नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास ‘बालकोट’ मा सरकार गठनबारे वार्ता सुरु भएको छ। बालुवाटारमा विफल भएको वार्ता अब बालकोटमा अन्य राजनीतिक दलहरु र तीनका नेताहरुको संलग्नता हुन लागेको छ।
बालकोटमा सत्ता साझेदारीका लागि तेस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेताहरु, चौथो ठूला दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पाटीको अध्यक्ष राजेन्द्र लिङदेल,जनता समाजवादी पार्टीका तर्फबाट अशोक राई पुगिसकेका छन्।
सत्तागठबन्धनको कुरा नमिलेपछि नयाँ समिकरणसहितको सरकार बनाउनका लागि यी दलहरु बालकोटमा भेला भएका हुन। शक्ति र महत्वपूर्ण पदहरुको बाँडफाँडमा कुरा मिलेपछि यी दलहरु सरकार गठनका लागि राष्ट्रपति कार्यालय पुग्नेछन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेभित्रको समय दिएर बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई आव्हान गरेकी हुन। त्यसैले दलहरु विभिन्न संभावनाका लागि दौडधुप गरिरहेका छन्।