प्रतिनिधि सभामा अहिले एक जना प्रत्यक्ष र तीन जना सांसद समानुपातिकमा निर्वाचित छन्। प्रत्यक्षमा राप्रपाका ज्ञानेन्द्र शाही, समानुपातिक तर्फ माओवादीबाट छिरिङ ल्यामु लामा, काँग्रेसबाट कान्तिका सेजुवाल र राष्ट्यि स्वतन्त्र पार्टीबाट विनिता कठायत निर्वाचित भएका हुन्।
आज बानेश्वरस्थित संसद भवनमा जुम्लाकी दुई समानुपातिक सांसद जुम्ली भेषभुषामा सजिएका थिए। सांसद सेजुवाल र कठायत जुम्ली भेषभुषामा सजिएकी हुन्। पछिल्लो समय यो जुम्ली भेषभुषा हराउदै गएको पाइन्छ। पश्चिमा सस्कृति बढ्दै गएपछि यो जुम्ली भेषभुषा हराउदै गएको हो। यहाँका बुढापाकामा मात्रै यो पहिरन देखिने गरेको छ। सेजुवाल चन्दननाथ नगरपालिकाकी पूर्व मेयर समेत हुन्।
सांसदले जुम्लाको सिंजा उपत्यका उत्पादन भएको खस भाषामा सपथ लिएकी छन्। सेजुवालले नेपाली खस भाषामा शपथ लिएको नेपालको संसदीय इतिहासमै पहिलो पटक हो। यसअघि कुनै पनि सांसदले खस भाषामा सपथ लिएका थिएनन्।