‘ओली पीडित एमालेले नै बालेनलाई जिताउँछन्’
०८ फागुन २०८२
•
२२ मिनेट पाठ
‘ओली पीडित एमालेले नै बालेनलाई जिताउँछन्’
देश आगामी फागुन २१ गतेको निर्वाचनको संघारमा छ। नेताहरु मतदाता फकाउन व्यस्त छन्। यसरी अहिले सिंगो देश नै चुनावमा होमिएको छ। अहिले नेपालमा वैकल्पिक राजनीति पनि चर्चामा छ। नागरिकको निर्वाचन विशेषको यो अंकमा जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचन, वैकल्पिक राजनीतिसहितका विषयमा कुरा गर्दैछौं। नागरिककर्मी वीरबहादुर वलीले विवेकशील साझाका पूर्वअध्यक्ष मिलन पाण्डेसँग कुरा गरेका छन्। प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश।




नेपालको वैकल्पिक राजनीतिको इतिहास लामो छ। झन्डै एक दशकभन्दा लामो समयदेखि सक्रिय रूपमा नेपालमा वैकल्पिक राजनीति स्थापित गर्ने प्रयत्न भइरहेको छ। उज्ज्वल थापाजीको अभियानदेखि लिएर अहिले बालेन्द्र शाह(बालेन)सम्म आइपुग्दा अहिले त आफैं बालेन्द्रजी पनि प्रधानमन्त्रीको उम्मेदवार भएर अगाडि आइरहनुभएको छ। यस्तो अवस्थामा नेपालको वैकल्पिक राजनीतिलाई कसरी हेरिरहनुभएको छ?

हामीले २०६९ सालमा विवेकशील अभियान सुरु गर्दा अहिले रहेका एक्जिस्टिङ दलहरूले समाधान दिन सक्दैनन्। समाधानको लागि नयाँ दल आवश्यक पर्छ, त्यतिबेला उज्ज्वल दाइसँग कुराकानी गर्दा मिनिमम १५ वर्ष हामीलाई चर्चित हुनलाई, चिनिनलाई, हाम्रो एजेन्डा राख्नको लागि भन्नुहुन्थ्यो। आज ६९ बाट हेर्दा १३ वर्ष भयो। १३ वर्षमा अहिले तपाईंले र मैले छलफल गर्दा रास्वपाले बहुमत ल्याउँछ कि ल्याउँदैन भन्ने पनि डिबेट होला। यो १३ वर्षको समयमा हामीले जुन कांग्रेस, एमाले, माओवादीको विकल्प चाहिन्छ भनेर भनेका थियौं, त्यो यहाँसम्म आइपुग्दा पात्र परिवर्तन होलान्। हिजो विवेकशील साझामा रवीन्द्रजीदेखि लिएर सूर्यराज आचार्यजीसहित धेरै पात्रहरू हुनुहुन्थ्यो। त्यसपछि बालेनजी आउनुभयो, रविजीहरू आउनुभयो। हामी सबै जना (म त रास्वपाको आधिकारिक सदस्य छैन) तर मैले जहाँ काम गरे त्यो पार्टी र रास्वपाको एकीकरण भएको छ, मेरा धेरै साथीहरू त्यता हुनुहुन्छ। यसरीभन्दा आज बहुमत ल्याउने छलफल गरिराख्दा तपाईं हामीले हावा गफ गरेका हो भनेर भनिराखेका छैनौं भने त्यो सफल भएको हो।

दोस्रो कांग्रेस सुध्रियो एक लेभलमा ? गगनजीले कांग्रेसलाई एउटा लेभलमा लिएर आउनुभयो। म गगनजीलाई भेट्दा भन्छु– हाम्रो ठूलो योगदान छ। तपाईं त खासमा हामीले जे एजेन्डा उठाएका थियौं त्यो एजेन्डा नउठाइदिएको भए त्यहाँ कहिले स्थापित नै हुनुहुने रहेनछ। झन् जेनजी आन्दोलनको सबैभन्दा ठूलो योगदान छ। उहाँले जेनजी आन्दोलनलाई लिडरसिप पनि लिनुभयो, क्यास गर्नुभयो। गगनजीले शेरबहादुर देउवाजीलाई सबैभन्दा सहज तरिकाले रोइकराइ नगरिकन, आन्दोलन नगरिकन, विधानमा टेकेर स्ट्रक्चरल वाइज जसरी रिप्लेस गर्नुभयो यो पनि वैकल्पिक राजनीतिको एक सफलता हो भन्ने लाग्छ।

फर्केर हेर्दा १३ वर्षको यात्रामा हामी सही डाइरेक्सनमा छौं। सही ट्र्याकमा छौं। हामीले गर्दा कांग्रेस, एमाले, माओवादी पनि सुध्रिने र नयाँ शक्ति पनि स्थापित हुने अवस्था बन्यो। बहस, आज बालेन शाह प्रधानमन्त्री कि गगन थापा भन्ने विषयसम्म पुग्यो यो आफैंमा राम्रो कुरा हो।

अझ कति सम्म भने म गगनजीको भिडियोहरू हेर्दै थिएँ। उहाँले इन्फ्रास्ट्रक्चरमा के चेन्ज लिएर आउने, डिजिटल गभर्नेन्समा के चेन्ज लिएर आउने, हामी बदल्छौं अब हामी यसरी देश बदल्छौं भन्ने छलफल हुन थालेछ। सोच्नु न प्रधानमन्त्री बालेन वा गगन, प्रतिपक्ष दलको नेता अर्को एकजना जो हुँदैन। बालेन वा गगनबिच संसदमा शिक्षा, स्वास्थ्य, रोजगारीको बहस भइरहेको छ। हामीले खोजेको त यो हो नि। त्यो अर्थमा वैकल्पिक राजनीतिको १३ वर्ष भन्नुहुन्छ भने हामी एक हदसम्म सफल भयौं।

आज राजनीतिमा मुद्दा फेरिएको छ। हामी एक लेभलमा वैकल्पिक राजनीति उज्ज्वल दाइ लगायत हामीभन्दा अगाडि पनि धेरै हुनुहुन्थ्यो होला। तर यो कालखण्डको कुरा गर्दा १३ वर्षको यात्रा एउटा सुखद गन्तव्यमा पुग्दै छ। कांग्रेस सुध्रिएर आएको छ। रास्वपा एउटा शक्तिशाली दल बनेर आएको छ। धेरै मसँगै काम गरेका उज्ज्वल दाइले हुर्काउनुभएको, सिकाउनुभएको, सँगै काम गर्नुभएका साथीभाइहरू इलेक्शनी मैदानमा हुनुहुन्छ। म त एकदमै सुखद देखिरहेको छु।

मिलनजी, तपाईं काठमाडौं–९ बाट सक्रिय राजनीतिमा हुनुहुन्छ। यसभन्दा पहिला पनि चुनाव लड्नुभएको थियो। यसपल्ट पनि तपाईंले भाग लिने चर्चा थियो। तर उम्मेदवारी दिनुभएको छैन। यसको पछाडि कारण के हो? कसैलाई समर्थन गर्न खोज्नुभएको हो?

म उठ्ने भन्ने नै थियो। म २०७४ को इलेक्शनमा पनि उठेर तेस्रो भएको थिएँ। त्यसपछि पनि मेरो पार्टीको कलहको कारणले मैले पहिला चर्चा नै नआएको एउटा इलेक्शन चिन्ह लिएर ७९ मा उठें। अनि यसपालि पनि म उठ्ने भन्ने थियो। सबै साथीहरू बालेनजीसँग पनि कुराकानी भइराखेको थियो, रविजीलगायत रास्वपाका साथीहरूसँग कुराकानी भइराखेको थियो। म रास्वपाबाट मिल्यो भने काठमाडौं क्षेत्र नम्बर ९ बाट उठ्ने भन्ने कुरा थियो। तर त्यहाँ अलि अगाडि नै डिपी अर्यालजीले उठ्ने मनस्थिति बनाइसक्नुभएको रहेछ।

मैले उहाँलाई धेरै चोटी अनुरोध गरें। मैले यतिकै छोड्या होइन। धेरै चोटी अनुरोध गरे– हामी दुवै जनाले नलडौं। म त ३५ वर्षदेखि यही काम गरिरहेको छु। मेरो घर यही, मेरो स्कुल यही, पढेको मेरो कलेज, ३५–३६ वर्षदेखि यही ठाउँमा छु। मेरो ससुराली यही, मेरो परिवार सबै यतै छ। तपाईंको राजनीति भनेको त्यो आफ्नो ठाउँको लागि गर्ने भन्ने पनि त हुन्छ नि। मैले भोट माग्नलाई कम्तीमा पनि त्यो ठाउँको त म प्रत्येक घरमा दुई चोटी पुगिसकेको छु। मलाई काम गर्न दिनुस् भन्ने थियो। अब उहाँलाई पनि उठ्नु थियो। त्यसपछि मैले अझ त्यो उम्मेदवारी दर्ताको दिन दिउँसो एक बजे सम्म पनि उहाँलाई भेटेर म उठ्छु, छोडिदिनुस् भनेर भनेको हो। तपाईं त उपाध्यक्ष जस्तो मान्छे, जहाँबाट उठे पनि जित्नुहुन्छभन्दा होइन मिलनजी म उठ्छु भन्नुभयो।

अघिल्लो चोटी के भएको थियो भने मैले ल्याएको भोट र घन्टीले ल्याएको भोट जोडेको भए लगभग तीन हजारको मार्जिनले घन्टी जित्ने रहेछ। म त नयाँलाई जिताउनुपर्छ भन्ने मान्छे। अघिल्लो चोटी म पनि हारें, घन्टी पनि हार्यो। यसरी मैले त्यो सिनारियो दोहोरिने देखें। अब मेरो उद्देश्य त आफू जित्ने हो नि, घन्टी हराउने त होइन।

ठिक छ अब यो आन्दोलनमा सरिक भएँ। यो आन्दोलन जित्दा मेरो पनि कहीँ न कहीँ जित हुन्छ भनेर म पछाडि हटें। म उठ्न चाहन्थें। म एकदम त्यो कसैलाई त्यतिकै समर्थन गरेका होइन। उहाँले उठ्छु भनिसकेपछि मसँग विकल्प थिएन। मलाई अरु दलबाट पनि कुरा आएको थियो। बदलिएको कांग्रेसबाट कुरा आएको थियो। तर त्यसमा म अहिले अब उठ्दिन भन्ने रह्यो। त्यतिबेला टाइम पनि भएन। म त्यो कुरामा धेरै सिरियस पनि थिइनँ। त्यसपछि यो कन्डिसनमा म उठ्दा दुवै जना हार्ने देखें। त्यहीँ भएर मैले घन्टीलाई समर्थन गरेका हो।

तपाईंको पार्टी रास्वपामा समाहित हुँदै गर्दा हजुरहरू लगायतका केही नेताहरू जानुभएको छैन। यसको पछाडिको कारण के हो? किन जानुभएन?

दुई–तीन वटा कुराहरू छन्। पहिलो कुरा त्यतिबेला म पार्टीमा धेरै सक्रिय पनि थिइनँ। मेरो विगत डेढ वर्ष अगाडि सानो दुर्घटना भएर एक वर्ष जस्तो मेरो आफ्नै स्वास्थ्यको कारणले म अलमलमा थिएँ। त्योबेला कम्युनिकेसनमा म धेरै छँदा पनि थिइनँ। पार्टीले गरेका निर्णयमा म आंशिक रुपमा मात्रै सरिक थिएँ।

दोस्रो, मलाई केही समय कुलिङ पिरियड चाहिएको थियो। मैले कुलिङ पिरियड नै भनेको थिएँ। आज एउटा कुरा गरिरहेको छु अनि फेरि भोलि गएर ठ्याक्क उल्टो कुरो गर्दियो  आज कांग्रेस ठिक भोलि एमाले ठिक भनेको जस्तो के। अनि मलाई केही समय अलिकति समय आफ्नो लागि पनि चाहिएको थियो। साँच्चै भन्नुपर्दा म ९ को लागि इलेक्शनमा उठ्न चाहन्थें। म ९ पहिला फिक्स गरौं। म भोलि कहाँबाट इलेक्शनमा उठ्ने त भन्ने कुरा पनि फिक्स गर्न चाहन्थें। यो सबै कुरा नमिलिराख्दा त्यति बेला रविजी पनि भित्रै ९कारागार० हुनुहुन्थ्यो। मेरो रविजीसँग अलि अगाडिदेखि सम्पर्क भइरहेको थियो। अनि ल ठिकै छ नि त म केही समय आफ्नो लागि लिन्छु। राजनीतिमा हुनैपर्छ भन्ने छैन भन्ने भो। अनि अर्को फेरि बालेनजीले पनि ल सँगै काम गरौं भनेर भन्नुभयो। त्यसमा पनि बालेनजीसँगै भइयो। अनि उहाँलाई सहयोग गर्ने, बालेनजीसँग मिलेर काम गर्ने अझ त्यतिबेला त उहाँको नयाँ पार्टी नै खुल्ने भन्ने थियो। त्यो गर्दा गर्दै टाइम यस्तो कम भैदियो कि फेरि म पनि मेरो आफ्नो नेचर कस्तो भने त्यो धेरै एउटै कुरामा जाने भेट्ने ल्याङ ल्याङ गर्न मन लाग्दैन।

अनि मैले साथीलाई भने, आफ्नो कुरा राखें। त्यति बेला ठ्याक्क मिलेन। नमिलिसकेपछि राजनीति भनेको एउटा इलेक्शन मात्र पनि होइन। इलेक्शन अब भइरहन्छ ? यसपालि नउठेर अर्को चोटी उठ्दा पनि हुन्छ भन्ने लाग्यो त्यहीँ भएर मैले छोडिदिएको हो।

अगाडि पनि तपाईंले भन्नुभयो अब कांग्रेस पनि बदलिएको छ। यसरी मिलनजी भोलि कांग्रेसमा पनि देखिने हो कि भन्ने चर्चा पनि छ, यसमा के भन्नुहुन्छ?

यो कस्तो भयो भने अघि हामी बाहिर फागुन २१ मा कसले कति सिट ल्याउँछ भन्ने छलफल भइराखेको थियो। अनि मैले के भने भने हेर्नुस् २४ घण्टा पछाडिको म मेरै जिम्मा लिन सक्दिनँ। आजको दिनमा इलेक्शन हुन्थ्यो भने रास्वपाले बबाल जित्थ्यो जित्छ। भोलि के हुन्छ थाहा छैन। अब कांग्रेसले कसरी पिकअप गर्छ रास्वपाको कस्तो हुन्छ अरु पार्टीहरूको कस्तो भूमिका रहन्छ यो त फेरि टेक्निकल कुरा पनि त हो नि त।

त्यहीँ भएर भोलि के हुन्छ मलाई पनि थाहा छैन। गगनजी राम्रो नेता हो। मैले आज मात्र भनेको  चार–पाँच वर्ष अगाडि म विवेकशील साझा पार्टीको संयोजक भइराख्दा पनि मैले पत्रिकामा अब गगनजीले नेतृत्व गर्नुपर्छ भनेर एउटा पार्टीको नेता भएर अर्को पार्टीको अध्यक्ष यो मान्छे बन्नुपर्छ भनेर लेख लेखेको हो। अझ कति बुद्धिजीवीहरूले विश्लेषकहरूले ए यस्तो पनि हुन्छ र भने। कांग्रेस त मेरो पनि पार्टी हो। सार्वजनिक सम्पत्ति हो नि त पार्टी, मेरो चासो पनि त हुन्छ नि त कांग्रेसमा एमालेमा यसलाई स्वाभाविक लिनुपर्छ भनेर डिबेट गरेका मान्छे। जेनजी आन्दोलनपछि पनि मैले गगनजीलाई पटक पटक भेटेर ल बदल्नुस् बदलिनुस् तपाईंको लागि यो राम्रो प्ल्याटफर्म होइन कि प्ल्याटफर्म बदल्नुस् होइन भने तपाईं बाहिर निस्किनु पर्छ भनिरहेको हो। त्यहीँ भएर गगनजीले जे गर्न खोज्नुभएको छ त्यो राम्रै छ। आजको मितिसम्म मैले कांग्रेस जोइन गर्ने सोचेको छैन। यद्यपि राम्रो मान्छेहरू कांग्रेसमा छन् भने पनि सहयोग गर्छु। सहयोग भनेको शुभेच्छा राख्ने न हो।

उसले गरेका ठिक छ है भन्दिन हो। मैले अघि भने उनले जुन दुइटा त्यो रिसेन्टली भिडियो निकाले एउटा इन्फ्रास्ट्रक्चरको एउटा डिजिटल गभर्नेन्सको कसरी गर्न सकिन्छ भनेर आजको दिनमा ऐना अगाडि आएर क्यामेरा अगाडि आएर बोल्ने कम नेताहरूमध्ये गगन थापा हुनुहुन्छ। एकदमै शान्तिपूर्ण रूपमा पार्टी रूपान्तरण गर्ने विशेष महाधिवेशनबाट जसले देउवालाई भोट हाले त्यहीँ मान्छेहरू लिएर आएर बदलेको त्यो नेतृत्व त्यसको तारिफ गर्नै पर्छ ? त्यहीँ भएर म अहिले तत्काल कांग्रेस जोइन गर्ने सोचमा छैन।यद्यपि साथीहरुले मिलेर गरौं भनिरहनुभएको त्यो सद्भावको लागि शुभेच्छाको लागि धन्यवाद। म अहिले कांग्रेसका राम्रो मान्छेहरू रास्वपाका राम्रो मान्छेहरू, एमालेमा ओलीजी कै कारणले अब अहिले खासै एकदमै धेरै एट्याचमेन्ट छैन। तर त्यहाँ पनि कोही राम्रो मान्छे छ भने जस्तो सुनिता डंगोलजी एमालेमा हुनुहुन्छ उहाँलाई त सहयोग गर्ने नि युवा हुनुहुन्छ, हाम्रै काठमाडौंकै हुनुहुन्छ, हाम्रै टोलको हुनुहुन्छ। यसरी अहिले राम्रोलाई सहयोग गर्ने भन्ने सिद्धान्तमा छु।

तपाईं एक साताको मधेश भ्रमण पनि गरेर आउनुभयो जेनजी आन्दोलनपछि देशको माहोल पनि परिवर्तन भएको छ। तपाईंले मधेशमा के देख्नुभयो जनताले के भन्छन् के खोजिराखेको पाउनुभयो?

अब अहिले जुन किसिमको सेन्टिमेन्ट छ, हाम्रो भौगोलिक अवस्था छ, जनसंख्याको अवस्था छ त्यसमा मधेश त्यो भेग त्यो बेल्ट यो इलेक्शनको लागि नेपालको राजनीतिलाई एकदमै क्रुसियल नै रह्यो, छ पहिले पनि थियो अहिले झन् धेरै भयो। अहिले झन् बालेनजीको झापा ५ र गगनजीको सर्लाही ४ ले गर्दा झन् माहोल तातेको छ। मैले अघि पनि भने २१ गते के हुन्छ थाहा छैन तर म अघिल्लो हप्ता एक हप्ता त्यहाँ बिताइराख्दा मैले देखेको त्यतिबेलाको माहोल अहिले चेन्ज भयो होला, म २४ घण्टाभन्दा पछाडिको जिम्मा लिन्न भनेको छु।

२७ घण्टामा देशमा जेनजी आन्दोलन भएर त्यत्रो परिवर्तन भयो। त्यहीँ भएर म पर्सि के हुन्छ थाहा छैन भोलि सम्मको प्रिडिक्सन गर्छु भन्ने मेरो बुझाइ छ। त्यो एक हप्ता भ्रमणमा मोटामोटी रूपमा मैले दुई तीन वटा कुरा देखें।

पहिलो आजको दिनमा मैदानमा इलेक्शनमा कोही छ भने रास्वपा मात्र छ। तर यसको अर्थ मैले कांग्रेस एमाले अरू पार्टी नै सिद्धिए भन्न खोज्या होइन। उनीहरू आन्तरिक तयारीमा होलान्। उनीहरूको गृहकार्य होला, उहाँहरूको फेरि आफ्नो विज्ञता छ। मैदानमा कोही छ भने त्यो रास्वपा छ। अनि स्थानीय नेताहरू मतदाताहरू चिया पसलमा गएर कुराकानी गर्दा कांग्रेस समर्थित मान्छेहरू सेमी मोटिभेटेड (आधा मोटिभेटेड) देखिए। कसैले कडा प्रश्न सोध्यो भने चुप लाग्ने पनि  बोल्न खोज्ने पनि। तर उठेर कन्भिन्स नै गर्न नसक्ने अथवा डिफेन्स नै गर्न नसक्ने अवस्थामा पाएँ।

उता एमालेहरू पुरै डिफेन्सिभ मोडमा छन्। एमालेमा आबद्ध नेताहरू अधिकांश मौन अथवा कतिले त घन्टीलाई नै भोट मागिराखेका छन्। मैले जनकपुरमा भेटे, काठमाडौं क्षेत्र ९ मा पनि देखें। अहिले पनि एमालेमै सक्रिय नेताहरू लाइभ मासमा नै बोल्नुभएको छ– यसपटक म घन्टीलाई समर्थन गर्छु। यस्तो मैले जनकपुरमा देखें, लहानमा देखें। अर्को एउटा इन्ट्रेस्टिङ वीरगन्ज र काठमाडौं पनि भनौं। मैले यहाँ माहोल तातेको देखिनँ। यी त व्यापारी केन्द्र भएर पनि होला।

यहाँ त बिहान बेलुका सोसल मिडिया चलाउने हो। दिउँसो जब गर्ने हो आफ्नो व्यापार गर्ने हो। वीरगन्जमा त मैले केही पनि देखिनँ। म दुई दिन बसें वीरगन्ज। त्यहाँ त त्यति बेला केही पनि थिएन। न झण्डा थियो न प्रचार प्रसार थियो। सामान्य चिया पसलमा गफ पनि थिएन। एकदमै कम मात्र थियो। अनि त्यहीँ भएर मलाई इलेक्शनको सहरतिर माहोल नतातिसकेको अवस्था तपाईंको घन्टी रास्वपा फुल एग्रेसिभ मोटिभेटेड तपाईंको कांग्रेस आदि मोटिभेटेड र एमाले पुरै डिफेन्सिभ ओली नै हार्छ कि क्या हो भन्ने अवस्थामा भेटिए। अध्यक्ष नै हार्ने भनिरहेका बेलामा को किन बोलोस्।

अनि अर्को मैले त्यहाँ पनि भनेको थिएँ। बालेनलाई कसैले जिताउँछ भने मेरो प्रिडिक्सन एमालेले नै जिताउँछ। मलाई एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सबैभन्दा बढी पीडित कोही छ भने त्यो एमाले नै छ भन्ने लाग्छ। त्यहीँ भएर एमाले कांग्रेस जस्तो बदलिन चाहन्छ र बदला लिन चाहन्छ। किन सबभन्दा घाटा त एमालेलाई भएको छ नि त। यो बदलिने र बदला लिने कोर्समा एमालेले अब यसपालि राम्रै सबक ओलीलाई सिकाउँछ भन्ने मलाई लाग्छ।

सर्लाही ४ र झापा ५ को नतिजा के हुन सक्छ त? के आंकलन गर्नुभएको छ?
मैले त्यहाँका स्थानीयहरूसँग कुरा गरेको छु। क्याम्पेनमा पुगेर आएका साथीहरूसँग भेटेको छु। एमाले र रास्वपाका मान्छेहरूलाई चिनेको छु, बुझेको छु, फोन घुमाउँछु। त्यसमा अब अहिले त सियोर सर्ट बालेनजी नै भन्ने छ। कस्तो छ भने एउटा सानो घटना हुन्छ अनि ल बालेनलाई गाह्रो छ है गाह्रो छ भन्ने आउँछ। त्यो स्वाभाविक हो।

कुनै घटनापछि क्रिकेट खेलमा जस्तो बालेनलाई अलि गाह्रो होला कि क्या हो भन्ने हुन्छ। फेरि दुई दिन पछाडि अर्को घरदैलो बालेनले गर्छन् अथवा त्यहाँ केही क्याम्पेन हुन्छ त्यसपछि  बालेनले त मिनिमम पनि १० हजारको डिफरेन्सले जित्छन् भन्ने आउँछ। आजसम्मको सबै यो एनालाइसिस गर्दा केपी ओलीलाई धेरै नै गाह्रो छ। बालेनजी उहाँहरूको टिम त्यहाँका मतदाताहरू अहिलेका न्यूजका रिपोर्टहरू हेर्दा ओली लगभग हार्ने निश्चितै देख्छु।

सर्लाही ४ मा एकदमै टफ कम्पिटिसन हुन्छ। अघिल्लो इलेक्शनको नतिजा हेर्ने हो भने अमरेशजी अलिकति भारी नै हुनुहुन्छ किनभने उहाँले स्वतन्त्र उम्मेलवार भएर पनि जितेर आउनुभयो। अनि अर्को एउटा कुरा गगनजी त्यत्रो कांग्रेसभित्र देउवाविरुद्ध लडेर भर्खरै कांग्रेस बदलेको मान्छे सानोतिनो क्याल्कुलेसन नगरी त जानुभयो भन्ने मलाई पनि लाग्दैन। गगनलाई त्यति क्याल्कुलेसन र आफूमाथि विश्वास त छ। उहाँ पटक पटक इलेक्शन जितेको मान्छे। अब अहिले मोटा मोटी हेर्ने हो अघिल्लो नतिजालाई हेर्दा अमरेशजीलाई पनि हामीले कम आँक्न मिल्दैन। तर म गगनजीकै पल्ला भारी देख्छु।

दलहरूले चुनावमा जाँदा आफ्नो घोषणा पत्र लिएर जानुपर्ने हो नि हामीले यसो यसो गर्दै छौं भनेर पहिला भन्ने अनि भोट माग्ने गर्नुपर्छ भन्ने छ। जेनजी आन्दोलनपछि यत्रो परिवर्तन भइसकेको अथवा रास्वपा लगायत नयाँ दलहरू आएपनि त्यो कुरा परिवर्तन भएको छैन। अहिले पनि व्यक्ति हेरेर मान्छेहरूले भोट दिनुपर्ने अथवा झन्डा हेरेर दिनुपर्ने अवस्था छ। आफ्नो क्षेत्रमा उठ्ने व्यक्ति को हो कस्तो छ र उसले कस्तो काम गर्न खोजेको छ? उसको एजेन्डा के हो भन्ने कुरा जनताले भोट माग्नुभन्दा पहिला आफ्नो उम्मेदवारबाट थाहा पाउनुपर्ने भन्ने छ। यसमा के भन्नुहुन्छ?

यसमा सबैभन्दा राम्रो प्राक्टिस भनेकै उम्मेदवारले आफ्नो मेनिफेस्टो एजेन्डा राख्ने, त्यो कसरी गर्छु भनेर ब्लुप्रिन्ट दिने अनि मतदातालाई कन्भिन्स गर्ने अझ इलेक्शन जित्ने जितेपछि त्यसको एनुअल अडिट गर्ने नै हो। जितेपछि हरेक वर्षमा मैले यति काम गरे है भनेर तपाईंले मलाई जिताउनुभयो मैले ट्याक्स पेयरको पैसाबाट तलब खाइराखेको छु। मैले प्रमिस गरेका यी कामहरू गरेका छु भनेर भन्नुपर्ने हो। अब एउटा डेमोक्रेटिक वे भनेको त त्यो हो, तर त्यस्तो छैन।

मलाई अहिले यो इलेक्शन के पनि लाग्छ भने यो स्पेसल इलेक्शन हो। स्पेसल इलेक्शन भनेको जेनजी मुभमेन्टका एजेन्डा र म्यान्डेटलाई स्थापित गर्नको लागि हुँदैछ। इलेक्शनका लागि हामीले कतिसम्म पनि कम्प्रमाइज गरेका छौं भने गौरीबहादुर कार्कीको रिपोर्ट समेत इलेक्शन भाँडिन्छ कि भनेर नल्याएको हो नि। त्यो लेभल सम्मको कम्प्रमाइज गरेर इलेक्शन गर्न खोजिरहेका छौं। संविधानलाई राइट ट्र्याकमा राख्ने भनेर अब मलाई पनि रिपोर्ट बाहिर नआएको कुरा त्यति चित्त बुझेको छैन। त्यो रिपोर्ट त पहिले आउनुपर्छ जस्तो लाग्या हो तर फेरि प्राक्टिकल पनि त हेर्नुपर्‍यो। भोलि इलेक्शन नै नहोला। हामी त फेरि त्यो इलेक्शनलाई पछाडि धकेल्ने मुडमा पनि छैनौं। त्यसले झन् हामीलाई अप्ठ्यारोमा पुर्‍याउँछ।

यतिसम्म कम्प्रमाइज गरेको भएर मलाई यो इलेक्शनमा एजेन्डा चाहिन्छ मेनिफेस्टो चाहिन्छ जस्तो लाग्दैन। यो इलेक्शनको वान लाइनर मेनिफेस्टो एजेन्डा भनेको तपाईं जेनजी आन्दोलनलाई मान्नुहुन्छ वा मान्नुहुन्न भन्ने मात्र हो। पहिला गेट ब्रेक्सजिट डन भन्थ्यो एक लाइनर एजेन्डा थियो। यो स्पेसल एजेन्डा हो। अब त्यो हाम्रो अहिले कुन पार्टीले भनेका जस्तो पाँच वर्षमा यति रोजगारी अब त्यो त चाहिन्छ मलाई त्यति थाहा छैन। तर यो स्पेसल इलेक्शन हो। यसको वान लाइनर एजेन्डा भनेको घोषणा पत्रमा हुनुपर्ने भनेका म जेनजी आन्दोलनले उठाएको इसेन्स र एजेन्डा मान्छु र अर्को म मान्दिनँँ त्यो खराब थियो भन्ने मात्र हो। यतिमै हो अहिले हुने इलेक्शन। अब त्यो एजेन्डा म्यान्डेट मान्छु त्यो भावना मान्छु भनेको त त्यहीँ भित्र तपाईंको सुशासन त त्यहीँ छ। करप्सनको विरुद्ध भएको आन्दोलन हो त्यो। म यो देशमा मैले गरिखान पाउँ भनेर युवाहरू सडकमा आएका हो। त्यसमा त इकोनोमिक एजेन्डा त्यहीँ छ। शिक्षा स्वास्थ्यको कुराहरू त्यहीँ छ। देश बस्न लायक बनाइदेउ भनेको हो। यसरीभन्दा सुशासन शिक्षा स्वास्थ्य रोजगारी जुन आजको प्रमुख माग हो जुन जेनजी आन्दोलनको म्यान्डेट हो, एजेन्डा त्यहीँ हो। त्यहीँ नै यसपालिको घोषणा पत्र बन्नुपर्छ भन्ने लाग्छ। म त्यो एजेन्डाहरू जे उठेका छन् जे म्यान्डेट छ आन्दोलनको त्यसलाई यसरी पुरा गर्छु भन्ने कुरा चाहिएको हो। म यो कारणले त्यो पुरा गर्न सक्षम छु भनेर नेताले भनुन् भन्ने हो।

एउटा कति प्रतिशतले एजेन्डा कति प्रतिशत नागरिकले घोषणा पत्र पढ्छ भनेर विभिन्न देशमा सर्भे भएका रहेछ। एकदम विकसित देश अमेरिका अस्ट्रेलियामा २० प्रतिशतले मात्रै पढ्छन् भन्ने देखायो। अधिकांश ठाउँमा घोषणा पत्र पढिन्न। मैले अस्ति जिस्केर मेरै पार्टी ९विवेकशील साझा० को एकजना साथीलाई २०७४ सालमा त हामीले देशैभरि मान्छे उठाएका थियौं। अनि एक उम्मेदवारलाई तपाईंले पुरै पढ्या थियौं भनेर सोधें, उहाँले ‘छैन’ भन्नुभयो। यहाँ उम्मेदवारले नै आफ्नो पार्टीले लेखेको घोषणा पत्र पढ्दैनन् भने नागरिकले यत्रो बुकलेट पढ्छन् भन्ने मलाई विश्वास लाग्दैन।

घोषणापत्र नलेख्ने भनेको होइन त्यो २० प्रतिशतलाई पनि लेख्नुपर्छ। तर अर्को एउटा कुरा के पनि गर्नुपर्ने छ भने यो पुरानो शैली अनुसार ठेलीका ठेली घोषणा पत्र बुझाएर नागरिकलाई दिनेभन्दा पनि लेखेको कुरालाई समराइज वेमा क्रिएटिभ वे इनोभेटिभ वेमा कसरी बुझाउने भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ। ठेलीका ठेली यत्रो किताब चाहिएन यही किताबलाई समराइज गरेर आर्टको फर्मबाट हुन सक्छ इन्फोग्राफको फर्मबाट हुन सक्छ मतदातालाई बुझाउनुपर्छ। घोषणा पत्र बुझाउने तरिकामा पनि नयाँ कुरा चाहिएको छ भन्ने लाग्छ। त्यहीँ भएर घोषणा पत्रको कुरामा ठेली चाहिएन, यो म्यान्डेट मान्छु वा मान्दिनँ र त्यो कुरालाई पनि यसरी गर्छु भनेर सटिक वेबाट बुझाउने तरिका चाहिएको छ।

तपाईंले एमाले डिफेन्सिभ भएको छ भनेर यो के जेनजी आन्दोलनकै कारणले हो?
जेनजी आन्दोलनको कारणले हो। त्यो सँगसँगै केपी ओलीजी र महेश बस्नेतजीहरू लगायत अरु नेताहरू सुध्रिनै तयार नभएको जस्तो मात्रै नभएर हामीले जे गरेका थियौं सही गरिरहेका छौं भन्नेमा छन्। अब अस्ति उता इन्टरभ्यू हेर्दै थिएँ केपी ओलीजी फेरि म ग्यासको पाइप छ महिनामा ल्याउँछु भनिराख्नुभएको थियो। त्यो जिस्काको कि हेपेको कि जे पनि बोल्दिने हुन्छ? त्यो सुन्दा तपाईंलाई पनि मजा लागेन होला कि मलाई पनि लागेन। फेरि त्यो नहुने कुरा पनि थिएन। त्यो ग्यासबाट त त्यो मिटर राख्दिने जसरी पानी आउँछ त्यो त संसारभरि नै त्यहीँ त हो। प्रोसेस तर उहाँले दुई तिहाई पाउनुभएर प्रधानमन्त्री भइराख्दा ग्यासको पाइप नसकेको कुरा अहिले यो अवस्थामा मलाई जिताउनुस् भनेर त्यहीँ एजेन्डा कस्तो इनोभेटिभ पनि नभएको भनेको,  क्रिएटिभ पनि हुनुहुन्न इनोभेटिभ पनि हुनुहुन्न। मैले जिस्केर बरु मलाई सल्लाहकार राख भनेको, ट्रोल पनि गर्दै थिए। फ्रीमा त म बस्दिन किन बस्ने मलाई पार्टीसँग मेरो लिनु पनि छैन दिनु पनि छैन। तर उहाँले मतदातालाई हेपेकोजस्तो लाग्छ। अलि अलि सुहाउँदो कुरा त बोल्नुपर्छ। अनि अहिले पनि सात वर्ष अगाडिको ग्यासको पाइप भनेर त हामीलाई त उल्लु बनाउन खोज्ने, अब हामी उल्लु हुन त तयार छैनौं नि। त्यहीँ भएर एमाले फुल डिफेन्सिभ छ। यस्तै यस्तै कुराले झन् डिफेन्सिभ भएको छ। अहिले झापादेखि लिएर देशैभरि अरु विभिन्न इलेक्शन क्षेत्रमा नि मैले देखेको छु। उहाँहरू अहिले एमालेलाई नै भोट माग्ने अवस्थामा हुनुहुन्न।

प्रधानमन्त्रीका उम्मेदवारहरू (बालेन्द्र, गगनकुमार थापा र केपी शर्मा ओली)बीच पब्लिकमा डिबेट हुनुपर्छ भन्ने कुरा पनि आएका छन्। ओलीजी र गगनजी तयार हुनुभयो। बालेन्द्रजी तयार हुनु नभएको अवस्था छ। यसलाई कसरी लिने यो पब्लिकमा डिबेटहरू हुनुपर्छ?

म त डिबेट हुनुपर्छ भन्ने मान्छे हुँ। डिबेट हुनुपर्छ बहस त्यो त कमिटमेन्ट हो नि त। आम पब्लिकलाई अगाडि राखेर लाइभ मार्फत म यो गर्छु भनेर बोलेको कुरा अहिले त रेकर्डेड पनि हुन्छ । त्यो कमिटमेन्ट हो त्यो गर्दा राम्रो हो। तर फेरि के हो भने जस्तै अहिले जुन लेभलमा एक दुई जना मिडिया कर्मीले मैले डिबेट गराउँछु भनेर फेसबुक लेख्नुहुन्छ। फेरि अर्कोले म पनि गराउन तयार भन्नुहुन्छ फेरि अर्को पनि भन्नुहुन्छ। अनि यसमा यो पुरै देशमा विभिन्न कुरा रिफर्म चाहिएको छ। त्यसमा मलाई लाग्छ धेरै नेताहरूलाई सोध्छु भन्ने मान्छे पनि क्रेडिबल लागिराखेको छैन।

मतलब यो त सेल्फ रिफ्लेक्ट गर्ने बेला हो। यत्रो आन्दोलन भएको छ। मिडियाकर्मी साथीहरूले पनि, म यसो देख्छु अस्ति राम्रै समाचार पोर्टलमा देखिरहेको थिएँ। ‘अब राति सुत्ने संस्कारको अन्त्य हुनुपर्छ : विश्व प्रकाश शर्मा’ भन्ने शीर्षकमा समाचार आयो। अनि सबै हाहा थियो, कमेन्टमा मान्छेले बौलायो भनेर लेखिरहेका थिए। अनि मैले त्यो न्यूज खोलेर हेरे मलाई पक्कै त्यस्तो त मान्छेले भन्दैन भन्ने लाग्यो। विश्व प्रकाश शर्माले राति अब सुत्ने संस्कारको अन्त्य गर्नुपर्छ भनेर पक्कै त्यसै बोलेनन् होला भन्ने लाग्यो। उनले के भने होलान् भने मैले त्यो न्यूज खोलेर हेरेपछि त्यहीँ नै भनेको रहेछ। राति पनि दिउँसो पनि विभिन्न सिफ्टमा काम गर्ने, राति पनि भाइब्रेन्ट सहर बनाउने भन्ने सन्दर्भमा भनेका रहेछन्।

अब हामीलाई त मोनिटाइजेसन छ। फेसबुक पनि मोनिटाइजेसन छ। यस्तै शीर्षक राख्यो भने, यस्तै कुरा लेख्यो भने त्यसले पैसा दिन्छ डलर आउँछ। त्यहीँ भएर पनि अब त्यो शीर्षक राखिदियो होला। तर त्यसले त मिडियाको क्रेडिबिलिटी त लुज गर्‍यो नि। हामी भाइरल हुन खोज्ने मिडिया, जे लेखेर पनि तपाईंको डलर झार्न खोज्ने मिडियाभन्दा पर बस्नु पनि फेरि नेताको लागि ठिकै हो भन्ने लाग्छ। त्यहीँ भएर यो देशमा एउटा कोही राम्रो क्रेडिबल मान्छे छ जसले अन्याय गर्दैन प्रोफेसनल्ली काम गर्छ भन्ने हो भने बालेनजी पनि भाग्न मिल्दैन।

अर्को के हुन सक्छ भने ल ठिक छ सबै जनालाई एउटा मञ्चमा नराख्ने भने टाउन हल टाइपको दर्शकहरू हुन्छन्। तर पार्टीका मान्छे ल्याउने भनेको होइन। आम नागरिक दर्शकहरू हुन्छन् अनि वान टु वान त्यसरी कम्युनिकेट गरे पनि भो। ल ठिक छ त्यो पनि तपाईंलाई गाह्रो भयो भने आफ्नो एउटा कम्युनिकेसन अलिकति क्रेडिबल मान्छे ल्याएर आफैंले होस्ट गरे भयो नि त। अहिले त अब मोबाइल एउटा भए पुग्छ लाइभ जाँदा भो तर पब्लिक प्रति अकाउन्टेबल हुनुपर्छ आफ्नो भिजन भन्नुपर्छ भन्ने कुरा न हो।

अनि मान्छेहरु बालेन बोल्दै बोल्दैन भन्नुहुन्छ, मलाई के लाग्छ उसले त्यत्रो बोलेर कन्भिन्स गरेर जितेको हो। अब मैले भनेको बेला बोल्नुपर्छ भन्ने हो भने मलाई थाहा छैन। म बोल्छु भनेको छ लेख्छु भनेको छ मेरो भिजन ल्याउँछु भनेको छ। त्यहीँ भएर अहिले बोल्नुपर्छ मेरै च्यानलमा आएर बोल्नुपर्छ। मैले नै लाइभ डिबेट गराउनुपर्छ भन्ने कुरा पनि सही भएन। म डिबेटको पक्षमा हो मजाले स्वस्थ स्वच्छ न्युट्रल डिबेट हुनुपर्छ। कुनै पनि पार्टीको पत्रकारभन्दा पनि न्युट्रल पत्रकारले त्यो गराउन सके अथवा क्रेडिबल कुनै पनि मान्छेले त्यो गराउन सके राम्रो भन्ने लाग्छ।

सन् २०२४ मा विद्यार्थी विद्रोह भएपछि बंगलादेशमा भर्खर चुनाव भएको छ। चुनावमा जुन विद्यार्थीले बनाएको दलले राम्रो नतिजा ल्याउने भन्ने अपेक्षा थियो। त्यो नभई पुरानै बंगलादेश नेसनल पार्टी (बीएनपी)ले दुई तिहाई पाएर सरकार बनाएको छ। नेपालमा पनि जेनजी आन्दोलनपछि चुनाव हुँदैछ। यसलाई लिनुहुन्छ?

इलेक्शन भनेको पोलिटिकल मात्र कुरा  टेक्निकल कुरा पनि हो। मैले एजुकेसनसँग जोडेर कसरी भन्छु भने परीक्षामा प्रश्न सबै किताबको आउँछ तर तीन घण्टामा जति लेख्यो त्यसैले सफल बनाउँछ। बंगलादेशको हकमा मलाई लाग्छ आन्दोलन भएको छ महिना भित्रमा त्यहाँ इलेक्शन भएको भए परिस्थिति फरक हुन्थ्यो। माहोल फरक हुन्थ्यो। अहिले नेपालमा पनि यो इलेक्शन छ महिना पछि भयो भने के हुन्छ? अथवा फागुन २१ मा भयो भने के हुन्छ अथवा आजभन्दा तीन महिना अगाडि इलेक्शन भएको भए के हुन्थ्यो भन्ने कुराले नतिजा फरक हुन्थ्यो। त्यहीँ भएर मैले यो टेक्निकल कुरा हो भनेर भनेको त्यहाँको इलेक्शन लेट भयो। अर्को एउटा कुरा राजनीति भनेको इमोसन पनि हो भावना पनि हो सम्बन्धहरू पनि हो। यसमा पुरानो दलको बेनिफिट के हो भने ३० वर्षदेखिको सम्बन्ध छ। ओली पो खराब हो त मेरो गाउँका एमाले नेता त खराब होइन नि। गगन पो खराब हो त अथवा यता रवि पो खराब हो त। त्यो पार्टीको मेरो गाउँको दाइ त खराब होइन नि। पार्टीका नेताहरू आएर अरु पेशाहरू रहेका छन्। कर्मचारीहरू छन्। उनीहरूले त मलाई सहयोगै गरिराखेका छन् भने मैले त ओलीसँग रिसाउने हो भोट त फेरि त्यहीँ दाइलाई हाल्ने हो नि। त्यहीँ भाउजुलाई हाल्ने हो नि। त्यहीँ भएर पनि अलि लेट हुनाले गर्दा यो रिजल्ट आयो भन्ने लाग्छ।

नेपालमा अहिले त प्रश्न सोध्ने मान्छेदेखि लिएर कलाकारदेखि लिएर क्रिकेटरदेखि लिएर (मैले जानुहुँदैन भनेको होइन)  डाक्टरदेखि लिएर इन्जिनियरसम्म अलिकति फलोअर हुने बित्तिकै हामी नेता बन्न कुदिराखेका छौं। आफ्नो प्यासन छ इच्छा छ भने पाइयो। तर हाम फालेर जानु भनेको तपाईंको प्रब्लमलाई सल्भ गर्न सक्ने क्षमता होइन। अथवा भोलि उहाँले गर्न सक्छ भन्ने पनि होइन। अब इच्छा छ भने त मेरो रेस्पेक्ट छ इलेक्शनमा साथीभाइलाई मैले नेगेटिभ बोल्न खोजेको होइन। तर होइन म पपुलर भएँ। त्यहीँ भएर म सल्भ गर्छु भन्ने कुरा हुँदैन। दिनभरि मान्छेको कुरा सुन्ने, ट्याकल गर्ने अनि त्यसपछि आएर मोटिभेट गरेर परिणाम निकाल्ने कुरा आफैं च्यालेन्जिङ कुरा हो।
अर्को समाचार
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
१० मंसिर २०८३
•
२२ मिनेट पाठ
नेपाल-भारतका समस्या हल गर्न समग्र दृष्टिकोण चाहिन्छ
पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा. बाबुराम भट्टराई संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय छन्। सधैं कार्यकारी भूमिकामा रहनुभन्दा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका साथै विचार दिनुपर्छ र नयाँ समस्यालाई सम्बोधन गर्न पुराना पार्टी संरचना र विचारले नसक्ने र यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्ने बौद्धिक नेताको छवि बनाएका भट्टराईको बुझाइ छ।




डा. भट्टराईसँग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण, नेपालको बदलिँदो राजनीतिक परिस्थिति, शान्ति प्रक्रियाका अधुरा काम, नयाँ राजनीतिक शक्तिको उदय र आर्थिक रूपान्तरणका विषयमा ‘नागरिक फ्रन्टलाइन’ का लागि सम्पादक बालकृष्ण अधिकारीसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई तपाईंले कसरी लिनुभएको छ? भ्रमणअघि तपाईंले शुभकामना दिनुभएको थियो। फर्किएपछि केही उपलब्धि भए पनि अपेक्षित प्रगति हुन नसकेको आशय व्यक्त गर्नुभयो। समग्रमा भ्रमणको मूल्यांकन कसरी गर्नुहुन्छ?

यो महत्वपूर्ण भ्रमण हो। भारत हाम्रो सबैभन्दा बढी आर्थिक तथा मानवीय कारोबार हुने देश हो। छिमेकी हुनुको नाताले पनि भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ। समयको गतिसँगै त्यो सम्बन्धलाई पुनःपरिभाषित गर्दै विकसित गर्नुपर्ने थियो, तर विविध कारणले हामीले त्यसलाई अगाडि बढाउन सकेनौं। केही हाम्रा कारणले भए पनि मेरो बुझाइमा धेरैजसो समस्या उताबाट पनि आएका छन्।

पछिल्ला केही वर्षमा नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारत ठुलो देश भएकाले नेपालसँगको सम्बन्धमा आउने उतारचढावले उसलाई खासै असर नगर्ला तर हामीलाई ठुलो असर पर्छ। हाम्रो आर्थिक कारोबारको झन्डै दुईतिहाइ हिस्सा भारतसँग जोडिएको छ। यस्तो अवस्थामा सम्बन्ध राम्रो नहुँदा त्यसको प्रतिकूल प्रभाव हामीले नै बढी भोग्नुपर्छ।

जेनजी विद्रोहपछि नयाँ पुस्ताको नेतृत्वमा सरकार बनेको छ। त्यसका युवा प्रधानमन्त्रीले भारत भ्रमण गर्दा हाम्रो सम्बन्ध कुन दिशामा जान्छ भन्ने एउटा महत्वपूर्ण संकेत पनि थियो। त्यही अर्थमा मैले उहाँलाई शुभकामना दिएको हुँ। फर्किएपछि भ्रमणको मोटामोटी मूल्यांकन गर्दा दीर्घकालीन र आधारभूत समस्या समाधान भएका छैनन्। अहिल्यै ती सबै समस्या समाधान हुन्छन् भन्ने अपेक्षा पनि थिएन। तर कूटनीतिमा ‘फिल गुड फ्याक्टर’ भन्ने हुन्छ। दुई देशबिच विश्वास र सकारात्मक वातावरण निर्माण गर्न भ्रमण केही हदसम्म सफल भएको मैले ठानेको छु। त्यसैले यसलाई नकारात्मकभन्दा सकारात्मक रूपमा लिनुपर्छ।

तर सीमा विवाद, सन् १९५० को सन्धि, व्यापार घाटा, पारवहन र जलस्रोतजस्ता पुराना विषयमा ठोस प्रगति देखिएन; के भ्रमणले जनअपेक्षा पूरा गर्न सकेन?

त्यस्ता विषयमा भारतीय पक्ष त्यति प्रवेश गर्न चाहेको देखिएन। भ्रमणपछि जारी संयुक्त वक्तव्यमा यी विषयलाई संवादमार्फत समाधान गर्ने भनिएको छ। त्यसैले सबै विषय बेवास्ता गरियो भन्न मिल्दैन, तर लामो समयदेखि थाती रहेका समस्याको समाधानतर्फ ठोस प्रगति भएको पनि देखिँदैन। मैले प्रधानमन्त्री हुँदा प्रबुद्ध व्यक्ति समूह (इपिजी) मार्फत नेपाल–भारत सम्बन्धका समग्र समस्या एकै ठाउँमा राखेर समाधान खोजौं भन्ने प्रस्ताव गरेको थिएँ।

सन् १९५० को सन्धि, सीमा समस्या, द्विपक्षीय व्यापार, पारवहनलगायतका विषयलाई टुक्राटुक्रा पारेर होइन, समग्ररूपमा सम्बोधन गर्नुपर्छ भन्ने मेरो धारणा थियो। त्यसैअनुसार दुवै देशका विज्ञ सम्मिलित समूह बन्यो र त्यसले प्रतिवेदन पनि तयार गर्‍यो तर त्यो प्रतिवेदन आठ वर्षदेखि थन्किएको छ। त्यसमा टेकेर अगाडि बढ्न सकेको भए धेरै समस्या समाधानको बाटो खुल्न सक्थ्यो।

भारतीय विदेशसचिवले काठमाडौं उत्रिनुपूर्व नै इपिजी प्रतिवेदन पुरानो भइसकेको बताउनुभयो; यसले नेपाललाई फेरि शून्यबाट सुरु गर्नुपर्ने अवस्थामा पु¥याउँदैन?

इपिजी कुनै एक पक्षले बनाएको समूह होइन। दुवै देशका सहमतिमा दुवैतर्फका विज्ञ राखेर गठन गरिएको हो। त्यसले सुझाव दिएको हो, त्यसलाई हुबहु लागू गर्नुपर्छ भन्ने पनि छैन। प्रतिवेदनमा के सुझाव आएका छन्, कुन विषयमा सहमति हुन सक्छ, कुनमा हुन सक्दैन भन्ने छलफल त हुनुपर्‍यो नि। पुरानो भयो भने कुन कुरा पुरानो भयो, किन पुरानो भयो भन्ने स्पष्ट हुनुपर्छ। प्रतिवेदन नै सार्वजनिक वा छलफलमा नल्याई बाकसमा थुनेर राख्नुको औचित्य छैन। त्यसैले भारतीय विदेशसचिवको अभिव्यक्तिलाई पनि असन्तुष्टिको संकेतका रूपमा बुझ्न सकिन्छ।

हाम्रा नेताहरूले पनि यस विषयमा पर्याप्त पहल गर्न सकेनन्, तर अहिलेको नयाँ सरकारलाई एकैपटक सबै पुराना समस्या समाधान गर्ने भारी बोकाउनु पनि उचित हुँदैन। नयाँ नेतृत्वले सिक्न र सम्बन्ध बुझ्न समय पाउनुपर्छ। अहिलेका लागि कम्तीमा संवादको वातावरण बनेको छ। त्यसलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नुपर्छ।

नेपाल–भारत सम्बन्धमा पटकपटक उच्चस्तरीय भ्रमण हुन्छन्; भ्रमणका बेला उत्साह र सद्भाव देखिन्छ तर पछि सहमति कार्यान्वयन हुँदैनन्; यस्तो अवस्था किन दोहोरिन्छ?

विगतदेखि नै त्यस्तै हुँदै आएको छ। त्यसैले अब नयाँ सुरुवात गर्नुपर्छ भनेको हुँ। सन् १९५० को सन्धि, सीमा समस्या, व्यापारिक असन्तुलन र अहिले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका विपत्तिसम्मका विषयलाई द्विपक्षीय रूपमा सम्बोधन गर्नुपर्छ। त्यसका लागि उच्च तहमा राम्रो गृहकार्य आवश्यक छ। बाहिर गालीगलौज गरेर केही प्राप्त हुँदैन। वार्ता टेबलमा भने आफ्नो राष्ट्रिय हितका विषयमा स्पष्ट र दृढ हुनुपर्छ। कूटनीति भनेको बाहिर झगडा देखाउनु होइन, टेबलमा बसेर आफ्नो हितमा प्रभावकारी संवाद गर्नु हो।

अर्को परराष्ट्र नीति देशको हुन्छ र हुनुपर्छ; कुनै पार्टी वा व्यक्तिको हुँदैन। हामी सरकारमा आउँछौं र जान्छौं तर राज्य निरन्तर रहन्छ। त्यसैले एउटा सरकारले बनाएको राम्रा नीतिलाई अर्को सरकारले पनि निरन्तरता दिनुपर्छ। प्रत्येक पार्टी र नेताले आफ्नो योगदानको डम्फु बजाउने प्रवृत्ति छाड्नुपर्छ।

तपाईं आफैं प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जानुभयो र बिप्पा सम्झौता गर्नुभयो; आफ्नै पार्टीभित्र त्यसको विरोध मात्र भएन विमानस्थलमा उत्रिँदा कालो झन्डासमेत देखाइयो; के नेपालको कूटनीतिमा आन्तरिक राजनीतिक असहमतिले पनि समस्या सिर्जना गरेको छ होइन?

त्यसबाट हामीले सिक्नुपर्छ। गल्ती दोहोर्‍याइराख्नु हुँदैन। बिप्पा सम्झौता लागु भएको भए नेपालमा बाह्य लगानी आउन सक्थ्यो, उद्योगधन्दा खुल्न सक्थे, रोजगारी सिर्जना हुन्थ्यो र व्यापार घाटा कम गर्न पनि सहयोग पुग्थ्यो। तर त्यसमा हामी सफल हुन सकेनौं। त्यसको घाटा देशले बेहोर्नुप¥यो।

कूटनीतिक विषयमा असहमति राख्न पाइन्छ, तर त्यसको ठाउँ संसद्, संसदीय समिति र दलहरूबिचको छलफल हुनुपर्छ। कुनै विषयमा चित्त बुझेन भन्दैमा देशको हितमा भएको सहमतिलाई असफल बनाउने वा खुट्टा तान्ने काम गर्नु हुँदैन।

राष्ट्रिय हितका विषयमा सर्वदलीय समझदारी आवश्यक छ। सरकारमा जो आए पनि राष्ट्रिय सहमतिबाट बनेको परराष्ट्र नीति कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ। म अहिले पनि नागरिकको तहबाट यस्ता साझा राष्ट्रिय मुद्दामा सहमति निर्माण गर्न योगदान गर्नुपर्छ भन्ने पक्षमा छु।

अहिलेको भ्रमणका क्रममा सन् १९५० को सन्धि र सीमा विवादजस्ता विषय थाती राखेर आर्थिक सहयोगका अरू सम्झौता गर्नुको अर्थ रहन्छ?

त्यसको पनि अर्थ हुन्छ। ज्वरो आएका बेला सिटामोल खाँदा केही कम हुन्छ। पानीपट्टी गर्दा राहत मिल्छ। अहिले भएका केही समझदारीलाई त्यसरी बुझ्न सकिन्छ, तर शरीरभित्रको रोग निको पार्न छुट्टै उपचार गर्नुपर्छ। त्यस्तै नेपाल–भारत सम्बन्धका आधारभूत समस्या समाधान गर्न समग्र उपचार आवश्यक छ। इपिजीमार्फत समग्र विषयलाई सम्बोधन गर्नुपर्दछ। सन्धि, सीमा, व्यापार, पारवहन, हवाई रुट, जलस्रोत र हिमाली पर्यावरणका विषयलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्छ।

तर तत्कालै दुवै देशलाई फाइदा पुग्ने विषयमा पनि काम गर्न सकिन्छ। सडक, रेल र डिजिटल कनेक्टिभिटी विस्तार गर्न सकिन्छ। पोखरा र भैरहवा विमानस्थलका लागि आवश्यक हवाई रुटको विषय समाधान गर्न सकिन्छ। जलविद्युत् आयोजनाहरू अगाडि बढाउन र नेपालको बिजुली निर्यातमा देखिएका अवरोध हटाउन सकिन्छ। यस्ता काम कार्यान्वयन भए विश्वासको वातावरण अझ बलियो हुन्छ।

दुई देश त्यही बाटोमा अघि बढेका हुन्?

भ्रमणले नयाँ र विश्वासको वातावरण बनेको छ। त्यसका आधारमा अघि बढ्नुपर्छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयन गर्न अब सरकारले के गर्नुपर्छ?

हामीसँग व्यापार, जलस्रोत र अन्य विषयमा विभिन्न संयन्त्र छन्। ती संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ। परराष्ट्र सचिव र भारतीय राजदूत तहबाट पनि सहमतिहरूको समीक्षा गर्ने व्यवस्था गर्न सकिन्छ। घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।

नेपालको तर्फबाट कुन मन्त्रालयले के काम गर्ने, कुन सहमति कहिलेसम्म कार्यान्वयन गर्ने भन्ने स्पष्ट कार्ययोजना हुनुपर्छ। समयसीमा तोकेर नियमित अनुगमन गर्नुपर्छ। सम्झौता र समझदारीको उपलब्धि भाषणमा होइन, जनताले अनुभव गर्ने परिणाममा देखिनुपर्छ।

भारतसँगको सम्बन्ध मात्र होइन, चीनसँगको सम्बन्ध र समग्र भूराजनीतिक सन्तुलनमा पनि नेपाल कमजोर हुँदै गएको विश्लेषण गर्न थालिएको छ, त्यस्तै हो?

नेपाल अहिले पनि जटिल भूराजनीतिक अवस्थामा छ। दुई ठुला देशको बिचमा हुनु चुनौती मात्र होइन, ठुलो अवसर पनि हो। चीन विश्वको पहिलो अर्थतन्त्र बन्नेतर्फ अगाडि बढिरहेको छ भने भारत पनि तेस्रो ठुलो अर्थतन्त्र बन्ने दिशामा छ। यी दुई विशाल बजारबिच नेपाल हुनु आर्थिक विकासका दृष्टिले ठुलो सम्भावना हो।

मैले पहिले पनि भनेको छु– नेपाल दुई ढुंगाबिचको तरुल मात्र होइन, दुई समुद्रलाई जोड्ने सेतु बन्न सक्छ र बन्नुपर्दछ। दुवैतर्फको पुँजी, प्रविधि र बजारसँग जोडिएर नेपालले उत्पादन बढाउन र वस्तु निर्यात गर्न सक्छ। त्यसका लागि हामीले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ।

कुनै एकतर्फ ढल्किएर अर्को छिमेकीलाई चिढ्याउने नीति उपयुक्त हुँदैन। नेपालको इतिहासले पनि दुवै देशसँग सन्तुलित सम्बन्ध राखेरै आफ्नो स्वाधीनता जोगाउँदै आएको देखाउँछ।

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभएको छ, अब राम्रो तयारी गरी चीन भ्रमण गर्नुपर्छ। चीनसँगको सम्बन्धलाई पुरानो दृष्टिकोणबाट मात्र हेर्नु हुँदैन। बदलिएको विश्व परिस्थितिअनुसार दुवै देशसँग आर्थिक साझेदारी विस्तार गर्नुपर्छ।

सरकार बनेको आठ महिना भएको छ; सुरुमा तपाईं निकै आशावादी देखिनुहुन्थ्यो; अहिले सरकारको कामलाई कसरी मूल्यांकन गर्नुभएको छ?

उहाँहरू अकस्मात् सरकारमा आउनुभएकाले अझै सिक्दै हुनुहुन्छ भन्ने लाग्छ। हामीले लामो राजनीतिक यात्राका क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यका अंग र प्रशासनिक प्रणाली बुझ्न समय लगाएका थियौं। उहाँहरू त नेतृत्वमा आउनुभएको हो।

प्रधानमन्त्रीका रूपमा उहाँसँग दुई वर्ष मेयर चलाएको अनुभवबाहेक त्यति लामो प्रशासनिक अनुभव छैन। अरू साथीहरूको पनि त्यस्तो अनुभव छैन। त्यसैले सुरुवातमा अलमल हुनु स्वाभाविक हो, तर अब आठ महिना हुन लागिसक्यो। सिक्न पर्याप्त समय भइसकेको छ। जनताले सुशासन र समृद्धि चाहेका छन्।

सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक चुस्तताका केही प्रयास देखिएका छन्, तर विधि मिचिएको भन्ने प्रश्न पनि छन्। मुख्य कुरा आर्थिक विकास र रोजगारी सिर्जना हो। त्यसमा सरकारले अपेक्षित काम गर्न सकेको देखिँदैन। त्यसैले सरकार अब परिणाम दिने काममा केन्द्रित हुनुपर्छ।

प्रधानमन्त्रीले काम गर्ने क्रममा विधि र प्रक्रिया मिचेको, संसद्लाई बेवास्ता गरेको र आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारीजस्तो ठानेर काम गरेको आरोप छ; तपाईंलाई त्यस्तो लाग्दैन?  

मैले उहाँलाई यस विषयमा खुलेर सुझाव दिइरहेको छु। म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रणालीको पक्षधर हुँ। प्रधानमन्त्री पनि त्यसतर्फ जान चाहनुहुन्छ भन्ने बुझ्छु तर अहिले हामीले चाहेर मात्र हुँदैन। संविधानले संसद्बाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरेको छ। त्यसैले प्रधानमन्त्री संसद्प्रति जिम्मेवार हुनुपर्छ। संसद्मा जाने, सांसदका कुरा सुन्ने काम गर्नुपर्छ।

बहुदलीय लोकतन्त्रमा पक्ष र प्रतिपक्ष हुन्छन् तर शत्रु हुँदैनन्। प्रतिपक्षलाई दुस्मन ठान्ने वा संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित होइन। विगतमा जस्तो धेरै भाषण गर्ने, भेटघाट र गफमा समय बिताउने अनि काम नगर्ने प्रवृत्ति पनि दोहोरिनु हुँदैन। प्रधानमन्त्रीले काममा ध्यान दिन खोज्नुभएको छ भने त्यो सकारात्मक हो। काम र विधि दुवैलाई सन्तुलित बनाउनुपर्छ।

भारत भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञसँग पर्याप्त परामर्श नगरेको तथा राष्ट्रपतिलाई समेत जानकारी नदिएको विषयमा पनि प्रश्न उठेको छ; यो उचित हो?

भ्रमणअघि परामर्श गर्ने विषयलाई अनावश्यक कर्मकाण्ड बनाउनु हुँदैन। प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि कर्मचारीतन्त्रले धेरै तयारी गरेको हुन्छ। वार्तामा के विषय उठाउने, के सहमति गर्ने र के नगर्ने भन्ने गृहकार्य पहिल्यै भइसकेको हुन्छ। अन्तिम दिन बोलाएर सुझाव लिनुको खास अर्थ हुँदैन।

यदि सल्लाह लिनु छ भने १०/१५ दिन वा महिनादिनअघि लिनुपर्छ। म प्रधानमन्त्री भएका बेला त्यही प्रक्रिया अपनाएको थिएँ। बिप्पा सम्झौताअघि पार्टीभित्र सहमति बनाएको थिएँ। भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगको भेटमा उहाँले पनि नेपालले चाहेको विषयमा सहमति गर्न तयार रहेको बताउनुभएको थियो। त्यसैले महत्वपूर्ण विषय भ्रमणको अन्तिम क्षणमा मात्र तय हुँदैनन्। तर राष्ट्रपति देशको अभिभावकीय संस्था हो। उहाँलाई सम्मान र शिष्टाचारका दृष्टिले भ्रमणबारे जानकारी गराउनु उचित हुन्छ। यसमा प्रधानमन्त्रीको ध्यान जानुपर्छ।

अहिलेसम्मको कामका आधारमा सरकारलाई सयमा कति नम्बर दिनुहुन्छ?

पहिले पनि ६० नम्बर दिएको हुँ। अहिले पनि त्यति दिन्छु। उहाँहरू सिक्दै हुनुहुन्छ। अब सिकाइबाट परिणामतर्फ जानुपर्छ।

सरकारलाई पाँच वर्ष काम गर्न दिनुपर्छ भन्नुभएको छ, तर सत्तारूढ दलभित्रै विवाद र नेतृत्वबिच दूरी बढेको देखिन्छ; यस्तो अवस्थामा सरकारको स्थायित्व कसरी सुनिश्चित हुन्छ?

बहुदलीय लोकतन्त्रमा दलका नेता र सांसदले आफ्ना प्रधानमन्त्रीले राम्रो काम नगरे प्रश्न उठाउन पाउँछन्, त्यसलाई अन्यथा लिनु हुँदैन। मैले रवि र बालेनजीहरूलाई भेट्दा पनि आपसी संवाद र समझदारी कायम राख्न सुझाव दिएको छु। सरकार चलाउने जिम्मेवारी पाएका शक्तिबिच निरन्तर संवाद हुनुपर्छ। संविधान बनेपछिका पछिल्ला दस वर्षमा सरकार बनाउने र गिराउने खेल धेरै भए। प्रदेशमा पनि त्यही प्रवृत्ति छ।

जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् भने सरकारलाई काम गर्न दिनुपर्छ। सत्तारूढ दलका नेताहरूले पनि आपसी विवाद व्यवस्थापन गरेर स्थिरता कायम गर्नुपर्छ।

नयाँ सरकारप्रति जनताको अपेक्षा ठुलो छ, तर अर्थतन्त्रमा सुधार र रोजगारी सिर्जना नभए फेरि असन्तुष्टि बढ्ने खतरा छ?

त्यसमा मलाई चिन्ता छ। नेपालको अर्थतन्त्रको विकास गति सुस्त छ। सन् १९६०/७० को दशकमा भारत र चीनको प्रतिव्यक्ति आम्दानीसँग नेपालको अवस्था धेरै फरक थिएन। अहिले चीनको अर्थतन्त्र हाम्रोभन्दा दस गुणा बढिसकेको छ। भारत पनि धेरै अगाडि पुगेको छ।

पछिल्ला पचास–साठी वर्षमा नेपालले एक वर्ष पनि दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न सकेको छैन तर भारत र चीन तीव्र आर्थिक वृद्धि हासिल गर्न सफल भए। नेपालले पनि तीव्र आर्थिक विकासको बाटो समात्नुपर्छ। कृषि क्षेत्रमा अल्झिएको जनशक्तिलाई उद्योग, सेवा र सूचना प्रविधिका क्षेत्रमा स्थानान्तरण गर्नुपर्छ। उत्पादन बढाउनुपर्छ, रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि सुविचारित योजना, समयसीमा र कार्यान्वयन क्षमता आवश्यक हुन्छ।

चुनावका बेला ठुला कुरा गर्ने र सत्तामा पुगेपछि काम नगर्ने प्रवृत्ति दोहोरिनु हुँदैन। आर्थिक विकासको प्रश्नलाई केन्द्रमा राख्न सकिएन भने देशमा आर्थिक संकट आउन सक्छ; युवा पलायन बढ्छ र असन्तुष्टि एवं विद्रोहको अवस्था आउन सक्छ।

त्यस्तो संकट रोक्न सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका हुँदैन?

सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। सरकारमा बस्नेको पहिलो जिम्मेवारी हुन्छ। प्रतिपक्षको दोस्रो जिम्मेवारी हुन्छ। नागरिक, सञ्चारमाध्यम र नागरिक समाजको तेस्रो जिम्मेवारी हुन्छ। हामी सरकारको राम्रो कामलाई राम्रो भन्नुपर्छ। आलोचना गर्नु लोकतन्त्रको महत्वपूर्ण पक्ष हो, तर आलोचना विनाशका लागि होइन, सुधारका लागि हुनुपर्छ। मिडियाले पनि उत्तेजक विषय मात्र खोज्ने र समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट बच्नुपर्छ। प्रतिपक्षले सरकार ढाल्ने अवसर मात्र खोज्नु हुँदैन। सत्तामा बस्नेले आफू सधैंका लागि शासक भएको ठान्नु हुँदैन। हामी सबै जिम्मेवार भए मात्र लोकतान्त्रिक प्रणाली बलियो हुन्छ।

तपाईंहरूको पुस्ताले लामो राजनीतिक संघर्ष गर्‍यो तर मुलुक भ्रष्टाचार, अनियमितता, बेरोजगारी र सुशासनको संकटमा पनि यही अवधिमा फस्यो। तपाईंहरूको पुस्ता कहाँ चुक्यो?

मैले नेपालको इतिहासलाई तीनवटा कालखण्डमा हेर्ने गरेको छु। पहिलो, पृथ्वीनारायण शाहदेखि सुगौली सन्धिसम्मको राज्य र भूगोल निर्माणको चरण हो। दोस्रो लखन थापाको विद्रोहदेखि २००७ साल हुँदै २०७२ सालमा संविधान निर्माणसम्मको लोकतन्त्रीकरण र जनतालाई अधिकारसम्पन्न बनाउने चरण हो। तेस्रो चरण २०७२ सालपछि सुरु भएको सुशासन र समृद्धिको चरण हो।

हाम्रो पुस्ताको मुख्य जिम्मेवारी लोकतन्त्रीकरण थियो। बिपी कोइराला, पुष्पलाल हुँदै हाम्रो पुस्तासम्मका नेताहरूले त्यसका लागि संघर्ष गरे। हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशितासहितको संविधान निर्माण ग¥यौं। त्यसका लागि ठुलो त्याग र बलिदान भएको छ तर त्यसपछि विकास र समृद्धिको चरणमा पुराना राजनीतिक शक्तिहरूले अपेक्षित काम गर्न सकेनन्। त्यसैले मैले नयाँ र वैकल्पिक शक्तिको आवश्यकता देखेको हुँ। अहिले नयाँ पुस्ता नेतृत्वमा आएको छ। उनीहरूले हामीले निर्माण गरेको लोकतान्त्रिक आधारमा टेकेर अगाडि बढ्नुपर्छ।

तर राजनीतिक परिवर्तनसँगै भ्रष्टाचार र अनियमितता पनि बढ्यो अनि जेनजीले तपाईंहरूको पुस्ताको विकल्प खोज्यो होइन?

भ्रष्टाचार र अनियमितता रोक्नैपर्छ तर इतिहासलाई पनि हेर्नुपर्छ। राणाकालमा कानुनी शासन थिएन। शासकको मौखिक आदेशबाट मानिस मारिन्थे, जग्गा कब्जा गरिन्थ्यो। पञ्चायतकालमा पनि दरबारभित्रका विषयमा प्रश्न उठाउन पाइँदैनथ्यो। त्यतिबेला गाईकाण्ड, सुनकाण्ड, गलैंचाकाण्डलगायतका विषय चर्चामा हुन्थे। बहुदलीय व्यवस्थापछि पनि भ्रष्टाचारका घटना भए।

अहिले पनि भइरहेका छन्। यसलाई रोक्न बलिया र स्वतन्त्र संस्था निर्माण गर्नुपर्छ। कसैले गल्ती गरेको छ भने निष्पक्ष छानबिन गरेर कानुनअनुसार दण्डित गर्नुपर्छ। भ्रष्टाचार एकैपटक अन्त्य गर्छु भनेर भाषण गरेर मात्र हुँदैन। संस्थागत सुधार र निरन्तर कारबाहीबाट यसलाई न्यूनीकरण गर्दै अन्त्य गर्नुपर्छ।

तपाईं आफैं सरकारको नेतृत्वमा हुँदा सुशासन र राज्य सञ्चालनका विषयमा कमजोरी भएनन्? अहिले अरूलाई सुझाव दिँदा तपाईंहरूको पुस्ताले पनि आत्मसमीक्षा गर्नुपर्ने होइन?

संविधान जारी हुनुअघि मुख्य काम नै जनतालाई अधिकारसम्पन्न बनाउनु र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु थियो। जग नहाली घर बनाउन सकिँदैन। हामीले त्यो जग निर्माण गर्‍यौं। संविधान निर्माण भएपछिका दस वर्षदेखि नै विकास र समृद्धिको चरण सुरु भएको हो। त्यस अर्थमा मैले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छु। तर ममाथि कुनै भ्रष्टाचार वा अनियमितताको आरोप छ भने छानबिन गर्नुस्, कानुनअनुसार कारबाही गर्नुस् भन्दै आएको छु। कसैले गल्ती गरेको छ भने उसलाई दण्डित गर्नुपर्छ। अब विगतका कमजोरीबाट पाठ सिकेर नयाँ पुस्ताले सुशासन र समृद्धिमा ध्यान दिनुपर्छ।

तपाईं अर्थशास्त्रको जानकार हुनुहुन्छ; नेपालको आर्थिक रूपान्तरणका लागि सरकारले के गर्नुपर्छ?

नेपालको आर्थिक विकास टुक्रे योजनाले हुँदैन। समग्र आर्थिक रूपान्तरणको योजना चाहिन्छ। पाँच, दस र बीस वर्षको स्पष्ट योजना बनाएर कार्यान्वयन गर्नुपर्छ। साथसाथै नीतिगत निरन्तरता, बलियो संस्थागत संरचना र कार्यान्वयन क्षमता आवश्यक हुन्छ। प्रधानमन्त्रीजीलाई पनि यही सुझाव दिएको छु।

प्रधानमन्त्रीमातहत बलियो प्राधिकरण बनाएर समग्र योजना कार्यान्वयन गर्न सकिन्छ। यस्तो प्रस्ताव गर्दा कतिपयले बाबुराम आफैं नेतृत्व गर्न खोजेको भने। मुख्य कुरा देशले स्पष्ट आर्थिक दिशा पाउनुपर्छ। कृषि, उद्योग, सेवा र सूचना प्रविधिलाई जोडेर उत्पादन बढाउनुपर्छ; रोजगारी सिर्जना गर्नुपर्छ र युवालाई देशभित्रै अवसर दिनुपर्छ।

भोटेकोसी बाढी र त्यसपछिका विपत्तिले जलवायु परिवर्तनको जोखिम उजागर गरेको छ; कोप सम्मेलनबाट पनि नेपालले अपेक्षित परिणाम पाउन सकेन; यसलाई कसरी हेर्नुहुन्छ?

हिमनदी पग्लिनु र तापक्रम वृद्धि हुनुको असर भोटेकोसीमा देख्यौं। त्यसपछि बुढीगण्डकीमा पनि देखियो। यो नेपालको मात्र नभएर विश्वव्यापी संकट हो। हिमाली क्षेत्रलाई तेस्रो ध्रुुव पनि भनिन्छ। उत्तर र दक्षिण ध्रुुवपछिको हिउँ भण्डार यही क्षेत्रमा छ। यहाँका हिमनदी पग्लिँदा त्यसको असर नेपालका साथै अर्बौं मानिसको जीविकामा पर्छ तर विकसित देशहरूले कार्बन उत्सर्जन घटाउने र पर्यावरण संरक्षण गर्ने दिशामा पर्याप्त प्रतिबद्धता देखाएका छैनन्; जुन दुःखद् हो। त्यसैले पनि हामीले जलवायु न्याय र क्षतिपूर्तिको मागलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइरहनुपर्छ र अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

जलवायुजन्य विपत्तिबाट प्रभावित देशका लागि बनाइने कोषमा पर्याप्त रकम जम्मा गराउन दबाब दिनुपर्छ। त्यसबाट नेपालजस्ता देशले क्षतिपूर्ति र पुनर्निर्माणका लागि स्रोत प्राप्त गर्नुपर्छ। हाम्रो आवाजले मात्र कोपमा सबै कुरा बदल्न सक्दैन, तर अन्तर्राष्ट्रिय जनमत निर्माण गर्न सकिन्छ। हिमाली क्षेत्रको संकट विश्वव्यापी हो भन्ने मान्यता स्थापित गर्न सकिन्छ। त्यसका लागि नेपालले निरन्तर पहल गर्नुपर्छ।

हामीले देशभित्र गर्नुपर्ने काम पनि गरिहेका छैनौं। भोटेकोसी प्रभावितको अवस्था तीन महिना हुँदा पनि दयनिय छ भन्ने लागेको छैन?

सरकारले सुरुवाती राहत र उद्धार कार्य गरेको हो, तर त्यसपछिको पुनस्र्थापना र दीर्घकालीन व्यवस्थापनमा ढिलाइ भएको छ। विस्थापित नागरिकलाई समयमै सुरक्षित बासस्थान र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने थियो, जुन अपेक्षित गतिमा बढ्न सकेको छैन।

भारत भ्रमणमा केही स्रोत जुटाउने प्रतिबद्धता भएको भनिएको छ, तर त्यो कहिले आउला? त्यसैले बाह्य सहयोगको प्रतीक्षा गरेर मात्र हुँदैन। राज्यले आफ्नै स्रोत पनि परिचालन गरेर प्रभावित नागरिकको पुनस्र्थापना तत्काल गर्नुपर्छ। विपत्तिमा परेका नागरिकको जीवन सामान्य बनाउनु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ।

जिम्मेवारी पूरा गरें त भन्नुभयो तर विस्तृत शान्तिसम्झौता भएको दुई दशक पुग्यो; द्वन्द्वपीडित, बेपत्ता परिवार, घाइते र सहिद परिवारले अझै न्याय पाएका छैनन्; यसको जिम्मेवारी कसले लिने?

नेपालको लोकतन्त्रीकरण एकैपटक पूरा भएको होइन। २००७ सालदेखि नै लोकतन्त्रका लागि संघर्ष भए। त्यसपछि राजाले अधिकार खोसे, फेरि संघर्ष भए। अन्ततः लोकतन्त्र भनेको टाठाबाठाका लागि मात्र होइन, महिला, दलित, जनजाति, मधेसी, थारूलगायत सबै समुदायका लागि हुनुपर्छ भन्ने मान्यतासहित आन्दोलन अघि बढ्यो।

त्यही क्रममा जनयुद्ध भयो र शान्ति प्रक्रियामार्फत संविधान निर्माण तथा सेना समायोजनजस्ता काम सम्पन्न भए, तर द्वन्द्वकालमा भएका घटनाको निष्पक्ष छानबिन, मानवअधिकार उल्लंघनका घटनाको सम्बोधन र पीडितलाई न्याय दिने काम पूरा हुन सकेन। त्यसका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरियो, तर विभिन्न कारणले तिनले आफ्नो काम पूरा गर्न सकेनन्।

किन?

सरकार फेरिइरह्यो। त्यसलाई कारण देखाएर यो काम थाती राख्न मिल्दैन। अन्तरिम संविधानदेखि अहिलेको संविधानसम्म शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्छ। यो कुनै पार्टीको मात्र दायित्व होइन, राज्यकै संवैधानिक दायित्व हो। यो सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित विषय सम्बोधन गर्न अध्यादेश ल्याएको भन्ने सुनेको छु। त्यो आफ्नो ठाउँमा छ, तर शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गर्नुपर्छ। द्वन्द्वपीडितले न्याय पाउनुपर्छ।

यी विषयमा सरकार वा अन्य दलका नेतासँग कुरा गर्नुभएको छ?

संविधान दिवसका दिन राष्ट्रपति कार्यालयमा विभिन्न दलका नेताहरूको भेट भएको थियो। त्यहाँ रविजी, प्रचण्डजी, गगनजीसहितका नेताहरू उपस्थित हुनुहुन्थ्यो। मैले सबैका अगाडि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेको थिएँ। उहाँहरूले गर्नुपर्छ भन्नुभयो। तर यो विषय ओझेलमा परेजस्तो लाग्छ।

आफू नेतृत्वमा हुँदा नगर्ने अहिले जिम्मेवारीबाट उम्किन मिल्छ?

म उम्किन खोजेको होइन। मेरो नेतृत्वको सरकार १६ वटा दलको समर्थनमा बनेको थियो। संविधान निर्माण र सेना समायोजनको काम पूरा गर्नुपर्ने थियो, जुन सम्पन्न गर्‍यौं। सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन विधेयक पनि अघि बढाएँ। त्यसैले म शान्ति प्रक्रियाका बाँकी कामप्रति प्रतिबद्ध थिइनँ भन्ने होइन, तर ती काम पूरा हुन सकेनन्। अब तिनलाई पूरा गर्नु सबैको जिम्मेवारी हो।

संविधान जारी भएलगत्तै नयाँ शक्ति र वैकल्पिक राजनीतिक अवधारणा अघि सार्नुभयो, तर त्यसलाई संस्थागत गर्नु सक्नुभएन नि?

कुनै एउटै पार्टी वा संगठनमा सीमित हुनुपर्छ भन्ने छैन। युग परिवर्तन भइसकेको छ। पुराना पार्टी संरचना र विचारले नयाँ समस्यालाई सम्बोधन गर्न सक्दैन। यसका लागि नयाँ विचार र नयाँ राजनीतिक शक्ति आवश्यक छ भनेर अभियान सुरु गरेको हुँ। त्यही क्रममा विभिन्न शक्ति र राजनीतिक समूह बने।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो वैकल्पिक शक्तिका रूपमा अगाडि आएको छ। अरू नयाँ शक्ति पनि छन्। बहुदलीय व्यवस्थामा विभिन्न धार र समूह हुन्छन्। यी सबै नयाँ राजनीतिक विकल्पका सम्भावित हाँगा हुन्। म सबै नयाँ शक्तिप्रति सकारात्मक छु। उनीहरूले देशका अर्थराजनीतिक र भूराजनीतिक समस्यालाई गम्भीरतापूर्वक बुझेर समाधान गर्नुपर्छ; आत्मसन्तुष्ट भएर बस्नु हुँदैन।

अबको राजनीतिक सक्रियता कस्तो रहन्छ?

राजनीति भनेको सत्तामा पुग्ने मात्र होइन। एउटा सत्तामुखी राजनीति हुन्छ र अर्को रूपान्तरणकारी राजनीति हुन्छ। मैले झन्डै दस वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। दुई वर्षअघि संगठित पार्टी राजनीतिबाट जिम्मेवारीमुक्त भए पनि रूपान्तरण र परिवर्तनका लागि गरिने बहुआयामिक राजनीतिमा सक्रिय नै छु। राजनीतिमा विचार, नीति, सामाजिक अभियान र नागरिक तहको हस्तक्षेप पनि महत्वपूर्ण हुन्छ। सधैं कार्यकारी पदमा बसेर मात्र योगदान गर्नुपर्छ भन्ने छैन।

तपाईंका समकालीन नेताहरू पार्टी र सत्ता नेतृत्वमै हुनुहुन्छ; उहाँहरूलाई के सुझाव दिनुहुन्छ?  

उहाँहरू आफैंले समयको माग बुझ्नुपर्छ। उहाँहरूलाई सन्यास लिनुस् भन्न खोजेको होइन र मैले पनि सन्यास लिएको होइन। विचार दिएर, सल्लाह दिएर र नयाँ पुस्तालाई सहयोग गरेर पनि राजनीति गर्न सकिन्छ। सधैं कार्यकारी भूमिकामा बसिरहनु उपयुक्त हुँदैन। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानो पुस्ताले नयाँ पुस्तालाई सहयोग गर्ने र आवश्यक पर्दा मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्नुपर्छ।

तपाईंको राजनीतिक यात्रामा विभिन्न पद र जिम्मेवारीको चर्चा हुने गर्छ; भविष्यमा राष्ट्रपति बन्ने आकांक्षा छ?

यस्ता प्रश्न गर्दा मलाई दुःख लाग्छ। म गाउँको किसानको छोरो हुँ। आमासँग एक डाडु दूध मागेर पनि कहिल्यै खाइनँ। म पद र शक्तिको आकांक्षाले राजनीतिमा लागेको होइन। अहिले पनि त्यस्तो आकांक्षा छैन, भविष्यमा पनि राख्दिनँ।

अन्त्यमा, दस वर्षपछि नेपाल कस्तो बनेको हेर्न चाहनुहुन्छ?

म त नेपाल किन अल्पविकसित भयो र यसलाई कसरी विकसित बनाउन सकिन्छ भन्ने अभियानबाटै राजनीतिमा लागेको हुँ। लोकतन्त्र र जनतालाई अधिकारसम्पन्न बनाउने चरणसम्म हामी आइपुगेका छौं। अधिकारसम्पन्न नभई समृद्धि सम्भव हुँदैन। अब आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ। स्पष्ट दृष्टिकोण र योजनासहित अघि बढ्न सकियो भने १०/१५ वर्षमा नेपाललाई कम्तीमा मध्यम आय भएको मुलुकको स्तरमा पु¥याउन सकिन्छ। त्यसपछि २०/२५ वर्षमा समृद्ध नेपाल निर्माण गर्न सकिन्छ। त्यसका लागि दूरदृष्टिसहितको योजना बनाउनुपर्छ र इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस