अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेको प्यालेस्टिनी क्षेत्र गाजामा मानिसहरू भोकमरीमा रहेको बताएका छन्।
उनले शुक्रबार पत्रकारहरूसँग संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताए। ‘हामी गाजालाई हेरिरहेका छौँ र हामी यसको ख्याल राख्नेछौँ। धेरै मानिस भोकमरीमा छन्,’ उनले पत्रकारहरूलाई भने।
ट्रम्पको यो संक्षिप्त भनाइ खाडी देशहरूको बहुदिवसीय भ्रमणको अन्तिम चरणमा आएको हो। इजरायलले गाजामा दुई महिनाभन्दा बढी समयदेखि नाकाबन्दी लगाएको छ।
यस नाकाबन्दीले संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरू र अन्य मानवीय समूहहरूले २४ लाख प्यालेस्टिनीको क्षेत्रमा इन्धन र औषधि आपूर्तिमा कमी हुने चेतावनी दिएका छन्। इजरायलले गाजामा मानवीय सङ्कट रहेको कुरालाई बारम्बार अस्वीकार गरेको छ।
अमेरिका र इजरायल समर्थित योजनाको व्यापक आलोचना र गाजाको मानवीय अवस्थाप्रति चिन्ता व्यक्त भएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजामा सहायता ल्याउन नयाँ विचारका लागि खुलापन व्यक्त गरेको एक दिनपछि ट्रम्पको यो भनाइ आएको हो। एएफपी