काठमाडौं–संघीय मामिला तथा तथा स्थानीय विकास मन्त्रालयले कामविहीन रहेका गाविस सचिवलाई भूकम्प प्रभावित जिल्लामा खटाए पनि उनीहरू अटेर गरिरहेका छन् । तीन महिना बित्दा पनि उनीहरूले मन्त्रालयको निर्देशन पालना गरेका छैनन् ।
काजमा खटाइएका कर्मचारी तोकिएको ठाउँमा नगए तलबभत्ता रोक्न मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको छ । पत्रमा तीन दिनभित्र सम्बन्धित गाविस पुग्न भनिएको छ । सरकारको सचिवस्तरीय बैठकले भूकम्प प्रभावित जिल्लाका रिक्त गाविसमा तुरुन्त सचिव पठाउन निर्णय गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले खटाएका मध्ये केही गइसकेको प्रवक्ता पूर्णचन्द्र भट्टराईले दाबी गरे । केहीलाई प्राविधिक समस्या आएकाले पठाउन नसकिएको उनले बताए । ‘निजामती कर्मचारीले ऐन, नियम मान्नैपर्छ । साउन १ गतेभित्र तोकिएको स्थानमा नजाने कर्मचारीलाई कारबाही गर्छौं,’ भट्टराईले भने ।
मन्त्रालयस्रोतका अनुसार केही कर्मचारीले व्यक्तिगत समस्या देखाएर गाविस जान नसक्ने भन्दै उल्टै मन्त्रालयलाई पत्र पठाएका छन् । केहीले बिरामी भएको निहुँ बनाएका छन् । धेरैजसोले काम नगरी तलब मात्र बुझिरहेको मन्त्रालयका एक कर्मचारी बताउँछन् । उनी भन्छन्, ‘फाजिलमा रहेका कर्मचारी सम्बन्धित अड्डाले काम दिए गर्छन्, नदिए तलब खाँदै बसेका छन् ।’
घरपायक जागिर छोडेर विकट जान नमान्दा भूकम्प प्रभावित जिल्लामा सचिव पठाउन नसकेको मन्त्रालयले जनाएको छ । ओखलढुंगा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, मकवानपुरका ४२ वटा गाविसमा खाली रहेको पदमा काजमा खटाइएको थियो ।
भूकम्प प्रभावित जिल्लामा गाविस सचिव खाली भएको भन्दै तुरुन्तै पठाउन व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले समेत दुई महिनाअघि नै निर्देशन गरिसकेको छ । भूकम्प प्रभावित१४ जिल्लाका ८८ गाविस अझै सचिवविहीन छन् ।