कार्यक्षेत्रबाहिरको अनुगमन उपप्रधानमन्त्रीको ‘स्टन्ट’बाजी
१९ पौष २०७९
•
५ मिनेट पाठ
कार्यक्षेत्रबाहिरको अनुगमन उपप्रधानमन्त्रीको ‘स्टन्ट’बाजी
उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने राहदानी विभागमा। तस्बिर: सामाजिक सञ्जाल
उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएपछि रवि लामिछाने परराष्ट्र मन्त्रालयअन्र्तगत रहेको राहदानी विभागको अनुगमनमा निस्के। सञ्चारकर्मीसहित पुगेका लामिछानेले त्यहाँ पासपोर्ट बनाउन आवेदन दिन बसेका सर्वसाधारणलाई सहज बनाउने उपायको खोजीमा रहेको बताएका थिए। त्यहाँ जाँदा सामाजिक सञ्जाल र सञ्चार जगत्ले गृहमन्त्रीको अनुगमनको प्रशंसा गरेका थिए। सरकारले सहजीकरण गर्नुपर्नेमा अहिलेसम्म सहजीकरण नभएको, राहदानी लिन आवेदन फाराम भर्न घन्टौं लाइन बस्नुपर्नेजस्ता समस्या सम्बोधन गर्न नसकेको भन्दै अनुगमनपछि समस्या समाधान हुने अपेक्षा गरेका थिए तर समस्या अहिले पनि उस्तै छ।




प्रधानमन्त्रीले अहिले लामिछानेलाई गृह मन्त्रालयको मात्रै जिम्मेवारी दिएका छन्। परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीमातहत रहेको छ तर पनि उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने अनुगमनका लागि पुगे। उनले त्यहाँ केही सर्वसाधारण र विभागका महानिर्देशक सुरेन्द्र यादवसँग पनि कुराकानी गरे। त्यहाँ अनुगमन सकेर उनले मन्त्रालयमा समस्या समाधानका लागि बैठकसमेत राखे। उपप्रधानमन्त्री तथा गृहमन्त्री राहदानी विभागको अनुगमनका लागि पुस १३ गते बिहान गएका थिए। त्यहाँको अनुगमन सकेर उनले गृह मन्त्रालयमै बैठक राखेका थिए।

विभागको अनुगमन गरेर मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादव, मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहितको बैठकमा सहभागी भएका थिए।

गृह मन्त्रालय स्रोतका अनुसार सो बैठकका राहदानी विभागका महानिर्देशक यादवले आफूहरूले खटेर काम गर्दा पनि अपजस भोगेको बताउँदै विभागमा रहेको आन्तरिक समस्याबारे बाहिरबाट गएर पी गरेजस्तो सहज नभएको बताएका थिए। ‘मन्त्रीज्यू नयाँ हुनुहुन्छ। केही गरौं भन्ने भावनाले अनुगमनमा जानुभएको होला। विभागको समस्या के हो भन्ने बारेमा जानकारी नलिई कर्मचारीहरूले काम नगरेकोजस्तो गरेपछि खाजासमेत नखाई काम गरेका कर्मचारीलाई कसरी काम लगाउने हो, त्यहाँ समस्या समाधान गर्ने गृहले हो कि परराष्ट्रले हो, त्यहाँका कर्मचारी कसरी काम गरिरहेका छन् भन्ने बारेमा मन्त्रीज्यू आएपछि कोसँग कसरी जानकारी लिनुभएको छ, विभागले काम गर्ने क्षमता बढाउन के गर्नुपर्छ भन्ने विषय निक्र्योल हुन सकेन। काम गरिरहेका कर्मचारीको मनोबल खस्काउने काम मात्रै भयो। सीमित स्रोत र साधनका बीच पनि कर्मचारीहरूले काम गरिरहेका छन्,’ बैठकमा उपप्रधानमन्त्री लामिछानेसँग महानिर्देशक यादवले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।  

महानिर्देशक यादवले परराष्ट्र मन्त्रालयबाट दिनुपर्ने ५६ जनाको जनशक्ति अहिलेसम्म दिएको छैन भन्दै प्रविधि र जनशक्ति दुवै थप नभएसम्म अहिलेको समस्या समाधान नहुने पनि बताएका थिए। ‘अहिले ३ दिनमा राहदानी दिइरहेका छौं। योभन्दा छिटो त कसरी दिने ?’ उनले प्रश्न गरेका थिए। बैठकमा यादवले आफ्नो विभागको समस्याबारे जानकारी गराइरहँदा मन्त्री लामिछानेले समाधानको उपायबारे केही बोल्न सकेका थिएनन्। महानिर्देशक यादव त्यतिमै रोकिएनन्। ‘मानिस आएर फोटो खिचाउनेलगायत काम गर्दा तीन दिनभन्दा छिटो त कसरी दिने ? भ्यालिडेसन र क्वालिटी चेकको काम भएकाले तीन दिनभन्दा छिटो दिन सकिन्छजस्तो लाग्दैन। तर सेवालाई विकेन्द्रीकरण गर्ने र सेवाग्राहीले १५ देखि २० दिनमा पाउने पनि छिटो नै हो। अब जनशक्ति र प्रविधि थप गर्ने व्यवस्था मिलाइदिनुहोला र पुनः अनुगमनमा आउनुहोला,’ महानिर्देशक यादवले भनेका थिए। उपप्रधानमन्त्री भएपछि उनले आफ्नो कार्यालयको मात्र होइन, विभागमा समेत पुगेर नागरिकहरूको मत जित्ने कोसिस गर्दा विभागका प्रमुख यादवले बैठकमा असहमति प्रकट गरेका थिए।  

अनुगमनका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालयबाटै राहदानी दिन सहज बनाउने आश्वासन दिएका थिए। पाँच वर्षअघि नै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग राहदानी वितरणलाई सहज बनाउन एक कम्युटर अपरेटर र एक अधिकृत माग गरेको थियो। त्यस विषयमा परराष्ट्र मन्त्रालयले अहिलेसम्म ध्यान दिन सकेको छैन। साथै काठमाडांैबाट राहदानी वितरण गर्दा पनि परराष्ट्र मन्त्रालयका तत्कालीन सहसचिव एवं हाल जापानका राजदूत डा. दुवसु क्षेत्री संयोजक रहेको कार्यदलले ५२ जना कर्मचारी थप गर्ने प्रस्ताव अहिलेसम्म अलपत्र रहेको छ। ‘मन्त्रीज्यू अनुगमनमा जानुभयो। यसमा हाम्रो भन्नु केही छैन तर कर्मचारीहरूले कसरी काम गरिरहेका छन्, त्यसको विषयमा जानकारी पनि लिएको भए राम्रो हुन्थ्यो। अनुगमनमा गएँ भन्दै प्रचारबाजी चाहिँ गर्नुभयो तर कर्मचारी र प्रविधिको विषयमा जानकारी नै राख्नुभएन। यसले गर्दा समस्याको समाधान हुनुभन्दा पनि प्रचारमा मात्रै सीमित रहने भयो,’ मन्त्रालयका एक कर्मचारीले भने। उनका अनुसार परराष्ट्र मन्त्रालयको समन्वयमा काम हुनुपर्नेमा उपप्रधानमन्त्री लामिछानेले आफ्नो कार्यक्षेत्रसमेत बिर्सेका थिए।  

‘विभागमा महानिर्देशकले सबै विषय प्रस्टसँग राख्नुभएको छ। जनशक्ति थप भयो, प्राविधिक पनि नयाँ आयो भने अवश्य पनि यति धेरै लाइन बस्नुपर्ने हुँदैन तर काम गर्दा गर्दै पनि सरकारमा आएका नयाँ मन्त्रीले कर्मचारीलाई दोष दिएर उम्कने कोसिस भयो भने समस्या समाधान हुनुको साटो झन बढ्न सक्छ,’ विभागका एक कर्मचारीले भने। उनका अनुसार अहिलेको अवस्थामा साइबर क्याफेहरूलाई फारम भराउन लगाउँदा पनि समस्या उत्पन्न भएकाले त्यसलाई पनि नरोकेमा परराष्ट्रका कर्मचारीहरू थप बद्नाम हुने छन्। साइबर क्याफे सञ्चालकले भित्रबाहिर सेटिङ मिलाउनुपर्ने भन्दै कर्मचारीको नाम लिएर बदनाम गरेको पनि ती कर्मचारीको भनाइ छ।  

यसैबीच लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कार्यसम्पादन गर्न सकिने र सुधार गर्न सकिने विषय समेटेर १५ दिनभित्र सेवा प्रवाह सुधार कार्यान्वयन योजना पेस गर्न निर्देशन दिएका छन्। सचिवस्तरीय निर्णयबाट आवश्यकतानुसार थप सहजीकरण गरी मौजुदा कानुन, साधन र स्रोतको सीमामा रही कार्ययोजना पठाउन निर्देशन दिएका थिए। 

‘निर्णयमा ऐन, नियम, कानुन, कार्यविधि एवम् विवेकको समेत प्रयोग गर्नुहोस्। तपाई न्याय गर्ने ठाउँमा हुनुहुन्छ। न्याय गर्दा लिपिबद्ध कानुन मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्नुहोस्। यान्त्रिक हिसाबले गरिने निर्णयबाट सेवाग्राहीले न्याय नपाउन सक्छन्। विवेकले निर्णय गर्नुपर्ने अवस्थामा निर्णयमा त्यसको पुष्ट्याइँ पनि लेख्नुहोस्,’ उनले निर्देशनका क्रममा भनेका थिए।
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
३२ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




शनिबार, कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको जानकारी गराएका हुन्।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको उनले बताए। 

उनका अनुसार विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको पनि उनले स्मरण गराए। 

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको उनको भनाइ छ।

महामन्त्री पौडेलले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा शाहले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेका हुन्।

उनले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताए।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने माग समेत महामन्त्री पौडेलले गरेका छन्। 
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस