हत्यारा पक्राउ र बुथ कब्जा भएका ठाउँमा पुन मतदानको माग गर्दै एमालेको रिले अनशन
१४ मंसिर २०७९
•
३ मिनेट पाठ
हत्यारा पक्राउ र बुथ कब्जा भएका ठाउँमा पुन मतदानको माग गर्दै एमालेको रिले अनशन
जिल्ला प्रशासन कार्यालय अगाडिको खुला मञ्चमा रिले अनशनमा नेकपा एमालेका नेता कार्यकर्ताहरु। फोटो: नागरिक
नेकपा एमाले बाजुराले रिले अनशन सुरु गरेको छ। विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहित नेकपा एमालेले रिले अनशन सुरु गरेको हो।




जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि नेकपा एमालेले अनशन सुरु गरेको पार्टी सचिव भरत थापाले बताएका छन्।

मंसिर ४ गते बुथ कब्जा गर्न नदिएको बाहनामा घर भित्रैबाट तानेर कुटीकुटी हत्या गर्ने अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र प्रहरी प्रशासनकै मिलोमतोमा नेपाली काँग्रेसबाट कब्जा गरिएका बुथहरुमा पुन मतदानको मिति घोषणा गर्नुपर्ने माग सहित नेकपा एमाले चरणवद्ध आन्दोलनमा रहेको छ।

२ जनालाई पक्राउ पछि विद्यार्थी नेता अयडीको शव दाहसंस्कार गरेको नेकपा एमाले किटानी जाहेरी परेका २२ जनालाई तत्काल पक्राउ गर्न माग गरिरहेको छ। किटानी जाहेरीमा नाम उल्लेख भएका सबै जनालाई पक्राउ नगरेसम्म र बुथ कब्जा भएका ठाउँमा पुन मतदान नगरिएसम्म आन्दोलन जारी राख्ने नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बताएका छन्।

राज्य सत्ताको चरम दुरुपयोग गर्दै, मान्छे मार्न लगाएर बुथ कब्जा गरी जित्ने मनसाय राख्नेहरुका विरुद्ध न्याय र लोकतन्त्रको रक्षाका लागि आन्दोलन गर्नु परेको प्रदेश सभा (ख) सदस्य उम्मेदवार समेत रहेका थापाको भनाई छ। नेकपा एमालेले १६ वटा मतदान केन्द्रमा पुन मतदान गर्नुपर्ने माग राख्दै आएको छ।

घाइते अवस्थाको व्यक्तिलाई खाट बाट तानेर कुटीकुटी हत्या गर्ने अमानवीय व्यवहार भएका दानवी प्रवृत्तीका हत्याराहरुलाई पक्राउ नगरिएसम्म अनेरास्ववियुले विश्राम नलिने केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन्। अनेरास्ववियुले पनि हत्यारा पक्राउ र कारवाहीको माग सहित देशव्यापी चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।  

प्रहरी प्रशासनलाई नै साथमा लिएर, सर्वसाधारण मतदातालाई प्रभावमा राखी, कुटपीट, झगडा, हत्याको श्रृखलाबाट चुनाव जित्न खोजिएपछि त्यसका विरुद्ध आन्दोलन गर्नु परेको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले बताएका छन्।  

शिल नगरिएका मतपेटीका ल्याउने, मत पत्र मतपेटीका बाहिर राख्ने, प्रहरीले नै मतदानमा भाग लिएर मतपत्र कब्जामा राख्ने, मतदान प्रतिनिधीलाई नै कुटपीट गरेर पूर्ण रुपमा कब्जा गरि एकलौटी मतदान गर्ने कुरा लोकतन्त्रमा सहन नसकिने र न्यायीक नहुने भएकोले राज्यलाई ध्यानाकर्षण गर्न आन्दोलन जारी राखिएको प्रतिनिधी सभा सदस्य उम्मेदवार समेत रहेका थापाले बताएका छन्।

नेकपा एमालेले हत्यारालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउनु पर्ने, १६ बुथमा पुन मतदान हुनु पर्ने, ११ जना विद्यार्थीलाई विना सर्त रिहाइ गरिनु पर्ने, हत्या गरिएका चेतन अयडी र प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको परिवारले क्षतिपूर्ति र न्याय पाउनु पर्ने माग अघि सारेको बताएको छ।  

नेकपा एमालेले हत्यारा पक्राउको माग राख्ने विद्यार्थी नेताहरुलाई समेत पक्राउ गरेर मुद्दा हालेर फसाउन खोजिएकोले त्यसका विरुद्ध पनि सडकमा आउनु परेको बताएको छ। रिले अनशनमा नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, नेताहरु बसुन्धरा रोकाया, लालबहादुर ओली, पेम्बा गुरुङ्ग भोटे, भरत थापा, काशी विक, हरि रोकाया, अमर खड्का, सिता थापा, माया खड्का, नरेश रोकाया सहित सहभागि छन्।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
यो पनि पढौँ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस