सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने
०६ पौष २०७९
•
४ मिनेट पाठ
सरकार बनाउन एमाले अनुचित खेलमा नलाग्ने
नवनिर्वाचित सांसदका लागि एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत तस्बिर: प्रसन गुरुङ/नागरिक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणको ‘अनुचित खेल’ मा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्। सरकार निर्माणका लागि रस्साकस्सी चलिरहेका बेला एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा प्रशिक्षण कार्यक्रममा ओलीले भने, ‘एमाले राजनीतिक स्थिरताको पक्षमा छ। एमालेलाई राष्ट्र, राष्ट्रियता, विकास र समृद्धिको चिन्ता छ, जनताको भविष्यको चिन्ता छ, गन्तव्यको चिन्ता छ, सत्ता मोलमोलाइको होइन। त्यसैले एमाले सरकार बनाउने अनुचित लेनदेन, भागबन्डा र सेटिङमा सहभागी हुँदैन।’




ओलीले अनुशासनहीनहरूको बोलवाला बढ्न थालेकाले यसबाट मुलुक अस्थिरतातर्फ धकेलिन सक्ने बताए। ‘मुलुकमा राजनीतिक अस्थिरता बढेको छ, अनुशासनहीनता बढेको छ, सामाजिक अवस्था खलबलिएको छ। मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ,’ ओलीले भने। एमाले देशमा सबैभन्दा बढी जनताबाट रुचाइएकाले सर्वाधिक लोकप्रिय पार्टीका रूपमा स्थापित भएको उनले बताए। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको छ। ओलीले प्रत्यक्ष निर्वाचनतर्फ सत्तापक्षले राज्यसत्ताको दुरूपयोग गरेर, संवैधानिक अंगहरूको दुरूपयोग गरेर एमालेलाई हराएको, पहिलो पार्टी हुन नदिएको दाबी गरे।

ओलीले निर्वाचनमा निर्वाचन आयोगले समेत निष्पक्ष र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि पोखे। उनले मरेका र विदेश गएकाका नाममा मत खसेका केन्द्रमा निर्वाचन आयोगले पुनः निर्वाचन नगराएर लोकतन्त्र र प्रणालीलाई कमजोर बनाउने काममा साथ दिएको आरोप लगाए। ‘निर्वाचन निष्पक्ष गराउने अभिभारा बोकेका निकायहरूको समेत भूमिका निष्पक्ष, प्रभावकारी हुन सकेन। त्यस्ता निकायले कानुनसम्मत र कर्तव्यनिष्ठ भूमिका पूरा गरे भन्ने अवस्था रहेन। धाँधली भएका ठाउँमा दोहोर्‍याएर निर्वाचन गरिएन। धाँधली भएको देख्नुपर्ने ठाउँबाट देखिएन, नदेखैझैं गरियो। यो वास्तवमै दुःखद पक्ष हो,’ ओलीले भने।

ओलीले आगामी निर्वाचनमा पनि अलोकतान्त्रिक, अवाञ्छित, गैरकानुनी क्रियाकलापलाई रोक्न सकिएन भने लोकतन्त्रको अर्थ नहुने बताए।

‘बुथ कब्जा नै गर्ने हो भने लोकतान्त्रिक अभ्यास र निर्वाचन भन्ने कुराको के अर्थ हुन्छ? त्यसकारण यस्ता क्रियाकलाप रोक्न हामी सजग हुनुपर्छ। निर्वाचनमा गलत क्रियाक्रलाप रोक्न सकिएन भने लोकतान्त्रिक अभ्यासप्रति जनताको वितृष्णा बढ्दै जान्छ, विस्तारै प्रणालीप्रति नै जनताको विश्वास कमजोर हुँदै जान्छ,’ ओलीले भने।

ओलीले पार्टी, पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशनअनुसार चल्न, संसद्भित्र र बाहिर सच्चा जनप्रतिनिधिको भूमिका निर्वाह गर्न तथा वैचारिक रूपमा स्पष्ट र योजनाबद्ध ढंगले प्रस्तुत हुन नवनिर्वाचित सांसदहरूलाई निर्देश गरे। एमालेले देश र जनताको हितबाहेक अरू केही पनि नहेर्ने भएकाले सांसदहरूले पनि पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशनलाई दृढताका साथ पालना गर्नुपर्ने ओलीको भनाइ थियो। ‘देश बर्बादीतर्फ गइरहेको छ। यस्तो अवस्थामा हामी नयाँ संकल्पसहित अगाडि बढनु छ। पार्टीबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित सबैले आफूलाई सच्चा जनप्रतिनिधिका रूपमा प्रस्तुत गर्नुपर्छ। त्यसका लागि म हाम्रा सम्पूर्ण साथीलाई अध्ययनशील हुन, योजनाबद्ध ढंगले काम गर्न, दृढता र स्पष्टताका साथ प्रस्तुत हुन, पार्टीको निर्णय, अनुशासन, आदेश र निर्देशअनुसार चल्न आग्रह गर्दछु,’ ओलीले भने।

चार जिल्ला अध्यक्ष सम्मानित

एमाले अध्यक्ष केपी शर्मा ओलीले चार जिल्लाका पार्टीअध्यक्षलाई सम्मान गरेका छन्। उनले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘क्लिन स्विप’ गर्न सफल तीन जिल्लाका अध्यक्ष र संसदीय निर्वाचनमा इतिहासमा पहिलो पटक जित निकाल्न सफल जिल्लाका अध्यक्षलाई सम्मान गरेका हुन्। ७७ जिल्लामध्ये अर्घाखाँची, धनकुटा र पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिट जित्न एमाले सफल भएको छ। यसको कदरस्वरूप एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल, पर्वतका अध्यक्ष राजु पौडेल र धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीलाई सम्मान गरिएको हो। त्यस्तै इतिहासमा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा जित निकाल्न सफल भएका सोलुखुम्बुका जिल्ला अध्यक्ष डुफकुमार बास्तोलालाई पनि ओलीले सम्मान गरे।

ओली संसदीय दलको नेता

एमाले संसदीय दलको नेतामा पार्टीअध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्। प्रज्ञा भवन काठमाडौंमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकबाट ओली सर्वसम्मत संसदीय दलको नेता चुनिएका हुन्। उनलाई संसदीय दलको नेता बनाउन पार्टी उपाध्यक्ष विष्णु पौडेलले राखेको प्रस्तावमा अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन जनाएका थिए। संसदीय दलको बैठकले एमालेलाई समानुपातिकतर्फ लोकप्रिय मत दिएर पहिलो दल बनाएको भन्दै मतदातालाई धन्यवाद दिएको छ।
अर्को समाचार
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
६ मिनेट अघि
•
१ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ।




काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले कांग्रेसले संविधान, लोकतन्त्र, विधिको शासन र संवैधानिक संस्थाको मर्यादाविपरीत सरकार अघि बढेको आरोप लगाएका हुन्। 

उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच र प्रवृत्तिमै समस्या देखिएको कांग्रेसको निष्कर्ष छ।

संसद्प्रति सरकार जवाफदेही हुन नचाहेको, संसदीय समितिलाई बेवास्ता गरेको र संसद् छल्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको उनको आरोप छ।

पौडेलले प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्शबिना ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन माग गरेका छन्। 

त्यस्तै, कांग्रेसले संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारलाई आग्रह गरेको छ।

महामन्त्री पौडेलले सरकारको विरोधी भएकै कारण निर्दोष व्यक्तिलाई अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग भएको बताए। सरकारनिकट व्यक्तिलाई संरक्षण गर्ने र विरोधीलाई लक्षित गर्ने प्रवृत्ति पनि गलत भएको उनको भनाइ छ।

सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै उनले संविधान, लोकतन्त्र र नागरिक अधिकारमाथि हुने हस्तक्षेपको प्रतिरोध गर्ने चेतावनी दिएका हुन्। 

कांग्रेसले आफ्नो संयमलाई कमजोरी नठान्न सरकारलाई चेतावनीसमेत दिएको छ। अब संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट सरकारका गतिविधिमाथि निरन्तर निगरानी र खबरदारी गर्ने निर्णय बैठकले गरेको महामन्त्री पौडेलले जानकारी दिएका हुन्। 
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस