एसइई उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा लापरबाही
०५ साउन २०८१
•
५ मिनेट पाठ
एसइई उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा लापरबाही
माध्यमिक शिक्षा परीक्षा (एसइई) का उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र कम्युटरमा नम्बर राख्दा त्रुटि भएको पाइएको छ। गत असारमा प्रकाशित २०८० सालको एसइई परीक्षाफलमा चित्त नबुझेपछि परीक्षार्थीबाट पुनर्योग (रिटोटलिङ) का लागि परेका आवेदनउपर कारबाही हुँदा त्रुटि भएको पाइएको हो।




एसइई राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा सिम्बोल नम्बर ०२२०१५८७ ‘के’ भएका विद्यार्थी ‘ननग्रेड’ अर्थात् फेल भएको अभिलेख छ। लब्धांकपत्रमा उनी ऐच्छिक गणित विषयमा फेल भएको देखाइएको छ।

आफूले गणित विषयका सबै प्रश्नको उत्तर सही लेखेको तर लब्धांकपत्रमा शून्य जिपिए आएपछि उनी छक्क परे। उनलाई निकै छटपटी भयो। उनले पुनर्योगका लागि पाँच सय रूपैयाँ तिरेर परीक्षा बोर्डमा आवेदन दिए। पुनर्योग गर्दा उनको नतिजा बदलियो। ‘ए प्लस ग्रेड’सहित चार जिपिए आयो।

यस्तै सिम्बोल नम्बर ०३४०१२२७ ‘के’ भएका विद्यार्थीको नतिजा पनि पुनर्योगबाट बदलिएको छ। ती विद्यार्थी लेखा विषयमा फेल भएका थिए। पुनर्योग गर्दा उनको ‘ए प्लस’ गे्रड र जिपिए चार आयो। सिम्बोल नम्बर ०४७००७२८ ‘एफ’ भएका अर्का विद्यार्थी पनि लेखा विषयमा फेल (ननग्रेड र जिपिए शून्य) भएको नतिजा आयो। नतिजामा चित्त नबुझेपछि उनले पुनर्योगका लागि आवेदन दिए। पुनर्योगको नतिजामा उनी पास भए। उनको चार जिपिए र ग्रेड  ‘ए’ प्लस आयो। त्यस्तै एसइई नतिजामा ०३५००१२९ ‘आई’ सिम्बोल नम्बर भएका विद्यार्थी पनि फेल भए। उनले ऐच्छिक गणित विषयमा शून्य जिपिए र ननगे्रड भएको लब्धांकपत्र पाए। त्यसमा चित्त नबुझेपछि पुनर्योग गराउँदा उनको चार जिपिए र ए प्लस गे्रड आयो।

एसइई राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योगका लागि आवेदन परेका १९ हजारमध्ये शुक्रबारसम्म चार हजार २९७ को मात्र पुनर्योग नतिजा प्रकाशन भएको छ। अझै १४ हजार सात सय तीनजनाको पुनर्योग नतिजा आउन बाँकी छ। पुनर्योगको नतिजा प्रकाशित भएका चार हजार २९७ जनामध्ये २७५ को नतिजा फेरिएर आएको छ। अर्थात्, ६.३९ प्रतिशत विद्यार्थीले माथिल्लो ग्रेड हासिल गरेका छन् भने फेल भएका अर्थात् ननग्रेडमा परेका ८८ विद्यार्थी पास भएका छन्। यसरी पास हुनेले ‘डी’ ग्रेडदेखि ए प्लस (१.६ देखि ४ जिपिए) सम्म पाएका छन्।

४० विद्यार्थीको नतिजा सुधार भएर जिपिए चार अर्थात् ‘ए’ ग्रेड प्राप्त भएको छ। बाँकी १४ हजार सात सय तीनजनाको पुनर्योग गर्दा करिब २० देखि २२ प्रतिशतको हाराहारीमा नतिजामा सुधार÷परिवर्तन हुने अनुमान गरिएको छ।

शिक्षाविद् एवं राष्ट्रिय परीक्षा बोर्डका पूर्वसदस्य धनञ्जय शर्माका अनुसार शिक्षकले उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्दा विद्यार्थी मारमा परेका हुन्। बोर्डमा विद्यालयका तर्फबाट दुईजना प्रधानाध्यापक सदस्य हुन्छन्। नतिजामा यति धेरै त्रुटि देखिनुले शिक्षक, परीक्षा बोर्डका कर्मचारी र पदाधिकारी विद्यार्थीको भविष्यप्रति संवेदनशील नभएको बुझिन्छ। काठमाडौं बाफलस्थित ज्ञानोदय माविका पूर्वप्रधानाध्यापक समेत रहेका शर्मा शिक्षकले विद्यार्थीलाई आफ्नो सन्तानका रूपमा नहेर्नु र विद्यार्थीलाई जे गरे पनि हुन्छ भन्ने सोचका कारण त्रुटिपूर्ण नतिजा प्रकाशन भएको बताउँछन्।

‘एसइई नतिजा प्रकाशनअगावै चारवटा चरण पार गर्नुपर्छ। पहिला परीक्षकले उत्तरपुस्तिका जाँच गरी नम्बर दिन्छन्। त्यसपछि प्रधान परीक्षक वा सम्परीक्षकले उत्तरपुस्तिका जाँच गर्छन्। त्यसपछि बोर्डका कर्मचारीले मार्क स्लिपबाट कम्प्युटरमा नम्बर इन्ट्री गर्छन्। अन्तिममा बोर्डका सदस्यले हस्ताक्षर गरी नतिजा प्रकाशित हुन्छ,’ शर्मा भन्छन्, ‘तर नतिजामा देखिएको त्रुटि हेर्दा विद्यार्थीको भविष्यमाथि कोही पनि संवेदनशील भएको पाइएन। पास हुने विद्यार्थी फेल हुन गए।’ उनले अगाडि थपे, ‘मुख्य पक्ष बोर्ड हो। नतिजा तयार भएपछि त्रुटि केलाएर मात्रै प्रकाशित गर्नुपर्नेमा छिटो नतिजा प्रकाशनको होडबाजीले बिगा¥यो।’

बोर्ड अब अध्ययन र अनुसन्धान गरी आगामी नतिजा त्रुटिरहित बनाउनेतर्फ लाग्नुपर्ने उनको सुझाव छ। राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको २०८० सालको एसइईको नतिजामा ५२.१३ प्रतिशत (२ लाख ४२ हजार ३ सय १३) विद्यार्थी फेल भएका छन्। चार लाख ६४ हजार ७ सय ८५ विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए।

नतिजाप्रति चित्त नबुझेको भन्दै पुनर्योगका लागि १९ हजार बढी आवेदन परेको परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नतिजामा देखिएको त्रुटिबारे बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ।

‘उत्तरपुस्तिकाबाट नम्बर स्लिपमा चढाउँदा त्रुटि हुन सक्छ। जस्तै ९९ हुनुपर्नेमा अगाडिको ९ स्पष्ट नहुँदा ०९ लेखिएको हुन सक्छ, ९१ लाई अगाडिको ९ स्पष्ट नहुँदा अंक चढाउने क्रममा ०१ लेखिएको हुन सक्छ, ७९ मा अगाडिको ७ स्पष्ट नहुँदा अंक चढाउने समयमा ०७ मात्र हुन सक्छ,’ शर्माले भने, ‘यस्ता त्रुटि कसरी र कोबाट भएको हो बोर्डले अध्ययन र अनुसन्धान गर्छ।’ बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार गत वर्षसम्म सबै पास हुने र ननग्रेडको झन्झट नभएकाले पुनर्योगका लागि त्यति धेरै आवेदन पर्दैनथे। यसपटक ३५ अंक पास मार्क राखेपछि धेरै विद्यार्थी ननग्रेडमा पर्दा पुनर्योगका लागि १९ हजारजति आवेदन परेका छन्। नतिजामा भएको त्रुटिबारे बोर्डले अध्ययन गर्ने उनले बताए।

उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षक सम्परीक्षकले लापारबाही गरेको देखिएको छ। बोर्डले पनि त्रुटि सच्याउन खासै वास्ता नगरेका कारण विद्यार्थी मर्कामा परेको काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन्।

‘लापरबाहीका कारण फेल भएका विद्यार्थीले आवेगमा आएर गलत कदम उठाएमा यसको जिम्मेवारी कसले लिने’, कँडेलले भने, ‘परीक्षण, सम्परीक्षण, कम्प्युटरमा इन्ट्री गर्दा र नतिजा प्रकाशन गर्दा किन जहिल्यै त्रुटि हुन्छ ? यो वर्ष त चरम लापरबाही भएको पुनर्योगको नतिजाले उजार गरिसक्यो। अझै १४ हजार विद्यार्थीको पुनर्योग नतिजा आउनै बाँकी छ। अहिले नै साढे ६ प्रतिशतको नतिजा पविर्तन भयो। सबै नतिजा आउँदासम्म करिब २० देखि २२ प्रतिशत नतिजामा सुधार हुन सक्छ। ’
अर्को समाचार
फेल भएका विद्यार्थीको रिचेकिङ् गराउँदा गाउँपालिकाको सबै भन्दा उत्कृष्ट जीपीए
२२ कार्तिक २०८१
•
२ मिनेट पाठ
फेल भएका विद्यार्थीको रिचेकिङ् गराउँदा गाउँपालिकाको सबै भन्दा उत्कृष्ट जीपीए
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ। खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए।उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी  उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो।




विसं २०८० चैत–२० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तरपुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए।गत असोज–१३ गते उत्तरपुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक–४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुवा परशुराम राईले जानकारी दिए।

हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन्। पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो।अब भने पछिल्लो नतिजा अर्थात् (३.४५ जीपीए) कायम हुने जनाइएको छ।परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसइई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए।

छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालयकै क्याल्सी राईले ३.३९ जीपीए ल्याएर छात्रातर्फ उत्कृष्ट हुनुभएको थियो।केपिलासगढी गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई प्रोत्साहनस्वरुप रु एक/एक लाख पुरस्कार दिँदै आएको छ।गाउँपालिकाले पुरस्कार दिन थालेपछि थर्पुडाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई फेल गराउने नियतले उत्तरपुस्तिका कोरेको बुवा पर्शुरामको आरोप छ।

उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज–२२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए।तर, उनलाई हालसम्म कुनै कानुनी कारबाही गरिएको छैन।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस