युथ कांग्रेस नेपालका सदस्यहरुले बिहीबार महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने बिरुद्ध प्रदर्शन गरेका छन्।
माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शनकारीहरुले सरकारसँग १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्याड तथा अन्य उत्पादनहरुमा लगाईएको खारेजीको माग गरेका हुन्।
उनीहरूले रातो कर माफ गर, सरकार महिनावारीमा कर कहिलेसम्म? अर्थ मन्त्री ज्यू जवाफ कहिलेसम्म लगायतका नारा लेखिएको व्यानर बोकेका थिए।
दर्शनकारीहरुले महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी उत्पादनहरूलाई लक्जरी वस्तु अन्तर्गत राखेर तिनको आयातमा १३ प्रतिशत भ्याट तथा भन्सार महसुल नलगाउन माग गरेका छन्।
महिला वर्गले प्रत्येक महिना एक हप्ताको लागि, र हरेक महिना गरेर करिब ३८ वर्षसम्म रजस्वाला चक्र भएको बेला प्रयोग गर्ने स्यानिटरी उत्पादनलाईलक्जरी वस्तु अन्तर्गत राखीनु नीदनीय भएको उनीहरुले बताएका छन्। पछिल्लो केहि समय यता सामाजिक सञ्जालमा यस विषयमा बहस चलिरहेको छ।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...