घर फर्किने चटारो
२० वैशाख २०७८
•
१ मिनेट पाठ
घर फर्किने चटारो
अर्को समाचार
दसैंमा घर फर्किनेलाई सन्देशः 'सकेसम्म घरै नआउनु, आइहाले गाउँ नडुल्नु'
२० असोज २०७७
•
४ मिनेट पाठ
दसैंमा घर फर्किनेलाई सन्देशः 'सकेसम्म घरै नआउनु, आइहाले गाउँ नडुल्नु'
दसैंको चटारो सुरु हुनै लागेको छ । घरबाहिर रहेका आफन्त दसैंमा आफन्तको हातको टीका थाप्न धमाधम घर फर्किने तयारीमा छन् । कोरोना भाइरस संक्रमण यहीबेला तिब्र भईरहँदा दसैंमा घर फर्किने ती आफन्तबाट घरसम्म संक्रमण भित्रिने त्रास पनि उत्तिकै छ । संक्रमणको त्यही जोखिमलाई कम गर्न भन्दै विभिन्न जिल्लामा घर फर्किनेलाई ‘होम क्वारेन्टिन’ राख्ने तयारी गरिएको छ ।  




तनहुँको जिल्ला संकट व्यवस्थापन केन्द्रको हालै बसेको बैठकले दसैंमा घर फर्किने जो कोहीलाइ होम क्वारेन्टिन राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै स्थानीय तहका पदाधिकारीसँग छलफल गर्दै घर फर्किनेलाई होम क्वारेन्टिन राख्ने निर्णय गरिएको हो । ‘सकेसम्म घरै नफर्किनु भनेका हौ । जो जहाँ छ, त्यही दसैं मनाउन सरकारले आग्रह गरिरहेको छ । तर, घर फर्किएको खण्डमा उनीहरुलाई गाउँ डुल्न नदिउँ, घरमै बसालौ भन्ने हो,’ आचार्यले भने, ‘पहिलेजस्तो विद्यालय र सामुदायिक भवनमा बनेका क्वारेन्टिनमा राख्ने होईन । घरकै क्वारेन्टिनमा राख्न चाहेका हौ ।’

दसैंमा घर आएका आफन्त पीङ खेल्न, रमाउन, साथीभाई छरछिमेक र आफन्त भेटघाट गर्ने भन्दै गाउँ डुल्ने गरेकोले पनि त्यो हुन नदिन होम क्वारेन्टिन अनिवार्य गरिएको प्रजिअ आचार्यले बताए । ‘विद्यालय र सामुदायिक भवनमा बनाइएको क्वारेन्टिनमा राख्ने होइन, अब त्यो सम्भव पनि छैन,’ उनले भने, ‘सकेसम्म घरै नआउनु भन्ने हो । आईहाले पनि गाउँ नडुल्न भनेका हौ । अहिले गाउँ डुल्ने अवस्था छैन । एकजनाका कारणले समग्र समुदायलाई नै अप्ठेरोमा पार्नु हुँदैन ।’ स्वास्थ्य मन्त्रालयले पनि नियमित रुपमै दसैंमा सकेसम्म जो जहाँ छ, त्यही बस्न भनिरहेकोले स्थानीय प्रशासनले पनि घरभित्रै बस्न भनेको उनले बताए ।  

‘दसैंका बेला भित्रिएका कोही एकजनाव्यक्तिलाई केहीगरि संक्रमण भयो भने घरकै परिवार मात्र जोखिममा हुन्छन । गाउँ नडुल्ने हो भने टोल, छिमेकी सुरक्षित रहन्छन,’ उनले भने, ‘हामीले पनि टोल, छिमेकमा संक्रमण नफैलियोस भन्न चाहेका हौ । गाउँ डुल्दा संक्रमण फैलने त्रास हुन्छ ।’ दसैंमा घर फर्किएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहको वडाका प्रतिनिधिले निगरानी गर्ने पनि उनले बताए । ‘यतिबेला जथाभावि हिडडुल गर्न जरुरी छैन । आफन्त र छरछिमेकलाई संक्रमणबाट बचाउने हो भने घर भित्रिएका व्यक्ति घरमै सिमित हुनुपर्ने उनले बताए ।  

तनहँुँको ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँका सबै  स्थानीय तहले दसैंमा घर फर्किँदा सुरक्षित रुपमा होम क्वारेन्टिनमा बस्न निर्देशन दिएको बताए । ‘सकेसम्म जो जहाँ छ, त्यो त्यही बस्ने हो, केहीगरि घर फर्किनैपर्ने अवस्थामा घरमै सुरक्षित बस्नु भनेका हौ,’ न्यौपानेले भने, ‘घरमा सुरक्षित नहुने अवस्था भएमा नआउनु नै बेस हो । गाउँमा लखरलखर डुल्नु जरुरी छैन ।’ पछिल्लो समय काठमाडौंबाट घर फर्किएका व्यक्तिमा संक्रमणको जोखिम रहेकोले पनि होम क्वारेन्टिन अनिवार्य गरेको उनले बताए । स्थानीय तहले सकेसम्म घरै नआउनु, आइहाले गाउँ नडुल्नु भन्ने सन्देश प्रवाह गरिरहेको न्यौपानेले बताए ।

पोखरा महानगरपालिकाको स्वास्थ महाशाखाका अधिकृत हरिलाल आचार्यले जनप्रतिनिधि मार्फत होम क्वारेन्टिनमा बस्न कडाई गरिएको जानकारी दिए । होम क्वारेन्टिनमा बस्न सम्भव नभए संस्थागत क्वारेन्टिनमा बस्न पनि अनुरोध गरिएको उनले बताए । आचार्यका अनुसार पोखरा महानगरपालिकाले संचालन गरेकामध्ये तीनवटा क्वारेन्टिन अहिले पनि चालु छन् । लेकसिटि क्वारेन्टिन, पद्य नर्सिङ होमको नदीपुरको भवन (महिला) र भलामको र्‍यालेचौरको क्वारेन्टिन अहिले पनि संचालनमा रहेको आचार्यले बताए । ती क्वारेन्टिनमा अहिले पनि २५ जनाजति बसिरहेका छन् । ‘दसैंमा जोखिम भएकोले नै हामीले सकेसम्म जो जहाँ छ, त्यही बसेर दसैं मान्न र केहीगरि आउनै परेमा गाउँ र सहर नडुल्न भनेका छौ,’ आचार्यले भने, ‘यसबारे नागरिक पनि सचेत बन्नुपर्छ ।’ दसैंमा छोटो अवधिका लागि मात्र आफन्त घर फर्किने भएकोले पहिलेजस्तो १४ दिन क्वारेन्टिन अनिवार्य सम्भव नभएको पनि उनले बताए ।  

राजधानीमा संक्रमण तिब्र रहेको र राजधानीबाट फर्केका व्यक्तिमा बढी संक्रमणको जोखिम रहेकोले पनि दसैंको बेला घर फर्किनेलाई बढी निगरानी गर्नुपर्ने उनले बताए । ‘कोरोनाका कारणले नागरिक लामो समयदेखि घरभित्रै थुनिएका छन् । यो दसैंलाई सबैले घुमफिरका लागि अवसरको रुपमा पर्खेका थिए,’ आचार्यले भने, ‘तर संक्रमण बढ्दो छ । त्यसैले घुमफिर र घर फर्किनेबाट गाउँगाउँसम्म संक्रमण फैलिने चिन्ता छ ।’

संक्रमणको गति नबढोस भनेर अहिले पनि कतिपय जिल्लाले भित्रिएका नागरिकलाई क्वारेन्टिन अनिवार्य नै गरेका छन् । हिमाली जिल्ला मुस्ताङ र मनाङले घर फर्किने जिल्लाबासी र जो कोहीका लागि अनिवार्य गरेको क्वारेन्टिन अझै जारी छ । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुुसार मुस्ताङले कोरोना संक्रमण सुरु भएदेखि नै जिल्ला भित्रिने जो कोहीलाई १४ दिन क्वारेन्टिन अनिवार्य गरेको थियो ।

त्यो अवधिको क्वारेन्टिन अनिवार्य अझै पनि छ । तर, दसैंमा आएका आफन्तलाई १४ दिन क्वारेन्टिन बस्न असम्भव हुने भएपछि घरमै सुरक्षित रुपमा बस्न अनुरोध गरिएको पौडेलले बताईन । ‘सकेसम्म त हामीले दसैंमा घर फर्किनेले पनि पीसीआर रिपोर्ट लिएर आउनु भनेका छौ । त्यो अनिवार्य भने छैन । तर जिल्ला भित्रिएका नागरिकलाई सकेसम्म स्थानीय तहले बनाएको क्वारेन्टिनमा बस्न भन्ने हो,’ उनले भनिन, ‘सुरक्षित रुपमा घरमै बस्छु भन्नेलाई पनि छुट छ । तर, गाउँ डुल्न भने कडाई छ ।’ 

उनका अनुसार मुस्ताङमा समुदायले नै यो जोखिममा घर फर्किनेलाई कडाई गरिरहेकोले जहाँ पायो त्यहाँ हिडडुल सहज छैन । ‘खुला छाडौं संक्रमणको त्रास, नछाडौं वर्षदिनको चाँडमा आउनेलाई घरसम्म जान सहज छैन,’ उनले भनिन, ‘यस्तो बेला के गर्ने भन्नेमा नागरिक आफै सचेत हुनुपर्छ ।’
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस