यो लाजनीति कहिलेसम्म ?
२६ वैशाख २०८१
•
३ मिनेट पाठ
यो लाजनीति कहिलेसम्म ?
नेपाली नागरिकता छ। राष्ट्रिय परिचयपत्र छ। मतदाता पत्र छ। बसोबास छ। सामुदायिक वनको उपभोक्ता छ। सामाजिक संगठनको परिचयपत्र छ। तर जोतेको जमिन र बसेको छाप्रो भने पुस्तौँदेखि पनि आफ्नो भएन। पुर्जाविनाको जीवनको भोगाइ नीति बनाउने माननीय, मन्त्री, विभिन्न समितिका पदाधिकारी र उच्च पदस्थ सरकारी कर्मचारीलाई यो कुरै थाहा छैन किनकि उनीहरू त्यसै पनि सम्पत्तिका मालिक छन् नै।




घर छ। खेतीपाती गरेर खाने जमिन छैन। अधियाँ, बटैया, ठेक्कामा अरूको जमिन लियो। त्यसले जीवन धान्न कठिन छ। बिरामी पर्‍यो, पर्व केही चलाउनु प¥यो ऋण लिनुको विकल्प छैन। त्यही ऋणले गरिबीको चक्रलाई झन् झन् फराकिलो बनाइरहेको छ। यो दुःख भोग्नेलाई मात्र थाहा छ। र, जमिनको महŒव पनि त्यसैले मात्र बुझेको छ जसले खानाको जोहो गर्न रातोदिन माटो खोस्रिन्छ। तर यही माटो खनिखोस्री गर्ने मान्छे सधैँ पीडित छ भन्ने कहिले बुझ्ने शासकहरूले ?

सहर होस् या गाउँ। बाटोमा तरकारी बेच्ने, ठेला गुडाउने साना व्यापार गर्नेलाई घामले कति पोल्छ। पानी हावाहुरीले कति सताउँछ। त्यो पनि भोग्नेलाई थाहा छ। अरूको जमिनमा तरकारी फलायो। डोकोमा बोकेर सहर बजार चहार्‍यो। केही बिक्री गरी आएको पैसाले उनीहरू जीवन धान्न विवश छन्। उनीहरू तरकारी फलाउँछन्। अन्न फलाउँछन् तर बाँच्नका लागि नभइनहुने यिनै अनाज फलाउनेको आफ्नो जमिन छैन। धन्न उनीहरूले फलाइरहेका छन्। के जाँगर फलाएका होलान् ? यति उनीहरूले जाँगर लगाएनन् भने के हालत होला दुनियाँको ? कसैले सोचेको छ ?

यस्ता कुरा गर्दा भावनामा बग्यो भन्छन्, हुनेखानेहरू तर वास्तविकता यही हो। चाहे गाउँका भूमिहीनका झुपडी र खेत पुगौँ या सहरका सुकुमबासीका रामझुपडी, सबैका दुःख उस्तै। पीडा समान। अनि सुनिदिने कोही नहुनु पनि मिल्छ। उल्टै उनीहरूलाई अल्छी भएर सुकुमबासी भएको, भएको जमिन बेचेर जाँड खाएको जस्ता आरोप लाग्छन्, महलमा बस्ने र पुर्जाका सिरान हाल्नेहरू। कसले बनायो सुकुमबासी ? कसरी बने भूमिहीन ? यस्ता प्रश्नको उत्तर गहिराइमा पुगेर खोज्ने जाँगर कसैलाई छैन। अनि हचुवामा भनिदियो–सुकुमबासीका नाममा जमिन हडप्ने हुकुमबासीहरूलाई लखेट्नुपर्छ।

क्या सजिलो ?

बहकिएको कदापि हैन। गाउँ र सहरमा देखिएको यथार्थ दृश्य हो। यस्ता दृष्टान्त नेता र ठूलाबडाले पनि देख्छन्। उनीहरूलाई पनि थाहा नभएकोचाहिँ पक्कै हैन तर वास्ता गर्दैनन्। बरू गरिब, भूमिहीन र भुइँ तहका मान्छेप्रति विभिन्न भाष्य निर्माण गर्छन्, गलत चिन्तनाका। उल्टै खेद्नुपर्ने धारणा बनाउन सघाउँछन् यस्ता विपन्न बनाइएकालाई।

हामीसँग अनगिन्ती घटना छन् यी माथिका अवस्था पुष्टि गर्ने। दाङको स्वर्गद्वारी गुठीपीडित किसानले महिनौं आन्दोलन गरे। सम्बोधन हुने आश्वासन पनि पोकै पाए। तर समाधान ? अहँ, हुनै सकेन। सिन्धुपाल्चोकका मोहीले आन्दोलन गरे, धेरै पटक। आश्वासन उनीहरूले पनि टन्नै पाए। तर ती आश्वासनमै सीमित रहे। रसुवाका बिर्तापीडितले थुप्रै आन्दोलन गरे। उनीहरूले पनि आश्वासनको धोक्रै पाएका हुन्। तर समाधानको स पनि सुरु हुन सकेन। भूमि आयोगहरू गठन भइरहे तर भूमिहीनका लागि यी कहिल्यै प्रभावकारी भएनन्। नेताका केही मानिसलाई जागिर खुवाउने थलो मात्र सावित भए।

यी यस्ता विषय हुन् जसको समाधान भएको भए मुलुकमा भूमिहीन रहने थिएनन्। खेती गर्ने वास्तविक किसानको स्वामित्वमा जमिन हुन्थ्यो। उसले पनि आत्मसम्मान महसुस गथ्र्यो। जाँगर लगाएर खेती गथ्र्यो। आफूलाई पहिलो दर्जाको नागरिक ठान्थ्यो। यसले समग्रमा उसको परिवार मात्र नभई राष्ट्रकै आर्थिक मेरुदण्डमा एउटै किन नहोस्, इँटा थप्थ्यो। तर यो कसले बुझ्ने ? कहिले बुझ्ने ?आफ्ना जनताको यति साना समस्या पनि समाधान गर्न नसक्नु जस्तो लाजनीति के होला यो दुनियाँमा ?

– दर्जी राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका अध्यक्ष हुन्।
अर्को समाचार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
०९ पौष २०८१
•
२ मिनेट पाठ
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल। टोलमा परम्परागत घर नै रहेका छन्। तिनै पुराना घरमा हुर्किरहेका छन् ३५ बालबालिका। साथै टोलमा केही गर्भवती पनि रहेका छन्।




ढोरपाटन–१ स्थित सो टोलमा सशक्त आमा समूह छ ‘मिलिजुली’। आमा समूहमा गर्भवती, सुत्केरी र उनीहरूका एकाघरका आमाहरूको जमघट छ। यो समूहको नेतृत्व भने महिला स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन्।

उमेरले हजुरआमा पुस्ताकी उनी आमा पुस्ताभन्दा कम छैनन्। यो समूह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरूको सुरक्षा र बालबालिका तथा आमाको पोषणका विषयमा छलफल गर्न बनेको हो। त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमा जम्मा भएर स्वास्थ्यका विषयमा छलफल गर्छन्। समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन्। स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देश सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन्। पोषणयुक्त खाना खान्छन्। तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरिको तालिका बनाउँछन्।

मिलीजुली स्वास्थ्य आमा समूहकी सदस्यसचिव चन्द्रकलाले हरेक महिना आमा र शिशुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निःशुल्क खुवाउने गरेकी छिन्। 'म आफँले कहिले फर्सीको हलुवा त कहिले चना अण्डा बनाउँछु, कोदो, फापर, मकै भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निःशुल्क सबैलाई खुवाउँछु,' उनी भन्छिन्, 'आमाले शिशुलाई खुवाउने विषयमा सिकुन् भन्ने लाग्छ, उनीहरू सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन्।'

समूहका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन्। हरेक महिना एक–दुईजना बाहेक सबै समूहमा आउँछन् र चन्द्रकलाले तयार गरेको खाना खान्छन्। 'यी सबै मेरा छोराछोरी हुन्, उनीहरू कुपोषणबाट जोगिए हाम्रो समज बलियो हुन्छ,' उनले भनिन्, 'धेरथोर खर्च त हुन्छ तर म अन्य व्यवसायबाट त्यसको व्यवस्थापन गर्छु।' 

चन्द्रकलाले दिने पोषणयुक्त खानाले आफूहरूलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खाना बनाउन सहज भएको स्थानीय सृजना कुँवरले बताइन्। ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उहाँलाई प्रारम्भिक तालिम दिएको थियो। प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन्। आमा समूहमा हुने छलफल, पूर्वतयारी र सक्रियताले आमा तथा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रले जनाएको छ। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस