रविको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा सङ्कलन
३० असार २०८२
•
२ मिनेट पाठ
रविको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा सङ्कलन
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेका अनुसार अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भएको हो।




‘अहिलेसम्म हाराहारी २० लाखभन्दा धेरै हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, ‘अझै बढेको हुन सक्छ। यो मैले दिएको तथ्याङ्क तीन दिन अगाडिको हो। हस्ताक्षरका सबै फारमहरू सङ्कलन गरेर अद्यावधिक गर्न समय लाग्ने हुन्छ। अभियान जारी छ, अद्यावधिक पनि जारी छ।’

उनका अनुसार प्रदेशगत रूपमा ९ लाख ४० हजार हाराहारीको सङ्ख्यामा हस्ताक्षर सङ्कलन भएको छ। ‘कोशीमा १ लाख ६६ हजार, मधेसमा ३६ हजार, बागमतीमा २ लाख १३ हजार, गण्डकीमा २ लाख ६० हजार, लुम्बिनीमा १ लाख ९७ हजार, कर्णालीमा ३८ हजार र सुदूरपश्चिममा २५ हजार हाराहारी हस्ताक्षर सङ्कलन भएको छ,’ न्यौपानेले भने, 'बाँकी हस्ताक्षर सबै केन्द्रीय कार्यालयमा सङ्कलन भएका हुन्।'

यस्तै अहिलेसम्म चन्दास्वरूप ४४ लाख रुपैयाँ सङ्कलन भएको छ। ‘यो जोड-जबरजस्ती गरेर होइन, हस्ताक्षर गर्नेहरूले स्व-इच्छाले दिनुभएको हो,’ न्यौपानेले भने। उनले अरु पार्टीहरूले पनि विभिन्न स्वरूपमा चन्दा लिइरहेको बताए। आफूहरूले चन्दा लिएको विषयलाई विवादको विषय बनाउन खोजिएको उल्लेख गर्दै उनले भने, 'हामीले गर्दा नहुने तर, अरुले गर्दा हुने भन्ने नहोला।' 

आलोचकलाई जवाफ- हस्ताक्षर सङ्कलन गरेका हौँ, हतियार होइन

रास्वपाले आफूहरूको हस्ताक्षर अभियानलाई 'हतियार सङ्कलन' गरिएको जस्तो गरी प्रचार गरिएको बताएको छ। हस्ताक्षर सङ्कलनको विषयलाई ठूलो रूपमा प्रचार गर्न आवश्यक नरहेको न्यौपानेले बताए।

‘अदालतलाई प्रभावित पार्न खोजियो, विचाराधीन मुद्दामाथि किन हस्ताक्षर सङ्कलन गरेको भनेर प्रश्न उठाउनुभएको छ, खासगरी विपक्षी मोर्चामा रहेका दलहरूले। यसमा हामीले अदालतको आदेशमाथि कुनै प्रश्न गरेका छैनौँ। यदि अदालतको निर्णय स्वीकार नगरेको भए यतिबेला रवि लामिछाने कारागारमा हुनुहुन्नथ्यो,’ न्यौपानेले भनेका छन्, 'अदालतको निर्णयलाई कुनै रूपमा प्रभावित नगरेर हामीले नागरिकको हस्ताक्षर सङ्कलन गरेका हौँ।'

रास्वपाले कसैलाई 'देखाइदिउँ' भनेर हस्ताक्षर सङ्कलन नगरेको न्यौपानेले बताएका छन्। ‘हस्ताक्षरलाई हतियार सङ्कलन गरेजस्तो कुप्रचार नगरियोस्। आम नागरिकको हस्ताक्षर सङ्कलन गरेका हौँ, हतियार होइन। यो भ्रमबाट मुक्त हौँ,’ उनले भने।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले भैरहवा कारागारमा छन्। उनी कारागारमा रहनुलाई उनको पार्टी रास्वपाले भने 'सरकारले राजनीतिक प्रतिशोध साँधेको' रूपमा व्याख्या गर्ने गरेको छ। त्यही प्रतिशोधविरुद्ध हस्ताक्षर सङ्कलन अभियान जारी राखेको रास्वपाले बताउने गरेको छ। यसअघि गत असार ७ गते पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर कारागारबाटै लामिछानेले २० पृष्ठ लामो एक अपिल जारी गरेका थिए। त्यही अपिलमार्फत उनले हस्ताक्षर अभियानको घोषणा गरेका थिए। त्यही घोषणाअनुरूप रास्वपाले असार ९ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ।

हस्ताक्षर अभियानलाई कम्तीमा पनि १०० दिनसम्म पुर्‍याउने रास्वपाले जनाएको छ।
अर्को समाचार
रविको पक्षमा ३२ लाख हस्ताक्षर र ६२ लाख चन्दा सङ्कलन
२३ साउन २०८२
•
१ मिनेट पाठ
रविको पक्षमा ३२ लाख हस्ताक्षर र ६२ लाख चन्दा सङ्कलन
पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा ३२ लाख छ हजार ६०८ हस्ताक्षर सङ्कलन भएको छ।




यस्तै ६२ लाख १६ हजार ६६९ चन्दा सङ्कलन भएको रास्वपा प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार यो आँकडा शुक्रबार (आज) सम्मको हो। 

सभापति लामिछाने अहिले भैरहवा कारागारमा छन्। सहकारी ठगी प्रकरणमा मुछिएर थुनामा गएका लामिछानेका विरुद्ध राज्यले प्रतिशोध साँधेको रास्वपाले जिकिर गर्दै आएको छ।

त्यही प्रतिशोधको विरुद्धमा भन्दै रास्वपाले गत असार ७ गतेदेखि हस्ताक्षर सङ्कलन अभियान थालेको थियो। त्यसमा आजको मितिसम्म यो आँकडामा हस्ताक्षर सङ्कलन भएको हो। 

रास्वपाले हस्ताक्षर अभियानका लागि स्वत:स्फूर्त रूपमा सहयोग गर्नसमेत आह्वान गरेको थियो। उक्त आह्वानबापत् आजको मितिसम्म ६२ लाखभन्दा बढी रकम सङ्कलन भएको प्रवक्ता झाले जानकारी दिए।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस