धेरैलाई लाग्दो हो, राजाको पनि कुनै पीर, व्यथा हुन्छ र ? तर मानवीय सम्वेदनशीलताका कारण सर्वसाधारणले झैँ राजाहरूले पनि विषाद, पीर, व्यथा र असन्तुष्टिहरू पचाउनुपर्ने हुन्छ । राजा वीरेन्द्रले पनि आफ्नो जीवनकालमा कैयन् पटक त्यस्तो भोग्नुपरेको उनीसँग लामो समय काम गरेका सहयोगी बताउँछन् ।
२०३६ सालमा जनमत संग्रह घोषणा गरेपछि राजा वीरेन्द्रले निकटतम र प्रियजनहरूबाट व्यंग्य, मानसिक पीडा र दबाब भोग्नुपरेको बताएका छन्, वीरेन्द्रका एक सचिवले । उनीहरू राजाले आत्मघाती कदम चालेको भन्दै बेलाबखत व्यंग्य गर्थे भने राजाले राष्ट्र र जनताका लागि आफूले त्यस्तो कदम चाल्नुपरेको बताउँथे ।
राजा वीरेन्द्रको सेवामा धेरै वर्ष बिताएका एक जना सचिवले लेखेका छन्– झण्डै १५ वर्ष प्रमुख सचिव र २ वर्ष समारोह प्रबन्धक/उपप्रबन्धक भएर काम गर्दा राजा वीरेन्द्र एकपटक मात्र दुःखी भएको देखेको छु, २०३६ सालको जनमत संग्रह घोषणाताका । झण्डै आठ दश दिन उनी गोकर्ण जंगलको दरवारमा एक्लै बसेका थिए । (रञ्जनराज खनाल, नेपाल साप्ताहिक)
राजा महेन्द्रका सुपुत्र वीरेन्द्र छब्बीस वर्षकै उमेरमा राजा भए । २०२८ माघ १७ गते राजा महेन्द्रको शरीरान्त भएपछि राष्ट्रको बागडोर वीरेन्द्रले सम्हाले । महेन्द्र विदेश भ्रमणमा गएका बखत यदाकदा युवराज वीरेन्द्रले राजप्रतिनिधि परिषद्को अध्यक्षको हैसियतले ‘श्री ५ को सरकार’ सञ्चालन गर्थे भने पिताको शासनकालमा अनेकौँ राष्ट्र तथा स्वदेशका कैयन् जिल्ला भ्रमण गरेर अनुभव बटुलेका थिए ।
राजा वीरेन्द्रको शासनकाल (२०२८ माघ १७ देखि २०५८ जेठ १९) मूल्यांकन गर्दा उनले गरेका र गर्न चाहेका कामहरूको लेखाजोखा गर्नैपर्छ । ऊबेलाको आर्थिक अवस्था, जनताको चेतनास्तर, विश्व परिवेश र राष्ट्रले भोग्नुपरेको समस्याबारे सिंहावलोकन गर्नैपर्छ । तसर्थ, वीरेन्द्रको शासनकालको सजीव तस्बिर उतार्न वस्तुपरक हुनैपर्छ ।
राजा वीरेन्द्रले राष्ट्रको राजनीतिक व्यवस्थाबारे जनताको विचार बुझ्न २०३७ सालमा राष्ट्रिय जनमत संग्रह (रेफरेन्डम) गराए । जनमत बुझ्न प्रजातान्त्रिक उपाय अपनाए । विश्वका अनकौँ सञ्चारमाध्यमले राजा साँच्चै प्रजातान्त्रिक, सरल, उदार र योग्य रहेछन् भन्दै प्रशंसा गरे । ‘जनतामा फैलिएको अनर्गल कुराहरूबारे पनि राजाले गुप्तचरबाट सूचना लिनू’ भन्ने कौटिल्य (चाणक्य) को उपदेश छ । विराज वखेतीलाई राज्यको महत्वपूर्ण पदको जिम्मेवारी दिन चाहेका पृथ्वीनारायण शाहले जनभावना बुझेर कालु पाँडेलाई सो पद (काजी) मा नियुक्त गरेको इतिहासमा उल्लेख छ । ‘राष्ट्र सदैव सर्वोच्च हुन्छ’ भन्ने मान्यताबाट अनुप्राणित सोही परम्पराअनुरूप राजा वीरेन्द्रले राजनीतिक व्यवस्थालाई उदार बनाउन चाहेका धेरैको तर्क छ ।
२०२७ वैशाखमा राजा महेन्द्रलाई ठेउलाले अस्वस्थ बनाएछ । केही हप्ता आराम गर्न चिकित्सकहरूले सल्लाह दिएकाले युवराज वीरेन्द्रलाई राजप्रतिनिधि परिषद्को अध्यक्ष घोषणा गरेर राजाले धेरै कुराको तालिम दिएको महेन्द्र तथा वीरेन्द्रका पुराना सहयोगीहरू बताउँछन् । विधिको शासन पालना गराउन वीरेन्द्रले बेलाबखत मन्त्रालयहरू अनुगमन गरेको त्यसबेलाका कर्मचारी बताउँछन् । उनीहरू भन्छन्– राजा वीरेन्द्र असत्य बोलेको रुचाउँदैनथे । तर वास्तविकता तितो नै भए पनि स्वीकार्ने उनको बानी थियो ।
२०२८ वैशाखमा राजा महेन्द्रबाट प्रधानमन्त्री नियुक्त भएका कीर्तिनिधि विष्ट भन्थे– ‘धेरैले राजा महेन्द्रलाई हठी भनेको सुनेकोे छु । तर ‘यसो गर्दा राष्ट्रको हित हुन्छ’ भनेर चित्तबुझ्दो तर्क दिएपछि स्वीकार गरिबक्सन्थ्यो ।’ यस्तै राजा वीरेन्द्रका कार्यकालमा समेत प्रधानमन्त्री भएका विष्टले बाबु/छोराको तुलना गर्दै भनेका छन्– काम गर्ने शैली फरक भए पनि राजा महेन्द्र र राजा वीरेन्द्रका लागि राष्ट्रियता, विकास र राष्ट्रिय स्वाभिमान सर्वोपरि थियो ।
२००९ सालमा प्रथम एसियाली ओलम्पिकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका कृष्णबहादुर बर्मालाई राजा महेन्द्रले पाल्पाको बडाहाकिम बनाए । काठमाडौँबाट त्रिशूली, तनहुँ, पोखरा, स्याङ्जा र पाल्पासम्म पैदल यात्रा गर्दै पुगे युवराज वीरेन्द्र । बर्माले एउटा अन्तर्वार्तामा भनेका छन्– युवराज वीरेन्द्र जनतासँगै सोच, जनतासँगै काम गर, जनतासँगै हिँड हुकुम हुन्थ्यो ।
दार्जिलिङ (भारत), ब्रिटेन र जापानमा अध्ययन गरेका राजा विश्व राजनीति, कूटनीति, इतिहास र नवीनतम घटनाप्रति गहिरो चासो राख्थे । उदार र सबैलाई सजिलै विश्वास गर्ने निष्कपट स्वभावका कारण राजा वीरेन्द्रलाई झुटो विवरण सुनाएर ठग्नेहरू पनि रहेछन् । कतिपय गुप्त सूचनाहरू आफ्नै विश्वासपात्रहरूबाट चुहिने गरेको चाल पाएपछि राजा वीरेन्द्र क्रुद्ध भएको कुरा पूर्वसचिव तेजबहादुर प्रसाईले बताएका छन् ।
वीरेन्द्रको कार्यकालमा अहिले जस्तो राजनीति, कूटनीति, राष्ट्रिय सुरक्षानीति, गृहनीतिलगायत सबै क्षेत्र प्रश्नचिह्नमय थिएन । देश–देशान्तरमा नेपालको सुवास थियो । राष्ट्रनायक र सरकार प्रमुखले राष्ट्र र जनताको जिम्मेवारी लिन्थे । यति हुँदाहुँदै पनि बेलाबखत वीरेन्द्रलाई व्यवधान गर्ने काम भएको देखिन्छ । घरको इमानदार अभिभावकले सत्यका पक्षमा उभिँदा असत्यको नाफा खोज्नेहरू रिसाउँछन् । यो पीडा राजादेखि रंकसम्मले भोग्नुपरेको देखिन्छ । वीरेन्द्रले पनि त्यही व्यथा भोगे ।
पोर्चुगलले गिनीमा सैनिक हस्तक्षेप गर्दा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्द्वारा गठित छानबिन समितिमा नेपाललाई अध्यक्ष बनाइयो । यस्तै सन् १९७१ मा चीनलाई राष्ट्रसंघमा पुनस्र्थापना गराउन नेपाल सहप्रस्तावक भएर उभियो । राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्ड विमान दुर्घटनामा परेर मरेपछि नेपालका प्रतिनिधि ऋषिकेश शाहको संयोजकत्वमा छानबिन समिति बनाइयो । अमेरिका, रसिया, चीन र भारतलगायतका शक्तिहरूभन्दा पृथक धारमा उभिएर नेपालले कतिपय अन्तर्राष्ट्रिय विषयमा तटस्थ भूमिका खेल्यो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा दुईपल्ट अध्यक्षता गर्दा धेरै राष्ट्रले नेपालको क्षमताको प्रशंसा गरेका छन् ।
युगोस्लाभिया टुक्रिएर सातवटा देश बनेपछि ठूलो गृहयुद्ध भयो । संयुक्त राष्ट्रसंघले त्यहाँ तैनाथ सेनाको फोर्स कमान्डरमा नेपाली सेनाका जर्नेल कृष्णनारायणसिंह थापालाई नियुक्त गर्यो । धुम्बाराहीस्थित निवासमा थापाले पंक्तिकारलाई भनेका थिए– राष्ट्रको इज्जत र प्रतिष्ठा गाँसिएको हुँदा निर्भीक र इमानदार भएर कर्तव्य पालना गर्न राजा वीरेन्द्रबाट सम्झाइबक्सेको थियो ।
राजनीतिक र आर्थिक विषमता बढ्नु नै युगोस्लाभिया टुक्रिने प्रमुख कारण थियो । बोस्निया–हर्जगोभिना, क्रोसिया, कोसोभो, सर्बिया, म्यासेडोनिया, मोन्टेनिग्रो जस्ता भूखण्डमा विभक्त हुन २६ महिना पनि लागेन । शक्तिशाली नेता जोसेफ ब्रज टिटोले एकताबद्ध राखेका राष्ट्र उनको देहान्तपछि टुक्रा–टुक्रा भयो । बलियो राष्ट्रनायक भएन भने देश कुनै पनि बेला टुक्रिन सक्छ भन्ने यस्ता उदाहरण अरू पनि छन् । अन्तर्राष्ट्रिय विषयमा गहिरो ज्ञान भएका राजा वीरेन्द्रले यस्ता घटनाबाट शिक्षा लिनुपर्छ भन्ने गरेका वीरेन्द्रकालका उच्च तहका राजनीतिज्ञहरू बताउँछन् ।
पूर्वपरराष्ट्रमन्त्री जनरल पद्मबहादुर खत्रीले लेखेका छन्– द्वितीय विश्वयुद्धमा नङ/मासु भएर लडेका मित्रराष्ट्र दुई प्रतिद्वन्द्वी शिविरमा उभिइरहेका थिए । युद्ध अन्त्यपछि शक्तिशाली राष्ट्रका रूपमा रुस र अमेरिकाको प्रादुर्भाव भयो । साना मुलुकहरू धेरैजसो दुई शिविरमध्ये एकमा मिसिन थाले । यस्तो परिस्थितिमा अर्काथरीका राष्ट्रहरूको समूहका रूपमा असंलग्न राष्ट्रहरूको समूह बन्यो । जुन कुनै गुटबन्दीमा नभई आफ्नो स्वत्व र विचारशैलीकै स्वतन्त्रता कायम राख्न दृढ संकल्प गथ्र्यो ।
असंलग्न राष्ट्रहरूको सम्मेलनमा राजा महेन्द्रले जस्तै राजा वीरेन्द्रले प्रभावकारी भूमिका खेले । यस्तै, पेरिसमा २०३८ सालमा आयोजित अल्पविकिसत राष्ट्रहरूको सम्मेलनमा राजा वीरेन्द्रको सम्बोधन अनुपम थियो । विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राजा वीरेन्द्रका अभिव्यक्तिलाई त्यहाँका सञ्चारमाध्यमहरूले महत्वका साथ प्रचारप्रसार गरेका पाइन्छ ।
शान्ति, प्रगति र विश्वमा नेपालको छवि राजा वीरेन्द्रका निम्ति अत्यन्त संवेदनशील विषय थिए । दुर्भायको कुरा, सीमित स्रोतसाधन, अयोग्य तथा स्वार्थी समूह, भूराजनीतिका कारण उत्पन्न भइरहने दबाब एवं राजाको सदासय नबुझ्ने कतिपय विश्वासघातीले उनको व्यथा बढाएको देखियो । २०४५ सालमा झण्डै डेढ वर्ष नेपालविरुद्ध नाकाबन्दी गरेको भारतले नेपालको राष्ट्रिय सुरक्षा र परराष्ट्र मामिला दिल्लीमा बुझाऊ भन्ने प्रस्ताव पठायो । तत्कालीन भारतीय विदेश सचिव एसके सिंहले ल्याएको प्रस्ताव राजा वीरेन्द्रले तत्काल अस्वीकार गरे । सो प्रस्ताव स्वीकार गरेमा राजा वीरेन्द्रका सबै अधिकार सुरक्षित रहने र निर्दलीय पञ्चायती व्यवस्था नै कायम राख्न भारतले मद्दत गर्ने वचन दिएको थियो । राजाले स्पष्ट भने– म राजनीतिक दलहरूमाथिको प्रतिबन्ध हटाएर उनीहरूलाई नै राजकाज सुम्पन तयार छु तर राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति विदेशीलाई सुम्पिन चाहन्न ।
राजाले दलहरूलाई नै विश्वास गरे । पटक–पटक सत्तामा पुगेका दलहरूले नागरिकता विधेयक पारित गराएर पचासौँ लाख भारतीयलाई नेपाली नागरिकता दिन प्रयत्न गरे । राष्ट्रघाती महाकाली सन्धि पारित नहोस् भन्ने वीरेन्द्रको आकांक्षा थियो । ठूला दल मात्र होइन, राजाका कतिपय प्रियपात्रले नै आर्थिक प्रलोभनमा परेर धोका दिए ।
राजा वीरेन्द्र कठोर हुनै सकेनन्, धेरैले यसैबाट फाइदा उठाए । राजतन्त्रवादी–प्रजातन्त्रवादीहरू एकै ठाउँमा उभिएर सहकार्य गर्न राजा वीरेन्द्र र बिपी तयार हुँदै गर्दा प्रधानमन्त्री सूर्यबहादुर थापाले धनकुटा जिल्ला पञ्चायतको अधिवेशनमा ‘बिपीलाई फाँसी दिनुपर्छ’ भन्ने प्रस्ताव पारित गराए । राजा र बिपी नमिलून् भन्ने भारतीय गुप्तचर संस्था रअ्को कुत्सित मनसाय रहेकाले केही व्यक्तिले षडयन्त्र गरेको पुराना अखबारमा प्रकाशित विश्लेषणहरू अध्ययन गर्दा स्पष्ट हुन्छ ।
जनमत संग्रहको परिणाम बहुदलीय व्यवस्थाको प्रतिकूल भए पनि बिपीले स्वीकार गरे । बिपीले पार्टीका वरिष्ठ कार्यकर्ताहरूलाई सम्झाएका थिए– चुनावको रिजल्ट मान्दैनौँ भन्न हाम्रो नैतिकताले दिँदैन । राजा वीरेन्द्र डेमोक्र्याट हुन् । उनले एक दिन दलहरूमाथिको प्रतिबन्ध हटाउँछन् ।
विदेशी शक्तिका सामुन्ने राष्ट्रिय स्वाभिमान बुझाउनुभन्दा दलहरूलाई क्रियाशील बनाउँदा राष्ट्र प्रबल बन्छ भन्ने सोचे वीरेन्द्रले । दलको आवरणमा विदेशी शक्तिको तावेदारी गर्नेहरू बलियो बन्दै गए । राजाले बाह्यशक्तिसँग नझुक्ने अठोट गरेपछि माओवादी फौज बनाएर भारतले राजतन्त्रको जरो उखेल्न छद्म युद्ध सुरु गर्यो । माओवादीहरू भाडाका सिकारी (मर्सिनरी) मात्र थिए । काम सकिएपछि कतिपय नेतालाई भारतले काजमा खटायो, अरू दलमा ।
२०२८ सालदेखि २०५८ सालसम्म राजा वीरेन्द्रले गरेका सम्पूर्ण कामको वस्तुपरक मूल्यांकन हुनै बाँकी छ । अमेरिका, ब्रिटेन, चीन, भारत, फ्रान्स, जर्मनीलगायत धेरै राष्ट्रले सम्मान गरेका राजा वीरेन्द्रको जीवन नेपाल र नेपालीको चिन्तामै बित्यो । कहिले पनि रिस नदेखाउने शालीन, भद्र, विनम्र र संस्कारी वीरेन्द्र नेपालीका हृदयमा बसेका राजा थिए । त्यसैले जब राष्ट्र संकटमा पर्छ, त्यो बेला उनको अझ बढी सम्झना आउँछ र हामी हरेक दिन उनलाई सम्झिरहन्छौँ ।

प्रतिबन्धित राजनीतिक दलहरूले विद्यार्थी आन्दोलनमार्फत आफ्ना आवाज बुलन्द गरिरहेका बेला ३४ वर्षका युवक राजाले प्रजातान्त्रिक तरिकाले जनमत बुझ्ने प्रयास गर्नु राजनीतिक भूल थिएन ।तर वीरेन्द्रका एक सेवकले गोकर्ण दरवारमा राजा वीरेन्द्र निकै उदास मुद्रामा दाह्री जुँगा पालेर बसेको बताए । दलविहीन पञ्चायती व्यवस्थाविरुद्ध प्रतिबन्धित राजनीतिक दलहरूले विद्यार्थी आन्दोलनमार्फत आफ्ना आवाज बुलन्द गरिरहेका बेला ३४ वर्षका युवक राजाले प्रजातान्त्रिक तरिकाले जनमत बुझ्ने प्रयास गर्नु राजनीतिक भूल थिएन । तर ‘उदारवादी’ र ‘अनुदारवादी’ नामका कित्तामा उभिएर अधिकांश स्वार्थी पञ्चहरू सत्ताकै लागि हारालुछ गर्दै थिए भने राजा वीरेन्द्रको परिवारभित्र पनि उनलाई निरंकुश हुनुपर्छ भनेर उकास्नेहरू भएको दरवारका कतिपय कर्मचारी बताउँछन् ।
राजा महेन्द्रका सुपुत्र वीरेन्द्र छब्बीस वर्षकै उमेरमा राजा भए । २०२८ माघ १७ गते राजा महेन्द्रको शरीरान्त भएपछि राष्ट्रको बागडोर वीरेन्द्रले सम्हाले । महेन्द्र विदेश भ्रमणमा गएका बखत यदाकदा युवराज वीरेन्द्रले राजप्रतिनिधि परिषद्को अध्यक्षको हैसियतले ‘श्री ५ को सरकार’ सञ्चालन गर्थे भने पिताको शासनकालमा अनेकौँ राष्ट्र तथा स्वदेशका कैयन् जिल्ला भ्रमण गरेर अनुभव बटुलेका थिए ।
राजा वीरेन्द्रको शासनकाल (२०२८ माघ १७ देखि २०५८ जेठ १९) मूल्यांकन गर्दा उनले गरेका र गर्न चाहेका कामहरूको लेखाजोखा गर्नैपर्छ । ऊबेलाको आर्थिक अवस्था, जनताको चेतनास्तर, विश्व परिवेश र राष्ट्रले भोग्नुपरेको समस्याबारे सिंहावलोकन गर्नैपर्छ । तसर्थ, वीरेन्द्रको शासनकालको सजीव तस्बिर उतार्न वस्तुपरक हुनैपर्छ ।
राजा वीरेन्द्रले राष्ट्रको राजनीतिक व्यवस्थाबारे जनताको विचार बुझ्न २०३७ सालमा राष्ट्रिय जनमत संग्रह (रेफरेन्डम) गराए । जनमत बुझ्न प्रजातान्त्रिक उपाय अपनाए । विश्वका अनकौँ सञ्चारमाध्यमले राजा साँच्चै प्रजातान्त्रिक, सरल, उदार र योग्य रहेछन् भन्दै प्रशंसा गरे । ‘जनतामा फैलिएको अनर्गल कुराहरूबारे पनि राजाले गुप्तचरबाट सूचना लिनू’ भन्ने कौटिल्य (चाणक्य) को उपदेश छ । विराज वखेतीलाई राज्यको महत्वपूर्ण पदको जिम्मेवारी दिन चाहेका पृथ्वीनारायण शाहले जनभावना बुझेर कालु पाँडेलाई सो पद (काजी) मा नियुक्त गरेको इतिहासमा उल्लेख छ । ‘राष्ट्र सदैव सर्वोच्च हुन्छ’ भन्ने मान्यताबाट अनुप्राणित सोही परम्पराअनुरूप राजा वीरेन्द्रले राजनीतिक व्यवस्थालाई उदार बनाउन चाहेका धेरैको तर्क छ ।
पुष्प अर्पण गरेर ‘औपचारिकता’ कार्यक्रममा सीमित रहनुको साटो पुस १४ गतेलाई एउटा महत्वपूर्ण दिवसका रूपमा भव्यताका साथ मनाउन सकिन्थ्यो । राजा वीरेन्द्रबाट विभिन्न मानपदवी, अलंकार, विभूषण, पद, प्रतिष्ठा र सम्पत्ति पाउनेहरूले समेत यसमा खासै चासो देखाएनन् ।हरेक वर्ष पुस १४ गते वीरेन्द्रको जन्मजयन्ती मनाउँदा उनको योगदानबारे तयार पारिएका पुस्तक, वृत्तचित्त, लेख वा प्रवचनमार्फत युवा वर्गलाई धेरै जानकारी दिन सकिन्थ्यो । पुष्प अर्पण गरेर ‘औपचारिकता’ कार्यक्रममा सीमित रहनुको साटो पुस १४ गतेलाई एउटा महत्वपूर्ण दिवसका रूपमा भव्यताका साथ मनाउन सकिन्थ्यो । राजा वीरेन्द्रबाट विभिन्न मानपदवी, अलंकार, विभूषण, पद, प्रतिष्ठा र सम्पत्ति पाउनेहरूले समेत यसमा खासै चासो देखाएनन् । उनीहरू कृतघ्न नै देखिए ।