ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
१८ फागुन २०७७
•
१ मिनेट पाठ
ट्रम्प दम्पतीले कोरोनाको खोप जनवरीमै लगाएका थिएः पूर्व सल्लाहकार
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ। उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो।  




चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाएको उनका सल्लाहकारले सोमबार जानकारी दिएका छन्। 'राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोना विरुद्धको खोप लगाउनु भएको थियो,' उनका सल्लाहकारले भने। उनले अरु विवरण भने नबताएको समाचारमा उल्लेख गरिएको छ।

तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए। त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो। उनी राष्ट्रपति भएका बेला विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएको थियो। अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गरेका थिए।    

ट्रम्पले गत जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेबारी सम्हालेका थिए। त्यसपछि अहिले जो बाइडेन अमेरिकाको राष्ट्रपति पदमा छन। उनले भने कोरोनाविरुद्धको खोप लगाउनुका साथै भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने मापदण्डको पालना गर्न सबै अमेरिकीलाई आह्वान गर्दै आएका छन्। कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड पालना गर्न विश्व स्वास्थ्य संगठन लगाएका आधिकारिक र जिम्मेवार निकाय तथा वैज्ञानिकहरुले सुझाव दिएका हुन्। 
अर्को समाचार
कोभिड–१९ र मानव स्वतन्त्रता
२५ भदौ २०७८
•
४ मिनेट पाठ
कोभिड–१९ र मानव स्वतन्त्रता
पछिल्ला दिनमा अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने बिरामीको संख्या तथा मृत्युमा भएको वृद्धिले महामारीको अन्त अझै नजिक नभएको कटु यथार्थ उजागर गरेको छ। यो रोगको जताततै नियन्त्रण नभएसम्म विश्वको अर्थतन्त्र पुरानो लयमा फर्कन सक्दैन। तर अमेरिका यो प्रसंगमा दुखद यथार्थ बनेको छ किनभने अमेरिकामा जे भइरहेको छ त्यो अनपेक्षित र अनावश्यक छ। 




एकातिर विश्वका गरिब तथा विकासोन्मुख देश खोपको पहिलो डोजको जोहो गर्न संघर्ष गरिरहेका छन् भने अमेरिकासँग आफ्ना नागरिकलाई दोस्रो डोज खोप लगाउन यथेष्ट खोप मौज्दात छ। अझ आफ्ना नागरिकलाई खोपको तेस्रो बुस्टर डोज लगाउन अमेरिका तम्तयार छ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेझैँ सबैले खोप लगाएमा कोभिड–१९ यत्तिकै हराउनेछ। तर अझै पनि अमेरिकामा भाइरसको डेल्टा भेरियन्ट रोक्न पर्याप्त जनसंख्याले खोप लगाएका छैनन् र यही कारणले कतिपय स्थानमा भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जनसंख्याको ठूलो तह शिक्षित हुँदाहुँदै पनि किन उनीहरूले युक्तिसंगत कार्य गरेका छैनन् ? किन आफ्नै हित हुने काम गर्न उनीहरू अनिच्छुक छन् ? किन उनीहरूले इतिहासबाट पाठ पढेका छैनन् ? किन उनीहरू विज्ञानसंगत देखिएका छैनन् ? 

यी सबै प्रश्नको उत्तर पाउन त्यति सजिलो छैन। तर अमेरिका धनी राष्ट्र भए पनि अपेक्षा गरेअनुसार अन्य राष्ट्रको तुलनामा त्यति शिक्षित राष्ट्र छैन। खोप लगाउन अनिच्छुक धेरै अमेरिकी विज्ञान शिक्षाको कमजोर प्रभाव भएका राज्यका छन्। यी राज्यमा उद्विकास तथा जलवायु परिवर्तन जस्ता आधारभूत विषयमा राजनीतीकरण गरिएको छ र कतिपय राज्यमा यी विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिएको छैन। 

यो अवस्थामा गलत सूचनाले धेरै मानिसलाई प्रभाव पार्न सक्छ। यसैगरी आफूले प्रसार गरेको सुचनाले सिर्जना गर्ने दायित्व बहन गर्नु नपर्ने सामाजिक सञ्जालमा कोभिड–१९ र खोपका बारेमा प्रवाह हुने सन्देशले समस्या झन बल्झाएको छ। तर यो सन्दर्भमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको गलत रूपमा व्याख्या गरिएको व्यक्तिगत स्वतन्त्रताको सवाल हो। 

मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न अस्वीकार गर्नेले यो व्यक्तिगत स्वतन्त्रताको हनन भनेका छन्। तर एक व्यक्तिको स्वतन्त्रता अर्काे व्यक्तिको ‘अस्वतन्त्रता’ बन्ने वर्तमान परिप्रेक्ष्यमा स्वतन्त्रताका पक्षधरले अर्काे पक्षको बाँच्न पाउने अधिकार अस्वीकार गरेका छन्।

यो प्रसंगसँग जोडिएको मूल कुरा के हो भने यो विषय बहुआयामिक छ। महामारीका बेला एक जनाले गर्ने व्यवहारले अर्कालाई हानि  पुर्‍याउँछ। यसरी अरूको व्यवहारले असर गर्ने भएपछि समाजको स्वास्थ्यका लागि यस्ता नोक्सान गर्ने व्यवहारको नियन्त्रण र सामाजिकरूपमा अनुकूल आनीबानीको प्रोत्साहन गर्न सामूहिक कार्य आवश्यक हुन्छ।  

आदिष्ट (अर्डर्ड) समाजमा निषेध आवश्यक हुन्छ। हत्या गर्न, चोर्न तथा अरूको व्यक्तिगत स्वतन्त्रतामा बाधा पुर्‍याउन  निषेध हुँदाहुँदै  पनि हामीले बुझ्नुपर्ने कुरा के हो भने यी निषेधात्मक व्यवस्थाको अभावमा समाजले काम गर्न सक्दैन। कोभिड–१९ पछिको विश्वमा हामीले मान्नुपर्ने दस आदेश (टेन कमान्डमेन्ट) मा यस्तो नयाँ व्यवस्था हुनुपर्नेछ– संक्रामक रोगको प्रसार रोक्न सकिने हुँदाहुँदै पनि यसको प्रसारमार्फत अर्काको हत्या गर्न पाइने छैन।

यसैगरी परिमार्जित कमान्डमेन्टमा ‘सबैले खोप लगाउनुपर्नेछ’ भन्ने व्यवस्था हुनुपर्छ। कोभिड–१९ खोप लगाउन अनिच्छुकले सामाजिक तथा आर्थिक सुविधा दिनु हुँदैन। स्वास्थ्यका कारण नमिल्नेबाहेक सबैले खोप लगाउनुपर्छ।

पछिल्ला १८ महिनाको अनुभवले विश्वको स्वास्थ्य सार्वजनिक सरोकारको विषय बनेको छ। विश्वका कुनै पनि भागमा यो रोगले वितण्डा मच्याएको अवस्थामा खोपलाई निष्प्रभावी पार्ने तथा झन संक्रामक भाइरसका भेरियन्टको उत्पत्ति तथा विकास हुन सक्छ।

तर विश्वको अधिकांश स्थानमा खोपको प्रभावकारिता भन्दा पनि खोपको अभाव महत्वपूर्ण विषय बनेको छ। प्रमाणिक कुरा के हो भने निजी क्षेत्रले मागअनुसार उत्पादन बढाउन सकेका छैनन्।उसो भए, के खोप निर्माताले आर्थिक अभावका कारण उत्पादन बढाउन नसकेका हुन त ? के खोपका लागि चाहिने सिरिन्ज र ग्लास भायलको अभाव छ त ? अथवा थोरै डोज उत्पादन गर्दा धेरै मूल्य र फाइदा हुने कारणले यसो भएको हो ? आपूर्तिको बाधाका रूपमा अगाडि आएको विषय भनेको बौद्धिक सम्पत्तिको अधिकारसँग सम्बन्धित छ। यो अधिकार निलम्बन गर्न विश्व व्यापार संगठनमा छलफल भइरहेको छ र यो अत्यन्त महत्वपूर्ण विषय बनेको छ।

अहिलेको अपरिहार्य आवश्यकता तथा चुनौतीको पृष्ठभूमिमा अझै धेरै काम हुन बाँकी छ। यो सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले प्रतिरक्षा उत्पादन ऐन (डिभेन्स प्रोडक्सन एक्ट) कार्यान्वयन गर्न सक्छ र बौद्धिक सम्पत्तिमा संघ सरकारको स्वामित्व हुने व्यवस्था गर्न सक्छन्।

फर्मास्युटिकल कम्पनीलाई बौद्धिक सम्पत्ति अधिकारको बेरोकटोक प्रयोग गर्न छूट भएकाले उनीहरू अरबौँ डलर नाफा गर्न सक्षम छन्। त्यसैले अमेरिकाले देशभित्र र बाहिर खोप उत्पादन गर्ने सवालमा सबै उपाय अवलम्बन गर्न आवश्यक छ। विश्वव्यापी रूपमा खोपको सहज पहुँचका लागि अरबौँ डलर खर्च गर्न आवश्यक पर्ला तर महामारीले जीवन, जीवन यापन तथा विश्व अर्थतन्त्रलाई पार्ने प्रभावको तुलनामा यो लगानी नगण्य रहनेछ।

(कोलम्बिया विश्वविद्यालयका प्राध्यापक समेत रहेका लेखक अर्थशास्त्रका नोबेल पुरस्कार विजेता हुन्। उनले विश्व बैंकको प्रमुख अर्थशास्त्रीका रूपमा पनि काम गरेका छन्। प्राजेक्ट सिन्डिकेटबाट।)
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस