भारतमा कोरोनाको तेस्रो लहर
२२ पौष २०७८
•
१ मिनेट पाठ
भारतमा कोरोनाको तेस्रो लहर
कोरोनाको ओमिक्रोन भेरियन्टको तीव्र फैलावटका कारण भारतमा महामारीको तेस्रो लहर देखिएको छ।




पछिल्ला दिनमा संक्रमितको संख्या दुगुनाले बढेका कारण कतिपय सहरमा कर्फ्युसमेत लगाइएको छ। ‘भारत कोरोना महामारीको तेस्रो लहरमा छ, यो ओमिक्रोनका कारण भएको हो,’ कोभिड–१९ वर्किङ ग्रुपका अध्यक्ष डा. एनके अरोराले बताए। पछिल्लो साताको तीव्र फैलावट यसको प्रमाण रहेको उनले बताए।

उनले नयाँ संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी ओमिक्रोनका भएको र यसको संक्रमण सहरी क्षेत्रमा बढइी देखिएको बताए।

दिल्लीमा आनुवंशिक सिक्वेन्सिङ गरिएका कुल नमुनामध्ये ८४ प्रतिशतमा ओमिक्रोन भेरियन्ट देखिएको छ। भारतका प्रमुख सहर मुम्बई र दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या बढ्दो छ। मुम्बईका मेयर किशोर पेडनेकारले कोभिड–१९ को सुनामीका लागि तयारी भइरहेको बताए।

उनले कोभिड–१९ संक्रमितको संख्या अहिलेको ११ हजार भएको र थपिएर २० हजार पुगे लकडाउन गरिने बताए। भारतको केन्द्रीय सरकारले सबै राज्यलाई ‘कोभिड–१९ वार रुम’ सक्रिय पार्न, अक्सिजन आपूर्ति तथा शड्ढया व्यवस्था गर्न निर्देशन दिइसकेको छ।

दिल्लीका अस्पतालका ४० प्रतिशत शड्ढया कोभिड–१९ का बिरामीका लागि छुट्ट्याइएको छ। दिल्ली सरकारले शनिबार र आइतबार कफ्र्यु लगाउने घोषणा गरेको छ। एक दिनअघि चुनावी सभालाई सम्बोधन गरेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमण भएको छ।

भारतको पन्जाब र बिहार राज्यमा पनि रात्रिकालीन कर्फ्यु आदेश जारी गरिएको छ। विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले भारतमा संक्रमणको ठूलो लहर आउन सक्ने र दुई साताभित्रमा धेरै कुरा प्रस्ट हुने बताएकी छन्।
अर्को समाचार
वीरगन्जमा संक्रमणविरुद्ध तयारी फितलो
१० वैशाख २०७८
•
४ मिनेट पाठ
वीरगन्जमा संक्रमणविरुद्ध तयारी फितलो
पर्सा जिल्लामा पछिल्लो १० दिनमा ४ सय ४२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गत वर्ष चैत २९ मा पहिलोपटक ३ जना भारतीय मुस्लिम धर्म प्रचारकहरूमा कोरोना संक्रमण फेला परेपछि उक्त संख्या सय पुग्न एक महिना लागेको थियो । यस पटक १० दिनमैं झन्डै साढे ४ सय नयाँ संक्रमण थपिनुले वीरगन्ज कोरोना संक्रमणको लागि ‘हटस्पट’ सरह बनेको देखिएको छ।  




‘कुनै लक्षण नदेखिने एसिम्टोमेटिक प्रकारका संक्रमण रहेकाहरूलाई १० दिनमा स्वतः डिस्चार्ज गर्ने गरिएको छ,’ पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले भने, ‘त्यसरी डिस्चार्ज भएको संख्या यसमा जोडिएको छैन। अहिल १० दिनयताको एक्टिभ संक्रमितको संख्या हो, चार सय ४२।’ उनका अनुसार गत चैत १ गते यता पर्साका थप ६ जना कोरोना संक्रमितहरूको मृत्यु भएको छ। त्यसअघि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यहाँ ५६ थियो, असहले ६० पुगेको छ । जनस्वास्थ्य निरीक्षक ठाकुरले अहिले संक्रमणको तीव्रता भयावह रहेको र यसबाट बच्नु नै महामारी रोक्ने उत्तम उपाय भएको उनको भनाइ छ। संक्रमणबाट जोगिने उपायहरू अपनाउन मानिसहरूमा उदासिनता देखिएकोले पनि अवस्थाप्रति चिन्ता बढेको हो   

मंगलबार मात्रै वीरगन्ज–१४, बहुवरिका एकजना ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा अहिले २९ जना संक्रमितहरूको अक्सिजन चढाएर उपचार गरिंँदैछ। उनीहरूमध्ये केहीलाई भेन्टिलेटर अवश्यक हुन सक्ने अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दास बताउँछन्। अहिले त्यहाँ मात्र १० वटा भेन्टिलेटर रहेकोमा ५ वटा कोरोना संक्रमित बिरामीका लागि र बाकी पाँच वटा अरु प्रकारका बिरामीका लागि राखिएको छ । चैतयता पर्सामा र खासगरी वीरगन्ज क्षेत्रमा कोरोनाभाइरसको संक्रमणको वृद्धि हुन थालको हो।  

छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहर भनिएको संक्रमणको दर तीव्र रुपमा बढेपछि यता नेपालको मुख्यस्थल प्रवेशमार्ग रहेको सीमावर्ती वीरगन्ज र पर्सा जिल्लामा अवस्था भयावह बनेको हो। थपिएका संक्रमितमध्ये धेरै जसोको यात्रा बृतान्त भारतसँग जोडिएको डा.दासले बताए। उनीहरू भारतबाट आएका वा भारतबाट आउनको सम्पर्कमा परेर संक्रमित भएको पाइएको चिकित्सकले बताएका छन्। श्वासको समस्या, कठिन किसिमको निमोनिया, झाडापखाला र रगतमा प्लेटलेटको अभाव जस्तो लक्षण पछिल्ला संक्रमितहरूमा पाइएको डा. दासले बताए।  

नारायणी अस्पतालका चिकित्सक नीरज सिंहले वीरगन्जमा चाहिए अनुसार परिक्षण, कन्ट्याक्ट ट्रेसिङ्ग नभएको बताउँछन्। पर्सामा कोरोना नियन्त्रणका लागि भुमिका गरे मध्येका चिकित्सक सिंहका अनुसार लक्षण नदेखाएका बाहेकेले यहाँ परिक्षण गराएका छैनन। यसले समुदायमा लक्षण नभएका संक्रमित ब्यक्तिहरूको पहिचान हुन पाएको छैन । संक्रमण समुदायमा फैलिइसकेको डा.सिंहको भनाइ छ। भारतसँग जोडिएको सिमानाका पूर्णरुपले ठप्प गरेर केही दिन लकडाउनसरह अवस्था बनाएर परीक्षणको दायरा फराकिलो बनाएमा मात्र यहाँको अवस्था नियन्त्रित हुनसक्ने उनको राय छ।

पर्सामा कोरोना नियन्त्रणका लागि भूमिका गरेका अर्का चिकित्सक डा.उदयनारायण सिंहका अनुसार यहाँ कोरोना संक्रमणलाई लिएर खतराको घन्टी बजिसकेको छ। वास्तविकता तथ्यांकमा देखिएभन्दा निकै विकराल र डरलाग्दो रेहको उनको भनाइ छ। कोभिड–१९ का पोजेटिभ केस आउन एकदमै न्यून भइसकेको पर्सामा र यहाँस्थित वीरगन्ज महानगरपालिकामा पछिल्लोपटक पोजेटिभ केस एक्कासि तीव्र रुपमा थपिँदै जानु उनको भनाइमा अप्रत्याशित चुनौती हो, जसको पूर्वतयारी पर्याप्त छैन। थपिएका नयाँ संक्रमितहरू कडा प्रकारका लक्षण लिएर मात्र आउने गरेका उनी बताउँछन्।  

तयारी फितलो

संक्रमणको दायरा जसन रफ्तारले बढिरहेको छ, त्यसको तुलनामा तयारी निकै फितलो भएको सरोकारवालाहरूको ठहर छ । ‘यसपाली संक्रमणको दर अघिल्लो पटकभन्दा तीव्र छ, बिरामीमा लक्षण कडा छ, हामरीसंग अघिल्लोपटकको अनुभव भएकोले तयारी त्यस अनुसार हुनुपर्ने थियो, तर त्यसो हुन सकेको छैन,’ नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलले भने, ‘मैले अघिल्लो पटक कोरोना संक्रमणमा आमा गुमाएँ, अहिले त्यसतो पिडा धेरै घरहरूमा पुग्ने डर छ।’ स्थानीय ब्यवसायि ध्रुव साहले तयारीमा कमीका कारण संक्रमणको बिस्तार रोक्न कठिनाई भइरहेको आफ्नो ठम्याई रहेको बताउछन्।  

सीमामा भद्रगोल ओहोरदोहोर रक्नु सबभन्दा पहिलो प्राथमिकता हुनुपर्ने उनको राय छ। पर्सामा कोरोना संक्रमितका लागि बेग्लै अस्पतालहरू तत्कालै बनाउनुस पर्नेमा आवश्यक रहेको प्रदेशसभा सदस्य प्रहलाद गिरी बताउँछन्। ‘कोरोना संक्रमितहरूका लागि बेग्लै र आवश्यक सुविधा तथा उपकरण भएको अस्पताल यहाँ छैन। तत्कालै यसको व्यवस्था हुनुपर्छ,’ उनले भने। यहाँ रहेको सरकारी नारायाणी अस्पतालमा क्षमताभन्दा बढी कोरोना संक्रमित भएमा अर्को विकल्प नएकोप्रति धेरैको चिन्ता छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस