राजनीतिक दलका केही शीर्ष नेताहरूले आफ्नो मत आफैंलाई दिन नपाउने भएका छन्। मंसिर (आज) उनीहरूले आफू उठेको निर्वाचन क्षेत्रमा मतदाता नामवली नभएका कारण मतदान गर्न नपाउने भएका हुन्। ठूला राजनीतिक दलहरू कांग्रेस, एमाले र माओवादी मात्र होइन चर्चा र प्रचारका लागि उम्मेदवार बनेका केही स्वतन्त्र व्यक्ति र राष्ट्रिय स्वतन्त्र पार्टी नै दर्ता गरेर उम्मेदवार बनेका नेताहरूले समेत आफूलाई मत दिन पाउने छैनन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, पूर्वसभामुख ओनसरी घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शेरबहादुर देउवालाई चुनौती दिने भन्दै गुल्मीदेखि डडेलधुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकाललगायतले आफैंलाई मत हाल्न पाउने छैनन्।
त्यसैगरी, नेकपा एसका नेता किसान श्रेष्ठ, झापा १ का एमाले उम्मेदवार अग्नि खरेल, झापा ३ का कांग्रेस उम्मेदवार कृष्ण सिटौला लगायतका धेरै उम्मेदवाहरूले आफूले आफैंलाई मत हाल्न नपाउने भएका हुन्। मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले उनीहरू आफैंलाई मत हाल्नबाट वञ्चित भएका छन्।
झापा क्षेत्र नं ५ बाट चुनाव लडेका एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरमा रहेको छ। उनले सूर्य विनायक नगरपालिकाबाट मतदान गर्नुपर्नेछ। उनले मतदान गरेमा सो मत महेश बस्नेतलाई जानेछ। ओलीले २०७४ सालमै भक्तपुरमा आफ्नो मतदाता नामवली सारेका थिए।
यसअघि चितवन क्षेत्र नं ३ बाट चुनाव लडेका र हाल गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि आफूलाई मतदान गर्न पाउँदैनन्। दाहालको मतदाता नामावली यसअघि निर्वाचित भएको चितवन जिल्ला क्षेत्र नं ३ मा छ। उनी मतदानका लागि चितवन आइसकेका छन्। यस्तै जसपा अध्यक्ष एवं सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवले पनि आफूलाई मतदान गर्न पाउने छैनन्। उनको पनि मतदाता नामावली सुनसरीमा रहेको छ। सप्तरीबाट चुनाव लड्नुअघि उनी सुनसरीबाट निर्वाचित हुँदा त्यहाँ मतदाता नामवली राखेका थिए।
लोसपा अध्यक्ष महन्थ ठाकुर पनि आफैँलाई भोट हाल्न नपाउने अर्का उम्मेदवार हुन्। महोत्तरी क्षेत्रनं ३ बाट उठेका महन्थ ठाकुरको मतदाता नामावली सर्लाहीको छ। उनले पनि आफूलाई मतदान गर्न पाउँदैनन्।
यस्तै आफैँलाई मतदान गर्न नपाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने पनि हुन्। मतदाता नामावली काठमाडौंमा भएको हुँदा लामिछानेले पनि आफैंलाई भोट खसाल्न नपाउने भएका हुन्। अब उनको त्यो मतदाता नामवली पनि विवादका रहेको छ। उनको नागरिकता लिने प्रक्रिया नमिलेको र राज्यलाई ढाँटिरहेको अवस्थामा उनको त्यो मतदाता नामवली खारेज हुने अवस्था आउने कानुन विज्ञहरूले बताएका छन्।
यस्तै पूर्वसभामुख एवं काठमाडों क्षेत्र नं २ की प्रतिनिधिसभा उम्मेदवार ओन्सरी घर्ती मगरले पनि आफैंलाई मत हाल्न पाउने छैनन्। घर्तीको मतदाता नामावली रोल्पामा छ। उनले काठमाडौको क्षेत्र नं २ रोजेपछि आफूलाई मत हाल्न नपाउने भएकी हुन्। उता राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बाग्लुङ १ का उम्मेदवार चित्र बहादुर केसीको मतदाता नामावली रूपन्देहीमा हुँदा केसी पनि आफैंलाइ मत हाल्न पाउँदैनन्।
यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि आफैंलाई भोट हाल्न नपाउने अर्का उम्मेरवार हुन्। डडेल्धुराबाट उम्मेदवारी दिएका ढकालको मतदाता नामावली गुल्मी रहेको हुँदा ढकालले आफैंलाई भोट हाल्न नपाउने भएका हुन्। जबकी उनको डडेलधुरासँग कुनै साईनो नजोडिए पनि चुनाव लड्न त्यहाँ गएका छन्।
यस्तै बारा क्षेत्र नं ४ बाट उठेका एकीकृत समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठको पनि मतदाता नामावली तनहुँको हुँदा आफैंलाई मत हाल्न पाउँदैनन्। यसअघि तनहुँमा रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ अहिले बारा पुगेका छन्। यस्तै एमालेबाट झापा क्षेत्र १ मा उम्मेदवारी दिएका अग्ग्नि खरेलको मतदाता नामवाली झापा २ ममतदाता रहेको छ। कांग्रेस नेता कृष्ण सिटौलाको मतदाता नामवली झापा १ मा रहेको छ। यस्तै काठमाडौंको क्षेत्र ९ मा उम्मेदवारी दिएकी कल्पना धमलाको मतदाता नामवली धादिङमा रहेको छ।
त्यस्तै पर्सा १ बाट उम्मेदवारी दिएका लोसपाका नेता लक्ष्मणलाल कर्णको मतदाता नामवली भने पर्सा २ मा रहेको छ। कांग्रेसका नेता वीरबहादुर बलायर र नेकपा एसका नेता विरोध खतिवडाले पनि आफूले आफैलाई मत दिन पाउने छैनन। खतिवडाको उम्मेदवारी मकवानपुर २ मा छ भने मतदाता नामवली भने १ मा रहेको छ। बलायरको उम्मेदवारी कैलाली ४ मा छ भने मतदाता नामवली डोटीमा रहेको छ।
यसैगरी कांग्रेस नेता शंकर भण्डारी र मोहन बस्नेतले पनि आफूले आफैंलाई मत दिन पाउने छैनन। बस्नेतको सिन्धुपाल्चोक १ मा मतदाता नामवली रहेको छ। उनी सिन्धुपाल्चोक २ बाट उम्मेदवार भएका छन्।
यसैगरी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाउदैनन। मोरङ–६ मा उम्मेदवार रहेका उनको नामावली भने मोरङ–४ मा रहेको छ। बाग्लुङ २ बाट उम्मेदवारी दिएका माओवादी नेता देवेन्द्र पौडेलको मतदाता नामवली बाग्लुङ १ मा रहेको छ। तनहुमा मतदाता नामवली भएका प्रदीप पौडेलले पनि आफूलाई मत दिन पाउने छैनन्। उनले काठमाडौको क्षेत्र–५ बाट उम्मेदवारी दिएका छन्। कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय डिनाले पनि आफूलाई मत दिन पाउदिनन्।
मकवनापुर १ बाट उम्मेदवारी दिएकी उनको मतदाता नामवली भने मकवानपुर २ मा रहेको छ।