा नियन्त्रकको कार्यालयमा तालाबन्दी गरेको छ । आइतबार सो संगठनका केन्द्रीय समिति, काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समितिलगायत विद्यार्थी नेताहरूले विद्यार्थीको उत्तरपुस्तिका हराउने र परीक्षाफल प्रकाशित नगरी पुनः परीक्षा लिने त्रिवि प्रशासनको लापरबाहीप्रति आपत्ति जनाउँदै तालाबन्दीका साथै परीक्षा नियन्त्रकको राजीनामा माग गरेका छन् ।




यसअघि पनि सो संगठनले एक वर्षदेखि परीक्षाफल प्रकाशित गर्न आलटाल गरेको भन्दै त्रिवि प्रशासनलाई पटकपटक माग बुझाउने, छलफल गर्ने, धर्ना तथा नाराजुलुसलगायत कार्यक्रम गर्दै आएको थियो । तापनि त्रिविले आफ्ना गल्ती, कर्तुत तथा कमजोरीहरू लुकाउँदै लगेको विद्यार्थी नेताहरूले जनाएका छन् । ‘विभिन्न तह र संकायको परीक्षाफल एक वर्ष बितिसक्दा समेत त्रिविले प्रकाशन गर्न सकेन । हाम्रो संगठनले त्यस्तो हदैसम्मको प्रशासनको ढिलासुस्ती, लापर्बाही र अक्षमताविरुद्धको संघर्षपछि तुरुन्तै परीक्षाफल प्रकाशित गर्ने सहमति भएको थियो तर २०७८ पुस २० देखि माघ ४ सम्म लिएको दमक बहुमुखी क्याम्पस, झापाका स्नातक तह बिबिएस चौथो वर्षमा अध्ययनरत बिजनेस रिसर्च मेथड्स विषयका सिम्बोल नं. ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका विद्यार्थीहरूको उत्तरपुस्तिका हराएको घटना बाहिरिएपछि हाम्रो संगठन गम्भीर तथा आक्रोशित भएको छ,’ सो संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘विद्यार्थीको उत्तरपुस्तिकाको समेत सुरक्षा गर्न नसक्ने अक्षम, गैरजिम्मेवार, नैतिक रूपमा पतीत परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत अन्य कर्मचारीले तत्काल राजीनामा दिनुपर्ने र दोषी कर्मचारीलाई कडा कारबाही गर्न त्रिवि प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्छ ।’

साथै आइतबार विद्यार्थीहरूले परीक्षा नियन्त्रक राजीनामा दे ! दोषी कर्मचारीलाई कडा कारबाही गर ! विद्यार्थीको उत्तरपुस्तिकाको खोजी गर ! सबै तह र संकायको परीक्षाफल प्रकाशित गर ! लगायत नाराबाजीका साथै माग पूरा नभएसम्म तालबन्दीलाई निरन्तरता दिने र कडा आन्दोलन गर्ने बताएका छन् ।

तालाबन्दीपछि आयोजित विरोध प्रदर्शनका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राईले भने, ‘गल्ती त्रिविले गर्ने, सजाय विद्यार्थीलाई दिने कुरा हाम्रो संगठनलाई स्वीकार्य छैन ।’ उनले अक्षम त्रिवि प्रशासनले तत्काल राजीनामा नदिए कडा संघर्ष गर्ने चेतावनी पनि दिए । ‘हाम्रो रहर होइन, बाध्य भएर परीक्षा नियन्त्रकको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्नुपरेको छ,’ सो संगठनका त्रिवि क्याम्पस विशेष समिति संयोजक गोविन्द विष्टले भने, ‘यस्ता अक्षमहरूलाई देशको ढुकुटी झ्वाम पार्दै कुर्सीमा बसिरहने अधिकार छैन । तत्काल निकास नदिए हाम्रो संगठन सडक मोर्चाबाट भौतिक कारबाही गर्न बाध्य हुनेछ ।’
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस