नाजी को हो?
१९ फागुन २०७८
•
५ मिनेट पाठ
नाजी को हो?
भ्लादिमिर पुटिनले युक्रेनमा गरिएको आक्रमणलाई लडाइँको रूपमा चित्रित नगर्न रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाएका छन्।




यो सैनिक अपरेसनलाई युक्रेनलाई नवनाजीवादबाट मुक्ति दिने अभियानका रूपमा लिनुपर्ने मान्यता उनको छ। सरकारी स्वामित्वको समाचार संस्था आरआइएले यसलाई ‘इतिहासमा दोस्रो पटक नाजीवादबाट युक्रेनलाई स्वतन्त्र पार्ने सशक्त अभियानका लागि ऐतिहासिक जिम्मेवारी’ भनेर प्रोपोग्यान्डा नै सुरु गरेको छ।

यो समाचार माध्यमले पाठकलाई नाजीको प्रतीकात्मक चिह्न स्वस्तिकालाई केही ‘कस्मेटिक करेक्सन’ गरी उच्च स्तरको पाउडर लेपन गरेर युक्रेन राज्यलाई सशक्त पार्ने सन्देश दिइरहेको छ। ‘युरोपले हेक्का नराखे पनि युरोपको समग्र स्वार्थ रक्षाका लागि हाल रुसले नाजी हटाउने अभियान ‘डि–नाजीफेकसन’ जारी राखेको छ,’ यो समाचार माध्यमले बारम्बार भनिरहेको छ।

यो सन्दर्भमा यो दावीको चिरफार गर्न आवश्यक छ। यही प्रोपोग्यान्डाले संकटको समयमा पुटिनको तानाशाहीलाई निरन्तर जारी राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ। पुटिनको तानाशाही नेतृत्वविना युक्रेनमा युद्ध सम्भव थिएन।  रुसी सैनिक अभियानले अपेक्षित नतिजा नदिँदा पुटिनले यसप्रकारका प्रापोग्यान्डाको अधिक प्रयोग गर्ने निश्चित छ।  पछिल्ला वर्षमा पुटिनले रुस र युक्रेनका बारेमा रुसी सर्वसाधारणलाई धेरै विरोधाभासपूर्ण कुरा भनेका छन्।

उनले सन् २००० देखि २००८ सम्म दुई कार्यकालमा रुसलाई आधुनिकीकरण गर्ने र पश्चिमसँगको सम्बन्धलाई सुदृढ गर्ने बताएका थिए। तर सत्ताको स्वाद पाएपछि उनी सत्तालाई निरन्तर कब्जामा कसरी पार्ने भन्नेतिर उन्मुख र उद्यत देखिन्छन्। आधुनिकीकरण गर्ने नाममा प्रहरी र राज्यको क्रूरतालाई प्रमुखता दिएका पुटिनले अहिले युक्रेनबिना रुस विश्व शक्ति नहुने दाबी गरेका छन्।

तर उनले सत्ता सम्हाल्दा युक्रेन रुसको समर्थनमा थियो र अझै पनि युक्रेनमा रुसको प्रभाव यथेष्ट छ। सन् २०१४ मा क्रिमियामा आक्रमण गरेर युक्रेनको स्वामित्वमा रहेको ७० प्रतिशत भूभागमा रुसले अधिपत्य जमाएपछि युक्रेनी सर्वसाधारणको रुसप्रतिको अवधारणामा परिवर्तन आएको हो।

रुसले आधुनिकीकरण गर्न र युक्रेनलाई आफ्नो स्वार्थ अनुकूल पार्न असफल रहेका पुटिनले यो क्रममा धेरै गल्ती गरेका छन् र यी गल्तीका लागि रुसको आगामी पिँढीले उनलाई माफ गर्ने छैन। सत्ताका सुरुका दिनमा पुटिनले रुसलाई युरोपियन युनियन तथा नाटोमा समेत सामेल गर्ने बताएका थिए। युक्रेनको स्वाधीनतालाई अस्वीकार गर्ने उनको सोच पनि थिएन।

सन् २००२ मा नाटोमा सहभागी हुने युक्रेनको चाहनाप्रति आफ्नो भनाइ राख्दै उनले भनेका थिए, ‘नाटोलाई विस्तार गर्ने सन्दर्भमा हाम्रो धारणा प्रष्ट छ। यो परिवर्तन हुँदैन तर युरोप तथा समग्र विश्वमा शान्ति तथा सुरक्षालाई सुदृढ गर्ने अभियानबाट युक्रेनलाई अलग्याउन मिल्दैन। युक्रेन सार्वभौम राज्य हो र उसले आफ्नो सुरक्षाका लागि स्वतन्त्ररूपमा निर्णय लिन सक्छ।’

तर सन् २००४ मा भ्रष्टाचार र चुनावी धाँधलीविरुद्ध युक्रेनमा ठूलो जनप्रदर्शन (ओरेन्ज रिभ्युलुसन) भएपछि पुटिन त्रसित भएका थिए। रुसमा पनि यस्तै भयो भन्ने के होला भन्ने चिन्ता उनमा देखिएको थियो। सन् २००८ मा पुटिनले यो सन्दर्भमा नयाँ धारणा सार्वजनिक गरेका थिए। नाटो तथा रुसी काउन्सिलको एक बैठकमा उनले युक्रेनप्रतिको यसअघिको धारणामा पुनर्विचार गर्ने संकेत गरेका थिए। त्यही आधारमा हाल युक्रेनविरुद्ध आक्रमक युद्ध छेडिएको छ।

त्यतिबेला पश्चिमा नेतृत्वले पुटिनले सार्वजनिक गरेको धारणालाई गंभिरतापूर्वक लिएको भए स्थिति फरक हुन्थ्यो।  पछिल्ला ३ महिनामा पश्चिमा नेतृत्वले रुसको अर्काे कदम के हुनेछ भन्नेमा सही आकलन गर्न सकेन। त्यसो हुन सकेको भए समयमै युक्रेनलाई आवश्यक हतियार र आर्थिक सहयोग गर्न सकिन्थ्यो।  उता पुटिनको उद्देश्य प्रष्ट थियो।

‘युक्रेनको दक्षिणमा रुसीमात्र छन्। त्यसो हुदा त्यहाँ हाम्रो स्वार्थ छैन भनेर कसले भन्न सक्छ?’ उनले भनेका छन्। त्यसो त, युक्रेनमा एकतिहाइ जनसंख्या रुसी मूलको छ। कुल ४ करोड ५० लाख जनसंख्यामध्ये १ करोड ७० लाख जनसंख्या रुसी मूलको छ तर कतिपय क्षेत्रमा रुसी मूलको जनसंख्या अत्यधिक छ।

उदाहरणका लागि क्रिमियामा ९० प्रतिशत जनसंख्या रुसी मूलको भनिएको छ। दोस्रो विश्वयुद्धपछि पोल्यान्डको आधिपत्यमा रहेको केही भूभाग तथा चेकोस्लाभाकिया तथा रोमानियाका केही भूभागसहित युक्रेनले हालको आकार लिएको हो। यसैगरी पूर्व र दक्षिण क्षेत्रमा धेरै रुसी भूभागलाई युक्रेनले प्राप्त गरेको थियो। राज्य निर्माणका लागि आफैंमा यो जटिल प्रक्रिया थियो। यो जटिलतामा अरूसहित नेटोको समस्या पनि थपिँदा युक्रेनको अस्तित्व चुनौतीपूर्ण देखिएको थियो।

पछिल्ला दुई जनगणना संरचनाको दावी पनि असत्य छ। युक्रेनका १ करोड ७० जनसंख्याले रुसी भाषालाई आफ्नो प्राथमिक भाषामात्र रहेको भनेका छन्। उता क्रिमियामा कुल जनसंख्याको ६० प्रतिशत भन्दा बढी रुसी रहेको देखिँदैेन। यो सन्दर्भमा १४ वर्षअघि पुटिनले अन्य देशमा रहेका रुसी जनसंख्याका आधारमा ती देशमा हस्तक्षेप गरेर ऐतिहासिक पुनरावलोकन गरिने प्रष्ट सन्देश दिएका थिए। यसो गर्दा उनले हिटलरको अनुशरण गरेका छन्। पोल्यान्डमा आक्रमण गर्नुभन्दा ६ महिनाअघि हिटलरले त्यहाँ रहेका जर्मन अल्पसंख्यकको सुरक्षाको तर्क दिएका थिए। चेकोस्लोभाकिया आक्रमणमा पनि यस्तै तर्क अघि सारिएको थियो।

नाजी जर्मनीले सन् १९२० र १९३० ताका अवलम्बन गरेको उग्र राष्ट्रवादको नारा पुटिनले लिएका छन्। तर उनले के हेक्का राखेका छैनन् भने सोभियत संघको पतन हुँदा यूद्धभूमिमा संघले पश्चिमा राष्ट्रसँग लडनु र हार्नुपरेको थिएन। यति ठूलो राष्ट्रको पतन आन्तरिक कारणले भएको थियो र त्यहाँको अभिजात वर्गका कारण भएको थियो।

यो ऐतिहासिक पृष्ठभूमिमा पुटिनले जताततै नाजीहरूको अभियान (मार्च) देखेका छन् भने त्यो अन्त नभै रुसमै छ। उनले वेगनर ग्रुपसँग आबद्ध रहेका तथा नवनाजीवादका प्रवर्द्धक मानिने डिमिट्री उटकिनसँग हातेमालो गरेका छन्।  यो निजी ग्रुपलाई क्रेमलिनले सहयोग पुर्‍याउँदै आएको छ।

नाजी जर्मनीले चाहेझैँ क्रेमलिनले उत्तेजना र उक्साहट खोजेको छ, यो उचित छैन। युक्रेनलाई अपमानित गर्ने र पश्चिमा राष्ट्रलाई धम्क्याउने क्रममा रुसले अन्तर्राष्ट्रिय कानुनको अवज्ञा गरेको छ। युक्रेनका राष्ट्रपति भोलादिमिर जेलेन्सीलाई रुसले लागु पदार्थ दुव्र्यसनी तथा नवनाजीपथ समर्थकको रूपमा बदनाम गर्न चाहेको छ जबकि उनी आफैँ यहुदी हुन्। जेलेन्सीका हजुरबा दोस्रो विश्वयुद्धमा नाजीहरूविरुद्ध लडेका थिए र कैयन् आफन्त गुमाएका थिए।

(प्रोजेक्ट सिन्डिकेटबाट। लेखक जर्मनीको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी काउन्सिलका सिनियर फेलो हुन्।)
अर्को समाचार
नाजी नेताको जन्मस्थलमा प्रहरी कार्यालय सञ्चालन
०६ साउन २०८३
•
२ मिनेट पाठ
नाजी नेताको जन्मस्थलमा प्रहरी कार्यालय सञ्चालन
नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम दक्षिणपन्थी समर्थकहरूको तीर्थस्थल बन्न नदिन अस्ट्रियाले उक्त भवनलाई औपचारिक रूपमा प्रहरी कार्यालयमा रूपान्तरण गरेको छ। लामो विवाद र कानूनी प्रक्रियापछि बुधबार नयाँ प्रहरी कार्यालय सञ्चालनमा ल्याइएको हो।




अस्ट्रियाली अधिकारीहरूका अनुसार हिटलरको जन्मघरलाई प्रहरी कार्यालय बनाउने निर्णयले उक्त स्थानलाई नाजी विचारधाराको प्रतीकका रूपमा प्रयोग हुनबाट रोक्नेछ। साथै, यसले वर्षौंदेखि चलिरहेको ‘यस भवनको भविष्य के हुने ?’ भन्ने विवादको पनि अन्त्य हुने अपेक्षा गरिएको छ।

ब्राउनाउ आम इन सहरको केन्द्रमा रहेको १७औँ शताब्दीको उक्त भवनको करिब दुई करोड युरो लागतमा पुनःनिर्माण गरिएको हो।

निर्धारित समयभन्दा तीन वर्ष ढिलो सम्पन्न भएको पुनर्निर्माणपछि भवनको स्वरूप पूर्ण रूपमा परिवर्तन गरिएको छ।

जर्मन सीमानजिक रहेको उक्त घरमा एडोल्फ हिटलरको सन् १८८९ अप्रिल २० मा जन्म भएको थियो।

पहिले पहेँलो रङको रहेको भवनलाई सेतो रङले रङ्ग्याइएको छ भने प्रवेशद्वारमा प्रहरी कार्यालयको चिह्न राखिएको छ।

भवनबाहिर रहेको स्मारक शिलालेखमा ‘शान्ति, स्वतन्त्रता र लोकतन्त्रका लागि, फेरि कहिल्यै फासीवाद होइन’ भन्ने सन्देश अझै कायम राखिएको छ।

सन् १९३८ मा नाजी जर्मनीले अस्ट्रियालाई गाभेपछि करिब ६५ हजार अस्ट्रियाली यहुदी मारिएका थिए भने थप एक लाख ३० हजारभन्दा बढीलाई देशनिकाला गरिएको थियो।

यद्यपि, होलोकास्टप्रतिको आफ्नो ऐतिहासिक जिम्मेवारी पूर्ण रूपमा स्वीकार नगरेको भन्दै अस्ट्रिया समय–समयमा आलोचित हुँदै आएको छ।

यो भवन सन् १९१२ देखि एउटै परिवारको स्वामित्वमा थियो। सन् १९७२ देखि भने अस्ट्रियाली सरकारले भाडामा लिएर अपाङ्गता भएका व्यक्तिहरूको सेवा केन्द्रका रूपमा प्रयोग गर्दै आएको थियो।

अन्तिम निजी मालिक गेर्लिन्डे पोमरले भवनको पुनःउपयोगका विभिन्न प्रस्तावको विरोध गर्दै आएका थिए।

अस्ट्रियाली संसद्ले सन् २०१६ मा विशेष कानूनमार्फत भवन अधिग्रहण गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतले करिब आठ लाख १० हजार युरोमा उक्त सम्पत्ति खरिद गर्ने सरकारी निर्णयलाई अनुमोदन गरेको थियो।

भवन भत्काउने, सङ्ग्रहालय बनाउने वा अन्य प्रयोजनमा प्रयोग गर्ने विकल्पमाथि लामो छलफल भए पनि इतिहासविद्हरूले भवन ध्वस्त पार्न नहुने धारणा राखेका थिए। अन्ततः विशेषज्ञ आयोगको सिफारिसमा यसलाई प्रहरी कार्यालय बनाउने निर्णय गरिएको हो।

सरकारले स्थायी प्रहरी उपस्थितिले नाजी विचारधाराप्रति कुनै सहिष्णुता नरहेको स्पष्ट सन्देश दिने र भवनलाई राजनीतिक रूपमा तटस्थ बनाउने विश्वास व्यक्त गरेको छ।

तर यातना शिविरबाट बाँचेकाहरूको संस्था मौथाउसेन कमिटी अस्ट्रियाका प्रवक्ता रोबर्ट इटरले भने भवनको स्वरूप परिवर्तन गर्दैमा नव–नाजी समर्थकहरूको तीर्थयात्रा रोकिने विश्वास गर्न नसकिने बताए।

उनले इतिहासकै कुख्यात नरसंहारकर्तामध्ये एकको जन्मस्थल भएकाले त्यसको ऐतिहासिक पहिचान मेटाउन सम्भव नरहेको धारणा व्यक्त गरे।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस