हक कार्यान्वयन कठिनाइ
२८ फागुन २०७६
•
६ मिनेट पाठ
हक कार्यान्वयन कठिनाइ
न्याय दिएर मात्र हुन्न, दिएकोजस्तो देखिनु पनि पर्छ। त्यस्तै अधिकार दिएर मात्र हुन्न, आम नागरिकले पाएको अनुभूति पनि गर्नुपर्छ। २०७२ सालमा जारी नयाँ संविधान, मौलिक अधिकारका हिसाबले पनि आम नागरिकका निम्ति निकै महत्वको छ। जारी भएको ५ वर्ष पुगिसक्दा पनि संविधानप्रदत्त अधिकार कार्यान्वयन हुन सकेका छैनन्। यसमा जति मौलिक अधिकारको सूची यसअघिका कुनै पनि संविधानमा थिएनन्। अधिकारका हिसाबले महत्वाकांक्षी संविधान कार्यान्वयमा अहिल्यै चुनौती देखिन थालेका छन्। यसमा रहेका ३१ मौलिक अधिकार नागरिकलाई प्रदान गर्न संविधान बनेको ३ वर्षभित्र कानुन निर्माण गरिसक्ने लक्ष्य राखिएको पनि हो। त्यो समय सकिन लाग्दा हतारहतार कानुन त बनाइएका छन्, तर ती कार्यान्वयनका लागि नियमावली अझै बन्न सकेका छैनन्।




पछिल्ला दिनमा कानुन निर्माणमा एउटा गम्भीर समस्या देखिएको छ। विधि निर्माणको जिम्मेवारी पाएको संसद्बाट बनेका यस्ता कानुनमा ‘तोकिएबमोजिम’ शब्दावली अत्यधिक प्रयोगले अह्रन/खटन गर्ने सम्पूर्ण अधिकार सरकारमा राखेको छ। संसद् आफैंले अधिकार सुनिश्चित नगरी सरकारको जिम्मामा राखिदिएका हुनाले उसले खटाइदिएअनुसार मात्र सर्वसाधारणले अधिकार उपभोग गर्न पाउने अवस्था बनेको छ। संसद्ले स्वाभाविक रूपमा मौलिक अधिकारबारे सचेततापूर्वक काम गरेको भए कानुनअनुसार सरकारले स्वतः काम थाल्ने थियो। सरकारको काम त्यसलाई कसरी कार्यान्वयन गर्ने भनी नियमावली बनाउनमै सीमित हुने थियो। मौलिक अधिकार भन्नासाथ नागरिकले ती नैसर्गिक रूपमा उपभोग गर्न पाउनुपर्छ। संविधानमा एकातिर यी–यी अधिकार दिइनेछन् भनेर लेख्ने, अनि अर्कातिर फेरि कानुनमा ‘तोकिएबमोजिम’ भनेर दिन लागेका कुरा फिर्ता लिनेजस्तो देखिएको छ। कानुन निर्माणमा देखिएको यो अन्तरविरोध अन्त्य हुनुपर्छ। त्यसका निम्ति संसद्ले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने देखिएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण क्रममा मौलिक हक प्रचलनका लागि क्रियाशीलता देखाएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेयता २ वर्षमा यो मन्त्रालयमा चारपटक मन्त्री परिवर्तन भइसकेका छन्। उपसभामुखको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी तुम्बाहाङ्फेले मौलिक हकसम्बन्धी ऐन निर्देशिका बनाउन जोड दिएकाले स्वाभाविक रूपमा आशा पलाएको छ। तर मौलिक हक प्रचलनका निम्ति राज्यका तर्फबाट गरिएका प्रयास पर्याप्त छैनन्। यस्तो महत्वपूर्ण कार्यका निम्ति जति कोसिस गरिनुपर्ने हो, त्यति गरिएको देखिएन। महत्वपूर्ण काम थाँती राखेर सहायक पक्षमा बढ्ता ध्यान गएको देखिन्छ। अन्यथा, ३ वर्षभित्र कानुन बनाइसकेपछि ती कार्यान्वयनका निम्ति यतिका समय अनाहकमा बिताइने थिएन। नयाँ संविधानले नागरिकलाई अधिकार–सम्पन्न बनाउन गरेका व्यवस्थालाई जति चाँडो प्रचलनमा ल्याउन सकिन्छ, त्यति नै यसप्रति जनविश्वास बढ्छ।

संविधानले तोकेअनुसार १६ वटा ऐन संसद्बाट पारित भएका छन्। त्यसको १ वर्षमा बल्ल चारवटा नियमावली बनाइएका छन्। बाँकी नियमावली कहिले बन्ने हुन्, ठेगान छैन। मन्त्रीले यो चाँडै हुन्छ भने पनि राज्य–संयन्त्रको उदासीनताले समयमै काम हुन सम्भव देखिन्न। तसर्थ राज्य–संयन्त्र जागृत हुन जरुरी छ। त्यति मात्र होइन, संविधानले परिकल्पना गरेका पक्षमा ध्यान दिन नागरिक समाजबाट पनि सक्रियता आवश्यक छ। यतिबेला नागरिक समाज पनि शिथिल देखिएको छ। नागरिक आफैं अधिकार माग गर्न सक्ने अवस्थामा छैनन्। निरन्तरका परिवर्तन र आन्दोलनले केही समय तिनलाई आराम गर्ने अवस्थामा पु¥याएको महसुस हुन्छ। यसै पनि संविधानप्रदत्त मौलिक अधिकार कार्यान्वयन सहज नहुने विज्ञले बताउने गरेका छन्। थोरै अधिकारको सूची भए पनि तिनको प्रभावकारी कार्यान्वयन गर्दा नागरिकले पनि केही पाएजस्तो अनुभूति गर्न सक्छन्। सूची एकदमै लामो छ। भविष्यमा तिनको कार्यान्वयनमा राज्य सक्षम हुन नसके नागरिकमा असन्तुष्टि बढ्न जान्छ। त्यति मात्र होइन, चाहिनेभन्दा बढी अधिकारको सूची कार्यान्वयनका निम्ति आवश्यक स्रोत÷साधन र तत्परतातर्फ पनि ध्यान नपु-याएको प्रस्ट छ।
अर्को समाचार
संविधान दिवसः कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै
०३ असोज २०७८
•
५ मिनेट पाठ
संविधान दिवसः कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै
कानून निर्माण गर्ने प्रक्रियामा कठिनाइ देखिए पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक नै भएको सम्बन्धित क्षेत्रको विज्ञको ठम्याइ छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश र स्थानीय तहमा कानून निर्माण प्रक्रियामा एकरुपता कायम  गर्ने उद्देश्यले सातै प्रदेशमा सहसचिव खटाएर प्रदेश तथा स्थानीय तहले बनाएको कानूनको तुलनात्मक अध्ययन गरेको छ। त्यसबाट सबै कानूनलाई एकरुपता बनाउने काम भयो।




'संविधानअनुकूलका कानून निर्माण गर्ने क्रममा अतिकति ढिला भएको हो, सङ्घीयता नेपालका लागि नयाँ विषय हो, त्यसमा पनि तीन तहको सङ्घीयता अझै नयाँ विषय हो',  कानून मन्त्रालयका प्रवक्ता फणीन्द्र गौतमले भने,'गर्दै सिक्दै जाने प्रक्रिया भइरहेको छ, समग्रमा हेर्दा संविधान कार्यान्वयन सन्तोषजक छ।' मौलिक हकका ३१  कानून बने पनि नियमावली बन्न नसक्दा कार्यान्यनमा निकै कठिनाइ भएको छ। अझै पनि खाद्य सुरक्षासम्बन्धी नियममावली बन्न बाँकी छ। नियमावली बनिसकेका पनि प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकिरहेका छैनन्।

त्यस्तै नेपालको संविधानको साझा अधिकार सूचीमा रहेका कानून सङ्घले बनाउनुपर्ने हुन्छ तर अहिलेसम्म उक्त कानून सङ्घले बनाउनका लागि चासो नदिँदा स्थानीय तहमा समस्या देखिएको छ। 'साझा अधिकार सूचीका कानून बन्न बाँकी छ, सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरप्रदेश समन्यसम्बन्धी ऐन, २०७७ अनुसार कानून बनाउने तयारी छ', प्रवक्ता गौतमले भने, 'साझा अधिकार सूचीमा भएका अधिकारको कानून बनाउन अलि ढिलाइ नै भएको हो तर अब द्रुत गतिमा बनाउने तयारी छ।' संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने साझा अधिकार सूचीका बाहेक अधिकाशं कानून निर्माण भइसकेका छन्।

सङ्घीय निजामती ऐन, २०७६ सम्बन्धी विधेयक अहिले पनि सङ्घीय संसद्मा विचाराधीन छ। यसले गर्दा कर्मचारी समायोजनपछिको कर्मचारीको सरुवा, बढुवा वा अन्य सेवासुविधाका विषयमा अन्यौल देखिएको छ। 'दुई वर्षअघि पठाएको सङ्घीय निजामती ऐन संसद्मै विचाराधीन छ', सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने,'सङ्घीय निजामती ऐन नआउँदा तीनै तहका कर्मचारी व्यवस्थापनमा समस्या भएको छ, कर्मचारीको पदपूर्ति, सरुवा, बढुवा, उपचार, सेवासुविधामा समस्या देखिएको छ।'

उक्त मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयन गर्न आवश्यक पर्ने नमूना काूनन बनाएर कर्मचारी समायोजन गरे पनि सङ्घीय निजामती ऐन समयमा बन्न नसक्दा सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारीबीचको सरुवा, बढुवा, सेवासुविधाका विषयमा प्रश्न उठिसकेका छन्। 'निजामती कर्मचारी भनेको सरकारको स्थायी संयन्त्र हो, सङ्घीय निजामती ऐन सबैको छाता ऐन हो', प्रवक्ता अधिकारीले थपे, 'त्यहीअनुसार अरु ऐनहरु बन्ने हो।' 

सङ्घले स्थानीय तहमा कानून बनाउन सहजताका लागि ८० नमूना कानून बनाएर पठाएको थियो। त्यहीअनुसार स्थानीय तहमा कानून बनेका छन्। नेपालको संविधान कार्यान्वयनका लागि कानून बनिसके पनि कार्यान्वयनमा निकै कठिनाइ देखिएको छ। आवश्यक स्रोतसाधनको कमी र जनशक्तिको कमीका कारण व्यावहारिक रुपमा कार्यान्वयनमा समस्या देखिएको छ। 'संविधान कार्यान्वयनको अवस्था समग्रमा सन्तोषजनक छ तर कमीकमजोरीहरु धेरै छन्, कानून बनायौँ तर कानून बनाएर मात्र पुग्दैन, कार्यान्वयनका लागि स्रोत र जनशक्ति पनि हुनुपर्छ', पूर्वमन्त्री माधवप्रसाद पौडेलले भने,'मौलिक हकमै बाह्रकक्षासम्मको शिक्षा निःशुल्क दिने भनियो तर त्यो कार्यान्वयन हुन सकेन, कानूनमा दण्डनीय हुन्छ भनिएको छ, व्यवहारमा  कार्यान्वयन हुन सकेको छैन।'

मौलिक हक शिक्षाजस्तै स्वास्थ्यमा पनि १० विषयमा निःशुल्क उपचार दिने भनिएको छ तर व्यवहारमा त्यो लागू हुन सकेन। 'कानून निर्माणमा दक्षिण एशियामै अगाडि छौँ, व्यवहारमा कानून कार्यान्वयन भएको छ कि छैन भनेर संविधान दिवसका अवसरमा आत्मसमीक्षा गर्न जरुरी छ', कानून आयोगका पूर्वाध्यक्ष पौडलले भने,'संविधान, कानूनको घोषणा गर्दैमा जनताले अधिकार पाउने होइन, व्यावहारिक रुपमा  अधिकार पाउनुपर्छ,  त्यसका लागि सबैको साझा अभियान जरुरी छ।'

संविधानको साझा अधिकार सूचीमा भएका अधिकार पनि थोरै आफूलाई राखेर प्रदेश र स्थानीय तहलाई दिँदा राम्रो उपयुक्त हुने थियो तर नेपालमा अहिले पनि केन्द्रीकृत मानसिकता हट्न सकेको देखिएन। 'संविधानको धारा ८९ मा जुन दलको उम्मेदवार भई निर्वाचित हुन्छ, दल त्याग गर्नेबित्तिकै पद जान्छ भन्ने छ,' संविधानका जानकार पौडेलले थपे, 'राजनीतिक दलसम्बन्धी ऐनमा चाहिँ ४० प्रतिशत एकमुष्ट गए पद नजाने भन्ने कुरा छ तर मलाई कानून विद्यार्थीको हिसाबले मिल्दैन भन्ने लाग्छ।'

संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने कतिपय ऐन संसद्मै विचाराधीन छन्। 'संसद्मा तीन/चार दर्जन विधेयक विचाराधीन छन्, संसद्को काम पनि उत्साहप्रद भएन, संसद् पनि कार्यकारीको छायाजस्तो हुन पुग्यो', उनले थपे,'सरकारले चाहे संसद् चलाउने र नचाहे बन्द भयो, हुनुपर्ने चाहि संसद्ले सरकार चलाउनुपर्ने हो तर यहाँ उल्टो अभ्यास भयो, त्यसको समीक्षा यस दिवसमा गर्न जरुरी छ।' 

नेपालको संविधान कार्यान्वयनका क्रममा विभिन्न किसिमका अप्ठ्यारा  र चुनौती हुदाहुँदै पनि कार्यान्वयन भइरहेको छ। नेपालको संविधान दक्षिण एशियाकै अग्रगामी संविधान हो। यसको लेखनकै लागि दुई पटकसम्म संविधानसभाको निर्वाचन भयो। निकै ठूलो त्याग र तपस्याबाट यो संविधान आएको हो। संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापना भएर प्रदेश र स्थानीय सरकार निर्माण भएका छन्। त्यसैले अहिले नै जनताको जीवनस्तरमा भने उल्लेख्य रुपमा परिवर्तन आउन सकेको छैन किनभने संविधान अझै कार्यान्वयनकै चरणमा छ।

संविधानले मुलुकका सबै जाति, लिङ्ग, दलित, भाषाभाषी, मधेशी, सीमान्तकृत वर्गको अधिकार सुनिश्चित गरेको छ तर नयाँ संविधानबमोजिम कानून निर्माण गर्ने प्रक्रिया र कार्यान्वयन गर्ने प्रक्रियामा कतिपय नागरिकले कठिनाइ परेको महसुस पनि गरेका छन्।

नेपालको संविधान सातौ वर्षमा प्रवेश गर्दा यसले परिकल्पना गरेको नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुरुप तीन तहको सरकारको संरचना तयार भएको छ। बेलाबेला संविधान संशोधनको आवाज पनि उठ्ने गरेको छ। राजनीतिक दलहरुले कानूनी र संवैधानिक प्रक्रियाबाट राष्ट्रिय आवश्यकताका आधारमा  समाधान खोज्न जरुरी छ। हिमालदेखि तराईसम्म र पूर्वदेखि पश्चिम महाकालीसम्मका सबै नागरिकले मान्ने संविधान बनाउन जरुरी छ।

संविधानले मुलुकलाई गणतन्त्र र मुलुकको प्रादेशिक संरचनासहितको भूगोलमा रुपान्तरण गराएकाले यो नयाँ अभ्यास हुनाले पूर्णरुपमा कार्यान्वयनका लागि जटिलता देखिनु स्वाभाविकै हो। खासगरी संविधानको साझा अधिकार सूचीमा रहेका कानून सङ्घीय सरकारले निर्माण गरेर संविधानलाई पूर्णरुपमा कार्यान्वयनमा लैजान जरुरी देखिन्छ। रासस
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस