४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने एफएओको प्रक्षेपण
०५ भदौ २०७९
•
३ मिनेट पाठ
४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्ने  एफएओको प्रक्षेपण
मार्टिन कोफलाई आफ्नो पारिवारिक कम्पनी जिङ्कपावर जिएमबिएच सञ्चालन गर्न प्राकृतिक ग्यास नभइ हुँदैन। उनको स्टिल कारखानाका निम्ति प्राकृतिक ग्यास अपरिहार्य वस्तु हो जसले उनका स्टिलका उत्पादनलाई खिया लाग्न दिँदैन।  




बोन बाहिर अवस्थित जिङ्कपावर कारखानालाई हरेक दिन २५ लाख युरो बराबरको छ हजार टन जस्तालाई तरल अवस्थामा राख्न प्राकृतिक ग्यास चाहिन्छ। मोटरकारका पार्टपुर्जा, सौर्य प्यानल, भवनमा चाहिने धातुका सामान, वायुबाट ऊर्जा उत्पादन गर्न प्रयोग हुने टर्बाइनको धातुलाई आवश्यकताअनुसार तोडमोड गरी लचिलो तुल्याउन प्राकृतिक ग्यास नभइ हुँदैन।

रूसले युक्रेनमा आक्रमण गरेको एक वर्ष भइसकेको छ तर त्यसको घातक परिणाम विश्वअर्थतन्त्रमा परेको छ। युक्रेन आक्रमणको छ महिनापछि नै दुई हजार आठ सयभन्दा बढीलाई रोजगारी दिने जिङ्कपावरजस्ता कम्पनीलाई कच्चा पदार्थको प्राप्ति अति चुनौतीपूर्ण बनेको छ। प्राकृतिक ग्यास अधिक महँगोमात्र भएको छैन युद्धको विभिषिकाले विश्वअर्थ व्यवस्थालाई नै तहसनहस तुल्याउने जोखिम बढेको छ। रूसले आफूमाथि लादिएको पश्चिमा राष्ट्रहरूको प्रतिबन्धको बदला लिन युरोपेली देशमा आपूर्ति बन्द गरेमा मार्टिन कोफजस्ता सयौँ लगानीकर्ताको पूँजी डुब्नेछ। युरोपको कठ्याङ्ग्रिने शिशिर याममा पर्याप्त इन्धन आपूर्ति भएन वा भण्डारणको व्यवस्था भएन भने परिस्थिति अझ भयावह हुने निश्चित छ।  

वर्तमान परिस्थितिलाई विश्लेषण गरेर जर्मनी सरकारले प्राकृतिक ग्यास वितरणमा कडाइ गरेमा वा कोटा निर्धारण गरेमा स्टिल उत्पादन कारखाना, औषधि उत्पादक कम्पनीदेखि व्यावसायिक रूपमा कपडा धुने उद्योगहरू अपाङ्ग हुनसक्छन्। जस्तापाता निर्माता कम्पनीहरूको सङ्गठनका अध्यक्षसमेत रहेका मार्टिन ग्यासको आपूर्ति रोकिएमा उनका सबै उपकरण नष्ट हुनेछन्।  

कोरोना भाइरसको महामारीले विश्वव्यापी व्यापारलाई ध्वस्त पारेको दुई वर्षपछि विश्वभरका सरकार, व्यवसाय र परिवारले युद्धले निम्त्याएको आर्थिक प्रभावको लेखाजोखा गर्न नसकिने स्थिति छ। बजार भाउले आकाश छोएको छ। आर्थिक मन्दीको निकटमा रहेका युरोपेली देशलाई बढ्दो ऊर्जा लागतले आगामी शिशिरमा चिसो र अँध्यारोमा जीवन बिताउनुपर्ने चिन्ताले सताएको छ। खाद्यान्नको उच्च मूल्य र अभाव, युक्रेन र रूसबाट भएको मल र खाद्यान्न ढुवानीको कटौतीले विकासोन्मुख देशहरूमा व्यापक भोकमरी र अशान्ति सृजना गर्ने चिन्ता पनि उत्तिकै बढाएको छ।  

युगाण्डाको राजधानी कम्पाला बाहिर किराना पसल सञ्चालन गर्दै आएकी राहेल गामिशालाई आफ्नो देशभन्दा धेरै टाढा युक्रेनमा रूसले गरेको आक्रमणले साना व्यापार व्यवसायमा चोट पुगेको लाग्छ। पेट्रोलजस्ता अत्यावश्यक वस्तुको मूल्य रूस–युक्रेन युद्धले बढाएको उनको ठम्म्याइ छ। केही दिनअघि सात डलरमा बेचबिखन भएको एक ग्यालन पेट्रोलको मोल १७ डलर पुगेको र आगामी साता सोही परिमाणको इन्धनलाई २५ डलर पुग्ने सम्भावना छ। उनल नयाँ कुरा पनि पत्ता लगाएकी छन्। कुनै वस्तुको मूल्य वृद्धि नभए पनि त्यसको तौलमा हुने सङ्कुचन। एक हजार ग्रामको रोटी आठ सय पचास ग्राममा घट्दा पनि उही मूल्य तिर्नु परेको छ।  

रूस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले एक वर्षभन्दा कम अवधिकमा चौथो पटक विश्वव्यापी अर्थतन्त्रप्रतिको  आफ्नो दृष्टिकोण र प्रक्षेपण घटाउनु पर्‍योभने ऋण उपलव्ध गराउने यो विश्व वित्तीय संस्थाले यो वर्ष तीन दशमलब दुई प्रतिशत वृद्धिको अपेक्षा गरेको छ। यो सन् २०२१ को जुलाईमा अनुमान गरिएको चार दशमलब नौ प्रतिशत र गत वर्षको छ दशमलब एक प्रतिशतभन्दा कम हो।  

कोरोना महामारीले मन्दीमा धकेलेको विश्व अर्थतन्त्रलाई दुई वर्ष  फेरि चाँडै अर्को विश्वव्यापी मन्दीमा धकेल्न सक्ने चेतावनी  कोषका प्रमुख अर्थशास्त्री पियरे ओलिभिएर गौरिञ्चसले दिएका छन्।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पनि खाद्यान्न र ऊर्जाको बढ्दो मूल्यवृद्धिले युक्रेन युद्धको पहिलो तीन महिनामा विश्वभरका सात करोड १० लाख सर्वसाधारण गरिबीमा फसेका बताएको छ। यसबाट बाल्कन र सब सहारा अफ्रिकी देश सबैभन्दा बढी प्रभावित भएका छन्। यो वर्ष ४१ देशका १८ करोड १० लाख मानिस भोकमरीको चपेटामा पर्नसक्ने प्रक्षेपण राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले गरेको छ। 
अर्को समाचार
भोकमरीको चपेटामा थलाराको हलिया बस्ती
२८ जेष्ठ २०७८
•
४ मिनेट पाठ
भोकमरीको चपेटामा थलाराको हलिया बस्ती
तस्बिर: रासस
थलारा गाउँपालिकाको केन्द्रदेखि ३० मिनेटको दूरीमा एउटा सानो बस्ती छ। त्यहाँ २५  दलित परिवारको बसोवास छ। बस्ती पुग्नेबित्तिकै एउटा स्लेटले छाएको घर भेटिन्छ। घर निकै जीर्ण भैसकेको छ। सुन्दा अचम्म लाग्ने तर यथार्थ छ वटा मूल ढोका भएको त्यस घरमा २२ परिवारका १०७ जना बस्दा बस्दै आएका छन्। घर हेर्दा पाँच/छ परिवारलाई पनि सहजरुपमा बस्न नमिल्ने खालको छ।  




थलारा गाउँपालिका—८, बिसखेतमा रहेको हलिया बस्तीको यथार्थ हो यो। 'हामी सबै परिवारको जग्गा भनेको यही घर भएको ठाउँ मात्रै हो । अन्त घर बनाउन जग्गा छैन। अन्त जग्गा किनेर घर बनाउँ भने बिहान बेलुकाको खाना जोहो गर्न नै गाह्रो छ।' जुना दमाईंले विरक्त मान्दै भने, 'बाजे बराजु अर्काको हलो जोत्दै मरे। हाम्रो जिन्दगी साँझ बिहानको खाना खोज्दै जाने भयो'  

पुस्तौनी हलिया रहेका यहाँका दमाई परिवार पूर्ण रुपमा मालिकको आश्रयमा छन्। साहुको हलो जोतेवापत दिने केही अन्नबालीले दमाई परिवारको चुलोमा खाना पाक्थ्यो। सरकारले २१ भदौ २०६५ मा हलिया प्रथा अन्त्य भएको घोषणा गरेपछि  साहुले हलियालाई दिएको ऋण फिर्ता मागे र हलो जोत्न दिएनन्। कत्तिले अहिलेसम्म ऋण तिर्न सकेका छैनन्। अझै पनि साहुको गाली खाइरहनु परेको हलियाहरुको गुनासो छ।  

हलिया गरेर गुजारा चलाइरहेका दमाईं समुदायको बस्ने घरबाहेक अरु जग्गा जमीन भने छैन। स्थानीयवासी पदम नेपाली भने,'घर त छ, बस्नलाई पर्याप्त ठाउँ छैन एउटै घरमा १०७ जनाले बस्नु परेको छ।’ बस्नको भन्दा पनि खानाको समस्या भएको उनको भनाइ छ। उनले भने, 'पहिला लकडाउन नहुँदा अरुकामा ज्यालादारी गरेर परिवार पाल्थेँ। अहिले कोरोनाले गर्दा न काम पाइएको छ। खानालाई नै समस्या भएको छ। यस्तै अवस्था रहेयो भने भोकभोकै मर्नु पर्ने अवस्था छ।'  

पदम नेपालीको भन्दा पीडा कम छैन ज्ञानु दमाईंको पनि। उनी उम्मेरले ५५ वर्ष पुगे। उनको १२ जनाको परिवार रहेको छ। उनको बस्ने घरबाहेक अरु जग्गा जमीन केही छैन। बन्दाबन्दी नहुँदा गाउँगाउँमा गएर माथिल्लो जात ठकुरी, ब्रह्माणको घरका काम गरेर परिवारलाई पाल्ने गर्थे। 'बन्दाबन्दीले गर्दा अहिले कतै काम गर्न जान पनि मिल्दैन, घरमा खानलाई केही पनि छैन। सरकारले पनि हेरेन अब भोक भोकै मर्नु पर्ने अवस्था आएको छ', ज्ञानु दमाईंले आफ्नो पीडा सुनाउँदै भने, 'कतैबाट राहत पाए हुन्थ्यो । बन्दाबन्दी खुलेपछि साहुको काम गरेर पनि केटाकेटी पालिन्थ्ये।'

यस्तै पीडा विसखेतका सम्पूर्ण हलिया परिवारमा रहेको छ। सबै परिवार यतिबेला भोकमरीको चपेटामा छ। अहिलेसम्म आफ्नो नाममा जग्गा जमीन नभएका दमाई समुदाय मुक्त हलिया खाद्य अधिकार समूह गठन गरी आफ्ना मागसहित विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन्। सुरक्षित रुपमा बस्न पाउनु पर्ने, जोखिममा रहेको बस्तीलाई स्तान्तरण गर्नु पर्ने, बाँच्न पाउने हकको सुनिश्चित हुनु पर्ने माग दमाईं समुदायको रहेको छ। उनीहरुको सवाल सम्बोधनको लागि खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था फियान नेपालले पनि सहयोग गर्दै आएको छ।  

‘फियानकै सहयोगमा बाजेबराजुका पालादेखि मालिकबाट लिएको क्रण तिर्न सफल भए पनि हाम्रा अरु समस्या ज्युँका त्यूँ छन्’ बलु दमाईले भने, 'यो घर बनाएको ठाउँबाहेक अन्त खुट्टा टेक्नलाई पनि जमीन छैन। यतिका मान्छेलाई बिहान खाए साँझ के खाउँ भन्ने चिन्ता छ', उनले बन्दाबन्दी नभएको बेला ज्याला मजदूरी गरेर पेट पाल्ने काम गरिरहेको भए पनि बन्दाबन्दीपछि काम नपाउँदा बस्ती नै भोकमरीको चपेटामा परेको बताए।  

विसं २०६६ मा जिल्ला मालपोत कार्यालयले यो बस्तीका मानिसलाई हलिया प्रमाणीकरण गरेको छ । ‘मुक्त हलिया पुनःस्थापनाको ढाँचा र कार्ययोजना २०७० ले आफ्नो स्वामित्वमा घर र जग्गा दुबै नभएकालाई ‘क’ घर भएका तर जग्गा नभएकालाई ‘ख’ आफ्नो जग्गा भएका तर घर नभएकालाई ‘ग’ तथा घर र जग्गा दुबै भएकालाई ‘घ’ वर्गमा वर्गीकरण गरेको छ।

यो मापदण्डअनुसार बिसखेत गाउँका हलियाहरु ‘ख’ वर्गमा हुनुपर्नेमा उनीहरुलाई ‘घ’ वर्गमा सूचीकृत गरिएको छ। हलिया मुक्तिको घोषणापछि सरकारले साहुबाट लिएको ऋण तिरिदियो। जग्गा नहुनेको जग्गा जोडिदियो। घर बनाइदियो। यी काममा करोडौं रुपैयाँ खर्च ग¥यो। हलियालाई आत्मनिर्भर बनाउने भन्दै विभिन्न सङ्घसंस्थाले पनि ठूलो धनराशि सिध्याए पनि हलियाको ठूलो सङ्ख्या अहिले पनि साहुँकै हलो जोतिरहेका छन्।  

जिल्ला मालपोत कार्यालयमार्फत ८८ जना हलियाको घर निर्माणका लागि प्रति परिवार तीन लाख २५ हजारका दरले दुई करोड ८६ लाख, जग्गा खरीदका लागि  ११० जना हलियालाई प्रतिपरिवार दुई लाखका दरले दुई करोड २० लाख र घर मर्मत शीर्षकमा ८३३ परिवारलाई एक लाख २५ हजारका दरले १० करोड ४१ लाख २५ हजार वितरण गरिएको छ। घर निर्माण, जग्गा खरीद र घर मर्मतमा १५ करोड ४७ लाख २५ हजार खर्च भएको भएको भए पनि बिसखेतका हलियाको घरमा त्यसको सानो अंश पनि पुग्न सकेको छैन। 
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४९ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस