अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० जनाको मृत्यु
०७ असार २०७८
•
१ मिनेट पाठ
अमेरिकाको अलाबामामा भएको दुर्घटनामा ९ बालबालिकासहित १० जनाको मृत्यु
अमेरिकाको अलाबामामा भएको सडक दुर्घटनामा परी १० जनाको मृत्यु भएको बताइएको छ। शनिबार अमेरिकाको अलाबामा राज्यमा भएको सडक दुर्घटनामा परी ती नागरिकको ज्यान गएको बताइएको छ। उक्त दुर्घटनामा परेर नौ जना बालबालिकाको ज्यान गएको छ। साथै अर्का एकजना वयस्क नागरिक पनि सो दुर्घटनामा परी मृत्यु भएको छ।




यहाँका अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार अलाबामाको बटलर काउन्टीमा दुर्घटनामा परेर ती बालबालिका मारिएका हुन्। सो दुर्घटनामा परी मृत्यु भएका ८ जना बालबालिका ४ देखि १७ वर्ष उमेरका रहेका थिए। एक भ्यानमा यात्रा गरिरहेका उनीहरुको भ्यान दुर्घटनामा परेको बताइएको छ।

उनीहरुको दुर्घटनास्थलमै ज्यान गएको थियो। अर्को भ्यानमा रहेका एकजना २९ वर्षका युवक र उनकी नौ महिनाकी छोरीले पनि त्यही दुर्घटनामा परेर ज्यान गुमाएका यहाँको स्थानीय प्रहरीले जानकारी दिएको छ।

यो सडक दुर्घटना भएको र दुई ओटा भ्यान एक आपसमा जुधेका ती प्रहरी अधिकारीले जानाकारी गराएका छन्। दुर्घटनाको बारेमा अनुसन्धान थालिएको पनि ती प्रहरीले जानकारी दिएका छन्।
अर्को समाचार
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
८ घण्टा अघि
•
३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
बालबालिकामा देखिने बोली तथा उच्चारणसम्बन्धी समस्याको कारण पत्ता लगाउन अस्ट्रेलियामा ठूलो स्तरको अनुसन्धान सुरु गरिएको छ। यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।




अनुसन्धानका लागि अस्ट्रेलियाभरबाट बोलीसम्बन्धी समस्या भएका एक हजार ५०० बालबालिकालाई सहभागी गराइने भएको छ। मर्डोक बाल अनुसन्धान संस्थान र मेलबर्न विश्वविद्यालयको नेतृत्वमा सञ्चालन हुने उक्त अध्ययनमा साढे तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका समेटिनेछन्।

बिहीबार सार्वजनिक गरिएको संस्थानको विज्ञप्तिअनुसार ‘बोलीमा जिनको भूमिका’ नाम दिइएको यस अध्ययनले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत कारणहरूको पहिचान गर्नेछ। अनुसन्धानबाट प्राप्त नतिजाले यस्ता समस्या विकास हुनुका पछाडिका कारण बुझ्न र उपचारका प्रभावकारी उपाय खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वभर पूर्वप्राथमिक तहका करिब १० प्रतिशत बालबालिकाले बोल्न सिक्ने क्रममा उच्चारणसम्बन्धी त्रुटि अनुभव गर्छन्। कतिपय बालबालिकामा उमेर बढ्दै जाँदा यस्ता समस्या आफैँ कम हुँदै जान्छन् भने केहीमा लामो समयसम्म कायम रहन सक्छन्।

विशेषगरी लामो समयसम्म बोलीसम्बन्धी समस्या रहँदा बालबालिकाको दैनिक सञ्चार, शैक्षिक उपलब्धि तथा सामाजिक विकासमा असर पर्न सक्छ। स्पष्ट रूपमा बोल्न कठिनाइ हुँदा उनीहरूलाई आफ्नो विचार व्यक्त गर्न, अरूसँग कुराकानी गर्न तथा विद्यालयका सिकाइ गतिविधिमा सहभागी हुन समस्या हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।

यस्ता समस्याको प्रभाव बोल्ने क्षमतामा मात्र सीमित नहुने पनि अनुसन्धानकर्ताहरूको भनाइ छ। सानै उमेरमा देखिने उच्चारणसम्बन्धी कठिनाइ पछि पढ्ने र लेख्ने क्षमतासँग पनि जोडिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै समस्या पहिचान गर्नु महत्त्वपूर्ण मानिएको छ।

मर्डोक बाल अनुसन्धान संस्थानको बोली तथा भाषा अनुसन्धान समूहकी प्रमुख प्राध्यापक एन्जेला मोर्गनले अध्ययनले बालबालिकामा बोलीसम्बन्धी समस्या किन विकास हुन्छ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन्।

उनका अनुसार यस अनुसन्धानको मुख्य उद्देश्य समस्यासँग सम्बन्धित वंशाणुगत कारण पत्ता लगाउनुका साथै प्रभावित बालबालिकाको समयमै पहिचान र उनीहरूको आवश्यकताअनुसार उपचार तथा हेरचाहको व्यवस्था गर्न सहयोग पुर्‍याउनु हो।

मोर्गनका अनुसार बोलीसम्बन्धी समस्या भएका प्रत्येक चारमध्ये करिब एक जनाले आफ्नो परिवारमा पनि यस्तै समस्या रहेको इतिहास सुनाएका छन्। यसले परिवारभित्र यस्तो समस्या देखिने सम्भावनालाई संकेत गरे पनि परिवारमा कसैलाई यस्तो समस्या नभएका बालबालिकामा समेत वंशाणुगत कारणको भूमिका हुन सक्ने उहाँले बताए।

यसअघि गरिएका विभिन्न अनुसन्धानमा केही दुर्लभ बोलीसम्बन्धी समस्यासँग सम्बन्धित एकल जिन पहिचान गरिएको थियो। तर, अहिले सुरु गरिएको अध्ययनले तुलनात्मक रूपमा धेरै बालबालिकामा देखिने सामान्य बोलीसम्बन्धी समस्याको कारण पत्ता लगाउन केन्द्रित हुनेछ।

यसका लागि अनुसन्धानमा सहभागी हुने योग्य बालबालिकाका परिवारले इन्टरनेटमार्फत केही छोटा बोलीसम्बन्धी गतिविधि पूरा गर्नुपर्नेछ। साथै, बालबालिकाको र्‍यालको नमुना संकलन गरी वंशाणुगत पदार्थको परीक्षण गरिनेछ। उक्त परीक्षणबाट बोलीसम्बन्धी समस्यासँग जोडिएका वंशाणुगत विशेषताहरू पहिचान गर्ने प्रयास गरिनेछ।

अनुसन्धानकर्ताहरूले बालबालिकामा देखिने बोलीसम्बन्धी समस्यालाई समयमै पहिचान गर्न सके उनीहरूको सञ्चार क्षमता, सिकाइ र सामाजिक विकासमा आवश्यक सहयोग पुर्‍याउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

यस अध्ययनबाट प्राप्त हुने निष्कर्षले भविष्यमा बोलीसम्बन्धी समस्या भएका बालबालिकाको पहिचान र उपचारलाई थप प्रभावकारी तथा उनीहरूको आवश्यकताअनुकूल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस