भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ
२६ साउन २०८३
•
१ मिनेट पाठ
भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ
इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सका तर्फबाट खेल्दै आएका भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्।




एक मेडिकल छात्राको उजुरीका आधारमा मंगलबार कोलकातामा प्रहरीले २३ वर्षीय विकेटकिपर-व्याटर पोरेललाई नियन्त्रणमा लिएको हो।

कलकत्ता उच्च अदालतको आदेशपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। अदालतले गत जुलाई २० मा पोरेललाई पक्राउ गर्न र उनका सम्पूर्ण इलेक्ट्रोनिक डिभाइसहरू जफत गर्न प्रहरीलाईआदेश दिएको थियो।

पीडित छात्राले गत जुन २३ मा मोगरा प्रहरी स्टेसनमा पोरेलविरुद्ध बलात्कार, कुटपिट र आपराधिक धम्कीको किटानी उजुरी दर्ता गराएकी थिइन्।

पीडित छात्राका अनुसार उनी र अभिषेक विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर, गत वर्षदेखि दुवैबीच मतभेद सुरु भएपछि क्रिकेटर पोरेल उनीबाट टाढिन खोजेका थिए।

विवाह गर्ने आश्वासन दिएर आफूसँग शारीरिक सम्बन्ध बनाएको तर पछि विवाह गर्न अस्वीकार गर्दै कुटपिट र आपराधिक धम्की दिएको आरोप उनले लगाएकी छन्।

क्रिकेटर पोरेलले भने आफूमाथि लागेका आरोपहरू पूर्ण रूपमा झूटो र कपोलकल्पित रहेको दाबी गर्दै आएका छन्। भारतीय न्याय संहिताको धारा ६९ अनुसार विवाहको झूटो आश्वासन दिएर शारीरिक सम्बन्ध बनाएको कसुर प्रमाणित भएमा १० वर्षसम्मको कैद र जरिवानाको कानुनी व्यवस्था छ।

बायाँहाते शीर्ष क्रमका ब्याटर अभिषेक पोरेल सन् २०२३ देखि आइपिएलमा दिल्ली क्यापिटल्सको हिस्सा रहँदै आएका छन्। दिल्लीले उनलाई चार करोडमा रिटेन गरेको थियो।

उनले घरेलु टोली बंगालका लागि ११६ र आइपिएलमा ३५ खेल खेलिसकेका छन्। ३२ प्रथम श्रेणी र २३ लिस्ट ‘ए’ म्याच खेलेका पोरेल ‘इन्डिया ए’ टोलीसँग इङ्गल्याण्ड र अस्ट्रेलिया भ्रमणसमेत गरिसकेका खेलाडी हुन्।
अर्को समाचार
बलात्कार तथा यौन दुर्व्यवहारको आरोपमा भारतीय क्रिकेटर पोरेल पक्राउ
२७ साउन २०८३
•
१ मिनेट पाठ
बलात्कार तथा यौन दुर्व्यवहारको आरोपमा भारतीय क्रिकेटर पोरेल पक्राउ
बंगाल तथा दिल्ली क्यापिटल्सका क्रिकेटर अभिषेक पोरेल बलात्कार तथा अन्य यौन अपराधसम्बन्धी आरोपमा पक्राउ परेका छन्।




कोलकाता प्रहरीले पोरेललाई अगस्ट ११ मा पक्राउ गरेको हो। पक्राउ परेकै दिन उनलाई उच्च अदालतमा समेत उपस्थित गराइएको थियो। उनीविरुद्धको मुद्दा जुन ३० मा दर्ता भएको थियो। यस मुद्दामा प्रारम्भिक सुनुवाइ जुलाई १४ मा भएको थियो। त्यसक्रममा निवेदकका वकिलले आरोपित व्यक्तिसँग रहेका इलेक्ट्रोनिक उपकरण जफत गर्न आवश्यक रहेको बताएका थिए। ती उपकरणमा निवेदकका आपत्तिजनक तस्बिर रहेको र त्यसलाई अन्य व्यक्तिसँग फैलिनबाट रोक्न आवश्यक रहेको अदालतसमक्ष दाबी गरिएको थियो।

अदालतले आरोपितमध्ये दुई जनालाई पक्राउ गरी उनीहरूसँग रहेका इलेक्ट्रोनिक उपकरण जफत गर्न प्रहरीलाई निर्देशन दिएको थियो। त्यस्ता उपकरणमा रहेको आपत्तिजनक सामग्री थप फैलिन नदिन आवश्यक कदम चाल्न पनि अदालतले प्रहरीलाई भनेको थियो। अगस्ट ११ को सुनुवाइमा मोग्रा प्रहरी चौकीका इन्चार्जबाट प्राप्त सूचनालाई उद्धृत गर्दै अदालतले आरोपितमध्ये एक जनालाई राति पक्राउ गरिएको जानकारी गराएको थियो। पक्राउपछि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन समय आवश्यक रहेको भन्दै प्रहरीले अदालतसँग समय मागेको थियो।

पोरेलले आईपीएल २०२६ को समाप्तिपछि कुनै पनि प्रतिस्पर्धात्मक क्रिकेट खेलेका छैनन्। उनले दिल्ली क्यापिटल्सबाट आईपीएलको पछिल्लो सिजनमा जम्मा चार खेल खेलेका थिए। मुद्दा अदालतमा विचाराधीन रहेकाले पोरेलमाथि लागेको आरोपको अन्तिम टुंगो कानुनी प्रक्रियाबाट लाग्नेछ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस