अमेरिकाको १० कम्पनीमाथि चीनको प्रतिबन्ध
०८ असार २०८३
•
३ मिनेट पाठ
अमेरिकाको १० कम्पनीमाथि चीनको प्रतिबन्ध
अमेरिका र चीनबीच प्रविधि तथा रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि नयाँ निर्यात नियन्त्रण घोषणा गरेको छ।




वासिङ्टनले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप रक्षा तथा दुर्लभ पृथ्वी खनिज क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्धात्मक कदम चालेको हो।

चीनको वाणिज्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सरकारले चिनियाँ कम्पनीहरूलाई तथाकथित ‘चिनियाँ सैन्य उद्यम सूची’ मा समावेश गरेको कदमको प्रतिक्रियास्वरूप नयाँ निर्यात नियन्त्रण लागू गरिएको जनाएको छ। मन्त्रालयका अनुसार यो निर्णय राष्ट्रिय सुरक्षाको संरक्षणका लागि समेत आवश्यक ठानिएको हो।

यस कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि सम्बन्ध सुधारको प्रयास गरिरहेको एक महिनापछि नयाँ तनाव सिर्जना गरेको छ।

दुवै देशले व्यापार शुल्क घटाउने सहमति गरे पनि प्रविधि, रक्षा र सुरक्षा क्षेत्रका विवाद भने निरन्तर बढिरहेका छन्।

यस महिनाको सुरुआतमा अमेरिकाले चिनियाँ सेनासँग सम्बन्ध रहेको आरोप लगाउँदै ८० वटा चिनियाँ कम्पनी र तिनका सहायक संस्थालाई कालोसूचीमा राखेको थियो।

उक्त सूचीमा प्रविधि कम्पनी अलिबाबा र बाइडुका साथै विद्युतीय सवारी निर्माता बीवाईडी समेत समावेश भएपछि चीनले प्रतिकारात्मक कदम चाल्ने सङ्केत दिएको थियो।

चीनले प्रतिबन्ध लगाएका कम्पनीहरूमा अमेरिकी रक्षा तथा एयरोस्पेस क्षेत्रसँग आबद्ध एभिओक्स र ओस्कोश डिफेन्स रहेका छन्। ओस्कोश डिफेन्स अमेरिकी सैन्य सवारी उत्पादनमा संलग्न कम्पनी हो भने एभिओक्सले अमेरिकी सेनासँग रक्षा सम्झौताहरू गर्दै आएको छ।

त्यसैगरी अमेरिकी दुर्लभ पृथ्वी खनिज उत्पादक एमपी मटेरियल्स र युएसए रेयर अर्थ पनि नयाँ सूचीमा परेका छन्। चीनले सूचीबद्ध संस्थाहरूलाई दोहोरो प्रयोगमा आउने वस्तु तथा सामग्री निर्यात गर्न प्रतिबन्ध लगाएको छ।

वाणिज्य मन्त्रालयले सूचीमा रहेका कम्पनीहरूसँग सम्बन्धित सबै निर्यात गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ। चीनमा उत्पादित दोहोरो प्रयोगका सामग्री कुनै पनि देश वा क्षेत्रका संस्था तथा व्यक्तिमार्फत ती कम्पनीहरूलाई उपलब्ध गराउन पनि रोक लगाइएको मन्त्रालयले जनाएको छ।

यसैबीच चीनको वित्त मन्त्रालयले सार्वजनिक खरिदमा संलग्न सरकारी निकायहरूलाई ४६ अमेरिकी कम्पनीका उत्पादन खरिद गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रतिबन्धमा लकहिड मार्टिन, रेथियोन र बोइङको रक्षा विभागका उत्पादनहरू पनि समावेश छन्।

जनरल डायनामिक्स, एन्डुरिल इन्डस्ट्रिजका केही विभाग तथा विभिन्न एयरोस्पेस कम्पनीहरू पनि प्रतिबन्धित सूचीमा परेका छन्। यद्यपि चीनमा सञ्चालन गरिरहेका अमेरिकी लगानी भएका कम्पनीहरूलाई भने यी उपायबाट बाहिर राखिएको वित्त मन्त्रालयले जनाएको छ। नयाँ नियम सोमबारदेखि लागू भएको छ।

चीनले यसअघि पनि ताइवानलाई अमेरिकी हतियार बिक्री गरेको आरोपमा सन् २०२४ र २०२५ मा तीमध्ये केही अमेरिकी कम्पनी र तिनका सहायक संस्थामाथि प्रतिबन्ध लगाइसकेको थियो।

ताइवानले बेइजिङबाट बढ्दो सैन्य र राजनीतिक दबाब सामना गर्न अमेरिकाको सहयोगमा ठूलो निर्भरता राख्दै आएको छ। चीनले ताइवानलाई आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस महिनामात्र ताइवानका लागि प्रस्ताव गरिएको १४ अर्ब अमेरिकी डलर बराबरको हतियार प्याकेज समीक्षा प्रक्रियामा रहेको बताएका थिए।

मे महिनामा सी जिनपिङसँगको भेटपछि राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा अमेरिका–चीन सम्बन्ध सुधारको सन्देश दिन खोजेका थिए।

गत साता फ्रान्समा सम्पन्न जी–७ सम्मेलनका क्रममा उनले इरानसँगको अमेरिकी द्वन्द्वमा तटस्थ भूमिका अपनाएको भन्दै चिनियाँ नेतृत्वको प्रशंसा पनि गरेका थिए।

यद्यपि पछिल्ला प्रतिबन्धात्मक कदमहरूले विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार, प्रविधि र सुरक्षा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको सङ्केत गरेका छन्।
अर्को समाचार
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
५ मिनेट अघि
•
१ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
काठमाडौं। अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।




स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ५ः१० बजे उक्त घटना भएको हो। त्यसबेला दुवै विमान उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेका थिए। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाबारे जानकारी दिएको हो।

अमेरिकन एयरलाइन्सका अनुसार एउटा विमानको पखेटा अर्को विमानसँग ठोक्किएको थियो। घटनामा कोही पनि घाइते भएको खबर छैन।

एफएएले घटनाबारे अनुसन्धान गर्ने जनाएको छ।

एयरलाइन्सका अनुसार ठक्करपछि दुवै विमानलाई पुनः गेटमा फर्काइएको थियो। प्राविधिक टोलीबाट जाँच गराउन दुवै विमानलाई तत्कालका लागि सेवाबाट हटाइएको छ।

एफएएका अनुसार उडानका लागि धावनमार्गतर्फ अघि बढिरहेको अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ को पखेटा फ्लाइट २१५२ को पखेटासँग ठोक्किएको थियो।

यो घटना त्यही विमानस्थलमा भएको हो, जहाँ सन् २०२५ को जनवरीमा यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकोप्टर आपसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा ६७ जनाको मृत्यु भएको थियो।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस