भारतका प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले गान्धीसहित कांग्रेस नेतृ प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई नियन्त्रणमा लिएको हो।
कांग्रेस सांसदहरूको नेतृत्व गर्दै लोकसभाका प्रतिपक्ष नेता गान्धी मंगलबार दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीको निवास रहेको लोक कल्याण मार्ग पुगेका थिए। उनीहरूले शिक्षामन्त्री प्रधानको राजीनामा र प्रधानमन्त्री मोदीले समेत यस विषयमा जवाफ दिनुपर्ने माग गर्दै धर्ना दिएका थिए।
प्रहरीले प्रदर्शनलाई अनुमति नभएको भन्दै नेताहरूलाई हटाउने प्रयास गरेको थियो। तर उनीहरू धर्नामा बसेपछि नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनापछि लोक कल्याण मार्ग क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
यसअघि प्रधानमन्त्री निवास नजिकै धर्नामा बसेका राहुल गान्धी तथा अन्य कांग्रेस नेतासँग भेट गर्न केन्द्रीय मन्त्री जितेन्द्र सिंह पुगेका थिए। भेटपछि उनले सामाजिक सञ्जालमार्फत राहुल गान्धीले आफ्ना प्रतिबद्धताबाट पछि हटेको आरोप लगाएका छन्।
कांग्रेसले भने शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै आन्दोलन जारी राख्ने जनाएको छ। पार्टीले प्रधानमन्त्री मोदी स्वयं प्रदर्शनस्थलमा आएर जवाफ दिनुपर्ने मागसमेत गरेको छ।
यसअघि भारतीय जनता पार्टीसँग सम्बन्धित विषयलाई लिएर कांग्रेसलगायत विपक्षी दलहरूले जन्तर–मन्तरमा विरोध प्रदर्शन गर्दै आएका थिए। पछिल्लो प्रदर्शनका क्रममा प्रधानमन्त्री निवास क्षेत्रमै विपक्षी नेताहरू पक्राउ परेपछि राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ।