जलवायु कहर मानव बेघर
११ भदौ २०८३
•
६ मिनेट पाठ
जलवायु कहर मानव बेघर
जलवायु परिवर्तनलाई प्रायः सोझै पर्यावरणको विषय मानिन्छ। यसलाई हिमनदी पग्लिनु, समुद्रको बढ्दो जलस्तर, तापमान वृद्धि अनि अनियमित वर्षाजस्तामा सीमित गरेर हेरिन्छ।  त्यसको अर्को पक्षमा निकै चर्चा कम हुने गर्छ, जसलाई संकटले घेर्दै लगेको छ।  त्यो हो– मनुष्यको आवास, आजीविका, पहिचान अनि अस्तित्व।




संसारभरि यस्तो जनसंख्या बढी छन्, जसलाई युद्ध, दंगा, उत्पीडनभन्दा बढी प्रभावित बाढी, समुद्री/नदी कटान, खडेरी, चक्रवात (आँधी) जस्ता चरम मौसमी घटनाले मानवलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ। जसलाई ‘जलवायु शरणार्थी’ भनेर बुझ्न सकिन्छ, भलै अन्तर्राष्ट्रिय कानुनमा यो शब्दले औपचारिक मान्यता पाएको छैन तर वास्तविकता यो हो कि जलवायु परिवर्तनले लाखौं मानिसलाई बेघर गरिरहेको छ र उनीहरू शरणार्थीजस्तो जीवन जिउन विवश छन्। वस्तुगत आँकडा भेट्न मुस्किल भए तापनि नेपाल यसबाट अछुतो रहन सक्दैन।

घरपरिवार जसको घरखेत बगायो, खेतबारी डुब्यो, रोजगारी गुम्यो, बालबच्चाको शिक्षा बिचैमा रोकिने जस्ता दुःख त निम्त्याएको छ नै, साथै भौगोलिक विस्थापन अनि सामाजिक तथा सांस्कृतिक रूपमा अलगथलग हुने क्रम बढ्दो छ।  कुनै समय हजारौं मान्छेको घर रहेको टापु/गाउँका बस्तीहरू साँगुरिँदै/पातलिँदै गएका छन्। विविध कारणले खेतको उर्वरा शक्ति घट्दै जाँदा तथा फसलको उचित मोल नपाउँदा कृषि कर्ममा लागेकाहरू धेरै संख्यामा ठुलाठुला सहरमा वैकल्पिक आयको बाटो खोज्ने क्रममा पलायन हुँदै गएको लुकेछिपेको कुरा रहेन। अनेकौं परिवार यस्ता पनि छन्, जो वर्षातमा राहत शिविरमा बस्छन् भने पानी रोकिएपछि पुनः त्यही असुरक्षित घर/ठाउँमा फर्किन्छन्। बर्सेनि बेहोर्नु परिरहेको पहाडी भूभागको भूस्खलन र पहिरो अनि नदीमा अचानक बाढी आउनाले त्यस क्षेत्रका गाउँबस्तीहरू असुरक्षित हुँदै गएका छन्, अझ भनौं जलवायु परिवर्तनले पहाड/तराईका धेरै ठाउँ सुरक्षित छैनन्।

जर्मनवाचद्वारा प्रकाशित जलवायु जोखिम सूचकांक २०२५ मा नेपाललाई ६९औं स्थानमा राखिएको छ।  यस सूचकांकले विगत तीन दशक (१९९३–२०२२) मा जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटना तथा जलवायुजन्य प्राकृतिक विपद् (बाढी, पहिरो, खडेरी, अत्यधिक वर्षा तथा तापक्रममा हुने उतारचढाव) लाई आधार मानेर सबैभन्दा बढी प्रभावित भएका देशहरूको मूल्यांकन गरेको छ। यो जोखिम सूचकांकका अनुसार नेपालमा जलवायुसम्बन्धी विपद्का कारण प्रत्येक वर्ष औसत २४९.७ जनाको मृत्यु हुने गरेको छ।

मृत्युदर प्रति एक लाख जनसंख्यामा ०.१८९ रहेको छ भने प्रत्येक वर्ष करिब ७५ हजार आठ सय ४० जना प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। त्यसैगरी, सो प्रतिवेदनका अनुसार जलवायुजन्य विपद्का कारण नेपालले प्रत्येक वर्ष अनुमानित २२१.३ मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्नुपर्ने उल्लेख छ, जो नेपालको कुल गार्हस्थ्य उत्पादनको अनुमानित ०.२५८ प्रतिशत हुने देखिन्छ।

जलवायु परिवर्तनले निम्त्याएको नकारात्मक परिस्थिति अनि आर्थिक असुरक्षा यी दुवै गाँसिएर त्यस भेगका बासिन्दा क्रमिक रूपमा विस्थापनतर्फ धकेलिएको छन्।  यसका दुष्परिणाम अचानक नदेखिए पनि समाज भित्रभित्रै शुष्क रूपले बदलिँदै/थलिँदै गएको छ।

सबैभन्दा ठुलो चिन्ताको विषय यो हो कि जलवायु शरणार्थीको कुनै स्पष्ट कानुनी पहिचान भएको छैन।  उनीहरूको संवैधानिक अधिकार हुँदाहुँदै पनि जलवायु विस्थापितको पुनर्वास, पहिचान अनि सामाजिक सुरक्षाको लागि विद्यमानमा स्पष्ट राष्ट्रिय कानुनको अभाव देखिन्छ।  परिणामतः अनेकौं परिवार वर्षौंसम्म अस्थायी बस्ती, भाँडाको कोठा/घर या भनौं अनौपचारिक श्रम बजारमा जीवन व्यतित गर्छन्।

विशेष रूपमा दलित, आदिवासी तथा भूमिहीन समुदाय पुनर्वास योजनामा प्रायः जसो बाहिरै रहन्छन् किनकि उनीहरूसँग भूमि स्वामित्वको औपचारिक दस्ताबेज भेट्न गाह्रो हुन्छ या त दिन सक्दैनन्। अन्तर्राष्ट्रिय स्तरमा पनि यी कुराहरू स्पष्ट छैनन्।

सन् १९५१ मा भएको शरणार्थी सम्मेलनले केवल उत्पीडन, युद्ध वा राजनीतिक कारणले विस्थापित व्यक्तिहरूलाई मात्रै शरणार्थी मानेको बुझिन्छ।  जलवायु परिवर्तनका कारण विस्थापित व्यक्ति यो परिभाषाभित्र पर्दैनन्। त्यसैले जलवायु शरणार्थीहरूलाई अन्तर्राष्ट्रिय कानुनले पनि संरक्षण प्रदान गर्न सकेको छैन। परन्तु केही देशले यस विषयमा कदम उठाएका छन्।  न्युजिल्यान्डले जलवायु जोखिमयुक्त प्रशान्त द्वीप देशका नागरिकको लागि विशेष प्रवासन मार्गबारे विचार गरेको छ।  फिजीले पनि नियोजित पुनर्वासको नीति अपनाएको छ। अफ्रिकी देशमा भएको कम्पाला कन्भेन्सनले आन्तरिक विस्थापनसँग सामना गर्न एक महत्त्वपूर्ण क्षेत्रीय ढाँचा प्रदान गरेको छ। संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जलवायुले निम्त्याएको विस्थापनको अलग नीति तथा संयन्त्र विकसित गर्न जोड दिइरहेको छ।

अन्त्यमा, जलवायु एक जटिल/ज्वलन्त मुद्दा बनिसकेको परिप्रेक्ष्यमा पर्यावरणमा मात्रै सीमित नरही मानवको घर, पहिचान, गरिमा अनि भविष्यको सुरक्षाको गम्भीर सवाल बनिसकेको छ।  बाढी, समुन्द्र/नदी कटान, सुक्खा/खडेरी, आँधीबेहरी, चक्रवात जस्ता मौसमीय घटनाहरूले मानवको दैनिक सामान्य जीवन तथा जीविकालाई बिस्तारै अस्तव्यस्त पार्दै लगेको जगजाहेर छ। जलवायु परिवर्तनको संकट केवल बढ्दो तापमान मात्रै नभई मान्छे आफ्नै घरमा असुरक्षित हुन पुगेका छन्। अब विश्वसामु यो प्रश्न खडा भएको छ– मौसम बदलिन्छ कि बदलिन्न ? आउँदा दिनर वर्षहरूमा मान्छे आफ्नै गाउँ/खेत/घरमा रहन–बस्न पाउँछन् कि पाउँदैनन् भन्ने मूल प्रश्न हुन्छ। चिन्ता त त्यो समुदाय (गरिब, नदी किनारको छेउछाउ बस्ने, आदिवासी, कृषिमा आश्रित परिवार आदि) लाई लिएर छ, जो जलवायु संकटका लागि कम जिम्मेवार छन्, परन्तु यसको सबैभन्दा धेरै मूल्य उनीहरूले नै चुकाइरहेका छन्।  जब यसले प्रभावित भएर कसैले घर छोड्नुपर्छ, उसले घर मात्रै होइन, त्यहाँको स्मृति, सामाजिक सम्बन्ध, सांस्कृतिक पहिचानसमेत छोड्छ। अझ सबैभन्दा चिन्तायुक्त कुरा भविष्यको भरोसा शून्यजस्तो हुन पुग्छ। सबैभन्दा यक्ष प्रश्न यो हो कि नेपाल जलवायु विस्थापितको समस्या सम्बोधन गर्न तथा सुल्झाउन वास्तवमै लागिपरेको छ त? राहत र पुनर्वासको व्यवस्था सरकारले गर्ने गरेको छ नै, तर आपतकालमा तात्कालिक प्रभावमा मात्र सीमित छ।

जलवायु परिवर्तनले निम्त्याएको विस्थापनका लागि त्यस्तो कुनै ठोस दीर्घकालीन स्पष्ट राष्ट्रिय नीति देखिँदैन। फलतः प्रभावित मान्छे या परिवार भौतिक विस्थापनको दुःख मात्रै झेल्दैनन् कि भविष्यको गहिरो अनिश्चितता र भयले आक्रान्त हुन पुग्छन्। आउनेवाला पुस्ता/समयले कुनै पनि सभ्य समाजको परीक्षा जलवायु परिवर्तनबाट प्रभावित व्यक्ति/समुदाय जो कम जिम्मेदार भईकन पनि बढी मूल्य चुकाएकालाई के के गरेर न्याय प्रदान गर्‍यो भन्ने कार्यले देखाउँछ।

एक सन्दर्भ, जर्मन मूलका अमेरिकी अर्थशास्त्री अल्बर्ट ओ. हिर्सम्यान (सन् १९१५–२०१२) द्वारा लिखित, सन् १९७० मा प्रकाशित प्रसिद्ध पुस्तक ‘एग्जिट, भ्वाइस एन्ड लोयल्टी’ जलवायु परिवर्तनका प्रभावमा जोडेर बुझ्न उपयोगी हुन सक्छ। जलवायु संकटका कारण कुनै क्षेत्रका बासिन्दा/समुदाय/व्यक्तिको जीवनस्तर र जीविकोपार्जन प्रभावित हुँदा मानिसहरूले तीन प्रकारका प्रतिक्रिया जनाउन सक्छन्– ‘एग्जिट’ (बाढी, खडेरी, अत्यधिक गर्मी वा अन्य जलवायुजन्य जोखिमबाट प्रभावित क्षेत्र छोडेर अन्यत्र बसाइँ सर्नु), ‘भ्वाइस’ (प्रभावकारी जलवायु नीति, अनुकूलन र वातावरण संरक्षणको माग गर्नु) र ‘लोयल्टी’ (आफ्नै समुदायमा रहेर परिस्थितिमा सुधार ल्याउने प्रयास गर्नु)।

प्रभावकारी विश्वव्यापी जलवायु नीतिको मुख्य उद्देश्य मानिसहरूलाई आफ्नो समस्या र माग स्पष्ट रूपमा राख्न सक्षम बनाउनु तथा उनीहरूलाई आफ्नै स्थानमा जलवायु परिवर्तनसँग अनुकूलन गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने हुनुपर्छ, ताकि बाध्यकारी र ठुलो मात्राको विस्थापन रोक्न सार्थक सिद्ध होस्। अनि मात्र धेरै हदसम्म, जलवायु परिवर्तनले मानिसहरूको बसाइँसराइ, सामाजिक विस्थापन र पहिचानलाई पारिरहेको गहिरो प्रभाव रोक्न प्रभावकारी हुन सक्छ।  यसको कहरबाट जोगाउन मूर्त रूपले प्रमुख सरोकार राख्नुपर्ने अर्थात् हातेमालो गर्न/गराउन अघि सर्नुपर्ने अगुवा/अभिभावक अनि पहलकर्ता सरकार नै हुनुपर्ने होइन र?  
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२१ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस