नेकपा एसका अध्यक्षा एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको सदरमुकाम गौरमा मतदान गरेका छन्।
गृह नगर गौर नपा वडा नम्बर २ स्थित राम जानकी कन्या आधारभुत माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। नेपाल सङै धर्म पत्नि गायत्री नेपालले मतदान गरेका हुन।
पहिलो मतदाताको रुपमा मत खसाल्दै नेता नेपालले शान्तीपुर्ण रुपमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाइ आग्रह गरेका छन्।
मत खसालेपछी नेता नेपालले सञ्चारकर्मीसँग सक्षिप्त प्रतिकृया दिँदै यसपटकको निर्वाचनमा धेरै अबान्छित कृयाकलाप देखिएको बताए।
उम्मेदवारहरुले गाउँगाउँमा रातिको समयमा मदिरा, पैसा, मासु, माछा वितरण गरेर निर्वाचनको स्वच्छता धुमिल बनाएको आरोप लगाए। पैसा र पम्पलेटसहित उमेदवारका समर्थकहरु यसपालि रौतहटमा पक्राउ पर्नुले निर्वाचन सुरक्षामाथी यावत प्रश्नहरु खडा भएको नेता नेपालले बताए।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन्।
उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ। अपराह्न १२ बजेसम्म सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ। मतदान अपराह्न ३ बजेसम्म चल्नेछ। रासस
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...