बजेटमा युवा र रोजगारी
१९ असार २०७८
•
११ मिनेट पाठ
बजेटमा युवा र रोजगारी
कोरोना महामारीको त्रासदी एवं राजनीतिक उत्तारचढावको बाबजुद अर्थमन्त्रीले १६ खर्ब ४७ अर्ब ५७ करोड अध्यादेश मार्फत बजेट सार्वजनिक गरे । त्यसैगरी सातै वटा प्रदेश सरकारले २ खर्ब ६१ अर्बको बजेट प्रस्तुत गरे । प्रदेश १ ले ३२ अर्ब ४६ करोड, प्रदेश २ ले ३३ अर्ब ७९ करोड, बाग्मती प्रदेशले ५७ अर्ब ७२ करोड, गण्डकी प्रदेश ३० अर्ब ३ करोड, लुम्बिनी प्रदेशले ४० अर्ब ९५ करोड, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोड बजेट विनियोजन गरेका छन्। 




बजेटले विशेषगरी स्वास्थ्य, पूर्वाधार विकास, कृषि र रोजगारीलाई प्राथामिकता दिएको छ । भूकम्पपछिको पुनर्निर्माण, नाकाबन्दीको प्रभावमा जुधिरहेको बखत फेरि कोरोना महामारी थपिएको छ । जसले विकास र समृद्धिको यात्रालाई गम्भीर प्रभाव पारेको छ । कोभिड–१९ का कारण स्वदेश र विदेशमा रहेका लाखौं नागरिकले जागिर गुमाएका छन् । कोरोनाको कारण आर्थिक, सामाजिक एवं राजनीतिक लगायत हरेक क्षेत्रमा यसको नराम्रो प्रभाव परेको छ। पछिल्लो दुई दशकमा पहिलो पटक २.१२ प्रतिशतले आर्थिक वृद्धि ऋणात्मक भएको छ । जुन भूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा उच्च हो ।  

विगतभन्दा बजेट केही प्रगतिशील देखिए पनि युवा उद्यमशीलता रोजगारीको सवाललाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न सकेन । कोरोना रोकथाम, नियन्त्रण एवं खोपमा ठूलो रकम विनियोजन गरेको छ। कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । खोप लगाउन मिल्ने सबैलाई निशुल्क खोपका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्टयाएको छ । कोरोना महामारीसँग जुधिरहेको समयमा भएर पनि होला यसपटक संघ र प्रदेश दुवैको प्राथमिकतामा कोरोना नियन्त्रण र समग्र स्वास्थ्य क्षेत्र सुधार परेको छ । जसलाई सकारात्मक रूपमा लिन सकिन्छ । नेपालको स्वास्थ्य क्षेत्र सुधारको लागि यो सही समय पनि हो ।

श्रम तथा रोजगार  

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाखलाई रोजगारी उपलब्ध गराउने त्यसका लागि रु १२ अर्ब छुट्याएको छ । लघु, मझौला तथा साना उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई पाँच प्रतिशत ब्याजमा कर्जा दिने व्यवस्था गरेको छ । युवा उद्यमीलाई स्टार्टअप व्यवसायका लागि परियोजना धितो राखेर एक प्रतिशत ब्याजमा २५ लाखसम्म कर्जा दिने गरी १ अर्बको च्यालेन्ज फन्ड बनाएको छ भने स्टार्ट अप व्यवसायलाई कारोवार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरमा शत–प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यसैगरी श्रम बजारमा प्रवेश गर्ने, वैदेशिक रोजगारबाट फर्केका एवं स्वदेशमा रोजगार गुमाएका १ लाख श्रमिकको सीप विकासका लागि ४० करोड व्यवस्था गरेको छ । साथै बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकत्तम पाँच प्रतिशत ब्याजमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको छ । बजेटमा यसपटक नयाँ कुरा पनि समेटिएको छ । डिजिटल र आर्टिफिसियल इन्टेलिजेन्स मार्फत ई–कमर्सको विकास गर्न कानुन तर्जुमा गर्ने भएको छ । युवालाई विज्ञान र प्रविधिसँग जोड्न विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद् गठन गर्ने भएको छ ।  

युवा तथा खेलकुद  

बजेटले युवाको क्षमता अभिवृद्धि गरी देशभक्त अनुशासित एवं उद्यमी बनाउने लक्ष्य लिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष मार्फत प्राविधिक र व्यावसायिक सीपका लागि १२ हजार युवालाई स्वरोजगार बनाउने घोषणा गरेको छ । राष्ट्रिय युवा परिषद मार्फत विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, राहत, उद्धार तथा जनचेतना अभिवृद्धि लगायतका कार्यमा युवा परिचालन गर्ने भनेको छ । युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड छुट्टयाएको छ ।  

प्रदेशमा युवा र रोजगार

सात वटै प्रदेशले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा कहीँ न कहीँ युवा र रोजगारी विषय समेटेका छन् । सबै प्रदेशले कोरोना नियन्त्रण, रोकथाम, उपचार र खोपका लागि ठूलो रकम छुट्टयाएका छन् । प्रदेशमा युवा र रोजगारीका  लागि भएका कार्यक्रमहरू के कस्तो छ भन्ने विषयमा संक्षिप्त चर्चा गएिको छ ।  

प्रदेश १ः

कोभिड १९ का कारण रोजगारी गुमाएका तथा आफ्नै लगानीमा व्यवसाय सुरु गर्न नसक्ने युवाहरू, वैदेशिक रोजगारीबाट गर्नुपर्ने बाध्यतामा परेकाहरूलाई प्रत्यक्ष लाभ प्रदान गर्न मुख्य मन्त्री युवा उद्यमशीलता कार्यक्रमका लागि १० करोड छुट्टाएको छ । युवा तथा श्रम रोजगार क्षेत्रको विकासका लागि १६ करोड विनियोजन गरिएको छ । मेरो कृषि मेरो पौरख, प्रदेश प्रमुख नवप्रवर्तन कृषि कार्यक्रमका लागि ५ करोड ७२ लाख छुट्टयाएको छ ।  

प्रदेश २ः

गरिबी न्यूनीकरणका लागि लघुउद्यम विकास कार्यक्रम र विपन्न परिवारलाई रोजगारीको अवसर सिर्जना गर्न ८ करोड छुट्याएको छ । कोभिड १९ महामारीका कारण रोजगारी गुमाएका युवाहरूका लागि स्वरोजगार कार्यक्रमका लागि १५ करोड विनियोजन गरेको छ । त्यसैगरी उद्यमशीलतामार्फत रोजगारीको सिर्जना गर्न २८ करोड ५० लाख छुट्टाएको छ भने दलित समुदायका महिला तथा युवाहरूको सीप विकास मार्फत रोजगारीका अवसर सिर्जना गर्न भगत सर्वजित कार्यक्रमका लागि २ करोड ४० लाख व्यवस्था गरेको छ ।  

बाग्मती प्रदेशः

कोभिडपश्चातको आधार : पूर्वाधार विकास, उत्पादन वृद्धि र रोजगार भन्ने मान्यताका साथ कोभिडको कारण रोजगार गुमाएका बेरोजगार भएका, विदेशबाट फर्किएका तथा सीमान्तकृत समुदाय र आर्थिक रूपमा विपन्न युवा जनशक्तिलाई कृषि, उद्योग तथा सेवा क्षेत्रमा आकर्षित गर्न मेरो गाउँ उद्यम सहित जिउने ठाउँ नारा ल्याएको छ । उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियत ऋण प्रवाह गर्ने कार्यक्रमका लागि २ अर्ब बजेट विनियोजन गरेको छ । जहाँ प्रविधि, पूँजी र सीप त्यहाँ युवाको हित भन्ने सोचलाई आत्मसात् गर्दै उद्यमशीलता र स्वरोजगार विकास गर्न आर्थिक पुर्नस्थापनका कार्यक्रम सञ्चालन गर्न २ अर्ब ४२ करोड छुट्टयाएको छ । प्रदेशयुवा परिषद्मार्फत युवाहरूमा सीप, शिक्षा र उद्यमहीलता विकास गर्न हाम्रो ध्यान युवा सचेतना अभियान घोषणा गरेको छ ।  

गण्डकी प्रदेशः

सीप, दक्षता र रोजगारी : युवा पलायन रोक्ने हाम्रो जिम्मेवारी भन्ने मुख्य नारा अघि सारेको छ । सामूहिक रूपमा उधम गर्न चाहने युवाहरूलाई प्रोत्साहन गर्न उद्यमी युवा : समृद्धि प्रदेश निर्माणमा टेवा पुर्‍याउने लक्ष्य लिएको छ ।  

लुम्बिनी प्रदेशः

सीपमा पैसा छ, सीप भएको व्यक्ति भोकले मदैन बरु थोरैलाई सिकाऔं तर साकारी तालिम बजारमा बिकाऔं मूल नारालाई प्रदेश सरकारले आत्ममसात् गरेको छ । कृर्षिकर्मी रोजगार कार्यक्रमका लागि ६ करोड  छुट्टाएको छ । सीपयुक्त व्यक्ति कहिल्यै  भोकै मर्दैन भन्ने नारा अघि सारेको छ । प्रदेशमा युवा परिषद्को स्थापना र सञ्चालन, युवा प्रतिभा पहिचान र प्रोत्साहन गर्ने साथै जिल्ला युवा समितिमार्फत युवा परिचालन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । १०९ वटै स्थानीय तहमा सञ्चालित मुख्य मन्त्री ग्रामीण विकास रोजगार कार्यक्रम सुरु गरिने छ ।  

कर्णाली प्रदेशः

‘गाउँगाउँमा सिंहदरबार, घरघरमा प्रदेश सरकार’ को नाराका साथ समृद्ध कर्णाली, सुखी कर्णालीबासी भन्ने मूलमन्त्रका साथ कर्णाली सरकारले बजेट सार्वजनिक गरेको छ, । श्रम, सीप र रोजगार: युवासँग प्रदेश सरकार अभियान अन्र्तगत युवा उद्यमी कार्यक्रमका लागि ३ करोड छुट्टयाएको छ । युवालाई कृषिमा आर्कषण गर्न ‘हाम्रो उत्पादन हाम्रो शानः कृषि पेशालाई  गरौ सम्मान’ भन्ने हेतुले विदेशबाट फर्केका युवालाई १ करोड विनियोजन गरेको छ ।  

सुदूर पश्चिम प्रदेशः

कृषि, पर्यटन, पूर्वाधार : समृद्ध सुदूर पश्चिमनिर्माणका महत्वपूर्ण आधार भन्ने मुख्य नाराका साथ सुदूर पश्चिम प्रदेशले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट सार्वजनिक गरेको छ । युवा जनशक्तिलाई प्रदेशकै सेवाका लागि प्रेरित गर्न ‘मेरो विशेषज्ञता मेरै प्रदेशका लागि’ भन्ने अभियान सुरु गरेको छ। एम.डी./एम.वि.वि.एस.तथा प्राविधिक शिक्षाका लागि ३ करोड ५० लाख अनुदानको व्यवस्था गरेको छ । युवा जवानी प्रदेशको लगानी भन्ने मान्यताका साथ युवा रोजगारी एवं उद्यमशीलताको क्षेत्रमा बजेट छुट्टयाएको छ ।  

निष्कर्ष,

सरकारले सदाझैं यसपटक पनि परम्परागत शैलीमा बजेट ल्याएको छ । बजेटको ठुलो हिस्सा कोभिड महामारीमा केन्द्रित छ भने सामाजिक सुरक्षाको नाममा वितरणमुखी बजेट छ । गत वर्षको तुलनामा युवा उद्यमशीलता र रोजगार सिर्जना गर्ने क्षेत्रमा बजेट छुट्टयाएको भए तापनि स्पष्ट कार्ययोजनको नहुँदा कार्यान्वयनमा शंका छ । चालु आ.व. मा झण्डै ६० प्रतिशत मात्र बजेट खर्च हुने अनुमान छ । नेपालमा बजेट कार्यान्वयन नहुने पुरानै रोग हो । समय हुँदा काम नगर्ने र आर्थिक वर्षको अन्त्यतिर बजेट खर्च गर्ने प्रचलनले दिगो विकासमा गम्भीर असर पारेको । संघ, प्रदेश र स्थानीय सरकारको बजेटमा अझै एकरूपता हुन सकेको छैन। बजेटको दोहोरोपना, लक्षित वर्गसम्म पुग्न नसक्नु, आवश्यक्ताको आधारमा भन्दा पनि पहुँचको भरमा बजेट विनियोजन हुँदा हामीले विकासमा फड्को मार्न सकेका छैनौं । शिक्षा र स्वास्थ्यलाई निशुल्क, सर्वसुलभ, गुणस्तरीय र सबैको समान पहुँचयोग्य बनाउन जरुरी छ । युवा उमेर समूह बढी भएको वर्तमान सन्दर्भमा जनसांख्यिक लाभको अभिकतम उपयोग गरी युवाहरूलाई रोजगारी, उद्यमशीलता र विकास निर्माणमा सहभागी गराई आर्थिक उन्नति गर्न सकिन्छ ।  

राज्यको प्राथामिकतामा अझै युवा तथा खेलकुद मन्त्रालय पर्न सकेको छैन । हरेक वर्ष बजेट बटौतीमा युवा मन्त्रालय नै पर्ने गरेको छ । यस वर्ष २ अर्ब ७४ करोड मात्र बजेट छुट्टयाएको छ । त्यसमा पनि खेलकुदको लागि झण्डै साठी प्रतिशत खर्च हुन्छ । बाँकी ४० प्रतिशत युवा स्वरोजगार, युवा परिषद र नेपाल स्काउटको भागमा जान्छ । यसबाट सजिलै अनुमान गर्न सकिन्छ , युवाका मुद्दामा राज्य अझै संवेदनशील बनेन । यसले युवा मन्त्रालयको आवश्यकता र औचित्यमा प्रश्न उठाएको छ । ४० प्रतिशत युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई यसरी उपेक्षा गर्दा युवाको मनोबल कसरी उच्च होला । हाल युवा मन्त्रालय मातहत राष्ट्रिय युवा परिषद्, युवा स्वरोजगार कोष, राष्ट्रिय खेलकुद परिषद् नेपाल स्काउट लगायतका निकायहरू क्रियाशील छन् । बजेट र कार्यक्रमको अभावमा ती निकायहरूले कसरी काम गर्लान् । जुन देशमा युवा मन्त्रालय कमजोर छ, युवामा लगानी कम छ त्यस देशमा समृद्धि कसरी आउँछ ।  

हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा बजेटले एकै पटक बेरोजगारी समस्यालाई हल गर्न त नसक्ला तर रोजगारमुखी तथा उद्यमशील बन्ने वातारण भने पक्कै सिर्जना गर्न सक्छ । लगानीका सम्भावित क्षेत्रहरू पहिचान गरी वैदेशिक लगानी भित्र्याउन पहल गर्नुका साथै सार्वजनिक निजी साझेदारीको विकास गर्नुपर्दछ । युवाहरूमा पनि उद्यमशीलताको सोच विकास गर्न जरुरी छ । राज्यले दिने अनुदानको रकम दुरुपयोग होइन सदुपयोग गर्नेतर्फ युवा पनि अग्रसर हुनुपर्दछ । जबसम्म युवाहरूलाई उत्पादनशील काममा लगाउन सकिँदैन तबसम्म मुलुकमा समृद्ध हुँदैन । त्यसैले विभिन्न मन्त्रालयसँग छरिएर रहेका युवा लक्षित कार्यक्रमहरू एकीकृत रूपमा युवा तथा खेलकुद मन्त्रालय एवं राष्ट्रिय युवा परिषद्मार्फत कार्यान्वयन गर्न थप पहलकदमी आवश्यक छ ।  युवा विकासका लागि राष्ट्रिय युवानीति २०७२ तथा युथ भिजन २०२५ ले तय गरेका कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । दिनानुदिन विदेसिरहेका दक्ष, अर्धदक्ष एवं अदक्ष नेपाली जनशक्तिलाई मुलुकमै उद्यमशीलताको अवसर र रोजगारी र्सिजना गर्नेतर्फ लाग्नुपर्दछ ।  

वैदेशिक रोजगारीमा रहेका युवा कोरोनाको कारण रोजगारी गुमाएर स्वदेश फर्किदैछन् । त्यसका अलावा प्रतिवर्ष झण्डै ५ लाख युवाश्रम बजारमा प्रवेश गर्दछन् । मुलुकभित्र र बाहिरबाट फर्केका बेरोजगार युवाहरूलाई कसरी व्यवस्थापन गर्ने त्यसतर्फ सरकारको खासै ध्यान पुगेको देखिएन । नेपाली अर्थतन्त्रको भरपर्दो आधारको रूपमा रहेको कृषिमा श्रम परिचालन, कृषिकार्यको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरी रोजगारी सिर्जना नगरेसम्म युवाको आर्कषण बढ्दैन । त्यसैले होाला सरकारले कृषि र पशुपालन क्षेत्रमा रोजगारी र उत्पादन बढाउने केही राम्रा कार्यक्रम पनि ल्याएको छ ।  

राष्ट्रिय आवश्यकता र मागबमोजिम दक्ष जनशक्ति तयार गरी जनसाङ्ख्यीय लाभ लिँदै स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीमाथिको निर्भरता कम गर्नु अहिलेको आवश्यकता हो । हामीसँग नीति, योजना  र कार्यक्रमको कमी छैन, खालि ती नीति, योजना तथा कार्यक्रको प्रभावकारी कार्यान्वयनमा समस्या छ ।  

कोरोनाको निराशाबीच महत्वकांक्षी बजेट र कार्यक्रमले आशाको सञ्चार त गराएको छ तर बजेट कार्यान्वयन गर्ने स्पष्ट मार्गचित्र नहुँदा नागरिकले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक परिर्वतन महसुस गर्न सक्ने कुरामा शंका छ । नेपालमा रोजगारीका प्रमुख क्षेत्रहरूमा कृषि, ऊर्जा, पर्यटन एवं पूर्वाधार विकास नै हो । अतः यी क्षेत्रबाट वार्षिक कति रोजगारी सिर्जना गर्ने, हाम्रो विकास र समृद्धिका आधारहरू के हुने, औद्योगिक विकास कसरी गर्ने, लगानीको वातावरण कसरी बनाउने, श्रमिकको सामाजिक सुरक्षालाई कसरी व्यवस्थित गर्ने, युवा उद्यमशीलताको विकास कसरी गर्ने, छरिएर रहेको पूँजीलाई कसरी एकीकृत गर्ने, युवाहरूलाई कसरी सहभागिता गराउने यी यस्ता यावत् विषयहरूलाई सूक्ष्म रूपमा नियालेर एकीकृत कार्यक्रम र योजना सञ्चालन गर्न सके मात्र विश्वसनीय वातावरण सिर्जना हुन्छ । हामीसँग स्रोतसाधनको अभाव छैन, अभाव छ त खालि ती स्रोतसाधनको प्रयोग कसरी गर्ने सिर्जनशीलताको सोचको अभाव हो । इनोभेटिभ आइडियाहरूलाई कसरी प्रयोग गर्ने, यसतर्फ राज्य, निजी क्षेत्र र युवाको ध्यान जान जरुरी छ ।  

(लेखक राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुन्)
अर्को समाचार
अन्तरराष्ट्रिय युवा दिवसः युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता
२७ साउन २०८२
•
६ मिनेट पाठ
अन्तरराष्ट्रिय युवा दिवसः युवालाई रोजगारी र उद्यमशीलताको आवश्यकता
विश्वभर सााउन २७ गते (अगस्त १२) अन्तरराष्ट्रिय युवा दिवस मनाइँदैछ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागितामा समृद्धिको आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ । सरकारले यसरी बर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने थालेको २० वर्ष पुग्न थाल्यो । तर, सधैँ एउटै मात्र प्रश्न उठने गरेको छ, युवाको समस्या उद्यमशीलता र रोजगारी ।




राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले अहिले युवाको मुख्य समस्या भनेको उद्यमशीलता र रोजगारी रहेको बताउँछन् । “युवामा स्वदेशमा नै केही गर्ने हुटहुटी छ । उनीहरु उद्यमशीलता बन्न खोजिरहेका छन्,” उनले भने, “सरकारले उद्यमशीलता बन्न सहयोग गरोस् भन्ने ती युवाको चाहना रहेको छ । त्यस्ता युवालाई सरकारले केही लगानी गरेर उद्यमशीलता बनाउनु पर्दछ ।”

उनले युवाले अहिले गफ र भाषण नचाहेको भन्दै काम खोजिरहेको बताए। सरकारले बजेटमा ल्याएका कार्यक्रमलाई कार्यान्वयन गरिदिए मात्र युवाको धेरै समस्या समाधान हुने उनको भनाइ रहेको छ । परिषद्का उपाध्यक्ष बस्नेतले राज्यले युवालाई सके रोजगार नभएर उद्यमशीलता बनाउनुपर्ने बताउँछन् । “वर्षमा करिब पाँच लाख युवा श्रम बजार आउने गर्दछन् । तर ती सबै युवालाई रोजगार दिन राज्यले सक्दैन,” उनले भने, “रोजगारी दिन नसकेका युवालाई राज्यले उद्यमशीलता बनाउने हो ।” करिब पाँच प्रतिशत मात्र स्वदेशमा रोजगारी पाउने अवस्था रहेको छ ।

उनले सरकारले सहुलियपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ लाई सही तरिकाले कार्यान्वयन गर्न सके मात्र धेरै युवा आफैँ उद्यमशील बन्ने बताए। उनले उक्त कार्यविधिअनुसार युवालाई ऋण पाउन पनि प्रक्रिया कठिन रहेको बताए। उनले तीनवटै सरकारले युवा लक्षित सहुलियपूर्ण कर्जा ल्याएर युवालाई स्वदेशमा नै उद्यमशीलता बनाउन सकिने बताए।

युवा दिवस मनाउनुको मूल उद्देश्य संविधानमा उल्लिखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु, युवा केन्द्रित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनका सवालमा बहस पैरवी गर्नु र युवा लक्षित मुद्दाका सवालमा स्थानीय राष्ट्रिय तथा अन्तरराष्ट्रिय सचेतना अभिवृद्धि गर्नु हो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा युवा (राष्ट्रिय नीतिअनुसार १६–४० वर्ष उमेरको जनसङ्ख्या ४२.५६ प्रतिशत अर्थात् एक करोड २४ लाख १२ हजार १७३ रहेको छ  । निर्वाचन आयोगको तथ्याङ्कअनुसार स्थानीय तहमा ३९.६५ प्रतिशत, प्रदेश तहमा २३.६३ प्रतिशत र प्रतिनिधिसभामा १३.९ र राष्ट्रियसभामा ६.७७ प्रतिशत युवा सहभागिता रहेको छ ।

नेपालको वर्तमान जनसाङ्ख्यिक संरचना हेर्दा युवा शक्तिको सङ्ख्या उच्च रहेको छ । यो जनशक्तिलाई उचित वातावरण दिनसके मात्र मान विकास र राष्ट्र निर्माणमा सकारात्मक गति हासिल गर्न सकिन्छ । देशभित्र युवाको क्षमता परिचालन गर्न कृषि, पर्यटन, जलस्रोत, सूचना प्रविधि र सेवा व्यवसायजस्ता क्षेत्रमा युवालाई परिचालन गर्नु आवश्यक छ ।

राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवे अहिले युवाको समस्या रोजगारी र उद्यमशीलता रहेको बताउँछन् । युवालाई रोजगारी दिन नसके पनि राज्यले उद्यमशीलता बनाउन सक्ने भन्दै युवामैत्री ल्याएका बजेट कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । “युवालाई अहिले मुख्य रोजगारी चाहिएको छ । त्यसपछि उनीहरुलाई आफैँ केही गर्नसक्ने खालको उद्यमशीलता बन्न खोजिरहेका छन,” उनले भने, “उद्यमशीलता बन्न खोज्ने युवालाई सरकारले सहयोग गर्नु पर्दछ ।” युवा सङ्घका अध्यक्ष थेवेले आफ्नो सङ्गठनले तीन वर्षमा तीन लाख युवलाई उद्यमशीलता र ३० लाख जनालाई रोजगारी बनाउने अभियान चलाउन थालेको बताउँछन् ।

पछिल्ला वर्षहरुमा खासगरी सूचना तथा सञ्चार प्रविधि, पर्यटन, कृषि र ई–कमर्सजस्ता क्षेत्रमा युवाको उपस्थित बढ्दै गएको छ । कोही उद्यमी नै भएका छन् भने कोही ‘स्टार्ट–अप’का रुपमा प्रवेश गरेका छन् । ‘डिजिटल’ प्रविधि र नवीनतामा आधारित उद्यम व्यवसायलगायतका विविध क्षेत्रप्रति युवाको चासो र आकर्षण बढिरहेको छ । यसले देशमा केही गर्न सकिन्छ भन्ने सन्देश दिइरहेको छ ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य दिल लामाले युवालाई स्वरोजगारमुखी कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । “राज्यले युवालाई स्वरोजगारमुखी बनाउने नीति ल्याउनु पर्दछ । धेरै युवा मुलुकमा रोजगार नभए विदेसिन बाध्य भएका छन्,” उनले भने, अहिले मुलुकमा भन्दा विदेशमा धेरै युवा देखिन्छन् । ती युवालाई स्वदेशमा नै उद्यमशील बनाउने नीति सरकाले ल्याउनु पर्दछ ।”

उनले युवालाई नीति निर्माणको तहमा पु¥याउन नसक्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको बताए। उनले आफ्नो सङ्गठन तरुण दलले युवालाई उद्यमशीलतर्फ अग्रसर गराइरहेको बताए।  

योङ्ग कम्युनिष्ट लिग (वाइसिएल)का अध्यक्ष पुष्प ओलीले युवालाई राज्य र समाजले हेर्ने दृष्टिकोणमा फरक आउनुपर्ने बताए । उनले नेपाल बस्ने युवा असफल हुन भनेर समाज र राज्यले भाष्य निर्माण गरेको हुनाले बदल्न आवश्यक रहेको बताए। उनले वाइसिएलले युवालाई श्रम र उत्पादनसँग जोड्ने कार्यमा अभियान सञ्चालन गरेको जानकारी दिए।

युवासँग सम्बन्धित सरकारी निकाय

सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलोपटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितसँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।

साथै, राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् ।

परिषद्का उपाध्यक्ष बस्नेत युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको गुनासो गर्छन् । उनले युवासँग सम्बन्धित नीति कार्यान्वयनका लागि बजेटको उपलब्धता अन्त्यन्तै सीमित भएकाले पनि कार्यान्वयनमा समस्या भएको बताए। 

युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्त १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने सङ्घसङ्स्थाको अगुवाइमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

युवाका कार्यक्रम छरिएर रहेका

परिषद्का उपाध्यक्ष बस्नेत छरिएका युवाका लक्षित कार्यक्रमलाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताउँछन्। अहिले परिषद्को सदस्यका रुपमा आठवटा मन्त्रालय रहेका छन् । तर, ती मन्त्रालयका कामलाई एकीकृत गराउन नसकेको उनको भनाइ रहेको छ । “हामीले युवा लक्षित सबै कार्यक्रम एकद्वार प्रणालीअन्तर्गत परिषद्बाट गरौँ भनेर पटकपटक सरकारले ध्यानाकर्षण गरायौँ,” उनले भने, “युवाका कार्यक्रम  एकीकृत गर्न नसक्दा प्रभावकारी काम हुन सकेका छैनन् । सरकारले जतिसक्दो युवाका कामलाई एकीकृत गर्नुपर्दछ ।” शरद् शर्मा / रासस
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस