उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै
२५ साउन २०८३
•
३ मिनेट पाठ
उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै
उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गतिविधि पुनः सुरु गरेको केही दिनपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। उत्तर कोरियाली सम्भावित खतराविरुद्ध सैन्य तयारी सुदृढ गर्न उनीहरूले अर्को साता वार्षिक अभ्यास सञ्चालन गर्न लागेका हुन्।




‘उल्ची फ्रिडम शिल्ड’ नाम दिइएको उक्त अभ्यास आगामी सोमबारदेखि ११ दिनसम्म सञ्चालन हुने दक्षिण कोरियाली सेनाले जनाएको छ। अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने र यसको स्वरूप विगतका वर्षहरूकै जस्तो रहने सेनाका प्रवक्ता जाङ डो–योङले बताए ।  

अमेरिकी सेनाका प्रवक्ता रायन डोनाल्डले हालैका द्वन्द्वबाट प्राप्त अनुभव तथा सम्भावित वास्तविक खतरालाई समेटेर अभ्यास सञ्चालन गरिने बताए। उनका अनुसार अभ्यासले संयुक्त तथा बहुक्षेत्रीय सैन्य कारबाहीमार्फत दक्षिण कोरिया–अमेरिका गठबन्धनको तयारी र क्षमतालाई सुदृढ गर्नेछ‍।

उत्तर कोरियाले रुस–युक्रेन युद्धमा आफ्ना सैनिक पठाएको प्रसङ्ग उल्लेख गर्दै डोनाल्डले ती सैनिकले युद्धबाट प्राप्त अनुभव उत्तर कोरिया फर्काएर ल्याएको उल्लेख गरे। त्यसबाट उत्तर कोरियाली सैन्य क्षमतामा परिवर्तन आएको र संयुक्त अभ्यासमा त्यसलाई समेत ध्यान दिइने उनको भनाइ छ।

‘उल्ची फ्रिडम शिल्ड’ दक्षिण कोरिया र अमेरिकी सेनाले वार्षिक रूपमा सञ्चालन गर्ने दुई प्रमुख संयुक्त सैन्य अभ्यासमध्ये एक हो। अर्को प्रमुख अभ्यास वसन्त ऋतुमा सञ्चालन गरिन्छ । अमेरिकी सेनाका अनुसार यस अभ्यासमा प्रत्यक्ष, भर्चुअल, कम्प्युटरमा आधारित तथा स्थलगत तालिम समावेश हुन्छ।  

उत्तर कोरियाले भने यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन। उसले दक्षिण कोरिया र अमेरिकाबीच हुने ठूला सैन्य अभ्यासलाई आफूविरुद्धको आक्रमणको तयारीका रूपमा लिँदै आएको छ। दक्षिण कोरिया र अमेरिकाले भने आफ्ना संयुक्त सैन्य अभ्यास रक्षात्मक प्रकृतिका भएको बताउँदै आएका छन्।

यसैबीच, दक्षिण कोरिया, अमेरिका र जापानले बिहीबार उत्तर कोरियाबाट छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएका थिए। जुनको अन्त्ययता उत्तर कोरियाले गरेको यो पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण भएको बताइएको छ। क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटको समुद्री क्षेत्रमा खसेको थियो।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएका छन्। दक्षिण कोरिया र जापानले उक्त प्रक्षेपणको निन्दा गर्दै यसलाई क्षेत्रीय शान्ति र सुरक्षाका लागि खतरा भएको बताएका छन्। अमेरिकी प्यासिफिक कमान्डले पनि अमेरिका आफ्ना मुलुक तथा क्षेत्रीय सहयोगी राष्ट्रको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको उच्चस्तरीय कूटनीतिक प्रयास असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिँदै आएको छ।

दक्षिण कोरिया, अमेरिका तथा अन्य देशहरूले उत्तर कोरियाले रुसलाई सैनिक तथा हतियार सहयोग गरेकोमा चिन्ता व्यक्त गर्दै आएका छन्। रुसबाट प्राप्त सम्भावित सैन्य प्रविधि र युक्रेन युद्धबाट प्राप्त अनुभवले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम थप सक्षम बन्न सक्ने विज्ञहरूको आकलन छ। -(रासस/एपी)
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
४६ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस