चुनावी हारमा पनि उत्साहित बाजुरा एमाले
२६ मंसिर २०७९
•
४ मिनेट पाठ
चुनावी हारमा पनि उत्साहित बाजुरा एमाले
नेकपा एमाले बाजुराले यो पटकको चुनावमा नमिठो पराजय भोगेको छ। जितको सुनिश्चितको सन्देश सहित चुनावी प्रचारका जुटेको एमालेले अन्तिम मत परिणाम आउँदा नमिठो हार बेहोरेको हो। जुन अन्तरको हारको नेकपा एमाले बाजुराले कल्पना समेत गरेको थिएन।




प्रतिनिधि सभा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेभन्दा ५,४३७ मत कम ल्याएर नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भएका छन्। पाण्डेले ३१,७८६ मत प्राप्त गर्दा थापाले २६,३४९ मत ल्याएका छन्।

यति धेरै अन्तरले पराजित हुने अवस्था नै हैन्, हामी जित्ने निश्चित थियो, तर सत्ता, शक्तिको दुरुपयोग, धाँधली र बुथ कब्जाकै कारण चुनाव हार्नु परेको निष्कर्षमा नेकपा एमाले रहेको पार्टी सचिव भरत थापाको भनाई छ। नेकपा एमालेले २०७० पछि संसदीय चुनाव यो पटक हारेको हो।

चुनाव हारेपनि नेकपा एमालेको सक्रिय र उत्साह भने हारको पीडाले थलिएको जस्तै छैन्। नेताहरू एक पछि अर्को पालिका पुगेर मतदाता भेट्ने, रमाइलो गर्ने, भावी योजना सुनाउने, हार्न बाध्य पारिएको घटना बारे जानकारी दिने कार्यमा सक्रिय छन्।

बाजुरामा हामीले चुनाव हारेकै छैनौँ, कहिल्यै हार्ने अवस्था पनि छैन्, हार त्यति बेला हुन्छ, जति बेला कि हामी विभाजित हुन्छौं, कि काँग्रेसले सत्ता र शक्तिको दुरुपयोग गरेर धाँधली गर्छ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने।

'यो पटक हामी बिच एकता थियो, जितको नजिक थियौँ, काँग्रेसले सत्ताको बलमा करिब १० हजार मत धाँधली गरेर फर्जी हाल्यो र हामीले हार्नु पर्‍यो, थापाले मतदाता भेटघाटका क्रममा भन्ने गरेका छन्।' एमाले बाजुराले बडीमालिका, गौमुल र खप्तड छेडेदह गाउँपालिकाका मतदातालाई भेटघाट गरिसकेको छ।

चुनाव पराजित भएको घोषणा पछिल्लो दिन देखिनै नेताहरू मतदाता, नेता तथा अगुवा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन्। पार्टीका तर्फबाट आयोजित भेटघाट कार्यक्रममा पनि उत्साहजनक उपस्थिति देखिएको छ।

स्थानीय तहमा ६ वटा पालिका सरकार एमालेको पक्षमा छ, जिल्ला समन्वय एमालेकै नेतृत्वमा छ, हामीले संघ र प्रदेश सभा सदस्य गुमाएका हौँ, यसमा निराश हुनु पर्ने अवस्था नै नरहेको नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाको भनाई छ। चुनाव हारेपनि जनमत हारेको अवस्था छैन्, हामी फेरि अर्को पटक जितको सुनिश्चितता हुने गरी फर्किने आश्वासन नेताहरुले कार्यकर्तालाई दिने गरेका छन्।

जहाँ पुगेपनि नेताहरू निराश नहुन अनुरोध गर्ने गरेका छन्। पार्टी नेताहरू कर्णबहादुर थापा, लालबहादुर थापा, प्रकाश शाह, बसुन्धरा रोकाया, लालबहादुर ओली, गगन रावल सहित सबै जसो नेताहरू मतदातालाई धन्यवाद दिन गाउँ केन्द्रित बनेका छन्। न अभिव्यक्तिमा निराशा सुनिन्छ, न अनुहारमा नै निराशको संकेत भेटिन्छ, हारपछि पनि नेताहरू थप उत्साहित र उर्जावान जस्तै देखिने गरेका छन्।

शान्तिपूर्ण निर्वाचनको पक्षमा हामी थियौँ, सत्ता र शक्तिको यति धेरै चरम दुरुपयोग होला भन्ने अपेक्षा समेत थिएन, हाम्रो सोझोपन र इमान्दारीतालाई फाइदाको रुपमा लिने काम भयो, यो जिल्ला बासी र राजनीतिका लागि नै दुर्भाग्य हो, नेकपा एमाले केन्द्रीय सदस्य प्रकाश शाहले भने।

एमालेको तर्फबाट प्रतिनिधि उम्मेदवार कर्णबहादुर थापाले मार्ने मारेर, धाँधली गरेर, बुथ कब्जा गरेर जितको चुनावबाट विजयी उम्मेदवारलाई विजयी सभामा गएर बधाई दिन मनले नमानेको भन्दै आफुले नै पराजित हुँदा २०५६ सालबाट सुरु गरेको परम्परालाई तोडेका छन्।

प्रदेश सभाका उम्मेदवार लालबहादुर थापा र बल्देव रेग्मीले बुथ कब्जा गरी, सत्ता शक्तिको दुरुपयोग गरी चुनाव जित्नुले जनमत माथिको नै अपमान भएकोले इतिहासमै कलङ्कको टिको लाग्ने काम यो चुनावमा भएको निष्कर्षमा छन्। नेकपा एमाले नेताहरू गाउँमा पुग्दा पनि एमाले नेता कार्यकर्ता सहित मतदाता पनि निराश देखिँदैनन्।

अबिर मालाको भव्य स्वागत, उत्साहजनक उपस्थितिले एमालेमा कुनै हारको अनुभव नै नदेखिएको अवस्था छ। सांसद हुने अवसर गुमाए पनि जनमत र जनविश्वास नगुमाएको नेकपा एमाले नेता लालबहादुर ओलीको भनाई छ। युवा विद्यार्थी सबै पक्तिको सक्रियता र उत्साहले नेकपा एमालेलाई थप बलियो र सशक्त बनाउन योगदान पुग्ने विश्वासमा नेताहरू छन्।

नेकपा एमालेले प्रत्यक्ष तर्फ सांसद गुमाए पनि प्रतिनिधि सभामा समानुपातिक तर्फको कोटाबाट केन्द्रीय सदस्य दयालबहादुर शाहीलाई सांसदको रुपमा पाउने निश्चित जस्तै छ। बाजुरा प्रत्यक्ष चुनाव हारेर पनि सांसद विहीन हुने अवस्था छैन्।

बुथ कब्जा र बुथमा भएको विवादमा बाजुराले यो पटक दुई जना युवा गुमाउनु परेको छ। कर्णबहादुर थापाले योसँगै संसदीय चुनावमा तेस्रो हार बेहोरेका छन्। उनले २०५६, २०६४ र २०७९ मा हार बेहोरेका हुन्। लालबहादुर थापा र बल्देव रेग्मीले भने यो पहिलो हार बेहोरेका हुन्।

नेपाली काँग्रेस र नेकपा एमालेले बाजुराका सबै संसदीय चुनावमा बराबरी जित निकालेका छन्। २०४८, २०५६, २०६४ र २०७९ मा नेपाली काँग्रेसले जितेको छ। भने २०५१, २०७० र २०७४ मा नेकपा एमालेले जितेको छ। स्थानीय तह निर्वाचन २०७४ मा ६ पालिका सहित समन्वय काँग्रेसको पक्षमा हुँदा नेकपा एमाले वाम गठबन्धनले चुनाव जितेको थियो। भने २०७९ मा ६ पालिका र समन्वय एमालेको पक्षमा हुँदा लोकतान्त्रिक वाम गठबन्धनले चुनाव जितेको छ। 

चुनावमा बेहोर्नु परेको पराजयको कारण र आगामी योजना बारे जानकारी गराउन नेताहरुले अगुवा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्।
अर्को समाचार
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
७ घण्टा अघि
•
१ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।




पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार पहिलो चरणमा कर्णाली प्रदेशको सुर्खेतमा यही शनिबार र आइतबार तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा मंसिर १४ र १५ गते प्रशिक्षण आयोजना गरिनेछ।

अन्य प्रदेशमा पनि क्रमशः कार्यक्रम सञ्चालन गरिने उनले बताए।

कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन्। कार्यक्रममा पार्टी उपसभापति सोबिता गौतम, महामन्त्री विपिनकुमार आचार्यलगायत पदाधिकारी तथा नेताहरू सहभागी हुनेछन्।

दुईदिने प्रशिक्षणमा पार्टीको वैचारिक आधार, सिद्धान्त, राजनीतिक दृष्टिकोण, मूल्यमान्यता, अनुशासन र राजनीतिक संस्कारबारे प्रशिक्षण दिइनेछ।

साथै, क्यान्डिडेट क्लब तथा लिडरसिप एकेडेमीको अवधारणा र कार्यदिशा, पार्टी संगठनको सशक्तीकरण, परिचालन, विस्तार तथा संरचनागत सुदृढीकरणका विषयमा छलफल हुनेछ।

प्रशिक्षणको पहिलो दिन जिल्ला तथा पालिका तहका पार्टी नेतृत्वसँग संगठनको अवस्था, चुनौती, सम्भावना, व्यवस्थापन, आर्थिक पारदर्शिता र निर्वाचन तयारीबारे केन्द्रीय नेतृत्वले छलफल गर्ने कार्यक्रम छ।

दोस्रो दिन स्थानीय तथा प्रदेश निर्वाचनको रणनीति, पार्टीको भूमिका, वाचापत्र तथा प्रतिबद्धताको कार्यान्वयन, नीति, कार्ययोजना र परिणाममुखी कार्यसम्पादनका विषयमा प्रशिक्षण दिइनेछ।

त्यसैगरी, पार्टीको ब्रान्डिङ, प्रचारप्रसार तथा सामाजिक सञ्जालको प्रयोगबारे पनि प्रशिक्षण दिइने प्रवक्ता खरेलले जानकारी दिए।

कार्यक्रमको अन्तिम सत्रमा सभापति लामिछानेले पार्टीको राजनीतिक कार्यदिशा, प्राथमिकता र रणनीतिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस