खेत बाँझो, युवा विदेश: कसरी चल्छ देश ?
०२ वैशाख २०८२
•
१६ मिनेट पाठ
खेत बाँझो, युवा विदेश: कसरी चल्छ देश ?
हामी अनेक हिसाबले ट्रान्जिसनको फेजमा छौं। समाज तीव्र गतिमा परिवर्तन भइसकेको छ। कोलोनियल ऐरा पनि समाप्त भएको छ। सामन्तवाद पनि समाप्त भएको प्रायः छ तर त्यसका अवशेषहरु, त्यसबाट सिर्जित मानसिकताहरु छँदैछन्, त्यसले सिर्जना गरेका पछौटेपनहरु छँदैछन्।




हामीले तिनलाई पराजित गर्नुपर्नेछ। म नेपालको कुरा गरौं, ६० प्रतिशत वा सोभन्दा बढी जनसंख्या कृषिमा आधारित छ। तर, राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान कम छ। कृषि सबैभन्दा बढी महत्वपूर्ण क्षेत्र हो।

कुनै पनि पेशा व्यवसायको सबैभन्दा बढी महत्वपूर्ण, अर्थपूर्ण, जीवनका लागि सर्वाधिक अत्यावश्यक र अपरिहार्य क्षेत्र कृषि हो। सबै मानिसलाई बाँच्नका लागि खानै पर्दछ। खाना कृषिबाट मात्र प्राप्त हुन्छ। त्यसो भएर कृषि पेशा अत्यन्त महत्वपूर्ण छ। तर यही पछाडि परेको छ। महत्वपूर्ण र ध्यान दिनु पर्ने कुरा यो छ कि जुन सर्वाधिक महत्व छ, सर्वाधिक जनसंख्या लड्किएको छ, न्युन आयको क्षेत्र भएको छ।

सर्वाधिक जनसंख्या त्यसमा आबद्ध हुने, उत्पादन र उत्पादकत्व न्युन हुने, लगानी र मेहनत अनुसारको प्रतिफल छैन, त्यसको हामीले आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरण गर्न सकेका छैनौं। त्यसलाई उपयुक्त बजार पनि खोज्न सकेका छैनौं। यस्ता थुप्रै समस्याहरु छन्।

मानव जातिका लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि हो। तर, यो नै पछाडि परेको छ। त्यसकारण आज कुनै पनि समाजलाई बचाउनका लागि, त्यसलाई विकसित गर्नका लागि कृषि क्षेत्रमा ध्यान दिन जरुरी छ।

जनसंख्या यसरी वृद्धि भइराखेको छ कि तर अहिले अलिकति मत्थर भएको छ। तर पनि हाम्रोजस्तो कृषि प्रधान भनिएको ठाउँमा, जहाँ ६० प्रतिशत जनसंख्या कृषि पेशामा अल्झिएको छ, त्यस्तो देशमा पनि कृषिको अवस्था यस्तो हालतमा छ कि हामीले जीविकाका लागि पनि खाद्यान्न बाहिरबाट निर्यात गर्नु पर्ने अवस्था छ।

पहिले हाम्रो देश कृषिमा निर्यातक थियो, आत्मनिर्भर मात्र होइन। तर, अहिले आत्मनिर्भर पनि छैन, आयातक देश बनेको छ। यो बहुतै दुःखको कुरा हो। जसलाई हामी फेर्न चाहिरहेका छौं।

अरु देशहरुको पनि स्थिति कमवेश त्यस्तै होला। कृषिमा धेरै ठूलो जनसंख्या अल्झिएको होला। मैले अघि नै भनिसकें, हाम्रोमा ६० प्रतिशत जनसंख्या अल्झिएको छ। कृषिको आधुनिकीकरण नभइकन सानासाना कृषि आधारित उद्योगहरुको विकास हुन सक्दैन।

जबसम्म साना, मझौला, घरेलु कृषिआधारित उद्योगहरुको विकास हुँदैन, तबसम्म रोजगारीको संकट पैदा भइरहन्छ। किनभने सबैभन्दा बढी रोजगारी त्यही अल्झिएको छ, त्यसलाई रोजगारी दिनु पर्नेछ र त्यसलाई आयमूलक रोजगारी दिनु पर्नेछ।

हाम्रो देशबाट विदेश पलायन एउटा लहरजस्तो चलेको छ। किनभने रोजगारी पाएन मात्रै होइन, रोजगारी पाएका मान्छेको पनि जीविका रोजगारीले चलेन, त्यसकारण उनीहरु बाहिरिन्छन्। खाली विदेश जाने मात्रै होइन, आफ्नो थातथलो छोड्ने र अर्को नयाँ ठाउँमा जाने बेटर लाइफको र सहज जिन्दगीको खोजीमा बाहिर जाने चलिराखेको छ।

दुर्गमबाट सहजमा, सहजबाट शहरमा, शहरबाट ठूला शहरमा र ठूला शहरबाट विदेशतिर पलायन हुने प्रवृत्ति बढिराखेको छ। खेतवारी छ, त्यो भन्नु मात्रै छ। त्यहाँको आम्दानीले अरु कुरा त छोड्दिऔं, खान लगाउन पुग्दैन भने मान्छे कसरी थातथलो भनेर भावनामा कसरी बाँच्न सक्छ, कसरी रहन सक्छ ? त्यसकारण त्योभन्दा बाहिर मान्छे कुद्छ।

अर्को कुरा, अहिले जमाना नै एकखालको असन्तुष्टिप्रधान छ। एक खालको भावनामा बग्ने खालको छ। अहिलेको समय असन्तुष्टि व्यक्त गर्नु आफ्नो विशेषता ठान्छ। मान्छे असन्तुष्ट छ, असन्तुष्ट व्यक्त गर्न चाहन्छ। त्यसलाई फ्युलिङ गरेर अराजक तत्वहरु अस्थिरता ल्याउन खोज्छन्।

व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने, संविधान नमान्ने, केही पनि नमान्ने, म जे भन्छु त्यही मान्नुपर्छ भन्ने र सडकबाट शासन चलाउने, विधिको शासन होइन। उनीहरुसँग जनमत पनि छैन। जनमत हुने भए उनीहरु सरकार बनाउँन्थे, चुनाव लड्थे, चुनावबाट बहुमत ल्याउन्थे, सरकारमा आएर परिस्थितिमा परिवर्तन ल्याउन्थे। तर उनीहरु त्यसो गर्न सक्दैनन्। परिस्थितिमा परिवर्तन ल्याउने उनीहरुमा जनमत छैन।

त्यसकारण सानो संख्याले अराजकता सिर्जना गर्ने र सानो संख्याले असन्तुष्टिलाई दुरुपयोग गर्ने र जनतामा रहेको असन्तुष्टिलाई दुरुपयोग गर्ने र त्यस दुरुपयोगलाई क्षणिक आन्दोलनको रुपमा ल्याउने। उनीहरुलाई कहाँ पुग्ने, के प्राप्त गर्ने भन्ने थाहा छैन। त्यो प्राप्त गरेपछि के हुन्छ, त्यो थाहा छैन।

कतिपय देशहरुमा अझ झिनामसिना आवाजहरु प्रतिगमनमा पनि सुनिन थालेका छन्। उतै फर्किनुपर्छ भन्ने। नेपालमा जसरी देश अगाडि बढेको छ, त्यसलाई फेरि पछाडि फर्काउने खालका सोचहरु, प्रवृत्तिहरु, मागहरु केही हिजो समान्तवादी व्यवस्था हुँदा लाभ लिएका मान्छे वा अहिले पनि लाभ लिन सकिन्छ भन्ने ठान्ने मान्छेहरु त्यस्ता खालका प्रयासमा पनि लागेको देखिन्छ। उनीहरुसँग पनि जनमत छैन।

तिनीहरु मेक्सिमम् देआर अराउण्ड फाइभ पर्सेन्ट नट मोर देन द्याट। बट अन द स्टिेन्थ फाइभ पर्सेन्ट, दे वान्ट टु चेन्च सिस्टम एण्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसडियर, कन्स्टिच्युसनल वे अर लिगल वे। दे वान्ट टुु चेन्ज द गर्भमेन्ट। दे वान्ट टु क्याप्चर द पावर। त्यसो भएको हुनाले त्यस्ता कुराहरुको अलिकति संकेत देखा परेको छ।

विभिन्न ठाउँहरुमा अराजकताहरु देखिएको छ। डेस्टिनेशन के हो भन्दा अन्तिममा गएर उही चुनावमा पुग्नुपर्छ। त्यही निर्वाचनमा नपुगी धरै छैन कुनै हिसाबले पनि। जसरी भए पनि पावर क्याप्चर गर्दा पनि भोलि गएर चुनावमा जान परिहाल्छ, चुनावमा गएपछि फेरि ती तत्वहरु साइडमा लाग्छन्।

किनभने तिनीहरु पपुलर तत्व हुन सक्दैनन्। तिनीहरुसँग न योगदान छ, न देश बनाउने भिजन छ। केही पनि छैन। उनीहरुको गन्तव्य नै केही छैन। एनार्किजम् एण्ड क्याप्चर द पावर, त्यति हो। त्यसकारण यस्ता प्रवृत्तिहरु पनि देखा पर्छन्, अहिलेको समाज असन्तुष्टि प्रधान छ।

त्यसकारण यसलाई हामीले साकारात्मक ढंग र सोचका साथ भिजन दिएर बदल्न सक्नुर्दछ। वि ह्याब टु चेन्ज द करेन्ट सिचुएशन। बेसिकल्ली द इकोनोमी सिचुएशन अफ आवर सोसाइटी। आर्थिक परिस्थितिमा परिवर्तन आयो र गरिबी निवारण भयो भने अरु कुराहरु ठीक लयमा आइहाल्छन्।

तर भएका राजनीतिक परिवर्तन र उपलब्धिहरुलाई हामीले जनताको जीवनस्तरसँग जोड्न सकेनौं, जनताको जीवनस्तर उठाउने कुरामा जोड्न सकेनौं र जनतालाई केही पनि दिन सकेनौं, भोट खसाउने मात्रै अधिकार दियौं, अरु केही पनि दिन सकेनौं भने भोट खसाउने अधिकार पनि कहिले कहिले बाहुबलीहरुले खोसिदिन्छन् र तिम्रो भोट पनि मै खसाउँछु भनेर आफ्नै चलाउँछन्। त्यस्ता खालका परिस्थितिहरुबाट हामीले समाजलाई परिवर्तन गर्नुपर्ने छ।

यसका निम्ति हामीले स्पष्ट दृष्टिकोण तय गर्नु पर्दछ। त्यो दृष्टिकोण कार्यान्वयन गर्न हामीसँग संकल्प हुनुुपछै र त्यो दृष्टिकोण कार्यान्वयन गर्न सक्छौं भन्ने ठान्नुपर्छ। जनता र जनता मात्रै इतिहासका निर्माता हुन् भन्ने कुरा विश्वास गरेर जनतामा जान सक्नु पर्दछ। जनतालाई सचेत र संगठित गराउन सक्नुर्छ।

अहिले सहज र सरल स्थितिमा हामी पनि छैनौं। एउटा प्रगतिशील शक्ति, परिवर्तनकारी शक्ति, जनताको पक्षको शक्ति र एउटा देशभक्ति शक्ति सरकारमा छ। सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित छ। सरकारको नेतृत्व गरिरहेको छ।

यो कुरा आन्तरिक र बाह्य विभिन्न प्रकारका नेपाल विरोधी, जनविरोधी र प्रगतिविरोधी शक्तिहरुलाई पाच्य भइराखेको छैन। उनीहरु यस स्थितिलाई सहन गर्न सकिराखेका छैनन् र अनेक प्रकारका हत्कण्डा मच्याउने, बद्नाम गर्ने, चरित्र हत्या गर्ने र राम्रा कामलाई ओझेल पार्ने, त्यतापट्टि चर्चा नै हुन नदिने र झुटा कुराहरु फैलाएर गोयबल्स थ्योरीमा उनीहरु जान चाहन्छन्।

हामीसँग उनीहरु काममा प्रतिस्पर्धा गर्न सक्दैनन् र विचारमा पनि प्रतिस्पर्धा गर्न सक्दैनन्। त्यसकारण उनीहरु कुुप्रचारको माध्यमबाट भ्रम फिजाउने माध्यमबाट अरुलाई विस्थापित गरेर आफू लोकप्रिय हुने र अरुको उचाई कसरी घटाउन सकिन्छ, त्यो घटाउने। भ्रमद्वारा घटाउने, आरोप लाञ्छनाद्वारा घटाउने र आफ्नो उचाइ बढी भएको सिद्ध गर्ने कोसिस गर्छन्। हाम्रा अनुभव पनि त्यस्ता छन्। तर हामीले त्यसमा दृढतापूर्वक संघर्ष गर्नुपर्छ। आज हामी एउटा लामो यात्रा तय गरेर आयौं।

म किसान संघका सञ्चालक साथीहरु, किसानहरुलाई र यसका नीतिनिर्माताहरुलाई भन्न चाहन्छु, दुुनियाँमा पशुपालन भनेको पनि कृषिभित्र पर्छ। मानव जाति आधुनिकतामा प्रवेश गरेको कृषि र पशुपालनबाटै हो।

आधुनिकता त्यसैबाट प्रवेश गरेको हो। नत्र भने मान्छे जंगली युगमा थियो। जंगली युगबाट पशुपालन युगमा आयो। पशुपालनबाट कृषिमा आयो। पशुुपालन युगमा १५ हजार वर्ष अगाडि आयो भने कृषिमा १२ हजार वर्ष अगाडि आयो होला।

१२ हजार वर्षदेखि हामी यसै क्षेत्रमा काम गरिराखेका छौं, बेसिकल्ली कृषिको क्षेत्रमा काम गरिराखेका छौं। जीविकाका लागि त कृषि चाहिन्छ। यसमा हरेकले काम गरिराखेका छन्। यतिका वर्षदेखि हामी कृषि गरिराखेका छौं तर कृषिमा पछाडि छौं।  

अमेरिकामा सन् १९३० को आसपास वा दशकतिर ग्रिन रिभोलुसन द एग्रिकल्चर फिल्ड आयो। यो सन् १९६५ देखि सन् १९६८ को बीचमा आयो होला। भारतबाट हामी कहाँ आउन खुला सीमाना छ, अरु सबै कुरा पस्छ तर आधुनिकता पसेन।

मोर्डनाइजेशन अफ एग्रिकल्चर इज नट इन्टर इन टु नेपाल। त्यसकारण अहिले हामीले यसलाई बदल्नु पर्नेछ र कृषिलाई आधुनिकीकरणमा लानु पर्नेछ। कृषिले उद्यमशीलता पनि बढाउँछ। उद्यमशीलताले रोजगारीका अवसरहरु पनि सिर्जना गर्दछ।

उद्यमशीलताले इनकम जेनेरेट गर्छ। त्यसले मनी ट्रान्जेक्सन बढाउँछ, त्यसले आम्दानी राम्रो भयो भने उसको आयव्ययको स्थितिलाई बचतको स्थितिमा पुर्‍याउँछ। त्यसो भएपछि गरिबीको निवारण हुन्छ। हामीले खोजेको गरिबीको अन्त्य र समृद्धि हो।

पहिलो गरिबीको अन्त्य र समृद्धि। निरपेक्ष गरिबीको रेखामुनी बढी जसले उत्पादन गरेका छन्, जो कृषि क्षेत्रमा आधारित छन्। यस स्थितिलाई हामीले बदल्नु छ। यसका लागि यो अधिवेशनले, यो एउटा औपचारिकता मात्रै होइन कि यो एउटा नीति निर्माणको वर्कशप हो।

यसले कार्ययोजना तुर्जमाको, कार्यक्रम तर्जुमाको, प्लानिङ कसरी गर्ने यसको आधुनिकताको, त्यसको योजनाको। त्यसका निम्ति योजना, नीति र कसरी गर्ने भन्ने कुराहरुको विधिका लागि यो क्षेत्रीय कन्फरेन्स अत्यन्तै महत्वपूर्ण र सफल हुन सकोस्, आफ्नो आफ्नो देशको परिस्थिति अनुसार।

वी क्यान नट कपी इचअदर बट वी क्यान लर्न इचअदर। यसलाई हामीले नक्कल गर्न सक्दैनौं। अर्को देशमा हाम्रो जस्तै गर भन्न पनि सकिंदैन। अथवा अर्कोले गरेको जस्तै गरौं र सफल होऔं भन्न पनि सकिंदैन। किनभने हरेक देशको परिस्थिति फरक हुन्छ, फरक ढंगले हामी अगाडि बढ्नुपर्ने हुन्छ नै।

झण्डैझण्डै भन्ने हो भने साउथ एसियाको परिस्थिति झण्डैझण्डै उस्तै छ। त्यसो भएको हुनाले उस्तै उस्तै नीति र व्यवहार पनि हुनसक्छन् अवस्थामा परिवर्तनका लागि। यी कुराहरुमा तपाईंहरुले सफलता प्राप्त गर्नु हुन्छ भन्ने मैले विश्वास गरेको छु।

यस कुराले र यसका निम्ति चेतना बढाउने र जागरण अभिवृद्धि गर्ने कुराले, जनजागरण ल्याउने कुराले थुप्रै कुराहरुमा परिवर्तन ल्याउँछ। जस्तो, आजको अत्यन्तै वर्निङ इस्यु भएको छ वातावरणको। आज सि लेबल राइजका कुराहरु उठिराखेका छन्, ग्लोबल वार्मिङका कुराहरु उठिराखेका छन्। ग्ल्यासियर मेल्टिङ फ्रम द माउण्टेनका कुराहरु उठिराखेका छन्। हामी सबैभन्दा सपोर्ट गरिराखेका छौं।

ग्लोबल वार्मिङ, सि लेवल राइज, ग्ल्यासियर मेल्टिङ  एण्ड आइस मेल्टिङ यी सबै कुरा एकार्कामा सम्बन्धित छन्। यसमा मैले धेरै जोड गर्ने गरेको छु, यसमा हाम्रो लोकल एण्ड नेशनल इफोर्ट आवश्यक छ। तर, त्यो मात्रै होइन, यसका लागि रिजनल जोइन्ट इफोर्ट पनि आवश्यक छ।

अहिले वातावरण प्रदुषित छ र हुन्छ। किनभन्दा दुईवटा कुराले यहाँनिर सबैभन्दा बढी वातावरण प्रदुषित भएको छ। काठमाडौंमा कहिले कहिले हेलिकप्टर प्लेन उडाउन नसकिनेगरी वातावरण खराब हुन्छ, किन ? एउटा वनजंगलमा भएको आगलागीबाट पैदा हुने धुवा र त्यस आगलागीबाट धुवासँगै उड्ने ससाना पाटिकल्स। ती पाटिकल्सले वातावरणलाई स्वास फेर्नै नसकिने स्थितिमा पुर्‍याएका छन्। हेलिकप्टर किन चल्दैनन् भने ती पाटिकल्स इन्जिनमा जान्छ र  त्यसले खराब गर्दिन्छ।

प्लेनहरुलाई उड्न र अवतरन गर्न गाह्रो पर्छ। माथि गएपछि त्यति गाह्रो छैन। हाम्रो रिजनमा हामी सबैभन्दा धेरै धान र गहुँ खेती गर्छौं। त्योभन्दा पछि हामी त्यसको छ्वाली र पराल डडाउँछौं। त्यो पराल डडाएपछि कार्वन इमिसन बेस्सरी हुन्छ र कार्वन इमिसन सँगसँगै पैदा हुने त्यो पाटिकल्स उडेर जान्छन्।

सेतो कपडा लगाएर बस्ने हो भने एकछिन् पछि ससाना पाटिकल्स त्यहाँ आफैँ देखा पर्छन्। ती चिजहरु फोक्सामा गएपछि मान्छेको स्वास्थ्य के हुन्छ ? यसपटक मलाई त्यस्तो भएको छैन, अब त्यस्तो सिजन आउँदै छ। गत वर्ष मलाई दुई महिनासम्म खोकी लागेको लाग्यै भयो। वातावरण यति प्रदुषित भयो कि यो कुरा मैले मात्रै छ्वालीमा आगो लगाउन छोडेर, छ्वाली डडाउन छोडेर हुँदैन। सबैले गरेर समाधान हुन्छ। यसका लागि रिजनल इफोर्ट चाहिन्छ।

इरान, अफगानस्थान, इराकदेखि लिएर भारतका उत्तराखण्डदेखि गुजरात, राजस्थानदेखिको यहाँ आउँछ। हाम्रो भूवनोट कस्तो छ भने हाम्रो हिमालको अवस्थितिलाई हेर्नु पर्दछ। उत्तरपश्चिमबाट पूर्व दक्षिणको साइडमा गएको छ। किनभने पश्चिमबाट आएको तातो हावालाई शितल बनाउनका लागि।

यदि त्यो इष्ट वेयस्ट भएको भए त्यो हावा स्वाठ्ठै बगेर जान्थ्यो। त्यरकारण त्यसलाई फरम नर्थ टुु इष्ट। इष्ट टु वेयस्ट, नर्थ टुु साउथ। त्यसरी माउन्टेनहरुको अवस्थिति छ। त्यसले गर्दा त्यो हावा ठोकिन्छ, कार्वन पनि ठोकिन्छ, पाटिकल्स पनि सँगै ठोकिन्छन् र हिउँ पर्ने देशहरुमा बाटो छेकिंदा नुन छर्किएर त्यो बाटो सफा गर्छन्।

हामीले भनेको त्यो पाटिकल्समा के हुन्छ भन्दा धुँवाभन्दा बढी पाटिकल्स, एसिडिक पनि हुन्छ र सल्टिक पनि हुन्छ। सल्टिक र एसिडिक दुईवटै पाटिकल्सहरु हिमालमा गएर ठोकिएपछि हिउँ स्वतः पग्लिन्छ। त्यहाँ घाम लाग्नु पर्दैन। त्यसैले पगाल्छ।

तसर्थ, वातावरणको सम्बन्धमा यी विषयहरु यस्ता छन् कि जसलाई ठूलो मात्रामा यस  रिजनमा ठूलो मात्रामा रिजनलद्वारा नियन्त्रण गर्न सक्छौं। रिजनल प्रयासबाट नियन्त्रण गर्न सक्छौं।

अब त्यसपछि सम्पन्न देशहरुले इमिसन गरेको कार्वन, अरु चिजहरु र समुद्रलाई बनाएको फोहोर, समुद्र र माउण्टेन एउटा साइकल हो। पहाडबाट, हिमालबाट हिउँ पग्लिएर पानी बगेर नदी र झरनाहरु हुँदै पानी आउँछ र फेरि चिसो हुँदै वर्षाको रुपमा परिणत हुन्छ र आइस भएर बस्छ।

पत्रे माउण्टेनहरुमा र ढुुंगाले पानीलाई अब्जर गर्छ। त्यो पानी अब्जर गरेपछि विस्तारै विस्तारै थोपाथोपा गर्दै त्यो झर्दै जान्छ र मुल फुटेर आउँछ। यसरी हिमालहरुलाई जोगाउने हो भने वनजंगलमा आगलागी हुनबाट नियन्त्रण गर्ने, पराल र छ्वाली जलाउने कुरालाई अन्त्य गर्ने, बरु त्यसलाई जमिनमा ढाल्दियो भने त्यो आफैँ मलमा परिणत हुन्छ। त्यसलाई जोतेर पुरिदियो भने आफैँ मलमा परिणत हुन्छ।

यस्ता कुराहरुलाई हामीले खाली किसानको मात्रै होइन, किसानको उत्पादनमा मात्रै जोड होइन कि त्यो उत्पादनको थान्कोमन्को पराल र छ्वाली जम्मा गर्छौ, त्यसको राम्रो व्यवस्थापन नहुँदा पनि ठूलो मात्रामा यसको असर यहाँ परिराखेको छ। यसको असर नेपाललाई, भारतलाई, सिक्किमलाई, बंगलादेशलाई मात्रै पर्ने होइन अथवा पाकिस्तानलाई मात्रै पर्ने होइन। यसको असर सबैतिर पर्छ। २४ घन्टामा पृथ्वी घुम्छ।

त्यसकारण २४ घन्टामा पृथ्वी घुम्दाखेरी यसको आफ्नो तरिका छ, वायुमण्डलसमेत घुमिराखेको हुन्छ तर २४ घन्टामा रेडियसनहरुको कुरा हुन्छ, त्यसै गरी प्रदुषित कुराहरु पनि २४ घन्टामा तिनको असर भइसकेको हुन्छ।

यसर्थ यस्ता कुराहरुमा पनि हामी गम्भीर हुनु जरुरी छ र यस्ता कुराहरुलाई हामीले हाम्रा कृषकहरुलाई सम्झाउन जरुरी हुन्छ। हाम्रो आफ्नै स्वास्थका लागि, छिमेकको स्वास्थयका लागि, स्थानीय समुदायका लागि, आफ्नो देशको स्वास्थ्यका लागि, आफ्नो रिजनको स्वास्थ्यका लागि र इन्टार ग्लोबको स्वास्थ्यका लागि, आजका लागि मात्रै होइन, फर आवर फ्युचर जेनेरेशन।

हाम्रो फ्युचर जनेरेशनको एक्जिट्यान्सलाई कसरी राम्रो राख्ने, कायम राख्ने र उनीहरुलाई हेल्दी बनाएर कसरी राख्ने भन्ने कुरा पनि हामी गर्न सक्छौं। सामान्य कुरामा पनि ध्यान दिंदा। त्यसकारण छ्वाली र पराल नजलाएर हामीले सामान्य कुरामा ध्यान दियौं भने यस्ता महत्वपूर्ण र जटिल कुराहरुको समाधान वा ठूलो योगदान हामी पुर्‍यौं। त्यसो भएर हामीले यस चिजमा ध्यान दिनु पर्ने आवश्यकता छ।

यसका लागि साउथ एसियाको किसान फेडेरेशनले यस्ता प्रश्नहरुमा पनि ध्यान दिओस् ताँकी कसैले ठूलो हल्ला गर्छ तर कसैले हल्ला नगरिकन ठूला कामहरु गरिसकेको हुन्छ। कसैले थाहा नपाइकन माछाले फूल पारेको जस्तो।

अब कतिवटा संस्था कराइराखेका हुन्छन्। कुखुराले एउटा अण्डा पार्छ, एउटा अण्डा पारेपछि क्वा क्वा बेस्सरी कराउँछ, सबैलाई थाहा हुन्छ, अण्डा पारेछ भनेर। तर, माछाले अनगिन्ती फूल पारेको हुन्छ तर चुपचाप हुन्छ, माछाले फूल पारेको कसैलाई थाहा हुँदैन। हामी त्यस्तै गरेर गर्न सक्छौं। हल्लाखल्ला बिना हामी ठूलो कन्ट्रिब्युसन गर्न सक्छौं, ग्लोबल्ली वातावरणीय प्रश्नलाई सम्बोधन गर्नका लागि हाम्रो ठूलो योगदान हुनसक्छ।

हामी त दुुनियाँका अन्नदाता हौं, पालक हौ नि। ठूलाठूला कुरा गर्ने मान्छेहरु किसानको उत्पादन खाएरै, किसानको सागसब्जी, फलफूल खाएरै बाँचेको हुन्छ। साना काम गर्ने र साना कुरा गर्ने मान्छे पनि तिनै चिज खाएर बाँचेको हुन्छ।

किसानको त्यत्रो ठूलो महत्व छ कि किसानले संसार पालेको छ। अब हामीले संसारलाई स्वस्थ खाना वा अर्गानिक फूडबाट पाल्नु छ। पेट भर्नका लागि खाना होइन, स्वस्थ बनाउनका लागि खाना। त्यसका लागि किसानले शान्तसँग योगदान दिएका छन्।

किसानले हामीलाई खाना खुवाए भनेर कुन गोष्ठीमा को कराएको छ ? कराएका छैनन्। कोही पनि बोलेका छैनन्, कसैले कुरा गरेका छैनन्। उनीहरुले खुवाइरहेका छन्, ठूलो काम गरेका छन्। त्यस्तै गरेर हामी ठूलो काम गर्न सक्छौं। यी ठूला काम हुन् देख्दा केही जस्तो नलाग्ने। त्यसकारण त्यो बाटो हामीले समाउनुपर्छ। त्यस दिशामा यस रिजनल कन्फरेन्सको ध्यान जाओस्।

त्यसकारण धेरै क्षेत्रहरु छन्, जहाँ हामी दुनियाँका पालक हौं। यहाँ ब्रह्म, विष्णु र महेश्वरका कुरा हुन्छ नि, ब्रह्म, विष्णु र महेश्वरका तीनवटै स्वस्प किसान छन्।

सृष्टिकर्ता पनि किसान छन्, बाली नउब्ज्या कहाँबाट हुन्छ, फलफूल नउब्जाए कहाँबाट हुन्छ, सब्जी नलगाए कहाँबाट हुन्छ। दुनियाँको पालक पनि किसान छन्, हाम्रो परम्परा र मिथअनुसार विष्णुको अवतार पनि किसान हुन्।

अलिकति तौजी मिलेन भने संघारकर्ता पनि हुँदो रहेछन्, छ्वाली डडाइदियो भने भ्याइदिन्छन्। त्यसकारण वी ह्याव टु सेव द अर्थ, ह्युमन विसं। फर टु डे एण्ड फर फ्युचर, फर अस, फर टु डे जेनेरेशन, फर फ्यिुचर जेनेरेशन। त्यसकारण हामीले यस्ता कामहरु गर्न सक्छौं र यस्ता कामहरु गर्नुस् भन्ने मेरो आग्रह छ।

केही वर्षमा फेरि एउटा औपचारिक ग्यादरिङ गर्ने, केही स्पिचहरु दिने, समय दिनेले चार मिनेटका लागि भन्ने तर वत्ताले १२ मिनेट बोल्ने यो टक अफ वार पनि नहोस्। त्यसकारण सिरियस एजेण्डामा हामी छलफल गरौं। आजका के के एजेण्डा सिरियस हुन सक्छन्।

त्यसमा छलफल गरौं र निष्कर्ष निकालौं। ती निष्कर्षहरु सार्वजनिक गरौं र भनौं काठमाडौं डिक्लेरेशन मस्ट बी सच डकुमेन्ट, ह्वोएर नो वडी क्यान इग्नोर। नीति निर्मातालाई सुझाव दिऔं। यसरी हामी यस सम्मेलनलाई सफल पार्न सक्छौं भन्ने धारणा हो।

अहिले किसानका अभियानहरु कमजोर भइराखेको छ। परिवर्तनका लागि प्रयासहरु कमजोर भइराखेको छ। यी परिवर्तनका लागिका प्रयासहरुलाई एकताबद्ध गरौं। हाम्रा अनुभव, विचार, आइडियाले नयाँ गन्तव्य तय गरौं भविष्का लागि।

किसान नेताहरुलाई मेरो यो सुझाव छ कि तपाईंहरु पहिले आफू सचेत र सजग हुनुहोस् र अरुलाई पनि सजग बनाउनुस्। काठमाडौं घोषणापत्र आफ्ना आफ्ना देशका सरकारहरुलाई हस्तान्तरण गर्दा हुन्छ कि यस्तो खालका कुरा हामीले पास गरेका छौं, यी नीतिहरु लिएका छौं, यो भिजन हामीले प्रस्तुत गरेका छौं र आजका मुख्य समस्याहरुमा क्लाइमेट इस्युमा हाम्रो योगदान यो हुनसक्छ र हामी त्यो गर्छौ।

सरकारले यी कुराहरुलाई नीति निर्माण गरेर अरुलाई पनि सामेल गरेर अगाडि बढोस् भन्ने सुझावका साथ तपाईंहरुले आफ्ना आफ्ना सरकारहरुलाई दिन सक्नुहुन्छ। नेपालमा पनि तपाईंहरुले यसमा पास गरेका जायज कुराहरु कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहनेछ।  

-केपी शर्मा ओली देशका प्रधानमन्त्री हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१७ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ६ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ६ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ६ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस