हिमालपारीको जिल्ला मुस्ताङमा सुख्खा पहिरो गएको छ। गत वर्षमात्रै हिमपहिरो गएको मुस्ताङमा मंगलबार घरपझोङ गाँउपालिका– २ मार्फास्थित बागबानी फारम पछाडि सुख्खा पहिरो झरेको हो। पहिरोले वातावरण धुमिल बनाईदिएको छ ।
ढिस्को झर्दा धुलो उडेर केही देखिएको थिएन। अहिले धुलो उड्ने क्रम कम भएको छ। मुस्ताङ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ढिस्को खस्दा धुलो टाढासम्म उडेको थियो। उनका अनुसार हावाकै कारण धुलो उडेर बातावरण धुमिल बनाएको थियो।
वर्षदिनकै नपुग्दै दुईपटक फरकफरक ठाँउमा गएको पहिरोले सर्वसाधारणलाई त्रसित बनाएको छ। मानवीय जोखिम नदेखिएपनि प्राकृतिक विपत्तिको प्रकोप बढ्दै गएकोप्रति स्थानीय बासिन्दा त्रसित छन्।
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा भेलबाढीबाट बिस्थापित परिवारलाई गण्डकी प्रदेश सरकारले राहत सहयोग पठाउने निर्णय गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन्।
विपतमा परेकालाई उद्धार, उपचार, राहत र पुर्नस्थापनाको काम प्रदेश सरकारले शुरु गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले सरकारी, गैरसरकारी संघ संस्था, सुरक्षा निकाय, नागरिक समाज सबैलाई नागरिकको सुरक्षामा केन्द्रित हुन आग्रह गरेका छन्।
गएरातीको बाढीले कागबेनी क्षेत्रका घरहरु बगाउँदा सर्वसाधारण बिस्थापित भएपछि दैनिकी असहज बनेको भन्दै मुख्यमन्त्री पाण्डेले सोमवार बिहान प्रदेश विपद् ब्यवस्थापन कार्यकारी समितिको अकस्मिक बैठक राखेका थिए। मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बसेको बैठकले राहत ब्यवस्थापन र बाढीबाट भत्किएको संरचना ब्यवस्थित गर्न मेसिन उपकरण तथा सवारी साधनका लागि मुस्ताङमा इन्धन अभाव भएपछि ३ हजार लिटर डिजेल म्याग्दीबाट तत्काल पठाउने निर्णय गरेको छ।
जिल्ला विपद् ब्यवस्थापन समिति मुस्ताङबाट माग भई आए अनुसार प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्याङकेट पठाउने, बाढी पहिरो क्षेत्रमा हुन सक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात ब्यवस्थापन, कृषि र पशुजन्य क्षति ब्यवस्थापन, भूसंरक्षण लगायतका कार्यहरुमा गण्डकी प्रदेश सरकारकबाट सम्बन्धित मन्त्रालयहरुबाट आवश्यक समन्वय, श्रोत साधनको परिचालन र सहजीकरण गर्न बैठकले निर्देशन गरेको छ। मौसम प्रतिकुल भएकाले हेलिकप्टरबाट कागबेनीमा राहत पठाउन समस्या भएपछि तत्कालका लागि ट्याक्टरबाट इन्धन, कम्बल, टेन्ट लगायतका सामग्री पठाउने निर्णय बैठकले गरेको हो।
प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत पठाएको बिपद् ब्यवस्थापन कोषको रकम खर्च गरेर बिपद्का विषयमा सर्वसाधारण नागरिकलाई परेको समस्या छिटो समाधान गर्ने गरि अघि बढ्न निर्देशन दिएका छन्। मुख्यमन्त्री पाण्डेले सुरक्षा निकाय सहित जिल्ला स्थित प्रदेश मातहतका कार्यालयलाई पनि तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन्।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...