अझै अनिर्णयको बन्दी पञ्चेश्वर आयोजना
०६ कार्तिक २०८१
•
४ मिनेट पाठ
अझै अनिर्णयको बन्दी पञ्चेश्वर आयोजना
पञ्चेश्वर, नेपाल–भारत सीमामा पर्ने महकाली नदीमा निर्माण प्रस्ताव गरिएको जलाशयुक्त बहुउद्देश्यीय आयोजना हो। प्रस्तावित १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी पश्चातको दोस्रो ठूलो आयोजना पनि हो। पञ्चेश्वर जलविद्युत् आयोजना निर्माण गर्नुपर्छ भन्ने सोच ३६ वर्षपहिले नेपालको मानसपटलमा उद्भव भएको थियो। सोअनुरूप आयोजना निर्माणको कार्य अगाडि बढाउन सन् १९८८ मा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यालय स्थापना भई सन् १९९५ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थयो।




तथापि, नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित, लगानीको दृष्टिकोणबाट ठूलो धनराशि आवश्यक पर्ने, प्राविधिक र सामरिक दृष्टिकोणबाट जटिल उक्त आयोजना निर्माण कार्य अगाडि बढाउनु सोचे जस्तो सहज थिएन। महाकाली सीमा नदी हुनुको नाताले नेपालले जस्तै भारतले पनि सन् १९९० को दशकमा एकलरूपमा विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको थियो। तथापि, सीमा क्षेत्रमा निर्माण हुने आयोजना भएकाले चाहेर पनि एकलरूपमा अगाडि बढाउन सहज भने थिएन।

सोही कारण, दुवै मुलुकको मानसपटलमा साझेदारीमा उक्त आयोजना निर्माण गर्नुपर्दछ भन्ने सोच प्रादुर्भाव हुन पुग्यो। सन् १९९६ फेब्रुअरी १२ मा महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर योजना सम्बन्धमा नेपाल–भारतबीच सन्धि भयो। संवैधानिक व्यवस्थाअनुसार दुवै सदनको दुईतिहाइ बहुमतबाट उक्त सन्धि अनुमोदन गरियो। सन्धिमा, दुई देशको संयुक्त पहलमा उक्त ६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन तयार पारी आयोजना निर्माणको कार्य अगाडि बढाउने उल्लेख थियो।

आयोजनामाथि अधिकार र दायित्व दुवै मुलुकको बराबर जस्तो देखिए तापनि निर्माण कार्यको मूल निर्णायक भने भारत नै थियो। सन्धिभएको १३ वर्ष अर्थात् २००८ सम्म उक्त आयोजना निर्माण गर्नुपर्दछ भन्ने कुरा भारतले पूरै भुल्यो। सन् २००९ मा आइपुग्दा उसलाई आफूले गरेका सन्धि स्मरण हुन पुग्यो। सोही वर्षको नोभेम्बर २४ मा पञ्चेश्वर विकास प्राधिकरण गठन गरी विस्तृत योजना प्रतिवेदन तथा अन्य आवश्यक कार्य सम्पन्न गर्ने कुरा अगाडि सार्‍यो। तर सहमति जनाएको पाँच वर्षसम्म पुनः कानमा तेल हाल्न पुग्यो।

सन् २०१४ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणमा आए। उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ६ महिनाभित्र तयार पारी अन्य आवश्यक कार्य अगाडि बढाइने आश्वासन दिए। उक्त आश्वासनलाई ठूलै ‘ब्रेक थ्रु’का रूपमा प्रचार गरियो। सोअनुरूप दुई देशीय संयुक्त पहलमा सन् २०१५ मा संयुक्त प्राधिकरण (जोइन्ट अथोरिटी) निर्माण भयो।

सन् २०१६ जुन महिनामा दुवै मुलुकले तयार पारेको विस्तृत परियोजना प्रतिवदेनको खाकालाई मर्ज गरी संयुक्त विस्तृत परियोजना प्रतिवदेनको खाका तयार गर्ने कार्य भयो।

संयुक्त विस्तृत परियोजना प्रतिवदेनलाई टुंगोमा पुर्‍याउन दुवै देशका विज्ञ टोलीको पहिलो बैठक सन् २०१७ मा बस्यो। दुई पक्षीय धारणाहरू प्रस्तुत गरियो। सन् २०१८ मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपालको औपचारिक भ्रमणमा आए। उक्त समयमा पनि पञ्चेश्वर आयोजनाले थोरबहुत चर्चा पायो। मोदीको नेपाल भ्रमणपश्चात दुवै देशका विज्ञ टोलीको दोस्रो बैठक सन् २०१९ बस्यो। संयुक्त विस्तृत परियोजना प्रतिवेदनलाई टुंगो लगाउनु त्यति सहज कार्य थिएन। होइन पनि। हाम्रो हकमा, विस्तृत परियोजना प्रतिवेदनउपर सुझाव प्रदान गर्न जल तथा ऊर्जा आयोग र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित प्राविधिक समिति गठन गर्‍यो। समितिले आवश्यक सुझाव पेस गर्‍यो।

सन् २०२३ जुलाई ७ मा पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समितिको बैठकले दुवै देशका कार्यकारी समितिका सदस्यहरूलाई प्राधिकरणको प्रमुख कार्यालय (महेन्द्रनगर) मा खटाउने र संयुक्त विस्तृत परियोजना प्रतिवदेनलाई तीन महिनाभित्र अन्तिम रूप दिइ कार्यान्यन गर्न विज्ञ समूहको म्याद ६ महिना थप गर्ने निर्णय गर्‍यो। तथापि, तोकिएको समयावधि गुज्रिसक्दा पनि संयुक्त विस्तृत परियोजना प्रतिवेदनले अझै अन्तिम रूप धारण गर्न सकिरहेको छैन्।

जहाँसम्म आयोजनाको विशेषताको सवाल छ, अहिलेसम्म भए/गरेका अध्ययनअनुसार, आयोजनाको क्षमता ६ हजार चार सय ८० मेगावाटको बन्न सक्ने, निर्माणको क्रममा नेपालको तीन हजार आठ सय ५० हेक्टर (२८.७३ प्रतिशत) र भारतको नौ हजार पाँच सय ५० हेक्टर (७१.२६ प्रतिशत) भूमि डुबानमा पर्न सक्ने, आयोजनाको ड्रेनेज क्षेत्रफल १२ हजार एक सय वर्ग किलोमिटर हुन सक्ने, दुवै मुलुकले तीन हजार दुई सय ४० मेगावाट जलविद्युत् प्राप्त गर्न सक्ने, आयोजनाबाट नित्सर्ग भएको पानी दुवै मुलुकले सिँचाइका लागि उपयोग गर्न सक्ने, आजका दिनमा करिव ६ खर्बको लागतमा १० वर्षमा निर्माण सम्पन्न गर्न सकिने अनुमान गरिएको छ।

२८ वर्षको दौरानमा, भौतिक निर्माणका नाममा प्राधिकरणका लागि जग्गा खरिद, भवन निर्माण, वातावरणीय प्रभाव मूल्याङ्कन, ब्रह्मदेवदेखि पञ्चेश्वरसम्मको पहुँच मार्ग निर्माण, मेलौली–पञ्चेश्वर ट्रयाक निर्माण जस्ता आधारभूत कार्य मात्र भएका छन्। पानीको बाँडफाँट, तल्लो तटीय लाभ, आयोजनाको क्षमता कटौती (पाँच हजार ४० मेगावाट), लागत बहनलगायतका विषयमा दुई मुलुकबीच साझा विन्दु पहिल्याउन नसक्दा आयोजना अझै अनिर्णयको बन्दी बनेको हो।
अर्को समाचार
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल-भारत
०३ माघ २०८१
•
४ मिनेट पाठ
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनमा जुट्दै नेपाल-भारत
सीमापार धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतका पर्यटन व्यवसायीहरूले प्रतिबद्धता जनाएका छन्। नेपालस्थित भारतीय दूतावास, नेपाल पर्यटन बोर्ड र भारतको उत्तरप्रदेश पर्यटन बोर्डको समन्वय र सहकार्यमा आयोजित दुवै देशका पर्यटन व्यवसायीहरूबीचको अन्तरक्रियामा  सहभागी व्यवसायीहरू एकापसमा सहकार्य गर्दै पर्यटन प्रवर्द्धनमा जुट्ने प्रतिबद्धता जनाएका हुन्।




सीमा क्षेत्रको पर्यटनका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा साझेदारी फराकिलो बनाउँदै दुवै देशको परस्पर हित र लाभका लागि सहकार्य गर्ने दुवै मुलुकका पर्यटनसम्बद्ध निकाय तथा व्यवसायीको भनाइ छ। यसैको तयारीस्वरूप नेपाली व्यवसायीहरूलाई भारतका विभिन्न धार्मिकस्थलहरूको छ दिने अवलोकन भ्रमण गराइएको छ। यस क्रममा विश्वप्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थलरू मथुरा, आगरा, प्रयागराज, लखनऊ, बनारस र अयोध्या क्षेत्रको परिचयात्मक भ्रमण तथा पर्यटन व्यवसायीबीच अन्तरक्रिया गरिएको छ।

भ्रमणका क्रममा आगरामा आयोजित कार्यक्रममा दुवै देशका पर्यटन व्यवसायीहरूले दुवै देशको पर्यटन सम्भावना, चुनौती र अवसरबारे खुलेर छलफल गरे। ताजमहललाई पृष्ठभूमिमा राखेर गरिएको ‘बिटुबी’ कार्यक्रममा दुवै पक्षले आआफ्ना देशका पर्यटकीय क्षेत्रबारे जानकारी समेटिएका पुस्तिकालगायत सम्पर्क नम्बर तथा ठेगाना आदानप्रदान गरे। उत्तरप्रदेश पर्यटन विभागका अतिरिक्त रणनीतिक अधिकृत आकाश दीपले यस प्रकारको कार्यक्रमले दुवै देशको पर्यटन विकासका लागि सहकार्य गर्न महत्वपूर्ण टेवा पुग्ने बताए। 

आगरा ट्राभल एजेन्ट एसोसिएसनका महासचिव कौशलेन्द्र सिंहले नेपाल र भारतबीच रहेको धार्मिक पर्यटनको सम्भावनालाई उजागर गर्न छलफल सफल भएको बताए। नेपालका चर्चामा रहेका धेरै पर्यटकीयस्थलबारे जानकारी पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले भारतीय पर्यटकलाई ती धार्मिक एवं पर्यटकीयस्थलमा भ्रमण गर्न उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाली व्यवसायी तथा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरूले नेपालका धार्मिक पर्यटकीयस्थलबारे जानकारी गराए। त्यस अवसरमा व्यवसायीहरूले नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै त्यहाँ पर्यटकीय गतिविधि बढाउन भारतीय पक्षबाट सहयोगको अपेक्षा व्यक्त गरे। भारतीय पर्यटकलाई ती स्थानमा पठाउन आग्रह गरे। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक श्रद्धा श्रेष्ठले दुई देशबीचको पर्यटकीय सम्भावनाको उजागर, व्यवसायीबीच सहकार्य अभिवृद्धिका साथै अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले अयोध्या र जनकपुरलाई रामायण सर्किटका रूपमा विकास गर्न लागिपरेको भन्दै आवश्यक सहयोग र समन्वय गर्न आग्रह गरे। पर्यटन व्यवसायी मायाप्रसाद भट्टले सुदूरपश्चिममा सम्भावना रहेका नयाँ पर्यटकीय गन्तव्यमा पर्यटक पुर्‍याउन सहकार्य जरूरी रहेको बताए। उनले भने, 'जङ्गल सफारी र विभिन्न धार्मिक तीर्थस्थल, पवित्र क्षेत्र बढिमालिका, खप्तडलगायत क्षेत्रको प्रवर्द्धनमा दुवै देशबीच सहकार्य आवश्यक छ।'

बनारसमा ‘रोड सो’

नेपाल र भारतको धार्मिक पर्यटनलाई बढावा दिन बनारसमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिएको छ। ब्यानरसहित सडक परिक्रमा गरी शास्त्री घाटमा पुगेर सम्पन्न भएको थियो। सोही अवसरमा नेपालबाट परिचयात्मक तथा बिटुबीका लागि सहभागी नेपाली प्रतिनिधिहरूलाई स्वागत गरियो। उत्तरप्रदेश पर्यटन विभाग र व्यवसायी प्रतिनिधिहरूले स्वागत गर्दै दुवै देशमा धार्मिक पर्यटन वृद्धि कसरी गर्न सकिन्छ भनेर विमर्शसमेत गरे।    

बनारसी टुरिजम गिल्टका अध्यक्ष सन्तोषकुमार सिंहले नेपाल र भारतबीचको शदिऔँदेखिको धार्मिक, सांस्कृतिक सम्बन्धको लाभ दुवै पक्षले लिनुपर्ने बताए। उनले बुद्ध र हिन्दू दुवैका लागि नेपाल र भारत महत्वपूर्ण पर्यटकीयस्थल रहेको तथा पर्यटक आदानप्रदान हुँदै आएको भन्दै १२ वर्षपछि लाग्ने कुम्भ मेलामा हिन्दू नेपाली पर्यटकलाई सहभागी हुन आह्वान गरे। साथै उनले नेपालको सडक पूर्वाधार सुधार गर्नसके धेरै भारतीय पर्यटक नेपालको भ्रमण गर्न आतुर रहेको बताए।  

उत्तरप्रदेश पर्यटन विभागका उपनिर्देशक आरके रावतले धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपाल र भारतले लिएको सामूहिक पहल सकारात्मक रहेको भन्दै यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिए। त्यसअघि लखनऊमा उत्तरप्रदेश पर्यटन विभागको आयोजनामा पर्यटनसम्बन्धी औपचारिक कार्यक्रम गरिएको थियो। जहाँ दुवै देशका पर्यटनसम्बन्धी सरकारी निकाय र निजी क्षेत्रका पर्यटन व्यवसायीबीच अन्तरक्रिया र व्यावसायिक अनुभव आदान–प्रदानका साथै आगामी पर्यटन रणनीतिबारे छलफल भएको थियो।

उत्तरप्रदेश पर्यटन विभागको निमन्त्रणामा २३ जना नेपाली व्यवसायी, सरकारी प्रतिनिधि, सञ्चारकर्मी यस कार्यक्रममा सहभागी भए। यसअघि नेपालले भारत उत्तरप्रदेशका पर्यटन व्यवसायीहरूलाई नेपालमा आमन्त्रण गरी नेपालका पर्यटकीय क्षेत्रबारे जानकारी गराउनाका साथै दुवै पर्यटन बोर्डहरूबीच यस्ता कार्यक्रमलाई वार्षिक कार्यतालिका बनाई निरन्तरता दिने घोषणा गरेका थिए। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस