जापानको मुख्य मुद्रास्फीति दर अप्रिलमा ३.५ प्रतिशत पुगेको छ। मुद्रास्फीतिका कारण चामलको मूल्य गत वर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्यांकले देखाउँछ।
ताजा खानाबाहेकको उपभोक्ता मूल्य मापन ३.२ प्रतिशतबाट बढेर बजार अनुमानभन्दा माथि पुगेको छ। मुद्रास्फीतिका कारण बैंक अफ जापानले ब्याजदर बढाउने सम्भावना बलियो भएको छ।
आन्तरिक मामिला मन्त्रालयका अनुसार मार्चमा ऊर्जाबाहेकका सामानमा मूल्यवृद्धि २.९ प्रतिशत थियो भने अप्रिलमा ३.० प्रतिशत कायम भएको छ। समग्र मुद्रास्फीति मार्च र अप्रिलमा ३.६ प्रतिशत स्थिर रहेको छ।
पछिल्लो तीन वर्षदेखि जापानको मुद्रास्फीति केन्द्रीय बैंकको २ प्रतिशत लक्ष्यभन्दा माथि छ। यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिबाट उत्पन्न अनिश्चितताले बैंकलाई हालको नीतिमा अडिग रहन प्रेरित गर्न सक्छ।
बैंकले मेको सुरुमा भएको बैठकमा मुख्य ब्याजदर स्थिर राखेको थियो तर करवृद्धिले विश्वव्यापी आर्थिक अनिश्चितता बढाएको भन्दै आर्थिक वृद्धिको अनुमान संशोधन गरेको छ।
सन् २०२२ मा युक्रेनमा रुसी आक्रमणपछि जापानमा मुद्रास्फीति सुरु भएको थियो। चामलको मूल्यवृद्धि सरकारका लागि राजनीतिक समस्याका रूपमा देखिएको छ।
शुक्रबार सार्वजनिक तथ्यांकअनुसार, सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८.४ प्रतिशतले बढेको छ। मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले आपतकालीन भण्डारको केही हिस्सा बजारमा पठाएको छ।
सन् २०२३ मा अत्यधिक गर्मी, कम वर्षा, खडेरी र ‘महाभूकम्प’ चेतावनीका कारण उत्पादन कम भएको र आत्तिएर किनमेल बढेकोले यो कमी भएको हो। पर्यटकको उच्च आगमन र केही व्यापारीले खाद्यान्न भण्डारण गरेको अनुमान पनि कारण मानिएको छ।
यसै साता कृषिमन्त्री ताकु इटोले चामलको गडबडीले जनआक्रोश बढेपछि राजीनामा दिए। उनले सभामा भने, ‘मैले आफैले कहिल्यै चामल किनेको थिइनँ किनभने मेरा शुभेच्छुकहरूले मलाई यति धेरै चामल दिन्छन् कि म व्यावहारिक रूपमा यसलाई बेच्न सक्छु।’
इटोको राजीनामापछि प्रधानमन्त्री शिगेरु इशिबाले भने, ‘म जापानी जनतासँग माफी माग्छु किनभने उनलाई नियुक्त गर्नु मेरो जिम्मेवारी हो।’ उनले थपे, ‘चामलको मूल्य उच्च छ भन्ने कुरा एकपटकको घटना होइन, संरचनात्मक समस्या हो। हामीले यसमा गहन छलफल गर्नुपर्छ र मूल्य अवश्य घट्नुपर्छ।’
क्यापिटल इकोनोमिक्सका मार्सेल थिलियान्टले भने, ‘साप्ताहिक धानको मूल्यमा स्थिरताको संकेत देखिएको छ, त्यसैले चामलको मुद्रास्फीति केही समयपछि नरम हुन थाल्नुपर्छ।’ उनले केन्द्रीय बैंकले यस वर्ष नीतिलाई कडा बनाउने अपेक्षा पनि व्यक्त गरे। एएफपी