राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन्।
आफ्नो विचार र शिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन्।
पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन्।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ (दीपक मनाङे) फेरी विवादमा तानिएका छन्। कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन्।
गुण्डा नाईकेको छवी संग्ल्याउन राजनीतिमा प्रवेश गरेका उनी आफ्नो पुरानै शैलीका कारण बारम्बार विवादमा आइरहन्छन। यसपटक भने उनी कर्मचारी वा कसैलाई कुटेर नभई गञ्जीमात्रै लगाएर मन्त्रालय गएपछि आलोचना भइरहेको छ। मन्त्रालयकै केहि व्यक्तिबाट सार्वजनिक भएको सो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल छ। जहाँ नागरिक अगुवा तथा सर्वसाधारणहरुले मर्यादा विपरित गञ्जीमात्रै लगाएर मन्त्रालयमा गएको भन्दै आलोचना गरेका छन्।
मन्त्री मनाङे बुधबार गञ्जीमात्रै लगाएर मन्त्रालय गएका थिए। सो क्रममा उनले सेवाग्राहीलाई समेत भेटेको बताइएको छ। त्यसदिन उनले मन्त्रालयमै मदिरा सेवन गरेको श्रोत बताउँछ। नाम नबताउने शर्तमा श्रोतले भन्यो, ‘त्यो दिनमात्र होईन, यसअघि पनि धेरै पटक मन्त्रीज्यूले कार्यालयमै मदिरा सेवन गर्ने गर्नुहुन्थ्यो। बुधबार त गञ्जी लगाएर बस्नुभयो, अनि मदिरा सेवन पनि गर्नुभयो।’ मनाङेले अति गरेपछि फोटो सार्वजनिक गरिदिएको श्रोतको भनाई छ।
यसैबीच, मन्त्री मनाङेले पछिल्लो पटक दिएको अभिव्यक्ति पनि विवादमा आएको छ। राइड सेयरिङको पक्षमा वकालत गर्न पुगेका राइडर्सको समूहले यातायात व्यावसायीले राईड सेयरिङ खारेज गर्न माग गर्दै दिएको ४८ घण्टे अल्टिमेटमबारे जिज्ञासा राखेका थिए। जवाफमा मन्त्री मनाङेले ‘यातायात व्यवसायीले आफूसँग व्ल्याकमेलिङ गर्न खोजेका हुन्। तिनीहरुको माग पूरा गर्दिन। बरु उनीहरुले दिएको समयसीमासम्म ढुक्कले रक्सी खान्छु, सुत्छु’ भनेको भेटमा सहभागिले बताएका छन्। सो क्रममा मनाङेले उनीहरुलाई पनि रक्सी खाएर जान आग्रह गरेको श्रोतको दाबी छ।
मन्त्री मनाङेका राजनीतिक सल्लाहकार शैलेन्द्रकुमार रावतले भने मन्त्री मनाङे फिल्ड रिपोर्टिङबाट सिधै मन्त्रालय जाँदा कपडा फेर्न नपाएका कारण गञ्जीमा देखिएको दाबी गरेका छन्। उनका अनुसार मन्त्री मनाङे बुधबार पर्वतको डिमुवास्थित बस्तीमा पहिरोको खतराबारे निरीक्षण गरेर फर्किएपछि सिधै मन्त्रालय गएका थिए। मन्त्री मनाङेको बचाउ गर्दै उनले भने,‘फिल्ड निरीक्षणपछि सिधै मन्त्रालय जानुभएको र सो क्रममा सेवाग्राही आइहालेपछि गञ्जीमै भेट्नुभएको हा । उहाँको नियत नभई सेवाग्राहीलाई प्राथमिकता दिदाँ भुलवश कपडा त्यस्तो पर्न गएको हो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...