सरकार दाबी गर्ने आज अन्तिम दिन, बालुवाटारमा जारी छ गठबन्धन बैठक
१० पौष २०७९
•
१ मिनेट पाठ
सरकार दाबी गर्ने आज अन्तिम दिन, बालुवाटारमा जारी छ गठबन्धन बैठक
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राजनीतिक दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिदैछ्।  




राष्ट्रपति भण्डारीले सरकार गठनका लागि आव्हान गरको सातौं दिनसम्म पनि राजनीतिक दलहरुले स्पष्ट बहुमतसहित दाबी गर्न सकेका छैनन्।  

एक साता यतादेखि सत्ता गठबन्धन दलका नेताहरुको बैठक चलिरहेको छ। र, आज पनि सत्ता गठबन्धन दलका नेताहरु बालुवाटारमा छलफलमै छन्।

प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता महत्वपूर्ण पदहरुको बाँडफाँडमा कुरा नमिलेपछि नेताहरुले सरकारको दाबी गर्न सकेका छैनन्।  

बैठकमा सहभागी नेताका अनुसार सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा सहमती भएपनि ती दलहरुबीच शक्ति बाँडफाँड भने मिलेको छैन। उनीहरु कुरा मिलाउन कति बेला ‘वन बाइ वन’ पनि छलफल गरेरहेका छन भने कति बेला समूहमा छलफल गरिरहेका छन् ।  

अहिले सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी छन्। यी दलका नेताहरुबीच नियमित बैठक र छलफल भइरहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने सरकार गठनका लागि दोस्रो ठूलो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि ‘बार्गेनिङ’ गरिरहेका छन्। सत्ता गठबन्धनले नै अहिलेको सरकारको नेतृत्व गर्ने संभावना बढि देखिन्छ ।
अर्को समाचार
गठबन्धन बैठकका आठ साता: सिट बाँडफाँटमा अझै अन्योल
१३ असोज २०७९
•
३ मिनेट पाठ
गठबन्धन बैठकका आठ साता: सिट बाँडफाँटमा अझै अन्योल
सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र माओवादी केन्द्र मिलेर धेरै सिट लिँदा जसपा र नेकपा एसलाई घाटा लाग्ने अवस्था आएको हो। आन्तरिक विवादका कारण सबैभन्दा बढी सिट लिन कांग्रेसलाई सहयोग मिलिरहेका बेला माओवादीले करिब ५० सिटको हाराहारीमा लिएको छ।




‘कांग्रेस ८५/८७ सिट, माओवादीले ४७/५० सिट लिँदा नेकपा एसलाई १६ सिट र जसपालाई १५ दिने गरी संघमा बाँडफाँट गर्न लागिएको छ। बुधबारको बैठकले पनि सबै क्षेत्रको सिट बाँडफाँट टुंगो लगाएको छैन,’ गठबन्धन निकट स्रोतले भन्यो। सरकारी निवासमा ५५ दिन बैठक बस्दा पनि सत्तारूढ पाँच दलले अझै निकास निकाल्न सकेका छैनन्। मंगलबार र बुधबार दिनभर गठबन्धन दलका नेताहरू सिट बाँडफाँटका लागि बस्दा पनि मिलाउन सकेका थिएनन्। खासगरी आफू कमजोर रहेका तर यसअघि जितेका स्थानमा माओवादी केन्द्रले नछाडेका कारण सिट बाँडफाँटमा कुरा नमिलेको स्रोतको दाबी छ।

प्रदेशसभामा सिट बाँडफाँट कार्यदलले २०७४ सालमा जितेको स्थानमा सोही दलले लिने र २०७४ सालको समानुपातिक सिटलाई आधार बनाउने सहमति गरेको भए पनि कांग्रेसको आन्तरिक झगडाका कारण गठबन्धनभित्र अन्योल देखिएको छ। प्रतिनिधिसभातर्फको भने करिब सबै निर्वाचन क्षेत्र कुन दलले कहाँ लिने भन्ने गरी समझदारी बनेको भए पनि सिन्धुपाल्चोक, सोलुखुम्बु, उदयपुर, डोटी, काठमाडौं–२ लगायत स्थानको मिल्न बाँकी छ। सोलुखुम्बुमा कांग्रेसले दाबी गरिरहेको छ भने उदयपुरमा नेकपा एस र माओवादी दुवैले दाबी गरिरहेका छन्। त्यसैगरी डोटीमा प्रेम आलेविरुद्ध कांग्रेसहरूले आन्दोलन नै गरिरहेका छन्। काठमाडौं–२ मा माओवादी र कांग्रेस दुवैले दाबी गरिरहेका छन्।  

सिन्धुपाल्चोकमा माओवादी र कांग्रेस दुवैको दाबी छ। ‘धेरै जिल्लामा कुरा मिलिसकेको छैन, अहिले मिल्यो भनेर बाहिर प्रचार गरिए पनि कांग्रेस बलियो भएको स्थानमा कांग्रेसले नछाड्ने माओवादी बलियोजस्तो देखिँदा माओवादीले नछाड्ने हुँदा लफडा भइरहेको छ,’ गठबन्धन दलका एक नेताले भने।

तर नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार करिबकरिब सहमति भइसकेको तर केही प्राविधिक काम मात्रै टुंग्याउन बाँकी छ। गत साउन २० गते सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेका थिए। तर अहिलेसम्म सिट बाँडफाँटमा भने सहमति गर्न सकेका छैनन्। सरकारमा रहेका गठबन्धन दलहरूले तालमेल गरेरै लड्ने निर्णय गरेका भए पनि सिट बाँडफाँटमा टुंगो नलाग्दा गठबन्धनका नेताहरूसमेत अलमलमा परेका छन्। ५५ दिन गठबन्धनका दलहरूले सिट बाँडफाँटमा समय खर्चेका छन्।

मंगलबार दिनभरिको बैठकपछि सिट बाँडफाँटमा करिब सहमति जुटाउन नेताहरू सफल भए पनि कांग्रेस र माओवादीले बढी सिट राखेपछि जसपा र नेकपा एसका नेताहरू असन्तुष्ट देखिएका छन्। सिट बाँडफाँटमा भएको सहमति र असन्तुष्टि दुवै विषयमा नेताहरूले केही बताउन चाहेका छैनन्। मधेस प्रदेशको ३२ निर्वाचन क्षेत्रमा दलहरूका बीचमा सिट संख्या भागबन्डामा भने करिबकरिब सहमति भइसकेको नेताहरूको दाबी छ। मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा अब जसपाले सबैभन्दा धेरै १३ सिट पाउनेछ। त्यसपछि कांग्रेसले १२, माओवादी केन्द्रले पाँच र नेकपा एसले दुईवटा निर्वाचन क्षेत्र पाउने सहमति भएको स्रोतको दाबी छ। राष्ट्रिय जनमोर्चाले भने मधेस प्रदेशमा कुनै पनि सिट पाउनेछैन। नेकपा एसले रौतहट–१ मा पार्टी अध्यक्ष माधव नेपाललाई चुनाव लडाउने गरी सोचेको छ। मधेसको अर्को एउटा क्षेत्र पनि नेकपा एसले पाउनेछ। स्रोतका अनुसार माओवादीले भने सिरहामा एक, रौतहटमा एक, धनुषामा एक, महोत्तरीमा एक र सर्लाहीमा एक सिट पाउनेछन्। अन्य मधेसका बारा, पर्सा र सप्तरीमा माओवादीले प्रतिनिधिसभातर्फ सिट पाउनेछैन।

उम्मेदवारबारे छलफल गर्न एमाले सचिवालय बैठक  

नेकपा एमालेले प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको हो। ओलीले बैठकका एजेन्डा प्राप्त नभए पनि प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल हुने बताएका छन् ।

नेकपा एमालेले असोज १६ भित्र प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने जनाएको छ। निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनको समय निर्धारण गरेको छ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस