ओलीको ‘स्याटेलाइट’ कांग्रेस नेतृत्व
०८ माघ २०७७
•
६ मिनेट पाठ
ओलीको ‘स्याटेलाइट’ कांग्रेस नेतृत्व
हेर्दाहेर्दै मुलुक जीवन–मरणको दोसाँधमा पुगेको छ तर सत्ताको मतान्ध आकांक्षाले कुनै राजनीतिक दलको पनि आँखा खोलिदिन सकेन । ‘परिवर्तन’, ‘अग्रगमन’ र ‘प्रतिगमन’ जस्ता उग्र नारा घोकेकाहरू नै आत्मघाती हर्कतबाट पीडित भइरहेका छन् । सत्तारुढ नेकपाको धुरीमा आगो दन्किरहेको छ भने काग्रेसभित्र भुसको आगो छ । सहमतिको नारा लगाएर एकछत्र राज्य चलाउने तानाशाही आकांक्षाको उग्र भोकले समाधान दिने कुरा थिएन । त्यसैले सत्तारुढ नेकपालाई जनताले करिब दुईतिहाइ बहुमतको जनादेश दिँदा पनि पार्टी ‘शीरदेखि तीरसम्म’ दुई फ्याक भयो ।




विगत १२ वर्षका शासकीय गतिविधिले प्रमाणित गरिसके, वर्तमान संविधान र ‘लोकतान्त्रिक गणतन्त्र’ मुलुकलाई ब्रह्मलुटको सिकार बनाउने फगत बहाना रहेछन् । यो तीतो वास्तविकतालाई आत्मसात नगर्ने पक्षको समाप्तिलाई अब कसैले रोक्न नसक्ने अवस्था वर्तमानको संकेत हो ।

प्रधानमन्त्री ओलीको शासनका एक भाग्यमानी हुन् नेपाली काँग्रेसका सभापति जसको नेतृत्वको काँग्रेस कहिले माओवादीको वैशाखी टेक्न र उसको कृपापात्र हुन खोज्छ । हाल प्रधानमन्त्री के.पी. ओलीको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई सहजरूपमा अंगीकार गरिरहेको आभास हुन्छ ।
किन यस्तो भयो ?  

नेकपारूपी जहाजको कप्तान भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले प्रतिनिधिसभा विघटन र आफ्नै पार्टी विभाजनको मूल कारक र समस्या बनेर बर्बादीमा पुर्‍याइदिए । यसो गर्नुपर्ने कारणमा उनी भन्दै हिँडिरहेका छन्– ‘मलाई पार्टीभित्र र संसद्बाट पनि असहयोग भयो....।’ योभन्दा निर्लज्ज झुट अरू के हुन सक्छ ? प्रधानमन्त्री ओलीको शासनका एक भाग्यमानी हुन् नेपाली काँग्रेसका सभापति, जसको नेतृत्वको काँग्रेस कहिले माओवादीको वैशाखी टेक्न र उसको कृपापात्र हुन खोज्छ । हाल प्रधानमन्त्री के.पी. ओलीको ‘स्याटेलाइट पार्टी’ बन्नुलाई सहजरूपमा अंगीकार गरिरहेको आभास हुन्छ ।  

संविधानतः प्रमुख प्रतिपक्षको जिम्मेवारी बोकेको सभापति नेतृत्वको काँग्रेसले प्रतिपक्षी बेन्चमा मुर्दा शान्ति थोपरेर ओलीको शासनलाई आफ्नो जिम्मेवारी बिर्सेर काँध हालेकै हो । राजनीतिक विश्लेषक सि.के. लालले लेखे– ‘सभापति देउवाको भागबन्डा रणनीति सुयोग्य स्वीकारकर्ता वा निरीह याचकमध्ये कुन कोटीमा पर्छ भन्ने त उनैलाई थाहा होला ।....उनी जत्तिको विश्वासपात्र राजनीतिकर्मी सर्वेसर्वा शर्मा ओलीले आफ्नै दलभित्र पनि फेला पार्न सक्दैनन्’ (‘पल्टुबाबुहरूको कायापलट’ शीर्षक लेख, कान्तिपुर : बुधबार, १५ माघ २०७६) ।

सि.के. लालले विरोधका लागि विरोध गरेको होइन, कटुसत्यलाई विश्लेषणात्मक लिपिबद्ध गरिदिएका हुन् । कांग्रेस सभापतिको भागबन्डे प्रवृत्तिबाट पार्टीका निष्ठावान, स्वाभिमानी र संघर्षशील कार्यकर्ताहरू नै आजित हुनु त छँदैछ, पार्टी बाहिरबाट पनि त्यस्तै प्रतिक्रियाहरू निरन्तर बर्सिरहेका छन् । २०७४ का निर्वाचनहरूमा प्रत्यक्ष र समानुपातिक दुवैखाले उम्मेदवारीका धेरै टिकट करोडौँ दाम लिएर बेचिएको कुरा, आफूले टिकट किनेको भनी उम्मेदवारहरूले नै बताएको हो । उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा पार्टी सभापति वा शीर्ष नेताहरू आइदिउन् भनेर कत्रो मेहनत गर्छन् तर काँग्रेसका उम्मेदवारहरूमा आफ्नो सभापतिले तिम्रो निर्वाचन क्षेत्रमा आउँछु भन्लान् भन्ने त्रासले पन्छिहिँडेको पनि देखापर्‍यो ।

नेतृत्वको नालायकीकै कारणले काँग्रेस पराजित भएको परिस्थितिमा, सत्तारुढ नेकपाका विचारवान नेता घनश्याम भुसालले लेखे– ‘.....आज नेपाली काँग्रेस श्रीमान् देउबाको नालायकीका कारणले मात्रै भुइँमा पछारिएको होइन, बरू स्वयं नेपाली काँग्रेसका नालायकीका वैध सन्तानका रूपमा देउवाजी नेता भएका हुन् । अब के कुरा ढुक्कसँग भन्न सकिन्छ भने अहिलेको बनिबनाउ (वर्तमान नेतृत्वको) नेपाली काँग्रेस फेरि ब्युँतिन्न’ (‘कसरी बाँच्छ कम्युनिस्ट पार्टी’ शीर्षक लेख, कान्तिपुर : मंगलबार, ४ मंसिर २०७५) ।  

पार्टीमा ‘फेसलेस्’ यन्त्रमानवको बोलवाला, पार्टी समाप्तिको दिशामा गएको लाक्षणिक विशेषता हो । हाल यो परिस्थिति भोग्ने काँग्रेस नै हो । परिस्थितिबाट शिक्षा नलिने, आफ्नो मौलिकता नसम्झिने, अरूको पिछलग्गु भएर हिँड्न रमाउने पार्टीको हालत जे हुने हो, काँग्रेस आज त्यही भोगिरहेको छ । जनसमर्थन वा जनाधार गुमाएर यसो भएको होइन, जनस्तरबाट निकायगत सिँढीतिर जतिजति माथि हेर्दै गयो, काँग्रेस त्यति स्वेच्छाचारी, अराजक र लथालिङ्ग भइरहेको छ । जनताले काँग्रेसलाई अहिले पनि दिएको समर्थन हेर्दा बालकृष्ण समको नाटक ‘मुकुन्द–इन्दिरा’ की पात्रा इन्दिराले भनेको यो बाक्यांशलाई सम्झना गराउँछ– देशभक्ति त मर्दैन चुत्थै देश भए पनि / पतिभक्ति त मर्दैन पापी पति भए पनि । जनताले काँग्रेसलाई दिएको समर्थन, नाटकको हरामी पतिलाई पत्नीले देखाएको निस्वार्थ भक्तिजस्तो लाग्छ ।      

काँग्रेस सभापतिले स्वेच्छाचारी गतिविधिका कारण पार्टीको लोकप्रियता र प्रतिष्ठा स्वाहा बनाइसकेको तीतो वास्तविकतालाई उनले आत्मस्वीकार गरेमा पनि काँग्रेसले सच्चिने बाटो पाउने आशाको सञ्चार हुने थियो । तर सत्ताको ताबेदारी गरेर भागबन्डाको खेलमै हिरिक्क भएपछि यस पार्टीको हालत के होला ! काँग्रेस आफैंसँग यथेष्ट जनसमर्थन छ भन्ने वास्तविकता हालैका देशव्यापी विरोध प्रदर्शनमा जनताले देखाएको उत्साहपूर्ण सहभागिताले प्रमाणित गर्छ तर जब यसको नेतृत्व सत्तासँग भागबन्डाका लागि मोलाहिजा र ताबेदारीमा लागेको थाहा हुन्छ तब जनसमर्थनलाई धिक्कार र नैराश्यमा थन्क्याइदिने काम हुन पुग्छ । भव्य विजयको सम्भावना तुच्छ सम्झौतामा सीमित बन्छ । जनआस्था साप्ताहिकले ‘भाग चाहियो भन्दै देउवा’ शीर्षकमा मुखपृष्ठ समाचार नै बनायो– ‘....निश्चित संख्यामा तोकेरै भाग लगाइयोस्....मिलेर गर्नुपर्छ’ (बुधबार, १५ माघ ०७६) । भागबन्डाको यस्तो घृणित प्रवृत्तिमा काँग्रेस नेतृत्व मग्न भएकोबारे हरेक सञ्चार माध्यमले बारम्बार कुरा उठाउँदै आएका छन् तर काँग्रेस सभापतिलाई जनप्रतिक्रियासँग किञ्चित डर वा सरोकार भएको बुझिन्न ।  

सतहमाथिका गतिविधि जेसुकै होउन्, आवरण पन्छाएर हेर्नेबित्तिकै ‘गणतन्त्र नेपाल’ का पार्टीहरूको आपसी झगडामात्र रहेको तर निर्णायक हैसियत र लगाम फुत्किसकेको पाइन्छ । पार्टीहरूको काम झगडामात्र गर्ने हो, निर्णय अर्कैले गर्छ । उन्नाइस सय वर्ष लामो राजतन्त्रको लिखित इतिहासको विरासत बोकेको ४०० वर्षभन्दा पुरानो शाहवंशीय राजसंस्था किन ढालिएको रहेछ भन्ने यथार्थ आजभोलिका राजनीतिक गतिविधि हेरेपछि प्रष्ट हुँदैन र !      

लोकतन्त्र केवल प्रतीक होइन, फेसन होइन, नारा होइन, चियागफ होइन । अल्पमतमाथि बहुमतको स्वेच्छाचारी शासन होइन । लोकतन्त्र भनेको प्रतिबद्धता, पद्धति, विचार, आचरण र प्रक्रिया हो भन्ने कुरा व्यवहारद्वारा व्यक्त हुनुपर्ने हो । निष्ठावान् कार्यकर्ताहरूका साहसमाथि उभिएर अलोकतान्त्रिक निर्णय गर्नुहुँदैन भन्ने न्यूनतम जिम्मेवारी नेतृत्वमा हुनुपर्ने हो । बिरालाको टाउकामा सिङ–जुरो पलाउला तर काँग्रेस नेताहरूको बुद्धिबंगारो पलाएन । कांग्रेसले आफ्नै नेताहरूबाट उद्धार पाएन भन्ने यसअघिको आमआलोचनालाई मेटाएर काँग्रेसमा कोर्स करेक्सन गर्ने जिम्मेवारी र कर्तव्य पार्टी सभापतिबाट सुरु भएर पार्टीका तल्ला निकाय हुँदै जनस्तरसम्म पुग्नुपर्ने हो । तर यो नै असम्भव भएपछि लोकतन्त्र, गणतन्त्र जे जे भनिए पनि जनतासमक्ष ती केवल यातनायन्त्रका रूपमा चिनिन्छन् ।

वास्तवमा २०४७ को संविधानले राष्ट्रिय शक्तिहरूलाई सर्वहितको सन्तुलनमा सम्मानित स्थान दिएको थियो । २०६२–६३ को बितण्डाले त्यो सन्तुलन भताभुङ्ग बनाइदियो । ओली वा जो सत्तामा भए पनि यो अवस्था आउने अवश्यम्भावी थियो । ठूला पार्टीहरूले आफूभित्रका विकृति, विसंगति र दुस्साहसी हर्कतविरुद्ध सफाइ आन्दोलन चलाएनन् भने परिस्थिति योभन्दा संकटपूर्ण भएर आउने निश्चित छ । त्यस्तो आन्दोलनले मात्र सबै राष्ट्रिय शक्तिबीच न्यूनतम समझदारीको वातावरण र अग्रगति दिनेछ । गणतन्त्र नै होस् तर मुलुकका सबै राष्ट्रिय शक्तिहरूबीच निषेधको राजनीति नगरी सबैलाई राष्ट्रिय एकतामा समेट्ने उदार राजनीतिक व्यवहार अपनाइएको भए यो ‘गणतन्त्र’ यति अलोकप्रिय र विवादास्पद हुने थिएन होला । पार्टीहरूको स्वेच्छाचारी गतिविधिले गर्दा जनताले गणतन्त्रको विकल्प खोज्न थालिसके ।
अर्को समाचार
कम्युनिस्टको कहाली लाग्दो शासनबाट मुलुकले मुक्ति पाउँदैछ : महामन्त्री खड्का
२९ फागुन २०७७
•
२ मिनेट पाठ
कम्युनिस्टको कहाली लाग्दो शासनबाट मुलुकले मुक्ति पाउँदैछ : महामन्त्री खड्का
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट शासनको तीन वर्षे कहालीलाग्दो अवस्थाबाट मुलुकले मुक्ति पाउन लागेको बताएका छन्। उनले सबै राजनीतिक दलहरूलाई मिलाएर विगतको इतिहास जस्तै कांग्रेस मियो बनेर देशलाई दुर्घटनाबाट बचाउन अग्रसर हुने बताएका हुन्।




‘यो तीन वर्षको अवधिमा दुई तिहाई जनताले मत दिएको कम्युनिस्ट सत्ताले भ्रष्टाचार, कुसंस्कार र अधिनायकवादी प्रपञ्च रचेर अधिकार संकुचन र नियन्त्रण गर्ने कहालीलाग्दो अवस्था मुलुकले ब्यहो¥यो,’ शनिबार दैलेखको डुंगेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खड्काले भने, ‘अहिलेको राजनीतिक संकटबाट देशलाई पार लगाउन कांग्रेस फेरि मियो बनेर अग्रसर हुन्छ ।’

महामन्त्री खड्काले दुई तिहाईको अहंकारका कारण अर्काको नाम जवर्जस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्च अदालतले दुई चिरा पारिदिएको बताए । ‘दुई तिहाईको बलमा अर्काको नाम जवजस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्चले फेरि दुई चिरा पारिदिएको छ,’ उनले भने, ‘अव कांग्रेस आफ्नो अनुभव, परिपक्वता र बुद्धिमत्ताका साथ देशको नेतृत्व गर्छ ।

महामन्त्री खड्काले पछिल्लो परिवर्तनमा कांग्रेस नेतृत्वले गरेको निर्णय विचित्रको भएको बताए । ‘नेतृत्वमा आएको परिवर्तन यस्तो विचित्रको छ, जसलाई हामीले सम्हाल्न सक्यौं भने कांग्रेस फेरि मुलुकको मियो बन्छ,’ उनले भने, ‘हिजो कांग्रेस र नेतृत्वलाई सत्ताको लोभी भनेर गाली गर्नेहरु अहिले प्रशंसा र भरोसा गरिरहेका छन् ।’ उनले धैर्यता, संयमता, समयको ज्ञान, इतिहासले सिकाएको पाठ र विगतमा भएका गल्ती र कमजोरीहरुलाई मनन् गर्दै गलत प्रबृत्ति र संस्कारबाट आफु र पार्टीपंक्तिलाई मुक्त बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।  

महामन्त्री खड्काले नयाँ परिस्थितिको नेतृत्व लिनका लागि कांग्रेस पनि रुपान्तरण हुन आवश्यक रहेको बताए । ‘विना रुपान्तरण भएको नेतृत्व, समयानुसार पुनर्निमाण नगरिएको कांग्रेसले मुलुकको नेतृत्व गर्न सक्दैन्,’ उनले भने, ‘समय परिवर्तन हुने तर, हामी विगतकै गाथा बोकेर अवको समयले हामीलाई पत्याउँदैन् ।’

उनले कांग्रेसका नेताहरुका व्यवहार, जीवनशैली र गरिएका व्यवहारबाट कुडिएका जनताका मनलाई आफैबाट सुधार र रुपान्तरण गरेर नयाँ परिस्थितिको नेतृत्व गर्नका लागि समयानुसार रुपान्तरण हुन आवश्यक रहेको बताए । उनले कांग्रेसलाई आज र भोलिको पुस्ताका लागि आशा र भरोसायुक्त पार्टी बनाउनेतर्फ नेतृत्वकर्ताले सोच्ने बेला आएको बताए।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस