भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ
१० असार २०७८
•
६ मिनेट पाठ
भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ
भारतमा हाल जारी रहेको कोभिड १९ को दोस्रो लहर घट्दो क्रममा देखिएको छ। पछिल्ला केही हप्तामा सङ्क्रमणको दर घटेको पाइएको छ। यता यस्तो अवस्था रहे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने समयमा यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन्।  




पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा सङ्क्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ। यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन्। उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन्। जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन्।  

बुधबार बिहान मात्र भारतमा ५० हजार ८४८ जना नयाँ सङ्क्रमित थपिएका छन्। गएको २४ घन्टामा त्यहाँ बुधबार मात्र ती सङ्क्रमित थपिएको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो। यो समेत गरी भारतमा अहिलेसम्ममा कम्तीमा पनि ३ करोड सङ्क्रमित्र पुगेका हुन्। यहाँ ३ करोड २८ हजार ७०९ जना सङ्क्रमित पुगेका हुन्।  

त्यस्तै यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ। भारतमा कोरोना भाइरसका सङ्क्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ। यहाँ केही समय अघिसम्म हरेक दिन २ हजार भन्दा पनि बढी सङ्क्रमितहरुको ज्यान जाने गरेको थियो। तर अहिले सो अवस्थामा पनि कमी आएको छ। यहाँ अहिले मृत्यु हुनेको सङ्ख्या पनि उल्लेख्य मात्रामा घट्दै गएको देखिएको छ।  

पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ। भारतमा पछिल्ला हप्ताहरुमा सङ्क्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ। यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै सङ्क्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन्। उनीहरुले भनेका छन् कि– यसरी पछिल्ला दिनहरुमा सङ्क्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ।  

यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुप¥यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ। अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ।  

यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई  मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन्। स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्‍याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन्।    

सतर्कताका लागि आग्रह  

यता सङ्क्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन्। जसकाकारण यहाँका रेलमार्ग, होटल रेष्टुरेन्ट, सपिङमलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ। नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ। सपिङमलहरुको अवस्था त्यस्तै छ। यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्को लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन्।

दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ। सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो।

यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण  हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ। अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ। जसका कारण ठूलो जनसङ्ख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ। यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन्। उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन्।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स् ९एआइएमएस० का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए– भारतमा कोभिड १९ को तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ। उनले गतहप्ता मात्र भनेका थिए– तेस्रो लहर आगामी छदेखि आठ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ। तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरुको पालनाले पनि निर्धारण गर्नेछ।  

उनले भनेका थिए– हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो। हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो। तर पछिल्ला दिनहरुमा बढ्दो भिडभाड र सरकारले एकपछि अर्को गरी प्रतिबन्धहरु फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन। मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर मलाई लागिरहेको छ।    

विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अधिकारी प्रकास नारायणको धारणा पनि त्यस्तै छ। उनले सङ्क्रमितहरुको सङ्ख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागकिहरु पनि हजारौँको सङ्ख्यामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमै सतर्कता अपनाउन आग्रह पनि गरे।

सुस्त खोप अभियान  

हुनत भारतको जनसङ्ख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो। भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउँछन्। 

साथै कोरोनाको खोप दिएपछि यसका सङ्क्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नु नपर्ने देखिएको पनि उनले बताए।  भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो।

तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ। खोपको दुवै मात्रा लिने यो सङ्ख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ। यो भारतको स्वास्थ्य मन्त्रालयलकै तथ्याङ्क हो। सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ।

उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ। तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरुले त्यो सम्भव देखेका छैनन्। उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ। (अनुवाद– एकराज पाठक)
अर्को समाचार
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
४० मिनेट अघि
•
१ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
काठमाडौं। अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ। त्यस्तै, २ हजार ५०० भन्दा बढी हवाई उडान ढिला भएका छन् भने ४५० भन्दा बढी उडान रद्द गर्नुपरेको छ।




मौसम विभागले समुद्रको जलस्तर पछिल्लो १४ वर्षयताकै उच्च विन्दुमा पुग्न सक्ने चेतावनी दिएको छ। यसले न्यूयोर्क, न्यू जर्सी र फिलाडेल्फियालगायतका तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको छ।

अमेरिकाको पूर्वी तटतर्फ अघि बढिरहेको यस आँधीलाई ‘नोरइस्टर’ भनिन्छ। यो आँधी तीव्र हावा, भारी वर्षा र समुद्रमा उठ्ने विशाल छालका लागि परिचित छ।

थ्याङ्क्सगिभिङका लागि यात्रा गर्ने यात्रु प्रभावित

खराब मौसमका कारण लाखौँ मानिसको यात्रा प्रभावित भएको छ। थ्याङ्क्सगिभिङ अमेरिकाको प्रमुख चाड हो। यस अवसरमा मानिसहरू परिवार र साथीभाइसँग समय बिताउन विभिन्न सहरमा यात्रा गर्छन्। यस्तो समयमा हवाई उडान ढिला हुँदा यात्रुहरूको सास्ती बढेको छ।

