के भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न सक्छ?
१५ वैशाख २०८२
•
६ मिनेट पाठ
के भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न सक्छ?
भारत र पाकिस्तानको सिमाना भएर बग्ने सिन्धु नदी।
गत मंगलबार भारत प्रशासित कश्मीरमा भएको डरलाग्दो आक्रमणपछि दुई देशबीच सिन्धु बेसिनका ६ वटा नदीको पानी बाँडफाँटसँग सम्बन्धित सिन्धु जलसम्झौतालाई भारतले निलम्बन गरेपछि एउटा प्रश्न उठेको छ। त्यो हो– के भारतले सिन्धु नदी र यसका दुई सहायक नदीहरूलाई पाकिस्तानतर्फ बग्नबाट रोक्न सक्ला?




पहलगाममा २५ जना पर्यटकको गोली हानी हत्या गरिएपछि भारतले पाकिस्तानविरुद्ध चालेका धेरै कदममध्ये सो सम्झौताको निलम्बन पनि एक हो। पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गरेको आरोप नयाँ दिल्लीले लगाएको छ भने इस्लामाबादले यस आरोपलाई ठाडै अस्वीकार गरेको छ। पाकिस्तानले पनि दिल्लीविरुद्ध जवाफी कदम चालेको छ र पानीको बहाव रोक्नुलाई ‘युद्धको कार्य’ अर्थात् ‘एक्ट अफ वार’ मानिने भनेर चेतावनी दिएको छ। सम्झौताले सिन्धु बेसिनका पूर्वी क्षेत्रका राबी, व्यास र सतलज नदीहरू भारतका लागि छुट्याइएका थिए भने सिन्धु, झेलम र चेनाब गरी तीन पश्चिमी नदीको ८० प्रतिशत पानीको बहाव पाकिस्तानका लागि छुट्याइएको थियो।

विगतमा पनि यो सम्झौतालाई लिएर विवाद भएका थिए। पाकिस्तानले भारतका केही जलविद्युत र पानी पूर्वाधार परियोजनाहरूमा आपत्ति जनाएको थियो। यी परियोजनाले नदीको बहाव कम गर्ने र सन्धिको उल्लंघन गर्ने उसको तर्क रहँदै आएको छ।

विशेषगरी ८० प्रतिशतभन्दा बढी कृषि र लगभग एक तिहाइ जलविद्युत् सिन्धु बेसिनको पानीमा निर्भर रहेकाले पाकिस्तानका लागि यो विषय पेचिलो रहँदै आएको छ। यसैबिच जलवायु परिवर्तनका कारण सिँचाइ र पिउने पानीदेखि जलविद्युत्सम्मका बदलिँदो आवश्यकताको पृष्ठभूमिमा सम्झौताको समीक्षा र संशोधन आवश्यक रहेको भारतीय तर्क रहँदै आएको छ।

जे जसो भए पनि वर्षौंदेखि पाकिस्तान र भारत दुवैले यही सन्धिअन्तर्गत व्यवस्था भएका कानुनी मार्गहरूको अवलम्बन गर्दै आएका छन्। दुवै पक्षले सम्झौताको निलम्बनको घोषणा गरेको यो पहिलो पटक हो।

विशेषगरी उपल्लो तटीय राष्ट्र भारतलाई यो घोषणाले भौगोलिक लाभ दिन्छ। तर निलम्बनको वास्तवमा अर्थ के हो? के भारतले सिन्धु बेसिनको पानीलाई रोकेर वा मोडेर पाकिस्तानलाई यसको जीवनरेखाबाट वञ्चित गर्न सक्छ? के भारत त्यसो गर्न सक्षम छ? विज्ञहरूका अनुसार उच्च बहावको अवधिमा पश्चिमी नदीहरूबाट दसौं अर्ब घनमिटर पानी रोक्न भारतका लागि लगभग असम्भव छ।

भारतसँग त्यो स्तरमा पानीको प्रवाहलाई मोड्न आवश्यक पर्ने विशाल भण्डारण पूर्वाधार र विस्तृत नहरहरूको अभाव छ। ‘भारतसँग भएका पूर्वाधारहरू प्रायः ‘रन–अफ–द–रिभर’ जलविद्युत् आयोजना हुन्, जसलाई ठुलो भण्डारणको आवश्यकता पर्दैन,’ दक्षिण एसिया नेटवर्क अन ड्याम्स, रिभर्स एन्ड पिपुलका क्षेत्रीय जलस्रोत विज्ञ हिमांशु ठक्कर बताउँछन्।

यी जलविद्युत् आयोजनाले ठुलो मात्रामा पानी नरोकीकन टर्बाइन घुमाउन र बिजुली उत्पादन गर्न बगिरहेको पानीको शक्तिलाई प्रयोग गर्ने गर्छन्। भारतीय विज्ञहरूका अनुसार अपर्याप्त पूर्वाधारका कारण भारतले सन्धिअन्तर्गत झेलम, चेनाब र सिन्धुको पानीको २० प्रतिशत हिस्सा पनि पूर्ण रूपमा उपयोग गर्न सकेको छैन। यही कारणले जल भण्डारण संरचनाहरू निर्माण गर्नेमा भारतको जोड छ तर पाकिस्तानले सन्धिको प्रावधानहरूको हवाला दिँदै यस प्रकारको योजनाको विरोध गर्दै आएको छ।

विज्ञहरू बदलिँदो परिस्थितिमा भारतले पाकिस्तानलाई जानकारी नदिई विद्यमान पूर्वाधारहरू परिमार्जन गर्न वा थप पानी रोक्न वा मोड्न नयाँ संरचना निर्माण गर्न सक्ने बताउँछन्। ‘विगतको अभ्यासविपरीत अब पाकिस्तानसँग आफ्नो परियोजना कागजातहरू साझा गर्न भारतलाई आवश्यक पर्नेछैन,’ ठक्कर थप्छन्।

भारतका बाँधहरू पाकिस्तानको सीमाबाट धेरै टाढाको दुरीमा छन् तर कठिन भूभाग र परियोजनको विषयमा भारतभित्रै रहेका विरोधका कारण सिन्धु बेसिनमा जल पूर्वाधार निर्माण पर्याप्त गतिमा अघि बढ्न सकेको छैन।

सन् २०१६ मा भारत प्रशासित कश्मीरमा भएको आतंकवादी हमलापछि भारतीय जलस्रोत मन्त्रालयका अधिकारीहरूले सिन्धु बेसिनमा धेरै बाँध र जल भण्डारण परियोजनाहरूको निर्माणलाई तीव्रता दिने बताएका थिए। यस्ता परियोजनाहरूको अध्यावधिक अवस्थाबारे आधिकारिक जानकारीको अभाव रहे पनि स्रोतका अनुसार यसमा प्रगति सीमित छ।

केही विज्ञका अनुसार भारतले आफ्नो क्षेत्रमा पूर्वाधारको निर्माणका साथ बहाव नियन्त्रण गर्न थाल्यो भने पाकिस्तानले सुक्खा मौसममा यसको प्रभाव महसुस गर्न सक्छ। ‘गम्भीर चिन्ताको विषय के हो भने सुक्खा मौसममा बेसिनभरि बहाव कम हुन्छ र यतिबेला भण्डारणको आवश्यकता झन् बढी रहन्छ,’ अमेरिकाको टफ्ट्स विश्वविद्यालयका सहरी वातावरणीय नीति र वातावरणीय अध्ययनका सहायक प्राध्यापक हसन एफ खानले डन पत्रिकामा लेखेका छन्।

‘कानुनी रोकतोक केही नहुँदा सन्धिको आवश्यकता झन् बढी महसुस हुन थाल्नेछ,’ उनी भन्छन्। सन्धिका अनुसार भारतले जलविज्ञानसम्बन्धी तथ्यांक पाकिस्तानसँग साझा गर्नुपर्छ। बाढी पूर्वानुमान र सिँचाइ, जलविद्युत् र पिउने पानीको योजनाका लागि यी तथ्यांक महत्त्वपूर्ण रहन्छन्।

जल सम्झौताका पूर्वआयुक्त प्रदीपकुमार सक्सेनाले अब भारतले पाकिस्तानसँग बाढीको तथ्यांक साझा गर्न बन्द गर्न सक्ने प्रेस ट्रस्ट अफ इन्डियालाई बताएका छन्। जुनमा सुरु भएर सेप्टेम्बरसम्म जारी रहने मनसुनले यो क्षेत्रमा विनाशकारी बाढी निम्त्याउने गर्छ।

पाकिस्तानी अधिकारीहरूका अनुसार भारतले पहिलेदेखि नै धेरै सीमित जलविज्ञानसम्बन्धी तथ्यांक साझा गरिरहेको थियो। ‘पछिल्लो घोषणा गर्नुअघि नै भारतले लगभग ४० प्रतिशत मात्र तथ्यांक साझा गरिरहेको थियो,’ सिन्धु जल सन्धिका पाकिस्तानका पूर्वअतिरिक्त आयुक्त सिराज मेमनले बिबिसी उर्दुलाई भनेका छन्।

यो विषयसँग जोडिएको अर्काे पेचिलो मुद्दा भनेको उपल्लो तटीय राष्ट्रले विवादको बेला तल्लो तटीय राष्ट्रका विरुद्ध पानीलाई ‘हतियार’ बनाउन सक्छ कि सक्दैन भन्ने हो। यसलाई कतिपयले ‘पानी बम अर्थात् वाटर बम’को संज्ञा दिन्छन्। यो अवस्थामा माथिल्लो तटीय राष्ट्रले अस्थायी रूपमा पानी रोक्न सक्छ र त्यसपछि बिनाचेतावनी अचानक छोड्न सक्छ, यसले तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याउँछ। उसो भए के भारतले त्यसो गर्न सक्छ त? विज्ञका अनुसार भारतले यसो गरे आफ्नै क्षेत्रमा बाढीको जोखिम निम्तिनेछ। किनभने उसका बाँधहरू पाकिस्तानको सीमाबाट धेरै टाढा छन्।

तर भारतले अब पूर्वचेतावनीबिना आफ्ना जलाशयबाट बालुवा र गेग्रान प्रवाह गरिदिन सक्छ, जसले पाकिस्तानमा तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुर्‍याउन सक्छ। सिन्धुजस्ता हिमाली नदीहरूले उच्च मात्रामा बालुवा बोक्छन्। बाँध र ब्यारेजहरूमा बालुवा जम्मा हुने गर्छ। यसरी थुप्रिएका बालुवा र गेग्रान अकस्मात् बाहिर निकाल्दा तल्लो तटीय क्षेत्रमा यसले ठुलो क्षति हुने विज्ञ बताउँछन्। यो विषयमा जोडिएको अर्काे पक्ष पनि छ। भारत ब्रह्मपुत्र बेसिनमा चीनको तल्लो तटीय क्षेत्रमा पर्छ। सिन्धु नदी तिब्बतमा उत्पत्ति हुन्छ।

सन् २०१६ मा भारत प्रशासित कश्मीरमा भएको आतंकवादी हमलापछि ‘रगत र पानी सँगै बग्न सक्दैन’ भनेर भारतले चेतावनी दिएको थियो। त्यो आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष लगाएको थियो। त्यतिबेला चीनले ब्रह्मपुत्रको सहायक नदी यारलुङ त्साङ्पो नदीलाई अवरुद्ध गरेको थियो। यो नदी भारतको उत्तरपूर्वी क्षेत्रमा ब्रह्मपुत्रमा मिसिन्छ। परम्परागत रूपमा चीन पाकिस्तानको सहयोगी हो।

भारतीय सीमानजिकै आफूले बनाइरहेको जलविद्युत् परियोजनाका लागि अत्यधिक पानी आवश्यक भएकाले त्यसो गरिएको चीनको दाबी थियो। तर खास समयमा गरिएको उक्त प्रतिक्रियाका कारण बेइजिङले इस्लामाबादलाई मद्दत गर्न यो कदम उठाएको धैरको आकलन थियो।

तिब्बत क्षेत्रमा कैयन् जलविद्युत् आयोजनाहरू निर्माण गरिसकेको चीनले हालै यारलुङ  त्साङ्पोको तल्लो भागमा विश्वको सबैभन्दा ठुलो बाँध निर्माणलाई स्वीकृति दिइसकेको छ।  बेइजिङले यो परियोजनाको वातावरणीय प्रभाव न्यूनतम रहेको दाबी गरेको छ। तर यो परियोजनाले चीनलाई नदीको बहावमा महŒवपूर्ण नियन्त्रण दिने भारतीय दाबी छ।
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४६ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस