पूर्वराजा ज्ञानेन्द्र शाह ७९ वर्ष लागेका छन् । निर्मल निवासमा उनले आफ्नो जन्मोत्सव आफन्त तथा शुभचिन्तकहरुसँग मनाएका छन् ।
सोमबार बिहानैदेखि पूर्वराजालाई शुभकामना दिन निर्मल निवासमा ठुलो संख्यामा शुभेच्छुकहरुको उपस्थिति थियो ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले पनि निर्मल निवास पुगेर पूर्वराजाको जन्मोत्सवमा शुभकामना दिएका छन् । शाहको जन्मोत्सवका अवसरमा शुभकामना दिन भन्दै सोमबार निर्मल निवास खुला गरिएको छ ।
आफ्नो जन्मोत्सवका अवसरमा पूर्वराजा शाहले नेपाली हुन आफ्नो मनभित्र नै नेपाल हुनु पर्ने बताएका छन् । नेपालमा जन्मिएरमात्र नेपाली नहुने उल्लेख गर्दै उनले मनबाटै नेपालप्रति माया हुनु पर्ने धारणा राखेका हुन् । सन्देशमा उनले भनेका छन, यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन । नेपाल नै हामी भित्र हुनुपर्छ अनि हामी नेपाली हुन्छौं ।
आज असार २३ गते आफ्नोसँगै धेरै नेपालीहरुको जन्मदिन भएको उल्लेख गर्दै पूर्वराजा शाहले सबैलाई शुभकामना पनि दिए । साथै उनले अहिले वर्षाको समय भएकाले बाढी, पहिलो, डुबान, पानीजन्य रोगको जोखिम बढी हुने भएकाले सचेत रहन सबैमा आग्रह पनि गरेका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...