खराब मौसमको असर हवाई यात्रामा मात्रै सीमित छैन, चाडपर्वका कार्यक्रमसमेत प्रभावित भएका छन्। न्यूयोर्कमा आयोजना हुने चर्चित थ्याङ्क्सगिभिङ डे परेड शनिबारसम्मका लागि स्थगित गरिएको छ। परेडको यो १००औँ वर्ष हो। यसको इतिहासमा पहिलोपटक परेड स्थगित गर्नुपरेको हो।

न्यूयोर्कका मेयर जोहरान ममदानीले आँधीको जोखिमलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेका हुन्। परेड आयोजक कम्पनी म्यासिजले मानिसहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ।

शक्तिशाली छालले तटीय संरचनामा क्षति

अमेरिकाको पश्चिमी तटमा समुद्रमा उठेका शक्तिशाली छालले किनारमा रहेका विभिन्न संरचनामा क्षति पुर्‍याएका छन्। सान डिएगो आसपास समुद्रको पानीको सतह पुराना रेकर्डभन्दा माथि पुगेको छ। यसले आसपासका होचा भूभागमा पानी पस्ने जोखिम बढाएको छ।

त्यस्तै, पूर्वी तटमा सन् २०१२ मा आएको सुपरस्टर्म स्यान्डीपछि समुद्रको जलस्तर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। डेलावेयर र न्यू जर्सीका केही क्षेत्रमा तीव्र हावाका कारण विद्युत् प्रसारण लाइनहरूमा क्षति पुग्ने र विद्युत् आपूर्ति बन्द हुने जोखिम कायम छ।

मध्य अमेरिकामा वर्षा र हिमपातको अनुमान

मौसमको प्रभाव तटीय क्षेत्रमा मात्रै सीमित छैन। अमेरिकाको मध्य भागमा बुधबारदेखि शुक्रबारसम्म वर्षा र हिमपात हुने अनुमान गरिएको छ। यसले विभिन्न क्षेत्रमा चिसो थप बढाउन सक्छ।

त्यस्तै, प्रशान्त उत्तरपश्चिमी क्षेत्रमा बुधबार रातिदेखि वर्षा र तीव्र हावाको अर्को चरण सुरु हुने सम्भावना छ। त्यसैले देशका विभिन्न भागका नागरिकले तत्काल खराब मौसमबाट राहत पाउने सम्भावना कम देखिएको छ।

के हो नोरइस्टर आँधी?

नोरइस्टर अमेरिकाको पूर्वी तटमा आउने शक्तिशाली आँधी हो। यसलाई नोरइस्टर नाम दिनुको कारण यसका क्रममा हावा उत्तरपूर्वी दिशाबाट चल्नु हो।

यस्तो आँधी वर्षको जुनसुकै समयमा आउन सक्छ। तर सेप्टेम्बरदेखि अप्रिलसम्म यसको सम्भावना बढी हुन्छ। यस अवधिमा आँधीको शक्ति पनि बढी हुने गर्छ।

अमेरिकाको पूर्वी तटमा यस्तो आँधी विकसित हुनुको प्रमुख कारण चिसो र तातो हावाको मिश्रण हो। जाडोयाममा आर्कटिक क्षेत्रबाट आउने चिसो हावा क्यानडा हुँदै अमेरिकाबाट एटलान्टिक महासागरतर्फ अघि बढ्छ। अर्कोतर्फ, मेक्सिकोको खाडी र एटलान्टिक महासागरबाट आउने तातो हावा उत्तरतर्फ फैलिन्छ।

गल्फ स्ट्रिम नामक तातो समुद्री धाराका कारण जाडोयाममा पनि समुद्रको पानी न्यानो रहन्छ। यसले समुद्रमाथिको हावालाई समेत न्यानो बनाउँछ। समुद्रबाट आउने तातो हावा र जमिनबाट आउने चिसो हावा एकआपसमा भेटिँदा नोरइस्टर आँधी विकसित हुन्छ र यसले थप शक्ति प्राप्त गर्छ।

मौसमविद् ब्रायन एडवर्ड्सका अनुसार अमेरिकामा हरेक वर्ष औसतमा तीनवटा नोरइस्टर आँधी आउने गर्छन्। यसको प्रभाव विशेषगरी वासिङ्टन डीसी, फिलाडेल्फिया, न्यूयोर्क र बोस्टनजस्ता सहरमा देखिन्छ। यी क्षेत्रमा भारी वर्षा वा हिमपात हुने गर्छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस