सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप
१९ पौष २०७९
•
५ मिनेट पाठ
सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप
मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो। संस्थापन इतरका नेताहरूले यस्तो परिस्थिति सिर्जना हुनुको सम्पूर्ण जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताउँदै आएका छन्। सभापति देउवासहितको सानो समूहको सत्तालिप्साका कारण पार्टीले संघदेखि प्रदेशसम्मका महत्वपूर्ण पद गुमाएको निष्कर्ष उनीहरूले निकालेका छन्। पार्टी केन्द्रीय समितिको पुस २२ गतेबाट सुरु हुने बैठकमा सत्ता गुमेको विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत हुने तयारीमा संस्थापन इतरका नेताहरू छन्। इतरका नेता शेखर कोइरालाले पार्टी नेतृत्वको असावधानीका कारण अहिलेको अवस्था आएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनुपर्ने तर्क गरेका छन्।




सरकार गठन प्रक्रियामा वार्तामा रहेका नेता रामचन्द्र पौडेलले पनि अहिलेको अवस्था आउनुमा सभापति देउवा नै जिम्मेवार रहेको बताएका छन्। सरकार गठन प्रक्रियामा भएको छलफलकै क्रममा आफूले सभापति देउवालाई अहिलेको परिस्थिति आउने भन्दै अरूको भर नपर्न आग्रह गरेको दाबी गर्दै पौडेलले केन्द्रीय समितिको बैठकमा त्यस विषयमा फेरि कुरा उठाउने बताएका छन्। माओवादी केन्द्र कांग्रेसबाट अलग्गिएर एमालेसँग मिल्न जाँदैन भन्नेमा सभापति देउवा ढुक्क देखिएको बताउँदै पौडेलले माओवादी गइहाले पनि उसलाई एमालेले समर्थन गर्दैन भन्नेमा कसैले आश्वस्त गराउँदा अहिलेको अवस्था आएको विश्लेषण गरे। अहिलेको परिस्थिति कसरी आयो भन्ने विषयमा बैठकमा सभापति देउवाले नेता–कार्यकर्तालाई जवाफ दिनुपर्ने पौडेलको भनाइ छ।  

देउवाकै अडानका कारण सत्ता गठबन्धन कायम राख्न नसकेको भन्दै सार्वजनिक रूपमै आलोचना गर्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफूहरूलाई वार्ता प्रक्रियामा सहभागी गराएको भए अहिलेको अवस्था नआउने धारणा राख्दै आएका छन्। अहिलेको अवस्था आउनुको जिम्मेवारी सभापति देउवासहित वार्ता र छलफलमा बसेका नेताहरूले लिनुपर्ने तर्क उनीहरूको छ। महामन्त्री थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसँग मिल्न सक्छन् भन्ने आकलन गर्न नसक्नुलाई नेतृत्वको ‘हुस्सुपना’ भएको सार्वजनिक अभिव्यक्ति दिएका छन्। थापा र शर्मा दुवैले संयुक्त विज्ञप्तिमार्फत कांग्रेस सत्ताविमुख हुनुपर्ने अहिलेको अवस्थाको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्नुपर्ने तर्क गरेका छन्। ‘हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन,’ उनीहरूले भनेका छन्।

तर सभापति देउवासहित संस्थापन पक्षका नेताहरूले भने पार्टीको जिम्मेवार पदमा रहेका व्यक्तिहरूले परिस्थितिलाई सम्हाल्नतिर लाग्नुको साटो पार्टीले सबै कुरा गुमाउँदा ‘खुच्चिङ’ भनेर गैरजिम्मेवारीपन प्रदर्शन गरेको आरोप लगाउँदै आएका छन्। पार्टी महामन्त्रीसहित जिम्मेवार नेताहरूले परिस्थितिलाई सम्हालेर पार्टीभित्र देखिएको असमझदारी आन्तरिक छलफलबाट हटाउन लाग्नुको साटो ‘पपुलर’ कुरा गरेर समाचार बन्नेतिर केन्द्रित भएको सभापति देउवानिकट नेताहरूको आरोप छ।  

पार्टी कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभाको ठुलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि पहल लिने निर्णय गरेको भन्दै त्यसकै आधारमा सभापतिले नयाँ सरकार गठनका लागि पहल लिएको तर्क गर्दै आएका छन्। महामन्त्रीद्वय थापा र शर्माले भनेजस्तो अहिले माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिएको भए पनि उनीहरूले अहिलेजस्तै प्रधानमन्त्री छाडेको भनेर आलोचना गर्ने दाबी गर्दै आएका छन्। पार्टी प्रवक्ता प्रकाशशरण महतले सभापति देउवासहितका नेताले कार्यसम्पादन समितिको निर्णयअनुसार नै सरकारको नेतृत्व दाबी गरिएको बताउँदै आएका छन्। पार्टी निर्णयअनुसार वार्ता, छलफल र सरकारको दाबी गर्ने कुरालाई नाजायज भन्न नमिल्ने तर्क गर्दै आएका छन्। प्रधानमन्त्री नदिए गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन निर्माण गर्ने कुराको संकेतसम्म पनि माओवादी केन्द्रका अध्यक्ष दाहालले नदिएको भन्दै संस्थापन पक्षका नेताहरूले पार्टी नेतृत्वमा जो भए पनि परिस्थिति र परिणाम अहिलेकै जस्तो आउने दाबी गरेका छन्।

केन्द्रीय सदस्य नैनसिंह महरसहितका केही नेताले अहिलेको परिस्थितिको जिम्मेवारी सभापति देउवासहित अन्य पदाधिकारीले लिनुपर्ने बताउँदै आएका छन्। सरकार गठनसहितका विषयमा केन्द्रीय समितिमा छलफल नगरी कार्यसम्पादन समितिबाट निर्णय लिने र अहिले परिणाम नआएपछि एकअर्कालाई आरोप लगाएर कोही पनि भाग्न नमिल्ने तर्क उनको छ। अहिलेको परिस्थिति किन आयो भनी नेतृत्वले चित्तबुझ्दो जवाफ दिनुपर्ने बताउँदै महरले भने, ‘नेतृत्वमा रहेकाले सभापति सबैभन्दा जिम्मेवार हुनुहुन्छ तर पदाधिकारीसहित अन्य सहयोगीहरूले पनि पन्छिन मिल्दैन। सभापतिबाट गल्ती हुँदा पनि हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने पदाधिकारी र सहयोगीहरू पनि दोषी छन्।’

केपी ओली नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णयको पक्षमा सभापति देउवा रहे पनि निर्वाचनमा जान नदिएर अरू नेताहरूले गलत गरेको तर्क सहमहामन्त्री किशोरसिंह राठोरले गरेका छन्। तर निर्वाचनमा नगए पनि माओवादी केन्द्रसहितका दलहरूको साथ लिएर सरकार बनाउने काम गलत भएको तर्क पनि उनले गरेका छन्। संविधान विघटनपछि निर्वाचनमा गएको भए माओवादी केन्द्रसहितका दलहरूको हैसियत अहिलेको जस्तो नहुने र कांग्रेसको अवस्था अहिलेभन्दा मजबुत हुने दाबी गर्दै निर्वाचनमा जान नदिने नेताहरूकै कारण अहिलेको अवस्था आएको दाबी राठोर मात्र नभएर अन्य केही नेताहरूले पनि गरेका छन्।  

पुस २२ गते बोलाइएको बैठकमा कांग्रेसका नेताहरू नयाँ रणनीति तयार गर्नुभन्दा एकअर्काविरुद्ध आरोपित गरेर आफूलाई राम्रो कसरी देखाउने भन्ने आन्तरिम तयारीमा जुटेका छन्। संस्थापन र इतर दुवै पक्ष आफ्नो बचाउ कसरी गर्ने र अर्को पक्षलाई कसरी आरोपित गर्ने भन्नेमै केन्द्रित भएका छन्।
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
३० फागुन २०७९
•
१ मिनेट पाठ
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।




बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
यो पनि पढौँ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस