विपद् व्यवस्थापन: समिति छन्, काम छैन
११ वैशाख २०७७
•
११ मिनेट पाठ
विपद् व्यवस्थापन: समिति छन्, काम छैन
मुलुकमा आइपर्ने विपद् व्यवस्थापनका लागि केन्द्रदेखि गाउँ तहसम्म समितिहरू गठन गरिन्छन् । तर, ती समितिले विपद्मा गर्नुपर्ने कामका विषयमा भने सधैं प्रश्न उठ्ने गरेको छ । त्यस्तै, विपद् व्यवस्थापनको नाममा हरेक वर्ष तीन तहका सरकारले करोडौं रुपैयाँ बराबरको विपद् व्यवस्थापन कोष गठन गर्ने गरेका छन् । विपद् व्यवस्थापनकै नाममा केन्द्रदेखि स्थानीय तहसम्म आठ सयभन्दा बढी विपद् व्यवस्थापन  समिति गठन गरिएका छन् । 




केन्द्र सरकारले करिब आधा दर्जन विपद् व्यवस्थापन कोष गठन गरेको छ भने प्रत्येक प्रदेशमा दुई वटा, प्रत्येक जिल्ला र प्रत्येक स्थानीय तहमा एक–एक वटा  विपद् व्यवस्थापन समिति गठन गर्न सक्ने कानुनी व्यवस्था विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपान ऐन २०७४ मा गरिएको छ । 

केन्द्र सरकारसँग करिब ६ अर्ब रुपैयाँ बराबर विपद् व्यवस्थापनको नाममा जम्मा भएको छ । यसैगरी, प्रदेश र स्थानीय सरकारले पनि विपद् व्यवस्थापनको नाममा अर्बौं रुपैयाँ जम्मा गरेका छन् । 

प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोष प्रधानमन्त्री कार्यालयको मातहतमा गठन हुने स्थायी प्रकृतिको कोष हो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्दकुमार पौडेलका अनुसार यो कोषमा हाल २ अर्ब ८७ करोड रुपैयाँ जम्मा भएको छ । कोरोना भाइसको महामारी सुरु भएयता प्रधानमन्त्री कार्यालयले अर्को एउटा कोष खडा गरेको छ । यसका लागि प्रधानमन्त्रीको कार्यालयले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष गठन गरेको छ । प्रधानमन्त्री कार्यालयअनुसार मंगलबार बिहानसम्म यस कोषमा २ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ । 

केन्द्रदेखि गाउँसम्म आठ सय बढी समिति छन् । ती समितिले विभिन्न विपद्मा संकलन गरेको करोडौं रुपैयाँ  प्रयोगमा  आउन सकेको छैन ।

विपद् व्यववस्थापनको नाममा गृह मन्त्रालयले पनि एउटा छुट्टै  ‘विपद् व्यवस्थापन तथा उद्धार कोष’ स्थापना गरेको छ । सो  कोषमा १ अर्ब ७ करोड रुपैयाँ जम्मा भएको छ । विपद् व्यवस्थापनको नाममा राष्ट्रिय योजना आयोगले ‘नयाँ नेपाल निर्माण राष्ट्रिय कोष’  खडा गरेको छ ।  सो कोषमा हालसम्म १ करोड रुपैयाँ जम्मा भएको छ । प्रवक्ता पौडेलले राष्ट्रिय योजना आयोगमा गठन गरिएको कोषलाई प्रधानमन्त्री कार्यालयमा गठन भएको कोषसँग मर्ज गर्ने गृहकार्य भएको जनाए । 

विपद् व्यवस्थापनको नाममा गठन गरिएका स्थायी प्रकृतिका विपद् व्यवस्थापन समिति र कोषबाहेक विपद् आउँदा हरेक वर्ष अस्थायी प्रकृतिका कोष र विपद् व्यवस्थापन समितिहरू गठन गर्ने गरिएका छन् । यस्ता कोष केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा गठन गर्ने गरिएको छ । कोरोना भाइरसको महामारी सुरु भएयता कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा राहत र उद्धार कोषको नाममा  अहिले केन्द्रदेखि स्थानीय तहसम्म दर्जनौं अस्थायी प्रकतिको विपद् व्यवस्थापन कोष तथा समितिहरू गठन गरिएका छन् । यस्ता कोष विपद् व्यवस्थापन तथा राहत र उद्धारमा प्रभावकारी हुने सरकारका प्रतिनिधिको भनाइ छ ।  पीडितहरू भने जतिसुकै व्यवस्थापन समिति गठन भए पनि राहत र उद्धारमा भद्रगोलको अवस्था अन्त्य नभएको गुनासो गर्छन् ।

यसपटक केन्द्र सरकारले निजी क्षेत्रलाई विपद् व्यवस्थापन कोष तथा विपद् व्यवस्थापन समिति गठन नगर्न परिपत्र गरेको छ । तीन तहका सरकारबाहेक अन्य क्षेत्रबाट विपद् व्यवस्थापनको नाममा कोष खडा गर्न सरकारले रोकेको छ । जसअनुसार एनजिओ र आइएनजिओले छुट्टै कोष गठन गर्न पाउँदैनन् । 

‘कसैले विपद् व्यवस्थापनमा सहयोग गर्न चाहन्छ भने उसले तीन तहका सरकारले गठन गरेका कोषमार्फत सहयोग गर्न सक्छ । तर, उसले छुट्टै कोष खडा गर्न पाउँदैन,’ पौडेलले भने, ‘विपद्को नाममा जथाभावी कोष गठन गर्ने काम भनी हामीले यस्तो निर्णय गरेका हौं ।’ कोरोना भाइरसको संक्रमण अन्त्यपछि कोरोना भाइरसको महामारी रोक्न गठन गरिएको कोषमा जम्मा भएको रुपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार तथा राहत कोषमा ल्याइने प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

स्थानीय सरकार सरकार सञ्चालन ऐन २०७४ मा हरेक स्थानीय तहले एउटा विपद् व्यवस्थापन कोष गठन गर्नुपर्ने व्यवस्था गरिएको छ ।  यस्तो कोषका लागि स्थानीय तहले आफ्नै स्रोत या केन्द्रले दिएको समपूरक बजेटबाट कोषमा रकम जम्मा गर्न सक्ने व्यवस्था छ ।

‘कुन स्थानीय तहले कति रकम कोषमा जम्मा गर्छन्, त्यो सम्बन्धित स्थानीय तहको आन्तरिक क्षमतामा भर पर्छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने, ‘यस विषयमा निर्णय गर्न स्थानीय तह स्वतन्त्र छन् ।’ 

कोरोना भाइरसको महामारी रोक्न गठन गरिएका राहत कोषमा रकम अभाव भए सम्बन्धित स्थानीय तहले विपद् व्यवस्थापन कोषबाट रकम ल्याउन सक्ने छुट संघीय सरकारले दिएको छ । जसअनुसार केही  स्थानीय तहले यतिखेर विपद् व्यवस्थापन कोषबाट राहत तथा उद्धारका लागि खर्च गर्ने गरेका छन् भने केही स्थानीय तहले भने आफैं स्रोत जुटाई राहत तथा उद्धारमा खर्च गर्ने गरेका छन्  ।

प्रदेश २ सरकारका आर्थिक मामिलामन्त्री विजय यादवले प्रदेश २ मन्त्रिपरिषद्ले निर्णय गरी कोरोना भाइरस महामारी रोकथामका लागि राहत तथा उद्धार कोषमा २५ करोड रुपैयाँ जम्मा गरिएको बताए  । ‘विपद् व्यवस्थापनको काममा प्रभावकारी काम होस् भनी हामीले यस्तो कोष गठन गरेका हौं,’ यादवले भने, ‘यस्तो निर्णय गर्न प्रदेश सरकार स्वतन्त्र छ ।’ विपद्को अन्त्य पछि पनि यस्ता कोष र समितिहरूको उपादेयता समाप्त नहुने उनको भनाइ छ । 

‘राम्रोसँग काम गर्न सक्यौं भने यस्ता समिति र कोषको उपादेयता सधैं रहन्छ,’ उनले भने ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपन ऐन २०७४ मा केन्द्रमा प्रधानमन्त्री  र गृहमन्त्रीको अध्यक्षतमा छुट्टाछुट्ट दुइटा विपद् व्यवस्थपान समिति गठन गर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको अध्यक्षतमा गठन हुने समितिको नाम राष्ट्रिय समन्वय परिषद् र गृहमन्त्रीको संयोजकतवमा विपद् व्यवस्थापन समिति गठन गर्न व्यवस्था छ । 

यसैगरी, प्रत्येक प्रदेशमा प्रदेश मुख्यमन्त्री र प्रदेश आन्तरिक मामिला मन्त्रालयको अध्यक्षतामा दुई वटा छुट्टाछुट्टै विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन कोष सञ्चालन गर्ने व्यवस्था छ । उक्त ऐनअनुसार प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विपद् व्यवस्थापन समिति गठन गर्ने व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने विपद् व्यवस्थपान समितिमा सम्बन्धित जिल्लाका स्थानीय तहका प्रतिनिहिरू पदेन सदस्य हुने व्यवस्था पनि उक्त ऐनमा छ ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीको बुझाइमा यसपटक विपद् व्यवस्थापन र राहत र उद्धारको काममा स्थानीय सरकार निकै प्रभावकारी देखिएका छन् । उनी भन्छन्, ‘छिटफुट त्रुटिहरू भए होलान् तर समग्रमा यसपटक विपद् व्यवस्थापनमा स्थानीय तहमा गठन गरिएका विपद् व्यवस्थापन समिति निकै प्रभावकारी देखिएका छन् ।’ कानुनको मर्मअनुसार विपद् व्यवस्थापनमा स्थानीय सरकारबाट काम भइरहेको उनको बुझाइ छ ।
अर्को समाचार
माओवादी केन्द्रले भन्योः सीसीएमसीको काम छैन, यसलाई खारेज गरौँ
०६ जेष्ठ २०७८
•
२ मिनेट पाठ
माओवादी केन्द्रले भन्योः सीसीएमसीको काम छैन, यसलाई खारेज गरौँ
नेकपा(माओवादी केन्द्र)ले प्रभावकारी काम नगरेको भन्दै सीसीएमसी खारेजीको माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोराेना महामारीमा राम्रो सँग काम गर्न नसकेको भन्दै सीसीएमसी खारेजीको माग गरेको नेता वर्षमान पुनले जानकारी दिए। 'सीसीएमसीले काम गर्न सकेन, त्यसलाई संविधानले कानूनले पनि चिन्दैन। प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्छ', उनले भने।  




यस्तै, प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माओवादी केन्द्रले माग गरेको छ। यस्तै सो पार्टीले अत्यावश्यक बाहेकका राजनीति नियुक्ति रोक्न, अनुपयुक्त क्षेत्रको खर्च घटाएर कारोना नियन्त्रणमा परिचालन गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरि माओवादी केन्द्रले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने भएको छ। कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय गरेको नेता पुनले जानकारी दिए। माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको छ। सो युनिटका सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडामा आगामी पाँच दिनभित्र समिति गठन गर्ने र आवश्यक रूपमा परिचालन गर्ने निर्णय भएको स्थायी समिति सदस्यसमेत रहेका नेता पुनले जानकारी दिए।  

ती समितिले सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्ने छ। यस्तै जनप्रतिनिधि, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यकाबाट सहयोग जुटाएर कोभिड कोष खडा गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ। त्यसबाट औषधि, उपकरण खरिद एवम् सङ्कलन गरी बढी प्रभावित क्षेत्रमा वितरण गरिने छ। यस्तै, कोभिड–१९ रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस