भारतीय मूलधारका सञ्चारमाध्यम ‘ल्यापडग मिडिया’ !
२१ साउन २०८३
•
३ मिनेट पाठ
भारतीय मूलधारका सञ्चारमाध्यम ‘ल्यापडग मिडिया’ !
भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले मूलधारका टेलिभिजन सञ्चारमाध्यमप्रति बढ्दो अविश्वासलाई सतहमा ल्याएको छ।




प्रदर्शनस्थलमा समाचारकर्मीमाथि भएका दुर्व्यवहारका घटनाले सरकारसँग निकट रहेको आरोप खेपिरहेका परम्परागत सञ्चारमाध्यम र स्वतन्त्र डिजिटल माध्यमबीचको बढ्दो दूरीलाई पनि उजागर गरेको छ।

‘कक्रोच जनता पार्टी’आन्दोलनको नेतृत्वमा देशभर आयोजित प्रदर्शनमा सहभागीहरूले केही टेलिभिजन च्यानललाई ‘भारतको सबैभन्दा खराब शत्रु’ भन्दै विरोध जनाएका थिए।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग निकट रहेको आरोप लगाउँदै मुख्यधारका सञ्चारमाध्यमलाई ‘ल्यापडग मिडिया’ को संज्ञा दिएका थिए।

नयाँदिल्लीको जन्तरमन्तर प्रदर्शनस्थलमा सहभागी अधिकांश युवाले आफूहरू समाचारका लागि सामाजिक सञ्जाल र स्वतन्त्र डिजिटल प्लेटफर्ममा बढी निर्भर हुने बताएका छन्।

२८ वर्षीय सफ्टवेयर व्यवसायी सुखजित नरुलाले परम्परागत समाचार च्यानलहरूले हरेक आन्दोलनलाई राष्ट्रविरोधी गतिविधिका रूपमा चित्रण गर्ने गरेको भन्दै त्यस्ता माध्यमप्रति निराशा बढेको बताए।

प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकार प्रत्यक्ष आक्रमणको समेत सिकार बने। अङ्ग्रेजी समाचार च्यानल टाइम्स नाउका पत्रकार देव कोटकमाथि नयाँदिल्लीमा प्रदर्शनकारीहरूले पानी छ्यापेपछि कुटपिटसमेत गरेका थिए।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा उनी सुरक्षाकर्मीको संरक्षणमा घटनास्थलबाट भाग्दै गरेको देखिन्छ। उनका अन्य तीन सहकर्मीमाथि पनि दुर्व्यवहार भएको जनाइएको छ।

एएफपीले प्रमाणीकरण गरेको अर्को भिडियोमा मुम्बईमा प्रत्यक्ष प्रसारण गरिरहेका जी टिभीका पत्रकारलाई प्रदर्शनकारीहरूले घेरेको देखिएको छ भने पटनामा पनि एक पत्रकारलाई भीडले पछ्याएको दृश्य सार्वजनिक भएको छ।

टाइम्स नेटवर्कले आफ्नो टोलीले प्रदर्शनलाई पूर्ण तटस्थताका साथ समाचार बनाएको दाबी गर्दै पत्रकारमाथिको आक्रमणको निन्दा गरेको छ। विचारमा मतभेद हुन सक्ने भए पनि कानून हातमा लिन नहुने कम्पनीको भनाइ छ।

सञ्चार क्षेत्रका विश्लेषकहरूका अनुसार यी घटनाले वर्षौंदेखि बढ्दै आएको जनअविश्वासलाई प्रतिबिम्बित गर्छ।

पत्रकार रवीश कुमारले मुख्यधारका केही सञ्चारमाध्यमले आफ्नो विश्वसनीयता गुमाएको आरोप लगाउँदै आलोचकहरूले प्रयोग गर्ने ‘गोदी मिडिया’ अर्थात् ‘ल्यापडग मिडिया’ भन्ने शब्द त्यही असन्तुष्टिको अभिव्यक्ति भएको बताए।

उनका अनुसार वास्तविक जनचासोका विषयलाई षड्यन्त्रका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले सञ्चारमाध्यमप्रतिको विश्वास कमजोर बनाएको छ।

सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएयता प्रेस स्वतन्त्रताबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दै आएको अधिकारवादी संस्थाहरूले जनाएका छन्।

रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारत हाल १८० देशमध्ये १५७औँ स्थानमा रहेको छ। यो सन् २०१३ को तुलनामा उल्लेखनीय गिरावट हो।

सरकारको आलोचना गर्ने पत्रकारहरूले मुद्दा, गिरफ्तारी र अनलाइन दुव्र्यवहारको सामना गर्दै आएको आरोप लाग्दै आएको छ। विपक्षी दलहरूले पनि केही समाचार च्यानलले मुस्लिम अल्पसङ्ख्यकसम्बन्धी समाचारलाई ध्रुवीकरण हुने ढङ्गले प्रस्तुत गर्दै सत्तारूढ दलको एजेन्डालाई सहयोग गरेको आरोप लगाउने गरेका छन्।

प्रदर्शनका क्रममा केही टेलिभिजन पत्रकारले आफ्नो संस्थाको लोगोसमेत लुकाएर रिपोर्टिङ गरेको बताइएको छ।

प्रदर्शनकारी शैलेन्द्र सिंहले युवाहरूले मुख्यधारका सञ्चारमाध्यमलाई लक्षित गर्न थालेपछि पत्रकारहरूले आफ्नो परिचय खुल्ने चिह्न हटाउन थालेको दाबी गरे।

डिजिटल सञ्चारमाध्यम न्युजलन्ड्रीका प्रबन्ध सम्पादक अतुल चौरासियाले परम्परागत सञ्चारमाध्यम सरकारको विज्ञापनमा अत्यधिक निर्भर भएकाले उनीहरूको स्वतन्त्रता कमजोर भएको टिप्पणी गरे।

उनका अनुसार विज्ञापन नीतिलाई प्रभावको माध्यम बनाउँदा स्वतन्त्र पत्रकारिताका लागि आवश्यक वातावरण खुम्चिँदै गएको छ।

रवीश कुमारले भने सबै मुख्यधारका सञ्चारमाध्यमलाई एउटै दृष्टिले हेर्न नहुने बताउँदै सरकारको आलोचना गर्ने स्वतन्त्र पत्रकार र वैकल्पिक सञ्चारमाध्यमले अझ बढी दबाब, छापा, राष्ट्रविरोधी आरोप र जेल सजायको जोखिम बेहोर्दै आएको उल्लेख गरे।

उनका अनुसार पछिल्लो जनआक्रोशले केही टेलिभिजन नेटवर्क लोकतान्त्रिक मूल्यका लागि चुनौती बनेको भन्ने धारणा अझ बलियो बनाएको छ।
अर्को समाचार
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
७ घण्टा अघि
•
३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठूलो स्तरको अनुसन्धान सुरु गरिएको छ। यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।




अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन्।

बिहीबार सार्वजनिक गरिएको संस्थानको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ। अनुसन्धानबाट प्राप्त नतिजाले यस्ता समस्या विकास हुनुका पछाडिका कारण बुझ्न र उपचारका प्रभावकारी उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन्। कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन्।

विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पर्न सक्छ। स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

यस्ता समस्याको प्रभाव बोल्ने क्षमतामा मात्र सीमित नहुने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ। सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि पढ्ने र लेख्ने क्षमतासँग पनि जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु महत्त्वपूर्ण मानिएको छ।

मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन विकास हुन्छ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन्।

उनका अनुसार यस अनुसन्धानको मुख्य उद्देश्य समस्यासँग सम्बन्धित वंशाणुगत कारण पत्ता लगाउनुका साथै प्रभावित बालबालिकाको समयमै पहिचान र उनीहरूको आवश्यकताअनुसार उपचार तथा हेरचाहको व्यवस्था गर्न सहयोग पुर्‍याउनु हो।

मोर्गनका अनुसार बोलीसम्बन्धी समस्या भएका प्रत्येक चारमध्ये करिब एक जनाले आफ्नो परिवारमा पनि यस्तै समस्या रहेको इतिहास सुनाएका छन्। यसले परिवारभित्र यस्तो समस्या देखिने सम्भावनालाई संकेत गरे पनि परिवारमा कसैलाई यस्तो समस्या नभएका बालबालिकामा समेत वंशाणुगत कारणको भूमिका हुन सक्ने उहाँले बताए।

यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो। तर, अहिले सुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने सामान्य बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ।

यसका लागि अनुसन्धानमा सहभागी हुने योग्य बालबालिकाका परिवारले इन्टरनेटमार्फत केही छोटा बोलीसम्बन्धी गतिविधि पूरा गर्नुपर्नेछ। साथै, बालबालिकाको र्‍यालको नमुना संकलन गरी वंशाणुगत पदार्थको परीक्षण गरिनेछ। उक्त परीक्षणबाट बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत विशेषताहरू पहिचान गर्ने प्रयास गरिनेछ।

अनुसन्धानकर्ताहरूले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यालाई समयमै पहिचान गर्न सके उनीहरूको सञ्चार क्षमता, सिकाइ र सामाजिक विकासमा आवश्यक सहयोग पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

यस अध्ययनबाट प्राप्त हुने निष्कर्षले भविष्यमा बोलीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान र उपचारलाई थप प्रभावकारी तथा उनीहरूको आवश्यकताअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस