बेलायतलाई रुसको चेतावनी : युक्रेनलाई ड्रोन आपूर्ति गरेको मूल्य चुकाउपर्छ
०२ भदौ २०८३
•
४ मिनेट पाठ
बेलायतलाई रुसको चेतावनी : युक्रेनलाई ड्रोन आपूर्ति गरेको मूल्य चुकाउपर्छ
रुसले युक्रेनद्वारा आफ्ना सैन्य तथा औद्योगिक लक्ष्यहरूमा गरिएका ड्रोन आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतलाई यसको ‘परिणाम भोग्नुपर्ने’ चेतावनी दिएको छ।




बेलायतस्थित रुसी दूतावासले जारी गरेको विज्ञप्तिमा बेलायतले ‘जानाजानी युक्रेन संकटलाई थप चर्काउने बाटो रोजेको’ आरोप लगाउँदै भनेको छ, ‘द्वन्द्वमा बेलायतको संलग्नता जति गहिरो हुँदै जान्छ, उसले त्यति नै ठूलो मूल्य चुकाउनुपर्नेछ।’

युक्रेनले पछिल्ला दिनहरूमा मस्कोसहित रूसका विभिन्न क्षेत्रहरूमा ड्रोन आक्रमण तीव्र बनाएको छ।

ती आक्रमणहरूमा तेल प्रशोधन केन्द्र, इन्धन डिपो, रसद केन्द्र तथा प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका गोदामहरू लक्षित गरिएको बताइएको छ।

यसप्रति प्रतिक्रिया दिँदै बेलायती रक्षा मन्त्रालयका प्रवक्ताले बेलायत युक्रेनसँग ‘काँधमा काँध मिलाएर’ उभिएको स्पष्ट पारे।

उनले भने, ‘युक्रेन र बेलायत तथा हाम्रा सहयोगीहरूविरुद्ध भइरहेको रुसी आक्रमणको प्रतिरोधमा उभिने यो सरकारको दृढ संकल्पबारे रूसले कुनै शंका गर्नु हुँदैन।’

यसअघि पनि रुसले युक्रेनलाई बेलायतले ड्रोन प्रविधि तथा स्टर्म स्याडो क्रुज मिसाइल उपलब्ध गराएको विषयमा आलोचना गर्दै आएको थियो।

रुसी दूतावासले फेरि दोहोर्‍याउँदै भन्यो, ‘लन्डनका कार्यहरूले अनिवार्य रूपमा त्यस्ता परिणाम निम्त्याउनेछन् जसका लागि उसले जवाफ दिनुपर्नेछ।’ यद्यपि मस्कोले सम्भावित प्रतिक्रियाको स्वरूपबारे कुनै विवरण दिएको छैन। 

युद्धको पछिल्लो चरणमा युक्रेनी ड्रोन आक्रमणहरूले रूसको घरेलु इन्धन आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पारेको र रुसी अर्थतन्त्रलाई ठूलो धक्का दिएको बताइएको छ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि पूर्णस्तरीय आक्रमण सुरु गरेदेखि बेलायत युक्रेनका प्रमुख अन्तर्राष्ट्रिय समर्थकहरूमध्ये एक रहँदै आएको छ।

बेलायती रक्षा मन्त्रालयले ‘रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अवैध आक्रमणबाट आफूलाई जोगाउन युक्रेनलाई आवश्यक उपकरण उपलब्ध गराउन बेलायत प्रतिबद्ध रहेको’ जनाएको छ।

युक्रेनले पछिल्ला हप्ताहरूमा आफ्नै स्वदेशी ड्रोन तथा मिसाइल प्रविधिको प्रयोग पनि उल्लेखनीय रूपमा बढाएको छ। तीमध्ये ‘पी–६ फ्लेमिङ्गो’ क्रुज मिसाइल पनि समावेश रहेको बताइएको छ।

युक्रेनी सेनाले पछिल्ला दुई दिनमै मस्को क्षेत्रतर्फ सयौं ड्रोन प्रहार गरेको जनाएको छ। मस्को क्षेत्रका गभर्नर एन्ड्रे भोरोब्योभका अनुसार मंगलबार भएको आक्रमणमा १० वर्षीया एक बालिका घाइते भएकी छन् भने वाइल्डबेरीजको गोदाममा क्षति पुगेको छ।

यता युक्रेनमा रुसी आक्रमण निरन्तर जारी रहेको छ। पछिल्ला आक्रमणहरूमा कम्तीमा १७ जनाको मृत्यु भएको छ, जसमा उत्तर–पूर्वी युक्रेनको एक गाउँका १० जना नागरिक पनि समावेश छन्।

दुई बेलायती कम्पनीहरूले युक्रेनलाई आपूर्ति गरिएका ड्रोन उत्पादन गरेको पुष्टि भएको छ। हालैका आक्रमणहरूमा बेलायती ड्रोन प्रयोग गरिएको र जसबाट ३५ अर्ब पाउण्डभन्दा बढीको आर्थिक क्षति पुगेको दाबी गरिएको बीबीसीलाई एक सैन्य स्रोतले जनाएको छ।

रूसले फेब्रुअरी २०२२ मा पूर्णस्तरीय युद्ध सुरु गरेदेखि हालसम्म युक्रेनको करिब पाँचौं भाग भूभाग आफ्नो नियन्त्रणमा राखेको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सन् २०२४ मै बेलायती कम्पोनेन्ट र कन्फिगरेसन प्रयोग गरिएका ड्रोनहरू रूसको रोस्तोभ क्षेत्रको कामेन्स्की जिल्लास्थित इन्धन डिपोमाथिको आक्रमणमा प्रयोग भएको आरोप लगाएकी थिइन्।

रुसमा युक्रेनी आक्रमणको पछिल्लो लहरपछि मस्कोले बेलायतलाई चेतावनी दिएको छ।

रातभर भएका पछिल्ला आक्रमणहरूमा रुसी अधिकारीहरूका अनुसार मस्को वरपरको क्षेत्रमा करिब ६२० वटा ड्रोन प्रहार गरिएका थिए। रुसी वायु प्रतिरक्षा प्रणालीले १८० भन्दा बढी ड्रोन खसालेको दाबी गरेको छ। यद्यपि धेरै व्यक्ति घाइते भएको अधिकारीहरूले बताएका छन्।

वाइल्डबेरीज कम्पनीले जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण आफ्नो रसद परिसरमा ‘सानो क्षति’ पुगेको जनाएको छ।

रुसभित्र भएका यी आक्रमणहरू युक्रेनमाथि भइरहेको रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको निरन्तरताकै बीच भएका हुन्।

उत्तर–पूर्वी युक्रेनको पेचेनिही क्षेत्रमा भएको सबैभन्दा घातक आक्रमणमा दुईवटा क्षेप्यास्त्र प्रहार हुँदा निजी घरहरू, एउटा क्याफे र हुलाक कार्यालयमा क्षति पुगेको छ भने १० गाउँलेको मृत्यु भएको छ।

अन्य स्थानहरूमा सुमी क्षेत्रमा तीन, जापोरिझियामा दुई र खेरसनमा दुई जनाको मृत्यु भएको छ।

पूर्वी अग्रपंक्तिनजिकको इजियम क्षेत्रमा पाँच जना घाइते भएका छन् भने राजधानी किभमाथि रातारात पाँच पटक आक्रमण गरिएको छ।

शनिबार राति युक्रेनले रूसतर्फ करिब ८२२ ड्रोन प्रहार गरेको थियो। तीमध्ये करिब ६०० ड्रोन मस्कोलाई लक्षित गरिएको मस्को क्षेत्रका गभर्नरले बताएका छन्।

उनले यसलाई ‘हालको स्मृतिमा मस्कोमाथिको सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक’ भनेका छन्। उक्त आक्रमणमा रूसभर सात जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।

सोही रात युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको थियो भने ३९ भन्दा बढी व्यक्ति घाइते भएका थिए।

अप्रिलमा बेलायती रक्षा मन्त्रालयले युक्रेनलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहायता प्याकेजअन्तर्गत लामो दूरीसम्म प्रहार गर्न सक्ने प्रणालीसहित दशौं हजार ड्रोन आपूर्ति गर्ने घोषणा गरेको थियो।
अर्को समाचार
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
३१ मिनेट अघि
•
१ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
लिमा। पेरुको दक्षिणपूर्वी क्षेत्रमा सैन्य कर्मचारी बोकेको वायु सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा आठ जनाको मृत्यु भएको छ भने पाइलट गम्भीर घाइते भएका छन्। पेरुको रक्षा मन्त्रालयले शुक्रबार दुर्घटनाबारे जानकारी दिँदै हेलिकप्टर कोका उत्पादन हुने दुर्गम नदी उपत्यकामा दुर्घटनाग्रस्त भएको जनाएको छ।




अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा खोजी तथा उद्धार टोलीले दुर्घटनाग्रस्त हेलिकप्टर र त्यसमा सवार नौ जना सैन्य कर्मचारी फेला पारेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'पाइलट तथा दुर्घटनामा बाँच्न सफल एकमात्र व्यक्ति एन्जो एस्पिनोजा रोकलाई थप उपचारका लागि लिमा लगिएको छ।'

पेरुको सबैभन्दा ठूलो कोका उत्पादन क्षेत्र मानिने भाले देल रियो अपुरिमेक, एने इ मन्तारो (भ्राएम) उपत्यका लागुऔषध तस्करी र साइनिङ पाथ गुरिल्ला समूहका अवशेषहरूको उपस्थितिका कारण दशकौँदेखि सैन्यकरण गरिएको क्षेत्र हो।

अयाकुचो क्षेत्रमा पर्ने दुर्गम समुदाय सानाबाम्बामा तीन जना सैनिकको उद्धार गरेपछि बिहीबार राति उक्त हेलिकप्टर बेपत्ता भएको बताइएको थियो। ती सैनिकलाई किन उद्धार गर्नुपरेको थियो भन्नेबारे अधिकारीहरूले कुनै विवरण दिएका छैनन्। दुर्घटनामा मृत्यु हुनेमा ती सैनिक पनि परेको जनाइएको छ।

यसअघि फेब्रुअरीमा दक्षिणी पेरुमा अर्को एमआई–१७ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको थियो।

संयुक्त राष्ट्रसङ्घका अनुसार पेरु कोकाको पात र कोकेन उत्पादन गर्ने विश्वका प्रमुख मुलुकमध्ये एक हो। एएफपी
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस