चीनको विज्ञ टोली सिजाङको ब्यारियर तालमा, जोखिमबारे अनुसन्धान हुँदै
१२ भदौ २०८३
•
५ मिनेट पाठ
चीनको विज्ञ टोली सिजाङको ब्यारियर तालमा, जोखिमबारे अनुसन्धान हुँदै
दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेस्थित जिरोङ काउन्टीमा बनेको ब्यारियर तालको आपतकालीन मूल्याङ्कनका लागि विज्ञ टोलीले घटनास्थल पुगेको छ।




शुक्रबार लेक बाँधको विपरीत किनारमा आपतकालीन उद्धार सहयोग टोली तथा विपद् विशेषज्ञहरू पुगेका हुन्।

टोलीले हाल घटनास्थलमा अनुगमन तथा जोखिम मूल्याङ्कन गरिरहेको छ। वास्तविक समयको तथ्याङ्क सङ्कलन गर्न ड्रोन स्क्यान, पानीको सतह मापन गर्ने सेन्सर तथा अन्य आधुनिक उपकरण प्रयोग गरिएको छ, जसले आपतकालीन उद्धार तथा सम्भावित जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याइरहेको छ।

यसैबिच, बुधबार नेपाल र दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रका केही भागमा आएको विनाशकारी पहिरो हिमालयको उच्च हिमाली क्षेत्रमा उत्पन्न भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

वैज्ञानिकहरूका अनुसार ठूलो हिमनदी वा बरफ–चट्टानको भाग अचानक भत्किँदा त्यसबाट श्रृंखलाबद्ध (क्यास्केडिङ) जोखिमहरू सुरु भएको हुन सक्ने सम्भावना देखिएको छ।

यद्यपि, अनुसन्धानकर्ताहरूले निश्चित निष्कर्ष निकाल्न अझै चाँडो हुने बताएका छन्। घटनाको विस्तृत अनुसन्धान जारी रहेकाले वास्तवमा के भयो, हिमनदी र वरपरका पहाडी भिरालाहरू किन अस्थिर भए भन्ने विषयमा अध्ययन भइरहेको छ।

वैज्ञानिकहरूका अनुसार यो एउटा मात्र घटना नभई एकअर्कालाई प्रभाव पार्ने र जोखिम बढाउने बहु–जोखिमीय प्रकोपको शृङ्खला हुन सक्ने संकेत देखिएको छ।

हिमनदी भत्किएको नै प्रारम्भिक ट्रिगर ?

चिनियाँ भूगर्भविद्हरूको प्रारम्भिक विश्लेषण तथा उपग्रहबाट प्राप्त तस्बिरहरूले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा रहेको एउटा हिमनदी बुधबार भत्किएको अनुमान गरेका छन्।

करिब ५,००० मिटरभन्दा माथिको उचाइमा रहेको विशाल बरफको थुप्रो फुटेर ठाडो पहाडी भिरालो हुँदै तल झरेको प्रारम्भिक अध्ययनले देखाएको छ।

तर तल झरेको वस्तु केवल बरफ मात्र थिएन। ओरालो झर्दै गर्दा त्यसले बाटोमा रहेका चट्टान, खुकुलो माटो, तलछट तथा अन्य सामग्रीलाई समेत बगाउँदै विशाल बुलडोजरझैँ सबै सोहोरेको अनुमान गरिएको छ।

हिमनदीको साधारण पतन केही समयमै बरफ, चट्टान र तलछट मिसिएको तीव्र गतिको बरफ–चट्टान हिमपहिरोमा परिणत भएको हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

त्यसपछि ठूलो परिमाणमा बरफ, चट्टान र अन्य भग्नावशेष पहाडी नदीको बहावमा मिसिए। नदीले थप पानी र तलछट बगाउँदै लैजाँदा सुरुमा सीमित क्षेत्रमा भएको हिमनदी भत्किएर क्रमशः तलतिर ठूलो विपद्मा रूपान्तरण भएको हुन सक्ने अनुमान गरिएको छ।

के जलवायु परिवर्तन यसको मुख्य कारण हो ?

यस विषयमा वैज्ञानिकहरू निकै सावधानीपूर्वक अध्ययन गरिरहेका छन्। उनीहरूका अनुसार जलवायु परिवर्तनकै कारण यो विशेष हिमनदी भत्किएको हो भनेर अहिले नै भन्न सकिँदैन।

पहिले हिमनदी र वरपरका पहाडलाई अस्थिर बनाउने प्रत्यक्ष कारण पहिचान गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ। सम्भावित कारणहरूमा हिमनदीभित्र भएका संरचनागत परिवर्तन, पग्लिएको पानी बरफ वा चट्टानका चिरामा प्रवेश गर्नु, पहाडी भिरालोको प्राकृतिक स्थिरता, हालैको मौसम अवस्था तथा स्थानीय भूगर्भीय प्रक्रिया समावेश हुन सक्छन्।

यद्यपि दीर्घकालीन रूपमा वैज्ञानिकहरू जलवायु परिवर्तनको प्रभावप्रति चिन्तित छन्। विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको माटो), चट्टान र पानीबीचको सन्तुलनलाई परिवर्तन गरिरहेको छ।

बढ्दो तापक्रमका कारण हिमनदीहरू क्रमशः घटिरहेका छन् भने पर्माफ्रस्ट पग्लिरहेको छ। यसले बरफ र पहाडी ढलानलाई स्थिर राख्ने प्राकृतिक अवस्थालाई कमजोर बनाउन सक्छ।

हिमनदीहरू घट्दै जाँदा अस्थिर पहाडी ढलान तथा नयाँ हिमनदी तालहरू बन्ने सम्भावना बढ्छ। त्यस्तै पग्लिएको पानी बरफ र चट्टानका चिरामा प्रवेश गर्दा ती संरचनाहरू थप कमजोर हुन सक्छन्।

तर वैज्ञानिकहरूले प्रत्येक हिमनदी पतनलाई जलवायु परिवर्तनसँग मात्र जोड्न नहुने स्पष्ट पारेका छन्।

उनीहरूका अनुसार जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा प्रकोपको जोखिम बढाउने पृष्ठभूमि तयार गरिरहेको हुन सक्छ, तर यही घटनाको प्रत्यक्ष कारण थियो वा थिएन भन्ने निष्कर्षमा पुग्न अझै अनुसन्धान आवश्यक छ।

किन बरफ–चट्टान हिमपहिरो यति विनाशकारी बन्यो ?

हिमालयको अत्यन्तै भिरालो भू–बनोट यसको प्रमुख कारण मानिएको छ।

थोरै तेर्सो दूरीमै हजारौँ मिटर उचाइको अन्तर हुने भएकाले माथिल्लो भागमा हुने हिमनदी वा चट्टानको पतन तीव्र गतिमा तल झर्ने गर्छ।

यस घटनामा उच्च हिमाली क्षेत्रमा सुरु भएको बरफ–चट्टान हिमपहिरोबाट बनेको भग्नावशेषको बहाव केवल सात मिनेटमै करिब २० किलोमिटर दूरी पार गर्दै जिरोङ बन्दरगाह क्षेत्रमा पुगेर हिलोसहितको विनाशकारी बहावमा परिणत भएको प्रारम्भिक विश्लेषणले देखाएको छ।

तलतिर बग्ने क्रममा प्रकोपको स्वरूप पनि परिवर्तन हुँदै गएको वैज्ञानिकहरूले बताएका छन्।

बरफ चाँडै टुक्रिएर पानीमा मिसियो। चट्टान, माटो र तलछट बहावमा मिसिए। नदीको पानी थपिँदै जाँदा यो मिश्रण ठूलो भग्नावशेषको बहाव (डेब्रिस फ्लो) मा परिणत भयो।

कतिपय क्षेत्रमा अचानक बाढी आउँदा पानी, हिलो, चट्टान र बरफको मिश्रण प्रारम्भिक पतनस्थलबाट धेरै टाढासम्म फैलिएको थियो।

वैज्ञानिकहरूका लागि महत्वपूर्ण पाठ

यो घटनाले हिमालय तथा विश्वका अन्य हिमाली क्षेत्रमा एकल जोखिमभन्दा बाहिर गएर बहु–जोखिमीय प्रणालीलाई बुझ्नुपर्ने आवश्यकता औँल्याएको वैज्ञानिकहरूको भनाइ छ।

हिमनदी पग्लिने प्रक्रियाले पहाडी ढलानको स्थिरतालाई असर गर्न सक्छ। अस्थिर ढलानले बरफ–चट्टान हिमपहिरो निम्त्याउन सक्छ। त्यसपछि त्यो हिमपहिरो भग्नावशेषको बहावमा परिणत भई तलतिर बाढी तथा थप विनाश निम्त्याउन सक्छ।

वैज्ञानिकहरूले यसलाई ‘बहु–जोखिमीय क्यास्केड’ को रूपमा व्याख्या गर्ने गरेका छन्, र यही अवधारणा यस घटनाबाट प्राप्त सबैभन्दा महत्वपूर्ण वैज्ञानिक पाठमध्ये एक हुन सक्ने उनीहरूको भनाइ छ। तर हालका सबै निष्कर्ष प्रारम्भिक मात्र भएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।

उपलब्ध प्रमाणहरूले उच्च हिमाली क्षेत्रमा भएको हिमनदी वा बरफ–चट्टानको पतनलाई प्रकोप शृङ्खलाको सम्भावित प्रारम्भिक बिन्दुका रूपमा देखाए पनि, पहाड किन अस्थिर भयो, बरफ र भग्नावशेष तल झर्दै जाँदा कसरी विकसित भयो तथा हालको मौसम, स्थानीय भूगर्भीय अवस्था र दीर्घकालीन जलवायु परिवर्तनले कस्तो भूमिका खेले भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।

वैज्ञानिकहरूका अनुसार तापक्रम बढिरहेको र अत्यन्तै गतिशील हिमालय क्षेत्रमा यी प्रश्नहरूको उत्तर पत्ता लगाउनु विगतको घटनालाई मात्र बुझ्ने विषय होइन।

यसले भविष्यमा यस्ता उच्च हिमाली प्रकोपको समयमै पहिचान, पूर्वचेतावनी तथा प्रभावकारी उद्धार र जोखिम न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ।
अर्को समाचार
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
३१ सेकेन्ड अघि
•
१ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
काठमाडौं। स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ। डुंगाको इन्जिन बिग्रिएपछि करिब १०० जना तीन दिनसम्म समुद्रमा अलपत्र परेका थिए।




यस अवधिमा डुंगामा रहेको खाना र पानी सकिएपछि धेरैको ज्यान गएको हो। घटनामा ६ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको छ।

डुंगामा सवार अन्य व्यक्तिहरूको पनि उद्धार गरिएको छ। उक्त डुंगाले पश्चिम अफ्रिकी देश गाम्बियाबाट युरोप पुग्ने प्रयास गरिरहेका प्रवासीहरूलाई बोकेको थियो।

७२ किलोमिटर टाढाबाट डुंगा तानेर बन्दरगाह पुर्‍याइयो

स्पेनको समुद्री उद्धार टोलीले क्यानरी टापुको एल हिएरो द्वीपबाट करिब ७२ किलोमिटर दक्षिणमा उक्त डुंगा फेला पारेको थियो। त्यसपछि डुंगालाई तानेर ला एस्टाका बन्दरगाह पुर्‍याइएको थियो।

त्यस्तै, अर्को डुंगाबाट उद्धार गरिएका प्रवासीहरू सुरक्षित रूपमा एल हिएरो द्वीपको ला रेस्टिङ्गा बन्दरगाह पुगेका थिए। त्यहाँ प्रवासीहरूको बसोबास र उपचारका लागि केन्द्र स्थापना गरिएको छ।

युरोप प्रवेशको प्रमुख मार्ग हो क्यानरी टापु

क्यानरी टापु एट्लान्टिक महासागरमा अफ्रिकाको उत्तरपश्चिमी तटनजिकै अवस्थित छ। यो स्पेनको भूभाग हो। पश्चिम अफ्रिकाका विभिन्न देशबाट प्रवासीहरू समुद्री मार्ग हुँदै यहाँ पुग्ने प्रयास गर्छन्। यहाँ पुगेपछि उनीहरू स्पेन तथा युरोपेली संघमा प्रवेश गर्छन्।

सन् २०२४ मा ४६ हजारभन्दा बढी प्रवासी क्यानरी टापु पुगेका थिए। यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या थियो। त्यसपछि समुद्री निगरानी बढाउनुका साथै अन्य देशसँग सहकार्य गरिएपछि प्रवासीको संख्या घटेको थियो।

एकै दिन २१ सय प्रवासी पुगे

अक्टोबरदेखि क्यानरी टापुमा प्रवासी पुग्ने क्रम फेरि बढ्न थालेको छ। यही साता एकै दिन २१ सय जना प्रवासी त्यहाँ पुगेका थिए। तीमध्ये अधिकांश एल हिएरो द्वीपमा ओर्लिएका थिए। उक्त द्वीपको जनसंख्या करिब ११ हजार ४०० छ।

यसै महिनाको सुरुवातमा अधिकारीहरूले त्यहाँ आपत्कालीन अवस्था घोषणा गरेका थिए। नोभेम्बर १४ मा एकै दिन करिब १५ सय प्रवासीको उद्धार गरिएको थियो।

स्पेनको निर्वाचनमा पनि प्रवासीको मुद्दा प्रमुख

प्रवासीहरूको मृत्यु भएको यो घटना स्पेनको आम निर्वाचनभन्दा दुई दिनअघि सार्वजनिक भएको हो। आइतबार त्यहाँ निर्वाचन हुँदैछ। निर्वाचन प्रचारका क्रममा प्रवासी आगमनको विषय प्रमुख मुद्दा बनेको छ।

प्रधानमन्त्री पेड्रो सान्चेजले प्रवासीको आगमनलाई अर्थतन्त्रका लागि लाभदायक बताउँदै आएका छन्। यता दक्षिणपन्थी दलहरूले प्रवासी आगमनमा कडा प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै आएका छन्।

अफ्रिकाबाट निस्किएको अर्को डुंगा पनि बेपत्ता

अफ्रिकी देश सेनेगलबाट स्पेन जाने क्रममा निस्किएको अर्को डुंगा पनि बेपत्ता भएको छ। उक्त डुंगामा युवा माछा मार्ने कामदारसहित करिब १७२ जना सवार थिए।

डुंगा नोभेम्बर ९ वा १० मा सेनेगलको तटीय क्षेत्र यफबाट प्रस्थान गरेको थियो। दुई साताभन्दा बढी समय बितिसक्दा पनि डुंगाको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। स्थानीय बासिन्दाले डुंगाको खोजीका लागि बृहत् अभियान सञ्चालन गर्न माग गरेका छन्।

स्थानीय नेताहरूका अनुसार आर्थिक अभाव र माछा मार्ने काममा अवसर घट्दै गएपछि युवाहरू जोखिम मोलेर युरोप पुग्ने प्रयास गरिरहेका छन्।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस